सहिदहरुको सम्झनामा......

सहिद भन्ने वित्तिकै देश र जनताका लागि आफ्नो जीवनको आहुति दिने अमर ब्यक्तिलाई चिनिन्छ । नेपालमा राणा शाशनदेखिका निरंकुश शाशनका विरुद्ध आवाज उठाउँने क्रममा हजारौंले ज्यान गुमाउनु परेको छ । तर पनि सहिदलाई सम्झने वित्तिकै जो कोहीले त्यस्तो नाम उच्चारण गर्छ, जसले जहानियाँ राणा शाशनको विरुद्ध हाँसी हाँसी ज्यान दिए । तिनै सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई विर्सने हो भने आज सहिदलाई विर्सिएको ठहर्छ ।
वि.सं.१९०३ सालदेखि नेपालमा जहाँनिया राणा शाशनको उदय भयो । तत्कालिन राजपरिवार भित्रको किचलोको फाइदा उठाउ“दै पश्चिम नेपालका लडाकु जङग बहादुर कु“वर वि.सं.१९०३ सालमा पहिलो राणा प्रधानमन्त्री बने । लामो समय सम्म जनतालाई दास बनाइ जरा गाडेर बसको राणा शाशनका विरुद्ध आवाज उठाउँदा तिनै चार जना नेपाली वीर सपुतहरुलाई राणा शाशकहरुले हत्या गरे । चार सहिद मध्येका एक हुन्, शुक्रराज जोशी ‘शास्त्री’, जसलाई वि.सं. १९९७ माघ १० गते टेकुको पचलीस्थित रुखमा झुण्ड्याएर फाँसी दिइएको थियो ।
सहिद शुक्रराजको जन्म विस १९५० मा माधवराज जोशी र रत्नमाया जोशीका छोराको रुपमा काठमाडौको खिउँल, थाय्मदुमा भएको थियो । उच्च श्रेणीमा संस्कृत भाषामा शास्त्री उतीर्ण गरेकाले उनलाई ‘‘शास्त्री” भनियो । भारतको पञ्जाब विश्वविद्यालयबाट अङग्रेजी विषयमा स्नातक गरेका शुक्रराज नेपाल भाषा, नेपाली, हिन्दी, संस्कृत र अङग्रेजी भाषाका ज्ञाता मानिन्छन् । नेपाल भाषाको पुनर्जागरणकालका एक महान् लेखकका रुपमा लिने शुक्रराज भारतमा स्नातक सकेर काठमाडौ फर्किएपछि राजनीतिक चेतना उठेका क्रान्तिकारी विचारकहरुसँग उनको सम्पर्क हुन थाल्यो । वि.सं. १९९३ मा ‘‘नागरिक अधिकार समिति”मा बसी राणा शासन विरोधी अभियानमा लागेका शास्त्रीले भारतका महात्मा गान्धीसँग भेट गरी नेपालका बारेमा कुरा गरेकै कारण काठमाडौ फर्केपछि उनलाई राणा सरकारले नजरबन्द ग¥यो ।
नजरबन्द तोडेर शुक्रराजले वि.सं. १९९५ मंसिर १३ गते काठमाडौको इन्द्रचोकमा राणा शासकहरुको विरुद्धमा उनको सबैभन्दा पहिलो आमसभामा एकजुट हुन आह्वान गरेका थिए । त्यसपछि राजद्रोहको अभियोग लगाई उनलाई पक्राउ गरी तीनवर्र्ष कैद सुनाइयो । आठवटा मुद्दामा फसाई वि.सं. १९९७ साल माघ ६ गते दिउँसो झण्डै १०–११ बजेतिर सर्वस्वहरणसहित फाँसीको सजाय सुनाइयो र वि.सं. १९९७ साल माघ १० गतेराती झुण्ड्याएर मारियो ।
यस्तै जहाँनिया राणा शाशन विरुद्धका अर्का महान सपुत हुन्, धर्मभक्त माथेमा । उनलाई शुक्रराज शास्त्रीलाई हत्या गरेको दुईदिनपछि विस १९९७ माघ १२ गते राणा शाशकहरुले काठमाडौको सिफलमा फाँसी दिए । वि.सं. १९६६ असोज ९ गते काठमाडौ“को ओमबहाल नवहिलमा जम्मिएका धर्मभक्त माथेमा बुवा आदिभक्त माथेमा राणाहरुका लागि भारतबाट समान ओसार्ने काम गरेकै हुँदा धर्मभक्तले दार्जीलिङमा शिÔा आर्जन गर्ने मौका पाए । दार्जिलिङ्, कलकत्ता हुँदै बंगालको च्याम्पियनशीप भएका धर्मभक्तले वंगालबाट राजनीतिक ज्ञान प्राप्त गरे ।  धर्मभक्तको बङगाली नेता चित्तरन्जन दासस“गको सम्पर्ककै कारण उनका बुवालाई समेत  राणा प्रधानमन्त्री जुद्ध शमशेरले निर्वासित गरिदिए । वि.सं. १९९० सालमा दशरथ चन्दसँग धर्मभक्तको भेट भयो । १९९३ सालमा आफ्नै फुपूको घरमा चन्दसहित नेपाल प्रजापरिषद्को स्थापना गरेका थिए । प्रजापरिषद् र राजा त्रिभुवनका बीचमा भेटघाट र छलफल भइरहन्थ्यो । लैनचौरमा राजा र प्रजापरिषद्बीच भएको सम्पर्क राणाहरुले चाल पाएपछि धर्मभक्तलाई पक्राउ गरे र वि.सं. १९९७ माघ १२ गते सिफलमा राणा शाशकहरुले फाँसी दिए ।
प्रजापरिषद्कै संस्थापक सदस्य दशरथ चन्दको पनि धर्मभक्तलाई फाँसी दिएको तीनदिनपछि माघ १५ गते शोभा भगवतीमा गोली हानी हत्या गरियो । वि.सं. १९६० असारमा बैतडीको बस्कोटमा जन्मिएका थिए । पिता शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दको कोखबाट जन्मिएको माहिला छोरा भएकैले गर्दा दशरथ चन्दलाई को रुदशरथ चन्दलाई सहिद माइला समेत भन्ने गरिन्छ ।
राणा शासनका विरोधीहरुमा सबैभन्दा सशक्त व्ययक्तित्व स्व. चन्दले मानविकी तथा समाजशास्त्र विषयमा बनारसबाट प्रमाणपत्र तह उर्तीर्ण गरेका थिए । काशी नागरिक प्रचारिणी सभामा रहेर राजनीति गर्न थालेका दशरथले महात्मा गान्धीले भारतमा प्रारम्भ गरेको सत्याग्रहमा उनले सक्रियपूर्वक भाग लिए । वि.सं. १९९० साल बारा जिल्लाको मौवादहमा टंकप्रसाद आचार्यस“ग दशरथको पहिलो पटक भेट भएको थियो । वि.सं. १९९१ मा उनी सहयोगी शिवदत्त भट्टका साथ बर्मा पुगे ।  त्यसपछि थाइल्याण्ड पुगेर नेपालमा सशस्त्र क्रान्ति गर्ने योजना बनाए । सेवासिंह भन्ने छद्मनामबाट राणा विरोधी लेख छाप्ने दशरथ चन्द राणाविरोधी अभियानमा सक्रिय भएकै कारण पक्राउ परे । नेपालका अर्का वीर सपुत गंगालाल श्रेष्ठसँगै एकै ठाउँमा जेल परेका दशरथ चन्दलाई विस १९९७ माघ १५ गते राणा शाशकहरुले हत्या गरिदिए ।
तत्कालिन जहाँनिया राणा शाशनको विरुद्ध जेहाद छेड्ने अर्को वीर सपुत गंगालाल श्रेष्ठका पनि दशरथ चन्दलाई हत्या गरेकै दिन राणा शाशकहरुले गोली हानी मृत्युदण्ड दिए । वि.सं. १९७५ सालमा रामेछापको भंगेरी गाउँमा जन्मिएका गंगालाल आफ्ना काकासँगै केही वर्ष भारतको कोलकातामा बसी अध्ययन गरेका थिए । विसं. १९९४मा काठमाडौकै दरबार हाईस्कूलबाट पहिलो श्रेणीमा एसएलसी उर्तीर्ण गरेका गंगालालले त्रि–चन्द्र कलेजमा आई.एस्सी.पढ्दै गर्दा कलाकार तथा महावीर संस्थाका कार्यकर्ता भए । महावीर संस्थामा राणाविरोधी प्रवचन र क्रियाकलापहरु हुने गर्दथ्यो । राणा सरकारले गङगालाललाई शुक्रराजको राणाविरोधी सभामा राणा शासन विरुद्ध बोले बापत पक्राउ परि छुटेका थिए । दशरथ चन्दको संगतबाट प्रजापरिषदको सदस्य भई सक्रिय भएका गंगालाल प्रजापरिषद्को गतिविधिमा लागे बापत १९९७ साल कार्तिक २ गते पुनः पक्राउ परे । पक्राउ गरि दररथ चन्दसँगै सेन्टल जेलमा राखिएका गंगालालको पनि दशरथ चन्दलाई हत्या गरिएकै दिन १९९७ माघ १५ गते दशरथ चन्दस“गै सेन्ट्रल जेलबाट घरछेउको बाटोबाटै लगी बिष्णुमतीको बगरमा रहेको शोभा भगवतीमा पुर्याई गोली हानी हत्या गरियो ।
यिनै चार वीर सहिदहरुलाई विस २००७ सालदेखि अहिले सम्म माघ १० देखि माघ १६ गते सम्म स्मरण गर्ने गरिएको छ । १०४ वर्षे जहाँनिया राणा शाशनपछि पनि नेपालमा राजा महाराजाहरुले निरंकुश शाशन लाद्न छाडेनन् । राणा शाशनदेखि विभिन्न समयका निरंकुश सत्ताका विरुद्ध भएका लडाईका मोर्चाहरुमा आज हजारौं नागरिकले जीवनको बलिदानी दिएका छन् । तर राणाशाशन, प्रजातन्त्र हुँदै वर्तमान गणतान्त्रिक ब्यवस्था लागू भए पनि जनताको परिवर्तनको प्रत्याभूत गर्न पाएका छैनन् । त्यसैले सहिदलाई एकदिन सम्झेर होइन, सहिदको सपना पुरा गर्न सहिदको बाटोहरु पछ्याई रहन जरुरी छ ।