बम विष्फोटमा ४७ विद्यार्थीको मृत्यु
नाइजेरिया, २५ कार्तिक । नाइजेरियाको पोटिस्कुम क्षेत्रस्थित एक विद्यालयमा भएको बम विस्फोटमा कम्तीमा ४७ विद्यार्थीको ज्यान गएको छ । विस्फोटमा केही विद्यार्थी घाइते भएका छन् । विद्यार्थीहरू बिहान जम्मा भएको समयमा विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोट बोको हराम समुहले गराएको हुन सक्ने आशंका गरिएको छ ।