दुई माओवादी एकीकरण गृहकार्य ‘अन्तिम चरण’मा

सविन शर्मा
काठमाडौं, २५ जेठ
झन्डै एक वर्षअघि विभाजित भएको एकीकृत नेकपा माओवादी र नेकपा–माओवादीबीच एकीकरणको गृहकार्य सुरु भएको छ । पार्टी एकीकरणका लागि माओवादीले राखेका दुई प्रस्तावमा एमाओवादी सहमतिनजिक पुगेपछि पार्टी एकीकरण करिब–करिब अन्तिम चरणमा पुगेको हो ।
संविधानसभा विघटनलगत्तै विभाजन भएको मोहन वैद्य नेतृत्वको माओवादीले संसदीय व्यवस्था नमान्ने र जनयुद्धको जगमा जनविद्रोहको एजेन्डालाई एमाओवादीले सम्बोधन गर्ने भएपछि पार्टी एकीकरण अन्तिम चरणमा पुगेको माओवादी स्रोतले बतायो । एमाओवादी उपाध्यक्ष डा.बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले पटक–पटक पार्टी एकीकरणको प्रस्ताव गरेपछि माओवादी अध्यक्ष वैद्य, महासचिव रामबहादुर थापा, सचिवद्वय नेत्रविक्रम चन्द र देव गुरुङले सो सर्त राखेका थिए । उनीहरूको सर्तमा एमाओवादी सहमत भएपछि पार्टी एकीकरण अन्तिम चरणमा पुगेको हो । माओवादी पोलिटब्युरोका एक सदस्यले दिएको जानकारीअनुसार एमाओवादी नेता कृष्णबहादुर महराले पार्टी एकीकरणको प्रस्ताव माओवादीसँग औपचारिक रूपमा राखेका थिए ।
‘संसदीय व्यवस्था असफल भयो, यो व्यवस्थामा हामी सफल हुन सकेनांै, विकल्प खोज्नु आवश्यक छ,’ एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादी अध्यक्ष वैद्यसँग गरेको कुराकानी उद्धृत गर्दै स्रोतले भन्यो, ‘विद्रोहको कार्यक्रमलाई संयुक्त रूपमा नयाँ कार्यक्रम बनाई समावेश गर्न एमाओवादी सहमत छ ।’ एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी एकीकरणका लागि हेटांैडा महाधिवेशन अघिदेखि नै पहल गरिएको जानकारी दिए । उनका अनुसार पार्टी एकीकरण वा कार्यगत एकताको विषयमा छलफल भइरहेको भए पनि अन्तिम अवस्थामा भने पुगिसकेको छैन । ‘पार्टी एकीकरण आवश्यक महसुस गरी हामीले राखेको प्रस्तावमा किरण कमरेडले सहमति जनाएपछि प्रक्रिया रङ्खतारमा अघि बढेको छ, एकीकरणका विषयमा छलफल भए पनि अन्तिम चरणमा भने पुगेको छैन,’ श्रेष्ठले राजधानीसँग भने । स्रोतका अनुसार माओवादीले राखेको संसदीय व्यवस्था नमान्ने विषयमा एमाओवादी उपाध्यक्ष भट्टराई भने पूर्ण रूपमा सहमत भइसकेका छैनन् । उनलाई सहमत गराउने जिम्मा अध्यक्ष दाहालले लिएका छन् ।
‘हेटौंडा महाधिवेशनले जनयुद्धको कार्यदिशा छाडेपछि पार्टीमा व्यापक विरोध उत्पन्न भएको छ,’ दाहालले केही दिनअघि वैद्यसँग टेलिफोन वार्तामा भनेका थिए, ‘पार्टीले पनि जनयुद्धको जगमा जनविद्रोह समेट्नु आवश्यक ठानेकाले तपाईंहरूको माग हामी सम्बोधन गर्न तयार छौं ।’ दाहालले वैद्यसँग प्रतिबद्धता जनाएपछि माओवादी सचिव चन्दले नै दाहालसँग टेलिफोन गरी पार्टी एकीकरणको आधार तय भएको जनाउ दिएको स्रोतले बतायो ।
तर, उनले आधार तय भए पनि कार्यान्वयनमा आपूmलाई आशंका भएको बताएका थिए । उनको आशंका निवारण गर्न भन्दै दाहालले शनिबार चन्दसँग भेट्ने वाचा गरेका थिए । शनिबार दाहाल पार्टी बैठक र राजनीतिक समितिको बैठकमा व्यस्त भएपछि भेट पछि सारिएको दाहालनिकटका एक सहयोगीले जानकारी दिए । बुर्जुवा गणतन्त्र आपूmहरूले स्वीकार नगर्ने भन्ने वैद्य पक्षको भनाइलाई दाहाल पक्षले सहमत गरी अहिलेको भन्दा माथि उठेर कम्युनिस्ट गणतन्त्रको तयारी गर्ने सहमति भएको छ । पटक–पटक पार्टी एकीकरणका विषयमा माओवादी अध्यक्ष वैद्यसँग छलफल गरेका एमाओवादी अध्यक्ष दाहालले प्रायः भेटलाई गोप्य राखेका थिए । पहिलो भेटको विषयमा दाहालले प्रचार–प्रसार गरेको भन्दै भेट्नै अस्वीकार गरेका वैद्यले त्यसपछि तीन पटक भेटेको माओवादी नेताले बताए । पार्टी एकीकरणका विषयमा दुवै पार्टीका उपाध्यक्ष, महासचिव, सचिवहरूसँग पटक–पटक छलफल भइरहेको छ । एमाओवादीका तर्फबाट उपाध्यक्ष भट्टराई र श्रेष्ठका साथै महराले छलफल गरिरहेका छन् । 
यस्तै नेकपा–माओवादीका तर्फबाट अध्यक्ष वैद्य, महासचिव थापा, सचिव देव गुरुङ र चन्दको सक्रियता बढेको छ । पार्टी सचिव चन्दले समेत पार्टी एकीकरणमा सहमति जनाएपछि पार्टीभित्र आङ्खना एजेन्डामा पछि नहट्न दबाब सिर्जना भएको छ । पार्टी एकीकरणपछि नयाँ संविधानसभाको निर्वाचन पहिला नै संविधानको मस्यौदामा सहमति हुनुपर्ने प्रस्ताव आएको छ । पार्टी एकीकरणपछि न्यायपालिका र कार्यपालिकाको संरचनामा व्यापक परिवर्तन गर्नुपर्ने वैद्य पक्षको माग छ । त्यसका लागि व्यापक छलफल अघि बढाउन एमाओवादीभित्र चर्को दबाब सिर्जना भएको छ । ‘माओवादी पक्षले चुनाव हुनुभन्दा पहिला नै संविधानको मस्यौदा तयार पारी चुनावी प्रक्रियामा जान सके मात्र आङ्खना एजेन्डा पास हुने भन्दै संविधानको खाकामा सबै राजनीतिक दलको सहमति लिन दाहालसँग आग्रह गरेको छ,’ स्रोतले राजधानीसँग भन्यो।
न्यूनतम कार्यगत एकता गरी सबै कम्युनिस्ट पार्टीलाई एक हुन आह्वान गर्ने र सबै कम्युनिस्टको एक पार्टी बनाउने विषयमा समेत दुवै पार्टीका नेताबीच छलफल भएको छ । स्रोतका अनुसार सबै कम्युनिस्ट पार्टीलाई एकै थलोमा ल्याएपछि मुलुकमा दुई धार मात्र बाँकी रहँदा दुई पार्टी प्रणालीमा मुलुक अघि बढ्ने भएकाले मुलुक सधंै समृद्धितर्फ लाग्ने निष्कर्ष दुवै पक्षले निकालेका छन् । ‘मुलुकमा रहेका ६२ प्रतिशत कम्युनिस्टलाई एक बनाएपछि मुलुक सधंै कम्युनिस्टको नेतृत्वमा अगाडि बढ्ने भएकाले आपूmहरूले कम्युनिस्ट पार्टी एकीकरणमा नेतृत्वदायी भूमिका खेल्ने सहमति भएको छ,’ वार्तामा सहभागी एक सदस्यले भने ।