एम्बुलेन्स सञ्चालनका लागि सहयोग

कास्की, २५ कार्तिक । कास्कीको लेखनाथस्थित नेपाल रेडक्रस सोसाइटीलाई एम्बुलेन्स सञ्चालनका लागि जापानमा रहेका नेपालीहरूले आर्थिक सहयोग गरेका छन् । जापानमा बस्दै आएका नेपालीहरूबाट संकलन गरिएको एक लाख ५० हजार रूपैयाँ हिजो सोसाइटीलाई हस्तान्तरण गरिएको हो । लेखनाथमा भएको कार्यक्रममा सोसाइटीको उप–शाखाका पूर्वसभापति प्रकाशमान श्रेष्ठले सभापति हिरामणि सुवेदीलाई रकम हस्तान्तरण गर्नुभयो । उप–शाखाबाट ११ वर्षअघि सञ्चालन गरिएको एम्बुलेन्स बिग्रिएरपछि सहयोग रकम जुटाइएको हो ।

,