जानकी मन्दिरमा विधवा महिलाको पाइला र मधेसीको नजर

राष्ट्रपति विद्यादेवी भण्डारीले जनकपुरको विवाह महोत्सवमा भाग भाग लिएर फर्किएपछि मधेसी समुदायले घोर अपमान गरेका छन् । राष्ट्रपति भण्डारी एकल महिला हुन् ।
bidhyadevi-bhandariतत्कालिन एमाले महासचिव मदनकुमार भण्डारीकी पत्नी विद्यादेवी नयाँ संविधान जारी भएपछि राष्ट्रपतिमा निर्वाचित भइन् । नेपालको दोस्रा राष्ट्रपतिका रुपमा महिला आसिन भएकोमा सबैले स्वागत गरे ।
तिनै महिला राष्ट्रपतिको हैसियतमा रामजनकी मन्दिरको विवाह महोत्सवमा भाग लिइन् । संविधान जारी हुनुअघिदेखि नै सीमांकनमा असन्तुष्टी जनाउँदै तराई–मधेसमा आन्दोलन जारी रहेको कारण राष्ट्रपतिको जनकपुर भ्रमणलाई विथोल्ने प्रयास गरिए । आन्दोलनरत दलहरुले सरकारको विरोध गर्नुलाई स्वभाविक नै मानिन्छ ।
तर मधेसी दलहरुको विरोध त्यतिमा मात्रै सीमित रहेन । मधेसी दलहरुले राष्ट्रपति भण्डारीले पाइला टेकेको स्थानलाई अपवित्र ठाने । जो राष्ट्रपतिले पाइला टेकेको कारणले मात्र थिएन । उनी विधवा हुनुको दोष मधेसी दलहरुले लगाइदिए ।
नारायण पंगेनी
narayan pangeni

रामजानकी मन्दिर जनकपुरको एउटा धार्मिक तथा ऐतिहासिक धरोहर आम नेपाली जनताकै प्रतिष्ठा हो । राम जानकी मन्दिरको विवाह महोत्सवमा राष्ट्रपतिको हैसियतमा भएको सहभागितालाई विधवा महिलाले पाइला टेकेको भनेर ‘छोइछिटो’ गरेका छन् ।
राष्ट्रपति भण्डारीको मन्दिर प्रवेशलाई लिएर जानकी मन्दिर अपवित्र बनाएको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले शुक्रबार गंगासागरको पोखरीबाट जल ल्याएर मन्दिरमा सेचन गरे । ‘विधवा प्रवेश गरेको’ दोष कट्टी गर्न भन्दै उनीहरूले शुक्रबार साँझ मन्दिरमा दीप प्रज्वलनसमेत गरेका थिए ।
स्थानीय शिक्षक प्रदीप झाले सामाजिक सञ्जाल ट्वीटर मार्फत ‘अलच्छिन विधवा’ महिलाले विवाह पञ्चमीको रौनक नै समाप्त पारेको आक्षेप लगाउँदै ट्वीट गरिदिए । मधेसवादी दलका स्थानीय नेताहरुले मन्दिरमा विधवा प्रवेश गलत भएको भन्दै स्थानीय रेडियोहरुमा नै प्रवचन दिए ।
twit
रामजानकी विवाह महोत्सवमा राष्ट्रपतिको पाइलालाई विधवा महिलाले पाइला टेकेको भन्दै छोइछिटो गर्नुलाई राजनीतिक क्षुद्रता होइन, धर्मको नाममा गरिएको गम्भीर अपराध हो ।
प्रश्न उठ्छ–राष्टपति जस्तो एक सम्मानित ब्यक्तिलाई ‘अलच्छिना विधवा महिला’को आक्षेप लगाउनेहरुले गाउँका गरिब तथा असहाय एकल महिलाहरुमाथि कस्तो ब्यवहार गर्लान् ? प्रश्न उठ्छ– सदियौंदेखि दोस्रो दर्जाका नागरिकका रुपमा रहनुपरेका मधेसीहरुलाई अधिकार चाहियो भन्दै आन्दोलन गर्नेहरुले कस्तो राजनीति गरिरहेका छन् ?
तराई–मधेसमा जारी आन्दोलनका बीचमा आन्दोलनरत मधेसी दलहरुको विरोधकाबीच संविधान निर्माण भई प्रधानमन्त्री राष्ट्रपति चुनिएपछि आन्दोलनरत दलहरु झनै रुष्ट बनेका थिए । सरकारले मधेसको मागलाई सम्बोधन गरेन भन्दैमा राष्ट्रपति जस्तो एक विधवा महिलामाथि यतिठूलो लान्छना लाउनुलाई सामान्य रुपमा लिन सकिन्न ।
प्रश्न उठ्छ–राष्टपति जस्तो एक सम्मानित ब्यक्तिलाई ‘अलच्छिना विधवा महिला’को आक्षेप लगाउनेहरुले गाउँका गरिब तथा असहाय एकल महिलाहरुमाथि कस्तो ब्यवहार गर्लान् ? प्रश्न उठ्छ– सदियौंदेखि दोस्रो दर्जाका नागरिकका रुपमा रहनुपरेका मधेसीहरुलाई अधिकार चाहियो भन्दै आन्दोलन गर्नेहरुले कस्तो राजनीति गरिरहेका छन् ?
ram-janaki-mandirहुनत मधेसका ग्रामीण वस्तीहरुमा अचेतनाका कारण पनि कतिपय सामाजिक अपराधहरु हुने गरेका छन् । बोक्सीको आरोपमा गरिने जघन्य अपराध तथा धर्मका नाममा मान्छेलाई बलि चढाउनेहरु पनि मधेसमा भेटिएका छन् । दलित समुदायलाई अछुत भन्दै घृणा र अपमान गर्नेहरुका लाम पनि मधेसमा देखिएको छ ।
यी सबै घटनाहरु हेर्दा साँच्चिकै मधेस धेरै अचेतन छ । मधेसमा चेतनाको खाँचो छ, भन्न सकिन्छ । तर तिनै मधेसी जनताको अधिकारका लागि आन्दोलनको जेहाद छेड्नेहरुले देखाएको पछिल्लो पशुवत ब्यवहारलाई चाँही के भन्ने, यो चाँही गम्भीर प्रश्नको रुपमा खडा भएको छ ।
मधेसको आन्दोलनलाई राजनीतिक आन्दोलनका रुपमा हेरिँदै गएकोमा अब धार्मिक क्षेत्रमा समेत हिन्दु धर्मकै अपमान हुने खालको यस्तो ब्यवहार माफी दिने खालको छैन । यसबारेमा आन्दोलनकारी दलका नेतृत्वकर्ताहरुले तत्काल जवाफ दिन जरुरी छ ।