आइसिसी क्रिकेटमा नेपालको ऐतिहासिक जीत, नेपाल डिभिजन–३ को लिग च्याम्पियन
काठमाडौ, २३ वैशाख । क्रिकेटमा नेपालले ऐतिहासिक जीत हासिल गरेको छ । आईसीसी लिग डिभिजन–३ को समुह चरणको अन्तिम खेलमा अमेरिका आयोजक बर्मुडासँग पराजित हुनुका साथै ओमानलाई पराजित गरेपछि आइसिसी डिभिजन–२ मा बढुवा भएको नेपालले शोमवार विहान सकिएको फाइनलमा युगाण्डालाई ५ विकेटले पराजित गरी लिग उपाधी जितेको छ ।
हेमिल्टनमा टस जितेर पहिले व्याटिङ गरेको युगाण्डाले ५० ओभरमा ८ विकेटको क्षतिमा १५१ रन जोडेको थियो । जवाफी ब्याटिङ् गरेको नेपालले १५२ रनको विजयी लक्ष्य ६४ बल बाँकी छँदै ३९.२ ओभरमा नै पुरा ग¥यो । प्रारम्भमा कमजोर प्रदर्शन गरेको नेपाल प्रदीप ऐरीको ब्याटिङ्पछि एकाएक चम्किएको थियो । ऐरीले ६० रन जोडे भने शरद भेषवाकरले ५० रन जोडे ।
यस्तै, पृथु वास्कोटाले १९, ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले ५ रन जोडे भने पारस खड्का मात्र १ रनमै पेभेलियन फर्किएका थिए । नेपालका कप्तान पारस खड्का, पृथु वास्कोटा, शक्ति गौचन, सञ्जम रेग्मी र राहुल विश्वकर्माले एक/एक विकेट लिए ।
समुह चरणको खेलमा युगाण्डासंग ६ विकेटले पराजित भएको नेपालले फाइनलमा हारको बदला लिदै उपाधी उचाल्न सफल भएको हो ।
डिभिजन २ मा बढुवा भएसगै नेपालले सन् २०१४ मा न्युजिल्याण्डमा हुने विश्वकप छनोट खेलमा सहभागीता जनाउन पाउने भएको छ । न्युजिल्याण्डमा सहभागी हुने १० टिम मध्ये शिर्ष २ टिमले विश्वकप २०१५ मा सहभागीता जनाउने छन् ।
