वित्तिय सेवाको पहुँच विस्तारमा कठिनाई
कैलाली, २५ कार्तिक । नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर युवराज खतिवडाले वित्तीय सेवा गरिब जनताको पहुँचसम्म पु¥याउनु चुनौती रहेको बताउनु भएको छ ।
धनगढीस्थित वित्तीय संस्थाका प्रमुख र व्यवसायीहरूसँग भएको छलफलमा खतिवडाले वित्तीय सेवालाई फराकिलो बनाउँदै गरिव जनताको पहुँसम्म पुर्याउनु अझै चुनौती रहेको बताउनु भएको हो । उहाँले समावेशी वित्तीय प्रणाली अपनाएर अघि बढ्नसके वित्तीय सेवाको जग बलियो हुने बताउनुभयो । गभर्नर खतिवडाले भारतीय एक हजार र पाँचसयका नोट नेपालमा भित्रिन दिने तयारी भइरहेको बेला त्यसलाई लक्षित गर्दै आफ्नो कार्यकालमै यसको टुङ्गो लाग्ने जानकारी दिनुभयो ।