स्टेभियामा किसानको करोडौं लगानी असुरक्षित


नारायण पंगेनी
नेपालमा पछिल्लो समय मनग्गे आम्दानी हुने आशामा ब्यवसायीक रुपमा नै स्टेभिया अर्थात चिनी विरुवाको खेती तर्फ आकर्षण बढ्दै गएको छ ।

सर्वप्रथम दक्षिण अमेरिकाको पाराग्वे र व्राजिलमा पाइएको स्टेभियाको विरुवा नेपालमा वि.स.२०६५सालमा सोभियत संघबाट ल्याएको हो ।

स्टेभियाको पातमा चिनीमा भन्दा २ सय देखि ३०० प्रतिशत बढी गुलियोपना रहेपनि क्यालोरी फ्रि हुनाले मधुमेह रोगीका लागि बढी उपयोगी मानिदै आएको छ ।

मानविय स्वास्थ्यको लागि अति उपयोगी भएकाले नेपालमा स्टेभिया महत्वपूर्ण र नेपालको माटोमा उचित रहने नेपालको चितवनमा स्टेभियाको ब्यवसायीक खेतिको शुरुवात गरेको पाम एग्रोटेक एण्ड बायो इनर्जी नेपालका निर्देशक रुद्रप्रसाद गिरी बताउँछन् ।

घिउकुमारी र स्टेभियाको व्यावसायिक खेती गर्ने भन्दै तीन वर्र्षअघि स्थापित पाम एग्रोटेकले अहिले ५५ जिल्लामा यसको विरुवा विक्री गरी खेती गराइरहेको छ । प्रति विरुवा ४० रुपैयाका दरले किसानले विरुवा किनेर यसको ब्यसायिक खेती शूरु गरेका छन् ।

आज विश्वका विकसित मुलुकहरु अमेरिका, चीन, भारत, जापान, फ्रान्स, जर्मन लगायतका देशमा स्टेभियाको खेती भइरहेको छ ।

ग्रीस, चीन, माल्टा, लण्डन लगायतका मुलुकमा स्टेभियाको खेतीको बारेमा सेमिनारहरुमा सहभागि भएको भन्दै स्टेभियाको खेति तर्फको आकर्षण विश्वमै बढ्दै गइरहेको भारतीय स्टेभिया एशोशियशनका सौरभ अग्रवाल दावी गर्छन् ।

तर नेपालमा यसको खेति प्रति आकर्षण बढेपनि खेति परिक्षणको कार्य भने अहिले  सम्म पनि हुन सकेको छैन । खेति गरिसकेपछि यसको ब्यापार हुने ठाउँ पनि बनिसकेको छैन । त्यसैले किसानले अहिले सम्म जुन कम्पनीबाट विरुवा किनेर खेती थालेका छन्, सोही कम्पनीमा नै विक्री गर्ने गरेका छन् ।

गत फागुनदेखि ललितपुरको हरिसिद्धमा पाम एग्रटेकबाटै विरुवा किनेर स्टेभियाको ब्यवसायीक खेती थालेको समृद्धि राई बताउँछिन् ।

स्टेभिया एक प्रकारको सदावहार बनस्पति हो । कृषी विज्ञहरुका अनुसार स्टेभियाका ९० भन्दा धेरै प्रजाति छन् तर नेपालका कस्तो प्रजातिको स्टेभिया लगाइएको छ भन्ने न कुनै खोजिनिती छ न कुनै अनुसन्धान नै । जसले गर्दा नेपालमा लगाइएको स्टेभियाले अन्तर्राष्टिय बजार पाउनेमा पनि आशंका छ ।

जडीबुटी वर्ग अन्तर्गतको स्टेभिया अर्थात चिनी विरुवा र एलोभेरा अर्थात घिउकुमारीलाई बनस्पति विभागले समेत खेती प्रविधि अनुसन्धान कार्यका लागि प्राथमिकता प्राप्त जडीबुटीहरुको सूचीमा समेत राखेको छैन ।

भर्खरै मात्र स्टेभियाको ब्यवसायीक खेति शुरु भएपनि सरकारले यसतर्फ ध्यान नदिदा खेति शुरु भएको केही वर्ष नवित्दै किसानहरुको करोडौं लगानी डुवि सकेको अवस्था छ । कम्पनीको सम्झौता अनुसार खेती थालेर कम्पनीले समयमै पात नकिनिदिने र सम्झौता अनुसारले खरिद गर्न आनाकानी गर्दा किसानको रकम डुबिसकेको अवस्था छ ।

त्यसैले नेपालमा स्टेभियाको लागि उपयुक्त माटो र उपयुक्त वातारण भएपनि भर्खरै खुलेका एग्रोटेक कम्पनीहरुको वहकावमा नलागि उचित अध्ययन गरी स्टेभियाको खेती गरेमा मात्रै किसानको मेहनत र करोडौंको लगानी सुरक्षित हुनेछ ।