नेपाल र भुटान भिड्दै
काठमाडौं, २५ कार्तिक । तेस्रो साफ महिला फुटबल च्याम्पियनसिप आजबाट पाकिस्तानको ईस्लामाबादमा सुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेलमा भोली भुटानको सामना गर्नेछ ।
नेपालको सिनियर महिला टोलीले भुटानसँग खेल्न लागेको यो पहिलो अवसर हो । हिजो सार्वजनिक गरिएको खेल तालिका अनुसार समुह बी मा नेपालसँगै भुटान, पाकिस्तान र श्रीलंका रहेका छन् । यसैगरी समुह ए मा साविक विजेता भारत, अफ्गानिस्तान , बंगलादेश र माल्दिभ्स रहेका छन् । प्रतियोगिताको यसअघिका दुई संस्करणको फाईनलमा भारतसँग हारेको नेपाल यसपटक उपाधि जितेर फर्कने लक्ष्यका साथ पाकिस्तान पुगेको छ ।