वेश्यावृत्तिमा संलग्न भएको आरोपमा स्ववियु सभापति पक्राउ
ठमेलस्थित अस्कल क्याम्पसका स्ववियु सभापति कमल बस्नेतसहित केही युवाहरुलाई वेश्यावृत्तिमा संलग्न भएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
बस्नेतलाई ठमेलस्थित एक होटलमा युवतीसँग आपत्तिजनक अवस्थामा जिल्ला प्रहरी कार्यालय काठमाडौँबाट खटिएको टोलीले रङ्गेहात पक्राउ गरेको जनाइएको छ । सभापति बस्नेत यौनक्रियामा लिप्त रहेका अवस्थामा पक्राउ परेको बताइएको छ । बस्नेत एमालेनिकट अनेरास्ववियुका कार्यकर्ता हुन् ।
सो सङ्गठनका अध्यक्ष माधव ढुङ्गेलले आफूले सुनेअनुसार घटना आपराधिक खालको भएको भन्दै त्यस्तो कार्यमा संलग्न जो कोहीलाई आवश्यक कानुनी कारबाही गर्नुपर्ने बताउनुभयो ।
उहाँले आफ्नो सङ्गठनमा लागेकै आधारमा हरेक व्यक्तिका अपराधकर्मको संरक्षण नगरिने नीति रहेको उल्लेख गर्नुभयो ।