इतिहासबारे सूर्यबहादुर थापाले के भने ?


नेपाली राजनीतिमा पाँच दशक बिताएका ८५ वर्षीय थापाले संविधानसभाको पहिलो बैठकमा सभासदहरुलाई यसरी इतिहासबारे सचेत गराएका थिए ः

२००८ सालदेखि २०१४ सालसम्मको तत्कालीन नेतृत्ववर्गको अवस्था भ्रमपूर्ण रहेको अवस्था थियो । अर्काको हैसियत र अस्थित्व कोही पनि स्वीकार्न तयार नरहेको स्थिति आत्मकेन्द्रित नेतृत्व वर्गमा देखिन्थ्यो । ज्यादै अन्योलको अवस्था थियो । राजनीतिक क्षत्रेमा कत्ति पनि गम्भीर नहुने स्थिति पनि रहेको थियो । अदूरदर्शिता त झनै थियो ।

२००७ सालको परिवर्तनपछि अन्तरिम संविधानमा संविधानसभाको निर्वाचनको व्यवस्था गरिएको थियो । र, त्यही संविधानसभाले संविधान निर्माण गर्ने तोकिएको थियो । यो २००८ सालको अन्तरिम संविधानमा व्यवस्था भएको कुरा थियो । तर, तत्कालीन नेतृत्व वर्गको अन्योल, ईष्या, द्वेष, गम्भीर नहुने प्रवृत्ति र गैरजिम्मेवार प्रवृत्तिले गर्दा तत्कालीन राजाबाट अन्तरिम संविधान संशोधन गरी संविधानसभाको सट्टा संसदको निर्वाचनको व्यवस्था गरियो र संविधान राजाले दिने व्यवस्था गरियो ।

यो अवस्थाले इतिहासको गति बदलिदियो । त्यसबेला गुमेको संविधानसभा र संविधान प्राप्त गर्न धेरै वर्ष कुर्नुप¥यो । करिब ४० देखि ५० वर्ष लाग्यो । यो विषयमा ध्यान जानुपर्ने र हेक्का रहनुपर्ने अवस्था छ । मैले सम्झिनका लागि सजिलो होस् माननीय सदस्यहरुका लागि भनेर मैले यो घटना उल्लेख गरेको हुँ । यो घटना स्मरण गराउन चाहेको उद्देश्य वर्तमान नेतृत्व हर विषयमा सचेत रहनुपर्ने अवस्था छ । यसको अभावमा त्यही घटना दोहोरिने राजनीतिक अवस्था छैन भनेर भन्न सकिँदैन ।