दुई साताअघि तीजको दर खान सुरु गरेका शहरिया महिलाले दरमा दारु होइन, दारुमा दर मिसाएर खान थालेपछि रेस्टुरेन्ट र फास्टफुडले तीज विशेष अफर ल्याएका छन्।
प्रायः अफर उस्तै छन्, 'तीजको अवसरमा महिलालाई पेयपदार्थमा विशेष छुट!' सबै रेस्टुरेन्टले मेनुको पुछारमा अनिवार्य इंगित गरेको यो अफर कुनै शक्तिबर्द्धक जुसको होइन। तीजको अवसरमा महिलाले 'दर' मात्र होइन, 'दह्रै' खानपिन गरुन् भनेर यस्तो अफर ल्याइएको हुनपर्छ।
फेसनका रूपमा मौलाएको 'दर खाने कार्यक्रम'का निम्ता मान्न भ्याई नभ्याई छ महिलाहरूलाई। परिवार, साथी, कार्यालयका सहकर्मी सर्कलभन्दा पनि अघि बढेर व्यापारी र एनजिओ आइएनजिओले पनि तीजको दर खाने कार्यक्रमको आयोजना गर्न थालेका छन्। हरितालिकाको अघिल्लो दिन आडिलो खाना खाने चलन महिनादिनअघिदेखि नै सुरुभएपछि दरमा दारुको अनिवार्य उपस्थिति हुन थालेको छ। परम्परागत रूपमा खाइने दरको मेनुमा पनि व्यापक परिवर्तन भएको छ। चल्तीका रेस्टुरेन्टमा र अहिलेका तीज विशेष कार्यक्रममा पुग्ने हो भने रातो सारीमा सजिएर रातै वाइन घुट्क्याउनेहरू बग्रेल्ती भेटिन्छन्।
दरमा दारु
