२०७३ सालमा कस्तो छ तपाईंको राशिफल ?
मेष
वर्षका ग्रहगोचर मध्यम रहनेछन् । अढैया शनिको प्रभाव आगामी फागुन ५ गतेसम्म रहनेछ । शनि दशमेश र एकादशेश भएकाले यसबाट हुने नकारात्मक प्रभावबाट दुर्घटनामा घाउचोट, हाडजोर्नीको दुखाइ, मिर्गौलामा समस्या आउने सम्भावना अधिक रहन्छ ।खर्चको गति अनियन्त्रित हुने हुँदा आर्थिक कठिनाइले प्रशस्त मात्रामा सताउनेछ । नोकरी तथा राजनीतिमा आफूले गरेको उचित कामलाई गलत व्याख्या गर्दै मुद्दा–मामलामा फसाउन शत्रु सक्रिय हुनेछन् । पितालाई संकट आउने योग भए पनि साउन २२ गतेसम्म पञ्चम र माघ १ गतेदेखि फागुन २१ गतेसम्म सप्तममा वृहस्पतिले पूर्ण साथ दिने भएकाले समग्रमा त्यतिञ्जेलको समय शुभ रहनेछ । आम्दानीका अवसर पर्याप्त मिल्नेछन् ।
नवीन सन्तान हुने योगका साथै भएका सन्तानको उन्नति र प्रगतिले मन प्रफुल्ल रहनेछ । भाग्य बलियो हुनेछ, धर्ममा रुचि बढ्नेछ । धार्मिक यात्राका साथै विदेश यात्राका अवसर मिल्नेछन् । बौद्घिक कार्यमा सफलता मिल्नुका साथै राजनीतिक नियुक्तिको अवसर मिल्नेछ । व्यापार–व्यवसायबाट लाभ मिल्नुका साथै नोकरी र राजनीतिमा आएका समस्या पार लगाउन सकिनेछ । बिर्सिएर भुलेका मित्रहरूले याद गर्नेछन् ।
नयाँ मित्रको सहयोगमा धेरै काम हात पार्न सकिनेछ । विपरीत लिंगमा रहेको मित्रभाव प्रेममा परिणत हुनेछ । भइरहेको प्रेम अब वैवाहिक मार्गमा उन्मुख हुनेछ । असार, असोज, माघ, फागुन शुभ महिना, मार्ग, चैत अशुभ महिना रहनेछन्, अरू मध्यम रहनेछन् । ॐ नमः शिवाय मृत्युञ्जय महादेवाय नमोऽस्तुते यो मन्त्रको जप वर्षभरि नै गर्नुहोला ।
वृष
समग्रमा यो वर्ष मध्य रहनेछ । वर्षको सुरुदेखि नै केन्द्रादि दोषका साथै गुरु चण्डाल योग बनाएर चतुर्थ भावमा बसेको राहु र वृहस्पतिको प्रभावले माता–पितालाई कष्ट हुनेछ । घरेलु समस्या निकै बढ्ने एवं संयम नअपनाएमा घरै छोड्नुपर्ने स्थिति आउन सक्नेछ । सवारी साधनले दुःख दिनेछ, मित्रहरूसँग विवाद बढ्नेछ, विश्वासघातका कारण प्रतिष्ठित व्यक्तिको प्रतिष्ठामा आँच आउनेछ । बसाइँसराइको योग पनि प्रबल देखिन्छ ।
दुःखद यात्राहरू पनि गर्नुपर्नेछ । पतिपत्नीबीच विवाद बढ्नेछ, संयम नभएमा बिछोडको स्थिति आउन सक्छ । पेटसम्बन्धी रोगले सताउनेछ । मानसिक तनाव प्रशस्त मात्रामा बढ्नेछ । फागुन ५ गतेदेखि सुरु हुने अढैया शनिले स्वास्थ्यमा वाधा, लेनदेनमा विवाद बढाउने योग भए पनि साउन २२ देखि पुस २९ सम्म, फागुन २१ देखि सालभर पञ्चम गुरुको अनुकूलताले समय तपाइँको पक्षमा रहनेछ ।
आँटेका काम सजिलै बन्नेछन्, विद्यार्थी पढाइमा प्रगति गर्दै छात्रवृत्ति प्राप्त गरी स्वदेश वा विदेशमा पढ्ने अवसर मिल्नेछ । लेखक र साहित्यकार बौद्घिक वर्गका लागि पनि यो समय अति नै बलवान् रहनेछ । राजनीतिकर्मीहरू आफूले गुमाएको पद प्रतिष्ठा पुनस्र्थापित गर्नेछन् । किसान वर्गको कृषि उत्पादन राम्रो हुनेछ । व्यापारीहरूले व्यापारमा प्रशस्त लाभ उठाउनेछन्, सन्तान नभएकाहरूले सन्तान प्राप्त गर्नेछन् ।
नयाँ प्रेम हुने र पुराना प्रेमहरू वैवाहिक बन्धनमा बाँधिने योग छ । महत्त्वपूर्ण कामहरू यसै समयमा गर्नु होला । साउन, कात्तिक, चैत महिना बलवान् रहने र वैशाख, पुस कमजोर हुने अन्य महिनाहरू मध्यम रहनेछ । ‘ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमःु मन्त्रको जप वर्षभरि नै गर्नु राम्रो हुनेछ ।
मिथुन
समष्टिमा यो वर्ष राम्रो छ । तृतीय राहु र गुरुले पराक्रम वृद्घि गर्नेछ भने छैटौं शनिले शत्रु निवारण गर्नेछ । आँटेका काममा सजिलै सफलता मिल्नेछ । नयाँ कामका अवसर पनि धेरै आउनेछन् । नोकरीमा पदोन्नति हुनुका साथै लाभप्रद स्थानमा स्थानान्तरण हुनेछ । राजनीतिमा ऐतिहासिक सफलता मिल्नेछ । सामाजिक कार्यमा सोचेभन्दा बढी सफलता मिल्नुका साथै राष्ट्रिय सम्मानसमेत प्राप्त हुने सम्भावना छ ।
विशेषगरी स्वास्थ्यसम्बन्धी अध्येतालाई अनुकूल समय जुरेको छ । उनीहरूले विशेष छात्रवृत्ति प्राप्त गरी स्वदेश विदेशमा अध्ययनका अवसर मिल्ने देखिन्छ । अन्य विषयका विद्यार्थीलाई सुअवसर मिल्ने र विदेश बसोवास गर्ने प्रयासमा भए सजिलै सफलता प्राप्त हुनेछ । बौद्घिक कार्यको उच्च मूल्यांकन राज्यबाट हुने योग छ ।
स्वदेशी व्यापार र वैदेशिक व्यापारमा लाभ मिल्नुका साथै कृषि, पशुपालन विशेष दूध तथा फलफूल उत्पादकका लागि यो वर्ष बलियो देखिन्छ । कलाकारहरूमा नाट्यकार, सिनेकर्मी र निर्माताहरूले ऐतिहासिक सफलता हासिल गर्नेछन् । घरघडेरी तथा सवारी साधन जोड्नका लागि समय राम्रो छ । मित्र तथा परिवारबाट सोचेजस्तै सहयोग पाउने योग छ । साउन २३ देखि पुस २९ सम्म र फागुन २२ देखिको समय प्रतिकूल हुनेछ ।
घरेलु समस्या अलि बढ्नेछ । मित्रहरूले साथ नदिने सम्भावना उत्तिकै देखिन्छ । पतिपत्नीबीचको सम्बन्धमा ह्रास आउनेछ । मनमा द्विविधा बढ्न थाल्नेछन् । यो समय अलि सचेत रहनुहोला । वैशाख, भदौ, मंसिर महिना शुभ रहनेछ । जेठ, माघ अशुभ रहनेछन् र अन्य महिना मध्यम देखिन्छन् ।
कर्कट
ग्रह गोचरले वर्षभरि नै साथ दिनेछ । द्वितीय गुरुले पराक्रमको गति बढाउँछ । बोलीको प्रभाव बढाउने हुँदा ठूला व्यक्तिहरूसँग संवाद गर्ने अवसर मिल्नेछ । कूटनीतिक कार्यमा लाग्नेहरूका लागि समय अनुकूल रहनेछ ।
कानुन व्यवसायीहरूले ऐतिहासिक सफलता हासिल गर्नेछन् । पत्रकार, ज्योतिषी, चिकित्सक, सैन्य पेसाकर्मीहरूका लागि वर्ष निकै फलदायी रहनेछ । धार्मिक व्यक्तिहरूले धार्मिक र सामाजिक कार्यमा ऐतिहासिक सफलता हासिल गर्नेछन् । तीर्थयात्राको अवसर पनि मिल्नेछ, वैदेशिक कार्यमा राम्रो सफलता मिल्नेछ ।
व्यापारमा सफलता मिल्नेछ । नोकरीमा पदोन्नति र लाभप्रद स्थानमा स्थानान्तरण हुने योग छ । राजनीतिमा गुमेको स्थान फर्काउनसम्म सफल हुनुहोला । आम्दानीको नयाँ स्रोत हात पार्न सकिनेछ । घरघरेडी तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ । पढाइमा सफलता पाउन अलि परि श्रम गर्नुपर्ला, सन्तानहरूसँग विमति बढ्न सक्छ । शत्रुसितको प्रतिस्पर्धामा ऐतिहासिक विजय हासिल गर्दै निरन्तर अगाडि बढ्न सकिनेछ ।
विछोड भएको प्रेमबन्धन पुनः बाँधिने योग छ । पतिपत्नीबीचको सम्बन्ध सुमधुर हुनुका साथै विछोड भएको छ भने पुनर्मिलन हुनेछ । जेठ, असोज, पुस शुभ महिना हुन् भने असार, फागुन अशुभ र अन्य महिना मध्यम रहनेछन् । महत्त्वपूर्ण कामहरू शुभ महिनामा गरे बढी लाभ लिन सकिन्छ ।
सिंह
यो वर्षको ग्रहगोचर मध्यम रहनेछ । वर्षारम्भमा अढैया शनि र राशिको गुरु तथा राहु, चतुर्थ मंगल र अष्टम शुक्रको प्रतिकूल प्रभाव रहेकाले समय प्रतिकूल रहनेछ । कुरा काट्नेहरू, झूटा आरोप लगाउनेहरू निकै सक्रिय रहनेछन् ।
आफूले गरेको सही कार्यलाई समेत गलत सावित गराउन शत्रुहरू लागिपर्नेछन् । मनमा चिन्ताले दरिलो डेरा जमाउनेछ । दाँतमुखमा पीडा हुनुका साथै अनावश्यक विवादको सामना पनि गर्नुपर्नेछ । घर झगडा तीव्र भई घरेलु समस्याले प्रशस्त मात्रामा सताउनेछ ।
परिवारहरू पनि विना कारण टाढिनेछन् । मित्रहरूलाई आफूले सहयोग धेरै गर्नुपर्ने बाध्यता तथा आफूले सहयोग नपाउने लक्षण पनि उत्तिकै देखिन्छ । साउन २३ गतेपछि समयमा धेरै सुधार आउनेछ । द्वितीय गुरुले बोलीको प्रभाव बढाउनुका साथै अरूलाई विश्वासमा लिएर अघि बढ्न सकिनेछ ।
पढाइमा सुधार आउनेछ । बौद्घिक कार्यमा अघि बढ्ने अवसर मिल्नेछ । शत्रुलाई परास्त गर्ने क्षमता वृद्घि हुनुका साथै मित्रहरूसँग सम्बन्ध सुधार्ने अवसर पनि मिल्नेछ । ठूला व्यक्तिहरूको सान्निध्यता प्राप्त भई आफूनिकट समस्या किनारा लगाउन सकिनेछ ।
सन्तानहरूको उन्नति एवं उहीहरूसँगको सम्बन्ध सुमधुर बन्ने योग छ । फागुन ५ गतेदेखि अढैया शनिको प्रभाव सकिने भएकाले समय अझ बलियो हुनेछ । असार, कात्तिक र माघ महिना शुभ महिनामा पर्दछ भने साउन र चैत महिना अशुभमा पर्दछन् । ॐ हँ हनुमते रुद्रात्मकाय हँ फट यो मन्त्रको जप वर्षभरि नै गर्नु होला ।
कन्या
समष्टिमा यो वर्ष ग्रहगोचर मध्यम रहनेछ । वर्षारम्भमा बह्रौको राहु तथा गुरुको प्रतिकूलताले उच्च रक्त श्राव बढ्ने भएकाले मन विचलित हुनेछ । मुटु, मस्तिष्कमा पीडा हुनेछ । दुःस्वप्नहरू देखिने, राम्रोसँग निद्रा नपर्ने र स्वास्थ्य गडबड हुने योग छ ।
मित्र तथा परिवारहरूको समस्यामा श्रम, समय र पैसा सबै लगाउनुपर्ने तर जस भने नमिल्ने भएकाले मनको अशान्ति अरू बढ्नेछ । धेरै समय अरूको काम गरेर बित्नेछ । आफूलाई उपयोग गर्नेहरू धेरै हुनेछन् । पतिपत्नीबीच बुझाइको कमीले मतभेद बढ्नेछ ।
फागुन ६ गतेदेखि अढैया शनिले प्रवेश गर्नेछ । घरेलु समस्याले सताउनुका साथै मित्रहरूसँग विवाद हुने, शत्रुले आक्रमण गर्ने, झूटा आरोप–प्रत्यारोप लाग्ने भएकाले सकेसम्म थोरै बोल्नु उचित हुनेछ । आर्थिक कारोबारमा सकेसम्म अघि नबढ्नु नै बुद्धिमानी होला ।
साउन २३ देखि फागुन ४ गतेसम्म समय बलियो छ । पराक्रमको गति तीव्र हुनुका साथै आँटेका काममा सजिलै सफलता मिल्नेछ । नयाँ काम पाउने, अधुरा काम पूरा हुने तथा परिवारिक समस्या क्रमशः घटेर जाने योग छ । पढाइमा रुचि बढ्ने, सफलताले खुसी मिल्ने, बौद्घिक कार्यमा अघि बढ्दा उच्च सम्मान पाउने योग छ ।
व्यापारमा प्रगति हुनुका साथै स्वदेश तथा विदेशका व्यावसायिक र राजनीतिक यात्राको बलियो सम्भावना छ । पतिपत्नीबीच धमिलिएको सम्बन्ध पूर्णरूपमा संग्लिनेछ । बोलीको प्रभावले राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यक्तिलाई प्रभाव पार्दै आफूलाई अग्रस्थानमा उभ्याउन सफल हुनुहोला । पहिलो भेटमै प्रेमको बन्धन बाँधिने योग छ । साउन, मंसिर र फागुन महिना शुभ फल दिने खालका छन् भने वैशाख, भदौ अशुभ फल दिने महिना हुन्, अरू महिना मध्यम रहनेछन् । ॐ गौरा माता भूव स्यातै स्वहाः यो मन्त्रको जप वर्षभरि नै गर्नुहोला ।
तुला
वर्षको ग्रहगोचर त्यति नराम्रो छैन । सुरुमा गुरुको र राहुको गोचर एकादश स्थानमा भएकाले आर्थिक उन्नति प्रशस्तै हुनेछ । छात्रवृद्घि प्राप्त गरी स्वदेश वा विदेशमा गएर अध्ययन गरी सफलता हासिल गर्नुका साथै बौद्घिक कार्यमा अघि बढ्दा उच्च सम्मान पाउने योग छ ।
पराक्रम तीव्र हुनुका साथै अधुरा काम बन्ने, नयाँ काम पाउने योगछ । शत्रुसँगको प्रतिस्पर्धामा आफ्नो जित सुनिश्चित हुनेछ । नोकारीमा गोपनीयताका साथ अघि बढ्दा सोचेजस्तै सफलता हासिल गर्न सकिनेछ । राजनीतिमा आफ्नो वर्चश्व कायम राख्न पनि गोपनीयता नै अपनाउनु पर्ला ।
व्यापारमा सफलता सोचेजस्तै मिल्नेछ । विदेशयात्राको अवसर मिल्नेछ । वैदेशिक व्यापारमा प्रवेश गर्ने अवसर मिल्नेछ । फागुन ६ देखि शनि शाढे सात हट्ने भएकाले मित्रहरू र परिवारको सहयोगमा सुधार आउनेछ । उच्च मनोबलका साथ अघि बढ्दा महत्त्वपूर्ण सफलता हासिल गर्न सकिनेछ ।
साउन २३ गतेदेखि फागुन ५ सम्म बाह्रौं गुरु र द्वितीय शनिको प्रतिकूलताले खर्च बढ्ने, विवाद बढ्ने, काममा अवरोध आउने, झूटा मुद्दामा फसाउने प्रयास गर्नेछन् । नोकरीमा आर्थिक हिनामिनाको आरोप लाग्ने सम्भावना छ । दाँत–मुखमा पीडा हुनुका साथै अरूबाट हुने तीव्र आलोचनाले मनोबल घट्नेछ ।
बोल्दा होस पुर्याउनुहोला । धनमाल चोरी हुनसक्ने भएकाले आफूलाई चनाखो राख्नुहोला । भदौ, पुस, चैत महिना राम्रो रहने र जेठ, असोज नराम्रो महिनामा पर्दछ अरू महिनाहरू मध्यम रहनेछन् । ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद सकलह्रीं सर्व जनं मां वसमानाय स्वाहः यो मन्त्रको जप वर्षभरि नै गर्नु होला ।
वृश्चिक
यो वर्षको ग्रहगोचर यस प्रकार रहनेछ । मध्य साढे सातीको प्रभाव वर्षभरि नै कायम रहनेछ । जसले गर्दा हाडजोर्नी दुःख्ने, सेवकहरूबाट असहयोग हुने, निद्रा कम लाग्ने र जिउ पोल्ने समस्याले प्रशस्त मात्रामा सताउनेछ ।
केन्द्रादि दोषसहित गुरु चण्डाल योग बनाएर दशम स्थानमा बसेकाले पितालाई हानि पुर्याउनुका साथै आफ्नो मानप्रतिष्ठामा आँच आउनेछ । आफूले बोलेर आफैँ अप्ठ्यारोमा परिनेछ । धनमाल चोरी हुनसक्ने भएको आफूलाई सधैँ चनाखो राख्नुपर्ला । नोकारीमा बुद्घि नपुर्याएमा पदमुक्त हुने सम्भावनाका साथै अप्ठ्यारो स्थानमा स्थानान्तरण हुने योग छ । राजनीतिमा ठूलो संकटको सामना गर्नुपर्नेछ ।
सामाजिक कार्यमा समय, श्रम र द्रव्य लगाएर पनि आलोचित हुनुपर्नेछ । घरेलु समस्या बढ्दै जाँदा संयमित नभएमा घरै छोड्ने स्थिति आउन सक्नेछ । मित्र बनेर धोका दिनेहरू प्रशस्तै हुनेछन् । विश्वास धेरै गरियो भने धोका हुन सक्छ ।
आर्थिक कारोबार ध्यान नदिए ठूलै धनराशि फस्न सक्छ । साउन २३ गतेदेखि पुस २९ सम्म, फागुन २२ देखि यो वर्षभर गुरुको अनुकूलताले बोलीको प्रभाव सकारात्मक हुनुका साथै मनोबल पनि बढ्नेछ । अरूलाई विश्वास दिलाउन पनि सकिनेछ । पढाइमा तीव्रता आउनुका साथै बौद्घिक कार्यमा सफलता सोचेजस्तै मिल्नेछ । आम्दानीको स्रोत पर्याप्त फेला पर्नेछन् ।
सन्तानहरूको प्रगति र उनीहरूसँगको सम्बन्धमा अपेक्षित सुधार आउनेछ । वैशाख, असोज, माघ महिना शुभ रहनेछ । असार, कात्तिक अशुभ अरू मध्यम रहनेछन् । ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गण पतये हशकल ह्रीं वरवरद सकलह्रीं सर्व जनं मां वसमानाय स्वाहः यो मन्त्रको जप वर्षभरि नै गर्नुहोला ।
धनु
यो राशिलाई भाग्य भावमा रहेको गुरु, चतुर्थ भावमा रहेको उच्च शुक्र तथा पञ्चमा परेको बुधादित्य योग बलियो भएकोले मित्र तथा परिवारको सहयोग मिल्ने छ । बौद्घिक कार्यले मनोबल बढ्नुको साथै घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ ।
भुलेका मित्रहरूले पुनः याद गर्नेछन् । नयाँ मित्रको आगमनले कामकारबाहीमा अघि बढ्न सजिलो हुनेछ । व्यापारमा सफलता सोचेजस्तै मिल्नेछ । विदेश यात्राको योग पनि बलियो छ । प्रेममा सफलता मिल्नुको साथै वैवाहिक चर्चा पनि अघि बढ्नेछ ।
भाग्य बलियो भएकोले नोकरीमा पदोन्नति र इच्छाअनुसार स्थानान्तरण पनि हुनेछ । सामाजिक कार्यमा निर्विवाद अघि बढ्ने अवसर मिल्नेछ । कृषि तथा पशुपालन फलफूल आदि उत्पादकका लागि समय अनुकूल रहे पनि साउन २३ देखि पुस २९ सम्म, माघ १ देखि फागुन २१ सम्म भने वर्षभरि रहने शनि साढे सातीको प्रभाव गुरुको प्रतिकूलताका कारण सबै काम खर्चिला र विवादयुक्त हुनेछन् ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् । धनमाल हराउने बढी सम्भावना छ । कामको बीचमा प्रशस्त विघ्नबाधाको सामना गर्नुपर्नेछ । सेवकहरूबाट धोका हुने, दाजु–भाइहरूबीच द्वन्द्व हुने, हड्डी कमजोर हुनुका साथै शरीरमा शिथिलताले दरिलो डेरा जमाउनेछ । पढाइमा अवरोध आउनुका साथै उचित समयमा बुद्घिले काम नगर्दा आफूले गरेको निर्णय आफ्नै लागि हानिकारक बन्नेछन् ।
जेठ, कात्तिक, फागुन महिना राम्रो रहनेछ भने साउन र मार्ग महिना खराब रहनेछ, अरू महिना मध्यम रहनेछ । ॐ क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हँ हुँ दक्षणे कालिके क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हुँ हुँ स्वाहाः यो मन्त्रको जप वर्षभरि नै गर्नुहोला ।
मकर
यो राशिको लागि वर्षारम्भ भने खासै अनुकूल देखिन्न । वर्षारम्भमा एकादश शनि, मंगल र तृतीय उच्च शुक्रको अनुकूल प्रभाव रहे पनि आठौँमा गुरु चण्डाल योग बनाएर बसेका गुरु तथा राहुको प्रतिकूलताले स्वास्थ्य निकै कमजोर बनाउनेछ । विशेष मिर्गौलामा ध्यान दिनुहोला ।
आर्थिक कारोबार पटक्कै नगर्नु होला । अनावश्यक विवाद र फजुल खर्चले तनाव निकै बढ्नेछ । कामका बीचमा प्रशस्तै अवरोध आउनेछन् । दाजुभाइसँगको सम्बन्ध पनि बिग्रनेछ । सेवकहरू छन् भने उनीहरूले पनि धोका दिनेछन् । परम मित्रहरूले पनि शत्रुसँग तपाईंविरुद्घ हातेमालो गर्नेछन् ।
सवारीले पनि बेलाबेलामा धोका दिनेछ । नशाहरू कमजोर भई शरीरमा शिथिलता धेरै बढ्नेछ । आगामी फागुन ६ गतेदेखि साढे साती शनिको आरम्भ हुनेछ । पेटको रोग, मुटु–मस्तिष्कमा केही असजिलो महसुस हुने योग भए पनि साउन २३ देखि गुरुको अनुकूलताले भाग्य बलियो बनाउनुका साथै धार्मिक कार्य र सामाजिक कार्यमा ऐतिहासिक सफलता प्राप्त गर्न सकिनेछ । पराक्रमको गति तीव्र हुनेछ ।
सानै प्रयासले महत्त्वपूर्ण र ऐतिहासिक काम गर्न सफल भइनेछ । व्यापारमा लाभ मिल्नुको साथै यात्रा गर्ने अवसर पनि मिल्नेछ । नोकरीमा प्रगति हुनुका साथै नयाँ कामको अवसर पनि मिल्नेछ । राजनीतिमा गुमेको स्थान फर्काउन सफल हुनुहोला ।
कूटनीतिक क्षेत्रमा राष्ट्रको जिम्मेवारी पूरा गर्न सफल भई अन्तर्राष्ट्रिय सम्मान पाउने बलियो सम्भावना छ । पढाइमा सोचेजस्तै सफलता मिल्नेछ, लेखन मार्गमा ऐतिहासिक सफलता प्राप्त होला । असार, मार्ग र चैत महिना राम्रो रहनेछन् भने भदौ र पुस महिना नराम्रो हुनेछ, अरू महिना मध्यम छन् । ॐ क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हँ हुँ दक्षणे कालिके क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हुँ हुँ स्वाहाः यो मन्त्रको जप वर्षभरि नै गर्नुहोला ।
कुम्भ
वर्षको ग्रह गोचर समष्टिमा राम्रै रहनेछ । वर्षारम्भमा सप्तम गुरु, द्वितीयमा उच्च शुक्र, तृतीय उच्च सूर्य र बुधको अनुकूताले पराक्रम प्रशस्त मात्रामा बढ्नेछ । सानै प्रयासले पनि ठूला काममा सफलता हासिल गर्न सकिनेछ ।
तपाईंको लगनशीलता र इमानदारीको समाज र राज्य दुवै पक्षबाट उचित मूल्यांकन हुनेछ । सेवकहरूबाट राम्रो सेवा पाउने र दाजुभाइहरूले समेत सहयोग गर्ने भएकाले महत्त्वपूर्ण काम अघि बढाउन सकिनेछ । बोलीको प्रभावमा धेरै काम बनाउन सकिनेछ ।
शब्दकै आधारमा राष्ट्रिय–अन्तर्राष्ट्रिय व्यक्तिलाई आफ्नो पक्षमा पार्न सफल हुँदा मनोबल बढ्नेछ । कानुन व्यवसायी, ज्योतिष, वकिल, पत्रकार, शिक्षक, राजनेता, राजनीतिकर्मी र स्वास्थ्यकर्मीहरूले ऐतिहासिक सफलता प्राप्त गर्नेछन् । आयात–निर्यातको व्यापारमा राम्रो सफलता हासिल गर्न सकिनेछ । देशको प्रतिनिधित्व गर्दै विदेश जाने अवसर मिल्नेछ ।
प्रेममा सफलता मिल्नुका साथै वैवाहिक बन्धनमा बाँधिने सम्भावना पनि बलियो छ । घरघरेडी जोड्ने तरखरमा हुनुहुन्छ भने सजिलै प्राप्त होला । सवारी साधनको बन्दोबस्त पनि हुनेछ । नोकरीमा सबै समस्यालाई पार गर्दै आफ्नो लक्ष्यमा पुग्ने प्रयास पनि सफल हुने देखिन्छ । साउन २३ देखि पुस २९ सम्म गुरुको प्रतिकूलताले स्वास्थ्यमा बाधा, मनमा चिन्ता, काममा अवरोध आउनेछ ।
लेनदेनमा विवाद बढ्ने, अरूले कुरा काट्ने भएकाले गोपनीयतामा जोड् दिनुहोला । सकेसम्म आर्थिक कारोबारमा अघि नबढ्नु राम्रो हुनेछ । वैशाख, साउन, पुस महिना शुभ रहनेछन् भने असोज र माघ अशुभ रहनेछन्, बाँकी महिना मध्यम रहनेछन् ।
मीन
वर्षका ग्रहगोचर मध्यम रहनेछ । वर्षारम्भमा षष्ठ भावमा बसेको दशमेश राशि स्वामी गुरु तथा द्वितीया सूर्य, नवम भावमा रहेको शनि तथा मंगलले विवाद बढाउने, शत्रु बढाउने र रोग बढाउने काम गर्नेछ ।
नोकरीमा संकट आउनुका साथै राजनीतिमा पाएको सुविधा गुमाउनुपर्नेछ । विश्वास गरेकाहरूबाट धोका हुनेछ, घरेलु समस्याले सताउनेछ । मित्र तथा परिवारजनहरूका समस्यामा समय, श्रम, द्रव्यसमेत खर्च गरेर पनि अपजशको भागीदार हुनुपर्ला ।
सोच्ने शक्तिमा कमी आउनाले, समयमा निर्णय नहुने, समयमा निर्णय नहुँदा महत्त्वपूर्ण काम बिग्रनेछ । विश्वासमा धोका हँदा प्रतिष्ठामा आँच आउने, राजनीतिमा ठूलो समस्या आउनेछ । नोकारीमा एकपछि अर्को गर्दै धेरै समस्याको सामना गर्नुपर्नेछ । आफ्ना लगानीमा अरूले फाइदा उठाउने योग भए पनि २३ साउनदेखि बोलिको प्रभाव बढ्ने, मनोबल बढ्नेछ ।
ठूला व्यक्तिसँग अन्तरक्रिया हुने, राज्यले सम्मान गर्ने, रोकिएका कामहरू अगाडि बढ्नेछ । व्यापारमा सफलता मिल्ने, स्वदेश र विदेशको यात्रा हुने योग छ । नोकरीमा सबै समस्या पार गर्दै सफलताको मार्गमा उभिन सफल हुने, राजनीतिमा गुमेको स्थान पुनः प्राप्त हुनेछ । पढ्नका लागि छात्रवृत्ति र स्थानान्तरणको लागि विदेश यात्राको योग छ । आम्दानीका स्रोत पर्याप्त हात पर्ने योग छ ।
सामाजिक र राजनीतिमा आफूप्रति रहेको अविश्वास हटाउँदै अरूप्रति विश्वासी भई प्रस्तुत हुन सफल हुनेछ । प्रेम गर्ने अवसर मिल्नुका साथै वैवाहिक बन्धनमा बाँधिने प्रबल सम्भावना छ । जेठ, भदौ, माघ शुभ महिना हुन् भने कात्तिक, फागुन अशुभ महिना र अरू मध्यम रहनेछन् । ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद सकलह्रीं सर्व जनं मां वसमानाय स्वाहः यो मन्त्रको जप वर्षभरि नै गर्नुहोला ।
ज्योतिषः ओजराज लोहनी
काठमाडौं । २०६६ वैसाख २० गते बिहान करीब साढे नौ बजे मेरो मोबाइलमा प्रधानसेनापति (रुक्मागंद) कटवालको फोन आयो । म बागबजारस्थित आफ्नै घरमा थिएँ । उहाँ भन्दै हुनुहुन्थ्यो, ‘मलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएको, भित्र म एक्लै छु । मलाई खतरा हुनसक्छ, सजग हुनू।।।।’
मैले तुरून्तै बालुवाटारस्थित प्रधानमन्त्री निवासको सुरक्षा टोलीलाई ‘प्रधानसेनापति त्यहाँ भित्र एक्लै हुनुहुन्छ, उहाँलाई केही नहोस्, परेमा तुरून्त रेस्क्यु गरिहाल्ने’ आदेश दिएँ ।
नजिकैको महाराजगन्जस्थित नं। १० वाहिनी ९विशेष फौज० लाई पनि त्यस्तै आदेश दिएँ । विशेष फौजकाहरू सिभिल पोशाकमा तुरून्तै प्रधानमन्त्री निवासवरपर पुगे । अरु पनि तयारी हालतमा बसे । म पनि तुरून्तै जंगी अड्डामा आफ्नो कार्यालय पुगिहालेँ र सबै ‘पीएसओज’ लाई बैठककक्षमा बोलाएँ ।
केही क्षणमा महारथी कटवाल आउनुभयो । उहाँका अनुसार, बालुवाटारमा ‘तपाईंले आजसम्म काम गर्नुभयो, त्यसको लागि धन्यवाद छ’ भन्दै एउटा पत्र थमाउन खोजे रे, उहाँले ‘यो के हो रु’ भन्दा अवकाशपत्र भने रे, त्यसपछि उहाँले भन्नुभयो रे, ‘म यहाँ अवकाशपत्र बुझ्दिनँ । उतै पठाउनू ।’
केही बेरमै फेरि पीएसओजलाई बोलाइयो । अनि दाहाल सरकारको वैशाख २० गतेको निर्णयबाट सैनिक ऐन– २०६३ को दफा ११ को उपदफा ३ बमोजिम २०६६ वैशाख २० गतेदेखि नै अवकाश दिइएको पत्र पढेर सुनाइयो । हामी हेराहेर भयौँ । यो अवस्थासम्म पीएसओजमध्येका दोस्रो वरीयताका बलाध्यक्ष रथी कुलबहादुर खड्का थिएनन् ।
केही बेरमा हामी आआफ्ना कार्यकक्षतर्फ लाग्ने क्रममा मैले बैठकमा उपस्थित सबै पीएसओज र अन्यलाई पनि ‘मेरो कार्यालयमा जाऔँ’ भनेँ । सबैजना आएर चिया पिइराखेका थियौँ, चार डिजिटलवाला मेरो आन्तरिक फोन बज्यो । उठाएँ, कुलबहादुरको रहेछ । उनले हामी सबैलाई आफ्नै कार्यकक्षमा बोलाए । आफूले कायममुकायम प्रधानसेनापतिको नियुक्ति लिएर आएको भने र पत्र पढेर सुनाए । अनि भने, ‘मलाई सबैले सहयोग गर्नुपर्छ ।’
हामीले सुनिरह्यौँ । त्यसपछि उनले सबभन्दा पहिला मलाई सोधे, ‘केही भन्नु छ रु’
मैले भनेँ, ‘संविधान र ऐन हेर्नपर्छ ।’
कुलबहादुरले अरुलाई पनि त्यही प्रश्न गरे । कसैले के, कसैले के भने । एकछिनमा हामीले उनको कार्यकक्ष छाडयौँ । सबै पीएसओजलाई प्रधानसेनापति कटवालबाट फेरि बोलावट भयो । बैठकमा कुलबहादुरलाई पनि बोलाइयो । प्रधानसेनापतिले कुलबहादुरलाई सोध्नुभयो, ‘तपाईं कहाँ जानुभएको थियो रु कसको आदेशले जानुभएको थियो रु’
कुलबहादुरले भने, ‘मलाई प्रधानमन्त्रीले बोलाउनुभएकोले बालुवाटार गएको थिएँ । त्यहाँबाट कायममुकायम प्रधानसेनापतिको नियुक्तिपत्र लिएर आएको छु ।’
कुरा के रहेछ भने, प्रधानमन्त्री निवास, बालुवाटारमा महारथी कटवाललाई एउटा कोठामा, कुलबहादुरलाई अर्को कोठामा राखिएको रहेछ । महारथी कटवाललाई अवकाशपत्र थमाएपछि कुलबहादुरलाई कायममुकायमको नियुक्तिपत्र दिने योजना रहेछ । कटवालले अवकाशपत्र बुझ्न इन्कार गरेर निक्लनुभएछ । कुलबहादुरचाहिँ कायममुकायमको नियुक्तिपत्र लिएर आएका रहेछन् ।
प्रधानसेनापतिसँगको दोस्रो पीएसओज बैठकबाट बाहिरिएपछि मैले सबै पीएसओज, उपत्यका पृतनापति, राष्ट्रिय सुरक्षा परिषद् सहसंयोजक, उपरथी तहका सबै महानिर्देशक, प्राड विवाक प्रमुखलाई आफ्नो कार्यालयमा बोलाएँ । छलफल शुरु गरेँ । सबैलाई मेरै कार्यकक्षमा राखिराखेँ, कुलबहादुरकहाँ जान दिइनँ ।
यस्तैमा राष्ट्रपतिका स्वकीय सचिव ललित बस्नेतको फोन आयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपतिज्यूले त्यहाँको स्थिति के छ, राइट इन्फर्मेसन के छ भनेर जान्न चाहनुभएको छ ।’
मैले भनेँ, ‘अवकाशपत्र आइसक्यो । प्रधानसेनापतिज्यू माथि आफ्नै अफिसमा हुनुहुन्छ । कायममुकायमको नियुक्तिपत्र ल्याएर रथी कुलबहादुर तल आफ्नै अफिसमा बसेका छन् । अरु सबै पीएसओज, उपत्यका पृतनापति, राष्ट्रिय सुरक्षा परिषद्का सहसंयोजक, सबै उपरथी तहका महानिर्देशकहरू, प्राड विवाक प्रमुख र म मेरै अफिसमा छौँ ।’
ललित बस्नेतले केही बेरमा फेरि फोन गर्नुभयो । ‘के छ रु तपाईंकै कन्ट्रोलमा छ, हैन त रु’
मैले भनेँ, ‘छ । हामी सबै मेरै अफिसमा छौँ । कुलबहादुरलाई भेट्न कोही गएको छैन ।’
ललित बस्नेतसँग भएको संवादबारे मैले सबैलाई जानकारी गराएँ । कुलबहादुरले प्रधानसेनापति कटवालको विरोध गर्दै, मेरो बारेचाहिँ ‘त्यसले सक्दैन’ भन्दै, सबै जर्नेल, कर्णेल, अधिकृत, फौज आफ्नो पक्षमा छ, आफू मात्र सक्षम छु भनेर व्यापक प्रचारबाजी गर्दै आएका थिए । माओवादी सरकारलाई पनि उनले यस्तै विश्वास दिलाएका कारण सेनासँग कम सम्पर्क र कम जानकारी भएका राष्ट्रपति पनि केही अलमलमा हुनु स्वाभाविकै थियो ।
केही समयपछि ललित बस्नेतको फेरि फोन आयो । सोध्नुभयो, ‘राष्ट्रपतिज्यूले केही कदम चाल्नुभयो भने सेनाले थेग्न सक्छ कि सक्दैन रु’
मैले भनेँ, ‘सक्छ ।’
कुलबहादुरले आफ्नो कार्यकक्षमा उच्च तहका पीएसओज, उपरथीहरू आउँछन् कि भनेर दिनभरि कुरे । कोही गएनन् । अपराह्न ५ बजे कार्यालयबाट निस्किए । केही बेरपछि ललित बस्नेतले मलाई फेरि फोन गर्दै भन्नुभयो, ‘हामी तपाईंमाथि भर परेका छौँ । सफल भएन भने राष्ट्रपतिज्यू नैतिक सङ्कटमा पर्न सक्नुहुन्छ ।’
मैले आश्वस्त तुल्याएँ, ‘हामी सक्छौँ ।’
फोनमा १५–१५ मिनेटमा यस्ता कुरा भइरहे । अन्त्यमा, अबेर राति ललित बस्नेतले भन्नुभयो, ‘राष्ट्रपतिज्यूबाट उहाँलाई पत्र आउँछ ।’
मैले पीएसओज, डिभिजन कमान्डर, राष्ट्रिय सुरक्षा परिषद्का सहसंयोजक, महानिर्देशकहरू, प्राड विवाक प्रमुख सबैलाई भनेँ, ‘राष्ट्रपतिज्यूबाट पत्र आउँदैछ । आएपछि म तुरून्त तपाईंहरूकहाँ पठाइहाल्छु । तपाईंहरूले पढ्नुस् ।’
अनि सबैलाई आआफ्ना कार्यकक्ष जान छाडिदिएँ ।
राति १०ः३० बजे प्रधानसेनापतिलाई पत्र आइपुग्यो । त्यसपछि मैले तुरून्तै बलाधिकृतको हैसियतले पत्रमा दस्तखत गरी ११स्५६ बजे राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, सबै विभाग, सबै पृतना हेडक्वार्टर्स, सबै महानिर्देशनालय, सबै निर्देशनालय, नं। १० वाहिनी ९विशेष फौज० अड्डा आदिमा निर्देशनरसन्देश पठाएँ ।
त्यसको आशय यस प्रकारको थियो– ‘सरकारबाट महारथी रूक्मांगद कटवाललाई प्रधानसेनापति पदबाट अवकाश दिइएको सन्दर्भमा सरकारमा सहभागी सबै दलको त्यसमा असहमति रहेको, एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको, नेपालको अन्तरिम संविधानले राष्ट्रपतिलाई संविधानरक्षक तथा नेपाली सेनाका सर्वोच्च परमाधिपति तोकेको अवस्थालाई दृष्टिगत गर्दा, प्रधानसेनापतिको अवकाश तथा नयाँ नियुक्ति संवैधानिक व्यवस्था अनुकूल नभएको र प्रक्रियागत रुपमा पूर्ण नभएकोले त्यसलाई अनुकूल र प्रक्रियागत बनाउन लेखिआएकोले राष्ट्राध्यक्ष र नेपाली सेनाका सर्वोच्च परमाधिपतिको हैसियतले राष्ट्रपतिबाट वर्तमान अवस्थामा यथावत् रुपमा नेपाली सेनाको प्रधानसेनापतिको हैसियतले निरन्तरता दिन निर्देशन भएको छ ।’
त्यतिन्जेल रातको साढे १२ बजिसकेको थियो ।
वैशाख २१ गते अपराह्न टेलिभिजनहरूमा प्रधानमन्त्री पुष्पकमल दाहालको राष्ट्रको नाममा सम्बोधन आयो । त्यो प्रत्यक्ष प्रसारण मैले पनि हेरेँ । उहाँले लामो भनाइपछि आफू नेतृत्वको सरकार छाडेको घोषणा गर्नुभयो । प्रधानसेनापति फाल्छु भनेर लाग्दा उहाँले आफ्नै प्रधानमन्त्री पद छाड्नपर्यो ।
प्रधानसेनापति कटवालको फरक रबैया
राष्ट्रपतिबाट प्रधानसेनापतिमा कटवालको थमौतीपछि मलाई बलाधिकृतको अलावा रथी कुलबहादुरको बलाध्यक्षको जिम्मेवारी पनि थप दिइएको थियो । कुलबहादुरलाई कुनै जिम्मेवारी दिइएको थिएन । १० बजे कार्यालय आउँथे, ५ बजे फर्किन्थे । अवकाशअघि लिनुपर्ने घरबिदासम्म लिएनन् । असार ६ गते अवकाश भएपछि घर बसे ।
कुलबहादुर घर बसेपछि चाहिँ महारथी कटवालको रबैया उल्टो देखिन थाल्यो । आउँदो साउन २४ गते एक महिनाको घरबिदा लिएर भदौ २४ गते अवकाश हुने प्रधानसेनापति जस्तो हैन कि, आफ्नो कार्यकालको बीचोबीचमा रहेको प्रधानसेनापति जस्तो ।
राष्ट्रपति र सबै राजनीतिक दल उहाँका पक्षमा, मित्रशक्तिहरू उहाँका पक्षमा, त्यसमाथि माओवादीले सरकार छाड्नपरेको अवस्था– यस्तो नाजुक परिस्थितिमा उहाँको उत्तराधिकारीले काम गर्न सक्दैन, उहाँको पदावधि थप्नैपर्छ जस्ता हल्लाहरू व्यापक हुँदै गए ।
मैले यसबारे सुनिश्चित हुन सेनामा भर्नाकालका मेरा साथी सहायक रथी विष्णुबहादुर गुरूङलाई आफ्नो कार्यालयमा बोलाएर भनेँ, ‘महारथी कटवालले पदावधि थप्न लागेको भन्ने हल्ला छ । उहाँसँग कुरा गरेर बुझ्नुस् न ।’
उनी कटवाललाई भेट्न गए र केही क्षणमा फर्के । विष्णुले सुनाए अनुसार, कटवालसँग केही बेर गफगाफ भएपछि उनले भनेछन्, ‘सर, धेरै समय छैन अब । आफ्नो पदावधि बढाउनेतिर हैन, आफ्नो उत्तराधिकारी छत्रमानलाई ग्रुमिङ गर्नतिर लाग्नुपर्यो नि ।’
जवाफमा महारथी कटवालले भन्नुभएछ, ‘एभ्रिबडी वान्ट्स मी टु कन्टिन्यु, ह्वाट क्यान आई डु रु’ ९सबैजना मेरो निरन्तरता चाहन्छन् त म के गरुँरु०
मैले कटवालको आशय बुझिहालेँ । पदावधि बढाउन उहाँले राष्ट्रपति डा। रामवरण यादवलाई व्यापक जोड गर्नुभएछ । राष्ट्रपतिले जवाफ दिनुभएछ, ‘यस्तो कल्पनै नगर्नुस् । सिस्टम अनुसार चल्नुपर्छ । सिस्टम अनुसार आउँछन्, जान्छन् ।’
प्रधानमन्त्री माधवकुमार नेपाललाई पनि यस विषयमा व्यापक दबाव दिनुभएको तर नमानेको जानकारी पनि मैले पाएँ । आफूकहाँ यो कुरा आउँदा रक्षामन्त्री विद्यादेवी भण्डारीले कटवाललाई भन्नुभएछ, ‘तपाईं एक दिन पहिला अवकाश हुन पनि पर्दैन, एक दिन बढी बस्न पनि मिल्दैन ।’
यही बेला नेकपा एमालेका नेता केपी ओली अचानक दिल्ली जानुभयो । यहाँ हल्ला चल्यो– उहाँ कटवालको पदावधि बढाउनेबारे भनसुन गर्न, लबिइङ गर्न त्यता जानुभएको हो । केही दिनमा फर्किनुभयो । मैले एकजना परिचित पत्रकारलाई यसबारे सोध्न भनेँ । उनले सोध्दा जवाफ पाएछन्, ‘नेपाली सेना वृद्धाश्रम हैन ।’
महारथी कटवालले बुझ्नुपर्ने कुरा के थियो भने, राष्ट्रपतिले नेपाली सेना जस्तो संस्थालाई माओवादी हस्तक्षेपबाट बचाउन ‘कदम’ चाल्नुभएको थियो । माओवादी महत्वाकाङ्क्षा बुझेका अन्य राजनीतिक दल पनि उसलाई साइजमा ल्याउन त्यो परिस्थितिमा प्रधानसेनापतिको पक्षमा लामबद्ध भएका थिए । कुनै व्यक्तिको समर्थनमा हैन कि, नेपाली सेना नामको संस्थाको साख जोगाउन ।
प्रधानमन्त्री नेपालसँग भेट
सरकारले महारथी रूक्मांगद कटवाल साउन २४ गतेदेखि अवकाश पहिलाको एक महिनाको घरबिदा बस्ने र मैले त्यही दिनदेखि कायममुकायम प्रधानसेनापतिको कार्यभार बुझ्ने निर्णय गरिसकेको भनेर मिडियामा आइसकेको थियो ।
तर, मलाई औपचारिक रुपमा केही भनिएको थिएन । त्यसको भोलिपल्ट प्रधानसेनापति कटवालले मलाई भन्नुभयो, ‘जाउँ हिँड, म प्रधानमन्त्रीसँग भेट गराइदिन्छु ।’
हामी सिंहदरबारतिर लाग्यौँ । प्रधानमन्त्री ९माधवकुमार नेपाल० सँगको भेटमा कटवालले मलाई औँल्याउँदै भन्नुभयो, ‘म, उस् छत्रमानलाई प्रधानसेनापति बनाउँदैछु ।’
प्रधानमन्त्रीले फिस्स हाँस्दै भन्नुभयो, ‘प्रधानसेनापति सरकारले बनाउने हो, तपाईंले हैन ।’
कटवाल सच्चिनुभयो, ‘हैन हैन, प्रधानसेनापतिको लागि सिफारिस गर्छु भनेको ।’
प्रधानमन्त्रीले भन्नुभयो, ‘हो, त्यसो भन्नुस् न ।’
केही समयपछि हामी जंगी अड्डातर्फै फक्र्यौं ।
कटवाललाई आखिर सरकार वा अन्य कसैबाट सहयोग भएन । उहाँको केही लागेन । केही दिनपछि साउन २४ गतेदेखि उहाँ घरबिदा बस्ने र मैले त्यही दिनदेखि कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने सरकारी निर्णयको पत्र आयो । तर, उहाँले मलाई कार्यभार साउन २५ गतेको अपराह्न ५ बजेमात्र बुझाउनुभयो ।
शशि भवनमा डिनर
पूर्वप्रधानसेनापतिहरुसँग चिनाजानी, वर्तमान परिस्थितिबारे कुराकानी तथा जानकारी लिन प्रधानमन्त्री माधवकुमार नेपालले इच्छा गर्नुभयो । मैले २०६६ चैत १९ गते साँझ ७ बजेको लागि कार्यक्रम मिलाएँ ।
प्रधानमन्त्री नेपालले चिसो पेयपदार्थ र अरुले ड्रिङ्क्स लिनुभयो । पूर्वप्रधानसेनापति महारथी रूक्माङ्गद कटवालचाहिँ निकै ढिलो, करीब पौने एक घण्टापछि आउनुभयो । उहाँ प्रधानमन्त्री नेपालनजिकै बस्नुभयो ।
उहाँहरु दुई जनाबीच निकै बेर कुरा भइरह्यो । कटवालको स्वरचाहिँ चर्को हुँदै गयो । प्रधानमन्त्री नेपाल भने बिस्तारै शिष्ट तरिकाले नै बोलिराख्नुभयो । पछि कटवालको बोली यति चर्को हुँदै गयो, सबै पूर्वप्रधानसेनापतिहरुले चुपचाप त्यतै हेर्न थाल्नुभयो ।
कटवालले चर्को स्वरमा भन्दै हुनुहुन्थ्यो, ‘गट्स ९आँट० चाहिन्छ, गट्स चाहिन्छ ।’
प्रधानमन्त्री नेपालचाहिँ नरम र शिष्ट भाषामा बोल्दै हुनुहुन्थ्यो, ‘संविधान, ऐनले मिल्दै नमिल्ने काम कसरी गर्न सकिन्छ ?’
अनि कटवालले त्यही टोनमा भन्नुभयो, ‘त्यति नभए पनि तीन महीनामात्र भए पनि मेरो म्याद थपिदिएको भए म गरेर देखाइदिन्थेँ ।’
वातावरण असहज हुँदै गइराखेको थियो । सबै वाल्ल पर्यौँ । प्रधानमन्त्री नेपालले नमज्जा मान्नुभयो । त्यसैले हिँडी पनि हाल्नुभयो । तल गाडी चढ्ने ठाउँसम्म म र कमला पुर्याउन गयौँ । मैले माफ मागेँ ।
यसभन्दा पहिला कटवालले म्याद थपेर आफैँ प्रधानसेनापति भइरहन खोजेका विभिन्न कुरा मैले अरुका मुखबाट सुन्दै आएको थिएँ । उहाँ आफैँले भनेको चाहिँ यसअघि सुनेको थिइनँ । कटवाल आफैँले भन्नुभयो, प्रधानमन्त्री र पूर्वसेनापतिहरुकै सामुन्ने ।
सैनिक ऐनले प्रधानसेनापतिको कार्यकाल तीन वर्ष वा ६१ वर्ष उमेरको हद तोकेको छ । त्यही अनुसार उहाँले तीन वर्ष पूरा खानुभयो । तीन वर्षमा नगरेको कुनचाहिँ काम ‘तीन महिनामा गरेरै देखाइदिन्छु’ भन्नुभएको थियो, बुझिएन ।
(पूर्वप्रधानसेनापति छत्रमान गुरुङको प्रकाशोन्मुख पुस्तक ‘जनताको छोरो’ को सम्पादित अंश)
अंग्रेजले नेपालको पूर्वी सिमानादेखि हालको बंगलादेशसम्मको भूभाग नेपाललाई लिन आग्रह गर्दा यहाँका तत्कालीन सत्तासीनहरूले सो भूभाग लिन आँट नगरेका कारण नेपाल सदाका लागि भूपरिवेष्ठित देश भएर रहनुपरेको हो। त्यसैको परिणामस्वरूप आज नेपालीले यो हविगत भोग्नुपरेको छ।
इतिहासकार पुरुषोत्तमशमशेर राणाका अनुसार अंग्रेजले भारत छोड्ने लगभग निश्चित भएपछि विसं २००१ भदौमा नेपालका तत्कालीन प्रधानमन्त्री श्री ३ जुद्धशमशेरलाई भारतमा बोलाएर उक्त प्रस्ताव राखेका थिए। ‘अब हामी भारत छोडेर युरोपतिर जाँदै छौं, त्यसैले भारत देश भारतीयलाई नै सुम्पनेछौं’, ब्रिटिस सरकारका तर्फबाट भायसराय लर्ड वेभलले श्री ३ जुद्धलाई भनेका थिए– ‘तपाईंहरू पनि पूर्वी पाकिस्तान (हाल बंगलादेश) सम्मको भूभाग माग गर्नुस्, विनाआपत्ति हामी सम्पूर्ण भाग सजिलै सुम्पनेछौं।’ भायसरायको कुरालाई त्यस बेला जुद्धशमशेरले समर्थन गर्ने आँट गरेनन् र सल्लाह गरी जवाफ पठाउँला भनी नेपाल फर्किए।
तत्काल स्वतन्त्रता आन्दोलन चलाई मर्न र मार्न पनि पछि नपर्ने भारतीयहरूलाई एकतन्त्रीय शासनअन्तर्गत राख्न सक्ने आँट गर्न नसकेकाले नेपालका शासकले सो भूभाग लिन अस्वीकार गरेको इतिहासकार राणा बताउनुहुन्छ। सो भूभाग लियो भने आफ्नो मनोमानी हुकुमी शासनसमेत गुमाउनुपर्ला भन्ने डर त्यस बेलाका नेपालका शासकलाई परेको थियो। ‘त्यतिखेर ब्रिटिस सरकारले नेपाललाई दिन प्रस्ताव राखेको भूभाग नलिनाले नेपाल सदाका लागि भूपरिवेष्ठित देश बन्न पुग्यो’ –इतिहासकार राणाको तर्क छ।
इतिहासकार पुरुषोत्तमशमशेर राणाका अनुसार अंग्रेजले भारत छोड्ने लगभग निश्चित भएपछि विसं २००१ भदौमा नेपालका तत्कालीन प्रधानमन्त्री श्री ३ जुद्धशमशेरलाई भारतमा बोलाएर उक्त प्रस्ताव राखेका थिए। ‘अब हामी भारत छोडेर युरोपतिर जाँदै छौं, त्यसैले भारत देश भारतीयलाई नै सुम्पनेछौं’, ब्रिटिस सरकारका तर्फबाट भायसराय लर्ड वेभलले श्री ३ जुद्धलाई भनेका थिए– ‘तपाईंहरू पनि पूर्वी पाकिस्तान (हाल बंगलादेश) सम्मको भूभाग माग गर्नुस्, विनाआपत्ति हामी सम्पूर्ण भाग सजिलै सुम्पनेछौं।’ भायसरायको कुरालाई त्यस बेला जुद्धशमशेरले समर्थन गर्ने आँट गरेनन् र सल्लाह गरी जवाफ पठाउँला भनी नेपाल फर्किए।
तत्काल स्वतन्त्रता आन्दोलन चलाई मर्न र मार्न पनि पछि नपर्ने भारतीयहरूलाई एकतन्त्रीय शासनअन्तर्गत राख्न सक्ने आँट गर्न नसकेकाले नेपालका शासकले सो भूभाग लिन अस्वीकार गरेको इतिहासकार राणा बताउनुहुन्छ। सो भूभाग लियो भने आफ्नो मनोमानी हुकुमी शासनसमेत गुमाउनुपर्ला भन्ने डर त्यस बेलाका नेपालका शासकलाई परेको थियो। ‘त्यतिखेर ब्रिटिस सरकारले नेपाललाई दिन प्रस्ताव राखेको भूभाग नलिनाले नेपाल सदाका लागि भूपरिवेष्ठित देश बन्न पुग्यो’ –इतिहासकार राणाको तर्क छ।
भारत छोड्नुपर्ने भएपछि त्यस बेला अंग्रेजको उद्देश्य भारतलाई चारैतर्फबाट घेर्नु थियो। त्यसैले भारतको पश्चिमपट्टिको भूभ–ागमा नयाँ राष्ट्र पूर्वीपाकिस्तान सिर्जना गरियो। पछि भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीको कार्यकालमा बंगलादेश नाम भई स्वतन्त्र राष्ट्र हुनपुग्यो। नेपालले नलिँदा पनि नयाँ राष्ट्र बंगलादेश सिर्जना भएरै छाड्यो भने नेपालले सो भाग लिन स्वीकार गरेको भए नेपालमै मिल्न सक्ने भनाइ राणाको छ।
पछि सन् १९४५ अक्टोबर ३४ मा ब्रिटिस भारत सरकारका प्रधानसेनापति सर क्लाइड जेकोब यडबर्ड अकिनलेक काठमाडौं आएर ‘अझै समय छ, भारतको पूर्वीभागको माग गर्नुस्’ भनी श्री ३ जुद्धलाई पुनः प्रस्ताव राखेका थिए। त्यतिखेर यडबर्ड अकिनलेकले भनेका थिए– ‘डराउनुपर्दैन, हामी नै सम्पूर्ण भागको शासन व्यवस्था सुदृढ गरी तपाईंलाई सुम्पिन्छौं, नत्र सो इलाका पूर्वीपाकिस्तानको रूपमा रहनेछ।’ अंग्रेजका तर्फबाट यत्तिको भन्दा पनि तत्कालीन नेपाली शासक डराए। सो भाग लिन मञ्जुर गर्न सकेनन्। आखिर पूर्वीपाकिस्तान (हाल बंगलादेश) छुट्टै राज्य भएरै छोड्यो। त्यतिखेरका नेपाली शासकले सो भू–भाग लिन मञ्जुर गरेको भए आज नेपालले कसैको नाकाबन्दीको सामना गर्नुपर्ने अवस्था आउने थिएन।
भूपरिवेष्टित देश भएको र ठूलाले सानालाई हेप्ने प्रवृत्तिकै कारण भारत स्वतन्त्र भएयता तीन पटक नेपालमा नाकाबन्दी भइसकेको छ। भारत स्वतन्त्र भएपछि वि.सं. २०२२ सालमा इन्दिरा गान्धीको कार्यकालमा नेपालमा पहिलोपटक नाकाबन्दी गरिएको थियो। त्यसपछि वि.सं. २०४५ सालमा राजीव गान्धीको कार्यकालमा लामो समय नाकाबन्दी गरियो। अहिले आएर भारतका ख्यातिप्राप्त नेता नरेन्द्र मोदीको कार्यकालमा, त्यो पनि डब्लूटीओमा हस्ताक्षर गरिसकेको भारतले भूपरिवेष्टित देश नेपालमा नाकाबन्दी गरी यहाँका नागरिकलाई तड्पाउनु भनेको मिचाहा प्रवृत्ति नै भन्नुपर्छ।
जनसंख्याको चाप, बढी परनिर्भरता र बढी राजनीतिक चलखेलले गर्दा पहिलोभन्दा दोस्रो र दोस्रोभन्दा तेस्रो नाकाबन्दीले नेपाली नागरिकलाई नराम्रोसँग असर पुर्याएको पाइएको छ। नेपालका शासकहरूमा दीर्घकालीन सोचको कमी र व्यक्तिगत स्वार्थका कारण अहिले देशले नाकाबन्दीको मार खेप्नुपरेको यथार्थ हामी सबैले बुझैकै हो। त्यसैले अहिलेको समस्यालाई हरतरहले समाधान गरी दीर्घकालीन समाधानको बाटो पहिल्याउनेतिर शासकहरू लागिहाल्नुपर्ने देखिन्छ। किनकि यो बारम्बार दोहोरिँदै आएको समस्या हो र फेरि पनि नदोहोरिएला भन्न सकिन्न।
पछि सन् १९४५ अक्टोबर ३४ मा ब्रिटिस भारत सरकारका प्रधानसेनापति सर क्लाइड जेकोब यडबर्ड अकिनलेक काठमाडौं आएर ‘अझै समय छ, भारतको पूर्वीभागको माग गर्नुस्’ भनी श्री ३ जुद्धलाई पुनः प्रस्ताव राखेका थिए। त्यतिखेर यडबर्ड अकिनलेकले भनेका थिए– ‘डराउनुपर्दैन, हामी नै सम्पूर्ण भागको शासन व्यवस्था सुदृढ गरी तपाईंलाई सुम्पिन्छौं, नत्र सो इलाका पूर्वीपाकिस्तानको रूपमा रहनेछ।’ अंग्रेजका तर्फबाट यत्तिको भन्दा पनि तत्कालीन नेपाली शासक डराए। सो भाग लिन मञ्जुर गर्न सकेनन्। आखिर पूर्वीपाकिस्तान (हाल बंगलादेश) छुट्टै राज्य भएरै छोड्यो। त्यतिखेरका नेपाली शासकले सो भू–भाग लिन मञ्जुर गरेको भए आज नेपालले कसैको नाकाबन्दीको सामना गर्नुपर्ने अवस्था आउने थिएन।
भूपरिवेष्टित देश भएको र ठूलाले सानालाई हेप्ने प्रवृत्तिकै कारण भारत स्वतन्त्र भएयता तीन पटक नेपालमा नाकाबन्दी भइसकेको छ। भारत स्वतन्त्र भएपछि वि.सं. २०२२ सालमा इन्दिरा गान्धीको कार्यकालमा नेपालमा पहिलोपटक नाकाबन्दी गरिएको थियो। त्यसपछि वि.सं. २०४५ सालमा राजीव गान्धीको कार्यकालमा लामो समय नाकाबन्दी गरियो। अहिले आएर भारतका ख्यातिप्राप्त नेता नरेन्द्र मोदीको कार्यकालमा, त्यो पनि डब्लूटीओमा हस्ताक्षर गरिसकेको भारतले भूपरिवेष्टित देश नेपालमा नाकाबन्दी गरी यहाँका नागरिकलाई तड्पाउनु भनेको मिचाहा प्रवृत्ति नै भन्नुपर्छ।
जनसंख्याको चाप, बढी परनिर्भरता र बढी राजनीतिक चलखेलले गर्दा पहिलोभन्दा दोस्रो र दोस्रोभन्दा तेस्रो नाकाबन्दीले नेपाली नागरिकलाई नराम्रोसँग असर पुर्याएको पाइएको छ। नेपालका शासकहरूमा दीर्घकालीन सोचको कमी र व्यक्तिगत स्वार्थका कारण अहिले देशले नाकाबन्दीको मार खेप्नुपरेको यथार्थ हामी सबैले बुझैकै हो। त्यसैले अहिलेको समस्यालाई हरतरहले समाधान गरी दीर्घकालीन समाधानको बाटो पहिल्याउनेतिर शासकहरू लागिहाल्नुपर्ने देखिन्छ। किनकि यो बारम्बार दोहोरिँदै आएको समस्या हो र फेरि पनि नदोहोरिएला भन्न सकिन्न।
– रोहिणी घिमिरे
भारतसँगको व्यापार र पारवहन सन्धिको म्याद सकिने समय र नयाँ
सन्धिगर्ने अथवा पुरानैलाई नवीकरण गर्ने वार्ता नेपालकालागि सधैं जोखिमपूर्ण र
पीडादायी साबित भएको छ। भारतले नेपालमा जस्तो शासन भए पनि यी सन्धिलाई आफ्नो
मुठीमा रहेको 'प्रभावकारी धारिलो हतियार'का रूपमा स्वार्थ पूरा गर्न प्रयोग गर्ने
स्थायी रणनीति बनाउँदै आएको छ। ०४५ सालमा पनि भारतले नेपालमाथि नाकाबन्दी गरेको
थियो ।
आफ्नो आशीर्वादमाबनेकावा टिकेका सरकारलाई पनि सन्धिनवीकरण
नहुने डर देखाएर तात्कालिकआवश्यकता पूरा गर्ने भारतको प्रवृत्तिमानिरन्तरता रहेको
छ। अझ नेपालले भारतको खटनपटन मान्नआनाकानी गरेको अवस्थामा त राजनीतिक
सम्बन्धमातनाव बढ्ने, व्यवहार कठोर हुने, नेपालमाहुर्काइएका राजनीतिकपात्रहरूलाई उपयोग
गरेर अस्थिरता सुरु गर्ने नीतिसमेत भारतले नेपालमा पटकपटक अवलम्बन गरेको छ।
तर, त्यसपटक त परिस्थितिअसामान्यथियो। दुई पक्षीय
सम्बन्धमातनाव बढ्दै गएका बेलापारवहन सन्धिको म्याद सकिनै लागेको थियो।
नयाँदिल्लीले अवसरलाई हदैसम्मउपयोग गर्योय। आफ्नो खास चाहना प्रस्ट गरेन, म्याद सकिनलागेको सन्धिकार्यान्वयनमासिफारिस
पनि गरेन, म्यादथप्नतयार पनिभएन। वार्ताको
क्रमलम्ब्याउँदै लग्यो तर दुई पक्षीयवार्ताकाक्रममा गरेका कुराहरू रेकर्ड भएको
माइन्युटमा भने सही गरेन।
यसैबीच राजनीतिबाट
टाढा, पेसागत दृष्टिकोणबाट निर्देशितदुवै
देशकाव्यापारीको समूह सक्रियभयो। दोहोरो कर नलाग्ने व्यवस्थागर्न नेपालमा
रहेकाभारतीयव्यापारी र लगानीकर्ताले नयाँदिल्लीमादबाब बढाए। भारतको केन्द्रीय
सरकारमाउनीहरूको प्रभाव निर्णायक छ भन्ने दृष्टान्तस्वरूप हस्ताक्षर गरेको
मितिभन्दा एक महिनाअगाडिदेखि नै लागू हुने व्यवस्थासहितको दोहोरो कर
नलाग्नेसम्बन्धी सम्झौतामा १९८८ डिसेम्बरमादुई देशबीच हस्ताक्षर भयो। तर,व्यापार सन्धिको मस्यौदामा भने 'निकट भविष्यमामन्त्री स्तरमा काठमाडौंमा दस्तखत
हुने सहमति'मामात्रै समझदारी भयो। सचिवस्तरमा
सहमतिभएपनिदबाब बढाएर थपमोलतोल गरेर आफ्नो रणनीति कार्यान्वयनगर्न सहमतिलिँदै
भारतले मन्त्रीस्तरीय बैठकको मिति तय गर्ने इच्छा देखाएन। दिनबित्दै गए, अन्योल र आशंका बढ्न थाल्यो। ठिक त्यस्तै
अवस्थामाभारतले नेपालसँगको सिमानामा दसवटा थप सुरक्षाचौकीको व्यवस्थागर्योो।
त्यसताका
नेपालमानिकै श्रोताभएको अल–इन्डिया रेडियोको नेपाली सेवाबाट
नेपालविरुद्ध समाचार, टिप्पणी र नाटकलगायतका
प्रचारसामग्रीनियमित प्रसार हुनथाले। यसरी दुई देशबीचको सम्बन्धचारैतिरबाट
बिग्रँदै गएको अवस्थामाअचानकभारतका परराष्ट्रमन्त्री पिभी नरसिंह
रावमहाशिवरात्रिमापशुपतिनाथदर्शन गर्न केही घन्टाका लागि काठमाडौं आउने खबर
भारतकाअखबारहरूमा छापियो। उहाँको चाहनाथाहा पाएपछि नेपालले औपचारिक निमन्त्रणा पनि
पठायो। पशुपतिनाथको दर्शन गरेपछि दुई देशका परराष्ट्रमन्त्रीबीच वार्ता भयो। त्यस
बेलाप्रधानमन्त्री राजीवगान्धीको नजिकमा परराष्ट्र राज्यमन्त्री नटवरसिंह थिए, नटवरसिंहलाई उपेक्षागर्ने क्रम सुरु भइसकेको
थियो। त्यसै गरी नेपालका परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायपनि दरबारबाट
टाढिएका थिए। राजासँगमन्त्रीको भेट नहुने, खटनपटन आफू
गर्ने तर जवाफदेहीभने मन्त्रीलाई बनाउने दरबारका सचिवहरूको हालीमुहालीबाट
परराष्ट्रमन्त्री उपाध्यायआजितथिए। यसको जानकारी नयाँदिल्लीकाशक्तिकेन्द्र र
अखबारलाई पनिथियो। उनीहरू भन्नथालेकाथिए, 'दिल्लीको
कुरा गर्न आएका नेपालका परराष्ट्रमन्त्री र उच्चअधिकारीहरूलाई पर्याप्तअख्तियार
थिएन।'
तर, राजीव मन्त्रिमण्डलका वरिष्ठ एवम्अनुभवी सदस्य
रावको भूमिकान्यूनीकरण गर्नु बुद्धिमानी नभएपनि नेपालआएका रावको राजासँग भेट हुन
सकेन। दरबारकाशक्तिशाली सचिवहरूले परिस्थितिको आवश्यकताबुझेर रावसित राजाको कुरा
गराई गतिरोध हटाउने प्रयास गर्नुको सट्टा पशुपतिको दर्शन गर्न आएका रावलाई राजासँग
भेटाउनुभन्दा प्रोटोकलको ठाउँमा राख्नु नै उचित ठाने। नेपालप्रति सहानुभूति राख्ने
कूटनीतिक समुदायले पनि दरबारकै अर्घेलो ठहर्या्यो। रावअपमानितभएर फर्किए।
परराष्ट्रमन्त्री
रावको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमाजमेको बरफ पगाल्न सकेन बरु झन् कडा
हुनथाल्यो। तर, व्यक्तिगतरूपमा रावकालागिभने त्यो भ्रमण
विशेष उपलब्धिपूर्ण बन्यो। कट्टर धर्मावलम्बी रावले शिवरात्रिमापशुपतिनाथदर्शन
गर्नुभयो, विधिपूर्वक पूजागर्नुभयो। प्रत्यक्षदर्शी
सुरक्षामाखटिएका अधिकारीले दिएको जानकारीअनुसार पशुपतिनाथमामूलभट्टले रावलाई
चन्दनको टीका र रुद्राक्ष–मालालगाइदिएर अबप्रधानमन्त्रीभएर दर्शन
गर्न आउनुहोस् भनेकाथिए। राजीवगान्धीको नेतृत्व रहेको पार्टीका नेताले
प्रधानमन्त्रीहुने सपना देख्नु पनि 'अपराध' ठहरिने भारतीय राष्ट्रिय कांग्रेसको संस्कृतिमा
रावकालागित्यस्तो आशिषअनपेक्षित नै थियो। तर,नियतिको
खेलले त्यो आशिष केहीवर्षपछि नै पूरा भयो। र, भारतीय
राजनीतिमापहिलोपटक गैर नेहरू परिवारको नेतृत्वमापाँचवर्ष कांग्रेसको सरकार चलाउने
पहिलो प्रधानमन्त्रीबन्नउहाँ सफलहुनुभयो।
रावको भ्रमणको ६
दिनपछि नै कलकत्ता विमानस्थलबाट १० जना नेपालीलाई परिचयपत्रनभएको आरोपमा
नेपालफर्काइयो। त्यसको जवाफमा नेपालले पनिभारतीयनागरिकले परिचयपत्रबिना
नेपालप्रवेशगर्न नसक्ने व्यवस्थालागू गर्योफ। भारतले सचिवस्तरमा हस्ताक्षर भएको
पारवहन सन्धिमामन्त्रीस्तरमा हस्ताक्षर हुननसके सन्धिको म्यादसँगै
त्यसकाव्यवस्थापनिखारेज हुने चेतावनीदियो। त्यसलगत्तै सन्धिको म्याद सकिएपछि
भारतले नेपाललाई पेट्रोलियमपदार्थ आपूर्ति गर्न नसक्ने र अबदेखि व्यापार र पारवहन
सम्झौता एउटै गर्ने सूचनादियो। त्यसपछि नेपालले सचिवस्तरमा सहमतिभइसकेको पारवहन
सम्झौतामा हस्ताक्षर गर्न भारतीयमन्त्रीलाई निमन्त्रणा पठायो। तर, भारतले मन्त्रीस्तरीय वार्ता हुनुअगाडि नेपालले
केही निर्णय लिनुपर्ने पूर्वसर्त राख्यो। त्यहीखिचातानीमा २०४५ चैत १० गते नेपाल–भारतबीचको पारवहनसम्झौताको म्याद सकियो। भारतीय
परराष्ट्र मन्त्रालयकाप्रवक्ताले सम्झौतानवीकरण हुननसक्नुको दोष नेपालमाथिलगाउँदै
भने, 'नेपालले भारतको चासोलाई सम्बोधन गरेन।' यसका साथै कोइला, मट्टीतेल, चिनीजस्ता वस्तु आयातगर्न नेपाललाई दिँदै आएको
विशेष सुविधापनि रद्द गरेको घोषणा भयो। भारतीय परराष्ट्र मन्त्रालयसँग निकट
सम्बन्धभएका एक पत्रकारले आर्थिक नाकाबन्दीलगाउनुको औचित्य साबित गर्न खोज्दै लेखे, 'यदि नेपालले चीनबाट एके–४७ राइफल, क्षेप्यास्त्र
र एन्टी एयरक्राफ्ट गननल्याएको भए यो संकट आउने थिएन।' तर,अनुभवहरूले
के सिद्ध गरेका छन् भने भारतलाई आफ्नो निश्चितअभिप्रायले नेपाललाई कुनामा घचेट्नु
नै थियो। यो नभए अर्को निहुँ निकाल्थ्यो।
(पूर्वपरराष्ट्रमन्त्री पाण्डेको शुक्रबार
विमोचितआत्मकथा 'राजनीति र
कूटनीति' को
सम्पादितअंश)
नारायण पंगेनी,
सेवा ठप्प पारी सडक आन्दोलनमा उत्रिएका मेनपावर व्यवसायीहरुले झण्डै २१ दिनपछि सेवा सूचारु गरे । सरकार र ब्यवसायीबीच मध्यरातमा ३१ बुँदे सहमति भएपछि ब्यवसायीहरुले आन्दोलन रोकेर आफ्नो ब्यवसाय शुरु गरेका हुन् । तर, मेनपावर व्यवसाय खुले पनि सरकार र व्यवसायीवीचको सहमतिले कसको बढी हित गर्छ भन्ने बहस सकिएको छैन ।
सेवा ठप्प पारी सडक आन्दोलनमा उत्रिएका मेनपावर व्यवसायीहरुले झण्डै २१ दिनपछि सेवा सूचारु गरे । सरकार र ब्यवसायीबीच मध्यरातमा ३१ बुँदे सहमति भएपछि ब्यवसायीहरुले आन्दोलन रोकेर आफ्नो ब्यवसाय शुरु गरेका हुन् । तर, मेनपावर व्यवसाय खुले पनि सरकार र व्यवसायीवीचको सहमतिले कसको बढी हित गर्छ भन्ने बहस सकिएको छैन ।
कतार, साउदी अरब, यूएई, ओमान, बहराइन, कुवेत र मलेसियामा निःशुल्क कामदार पठाउने भनी सरकारले निर्णय गरेपछि ब्यवसायी आन्दोलित भएका थिए । पछि निःशुल्क भिसा र टिकटको ब्यवस्थालाई परीक्षणकालकै रुपमा लागू गर्नेसहित ३१ बुँदामा सहमति भयो ।
झट्ट हेर्दा निःशुल्क भिसा र टिकटको निर्णय आकर्षण देखिन्छ । तर सहमतिका ३१ बुँदामध्ये अधिकांश सहमति कामदारको हितमा देखिँदैन । वैदेशिक रोजगारमा जाने कामदारहरु बारम्बार ठगिने र विदेशमा गएर नेपालीले सम्झौता भएअनुसारको काम नपाउने कारणले गर्दा सरकारले आर्थिक वर्ष २०७०/७१ को बजेट भाषणमै सरकार, ब्यवसायी र कामदारबीच त्रिपक्षीय श्रम सम्झौता गर्नुपर्ने बताएको थियो । सरकारले ल्याएको कार्यक्रम ओमानबाहेक अन्य कुनै पनि मुलुकको हकमा लागू भएन ।
तर, अहिले सरकारले ब्यवसायीहरुसँग भएको सम्झौतामा ओमनमा पनि त्रिपक्षीय श्रम सम्झौता हटाउने सहमति गरेको छ । एउटा बजेटमा उल्लेख भएको योजना अर्को बजेट भाषणमा निश्त्रिmय हुने ब्यवसायीको तर्कलाई आत्मसाथ गर्दै ओमनमा मात्रै कायम गरिएको त्रिपक्षीय श्रम सम्झौतामा समेत पुनर्विचार सहमति सरकारले गरेको छ ।
ब्यवसायीहरुले कामदारसँगबाट मनपरी रकम असुलेको गुनासो बढेकैले गर्दा सरकारले यसअघि नै मलेसियाको हकमा ८० हजार अन्य खाडी मुलुकमा ७० हजार भन्दा बढी शुल्क नपाउने भन्दै शुल्क निर्धारण गरेको थियो । तर, कामदारलाई तर्साएर ब्यवसायीले दुई लाख भन्दा बढी रकम असुल्ने काम गर्दै आएका छन् । तर, सहमतिका नाममा सरकारले ब्यवसायीसँग सल्लाह गरेर मात्रै अनुगमन कार्यविधि बनाउने घातक सहमति सरकारले गरेको छ ।
पछिल्लो समय ब्यवसायीरुले गरेको अवैधानिक कार्यको अनुगमन गर्दा एक सय दुई भन्दा बढी कम्पनीलाई अनुगमनको दायरामा राखी कारबाही अघि बढाइएकोमा कारोबार गर्न दिने र अनुगमनपछिको अनुसन्धानमा सरलीकरण गर्ने सहमतिमा पनि सरकार चुकेको छ ।
सेवा शुल्कवापतको रकम रोजगारदाता कम्पनीले उपलब्ध नगराएको अवस्थामा कामदारबाट लिइएको शुल्कको रसिद अन्तिम स्वीकृति लिँदा नै पेश गर्नु परेको व्यवस्थालाई ऐन संशोधनका बखत परिमार्जन गरी उक्त रसिद कामदार उडान गर्दा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको श्रम कक्षमा चेक जाँच गर्ने सम्बन्धमा कार्यदलले पेश गर्ने भनी गरिएको अर्को निर्णयले कामदारको कत्तिको हित गर्ला ?
वैदेशिक रोजगार ब्यवसायीहरुले झुठो आश्वासन दिएर ठगी गरेका उजुरीहरु वैदेशिक रोजगार विभागमा खात लागेको छ । ती उजुरीहरुको बारेमा न्यायिक छानविन गरी कारबाही गर्नुको सट्टा छिटोभन्दा छिटो मुद्दाहरु किनारा लगाउने जस्ता सहमति पनि ब्यवसायीहरुसँग गरिएको छ ।
वैदेशिक रोजगारमा कामदार पठाउन सम्पूर्ण प्रक्रिया पूरा गरी उडान हुने समयमा वैदेशिक रोजगार बिभागले नै अभिमुखीकरण तालिम दिने व्यवस्था पुनर्विचार गर्ने, वैदेशिक रोजगार ऐन २०६४ को दफा १५ देखि १९ सम्मलाई समायोजन गरि रोजगार दाता र कामदारबीचको करार नामाको आधारमा अन्तिम स्विकृति दिने व्यावस्था समेत कार्यदलले टुंग्याउने जस्ता सहमतिले गर्दा सरकार फ्री भिसा फ्री टिकटको आकर्षक नारा दिएर अन्य विषयमा घातक सहमति गरी दलालीकरण गरिरहेको प्रष्ट बुझिन्छ ।
अहिलेसम्मको मेनपावर कम्पनीको अवस्थालाई हेर्ने हो भने मेनपावर कम्पनी साँच्चिकै अब्यवस्थित छ । कम्पनीहरु ब्यवस्थित र विश्वासनीय हुन सकेका छैनन् भने ब्यवस्थित गर्ने प्रयत्नसमेत गरिएको छैन । तर, पनि नेपालीहरु जोखिम मोलेर तिनै कम्पनीहरुमार्फत वैदेशिक रोजगारमा गइरहेका छन् ।
वैदेशिक रोजगारमा लैजाने एउटै मेनपावर ब्यवसायीहरुको सञ्जाल निकै लामो हुन्छ । मेनपावर कम्पनीको ढोकामा मात्रै पुर्याइदिने एजेन्टलाई ब्यवसायीले प्रतिब्यक्ति पाँच हजारभन्दा माथि कमिशन दिएका हुन्छन् । त्यसरी कमिशन लिनेहरुको लामो लर्को हुन्छ । त्यसैले मेनपावर ब्यवसायीहरुले आफ्नो गुम्दै गएको विश्वसानीयता बचाउन र आफ्नो छबि राम्रो बनाउन प्रयत्नै गर्दैपर्छ । होइन भने तिनै ब्यवसायीमार्फत वैदेशिक रोजगारमा जानेहरुले समेत कहिलै ब्यवसायीप्रति राम्रो दृष्टिकोणले हेर्ने छैनन्, जसरी ब्यवसायीहरुको पछिल्लो आन्दोलनमा आम नागरिकले साथ दिएनन् ।
ब्यवसायीहरुको हितका लागि भन्दै थुप्रै संस्थाहरु खुलेका छन् । सबै संस्थाको छाता संगठनको रुपमा नेपाल वैदेशिक रोजगार ब्यवसायी संघ क्रियाशील छ । तर संघले पनि ब्यवसायका नाममा गरिने ठगी रोक्ने कुनै प्रयत्न नै गरेको पाइँदैन ।
संघले ब्यवसायीहरु सबै आफ्नै हुन् र कामदारहरु विदेशीका दास हुन् भन्ने भन्ने मानसिकता नत्यागेसम्म मुलुकमा रोजगारीको अभावमा विदेश जाने युवाहरुले सधैं दुःख पाइरहनेछन् ।
Mount
Everest, the world's highest peak, was moved three centimeters
southwest by the 7.8-magnitude earthquake that devastated Nepal in
April, Chinese authorities say.
But
the April 25 quake, which left more than 8,000 people dead, did not
affect the height of the 8,848-meter mountain, according to the report
by China's National Administration of Surveying, Mapping and
Geoinformation.
Chinese state media reported the administration had set a satellite monitoring system on the peak in 2005 to observe the movement of the mountain.
In
the decade since, Everest had been moving northeast at a speed of four
centimeters a year, and had grown by 0.3 centimeter annually, state
media reported.
The April earthquake
reversed the direction of the mountain, shifting it to roughly where it
would have been nine months earlier.
It
triggered a number of avalanches on and around the mountain -- which is
located at the border of Nepal and China -- claiming the lives of many
climbers. The deaths led mountaineering companies to call off their
climbs for the rest of the season.
New
data showed a second deadly quake in Nepal, which struck on May 12 with a
magnitude of 7.5, did not move the mountain, state media reported.
Previous
analyses by seismologists have said that the mountain likely shifted by
as much as meters in the quake, but the height was likely unchanged.
- CNN
पत्रकारले दशहजार तलब नपाएका समाचार पटकपटक आउँछन् । २० वर्षअघि जारी भएको श्रमजीवी पत्रकार कानुनका बारेमा खुबै चर्चा पनि हुन्छ । पत्रकार महासंघको विवरणअनुसार देशभरि अहिले १२ हजार पत्रकार छन् । तीमध्ये मुस्किलले एकहजार पत्रकार मात्र होलान् जसले नियमित रुपमा १० हजारभन्दा धेरै तलब पाउने गरेका छन् । तर, नेपालमा केही औंलामा गन्न सकिने सम्पादक छन् जसको मासिक तलब महिनामा लाख रुपैयाँभन्दा धेरै ।
नेपालका झन्डै दर्जनसम्पादक मासिक रुपमा डेढलाख माथि कमाउँछन् । महिनामा डेढ लाखमाथि कमाउनेहरुमा बीबीसीका रविन्द्र मिश्र, कान्तिपुरका सुधीर शर्मा, काठमाडौं पोष्टका अखिलेश उपाध्याय, सेतोपाटीका नारायण वाग्ले र अमित ढकाल, खोज पत्रकारिताका शिव गाउँले, राष्ट्रपतिका सल्लाहाकार राजेन्द्र दाहाल र मिडिया कन्सल्ट्यान्ट विनोद भट्टराई, रघु मैनाली, नेपाली टाइम्सका सम्पादक कुन्द दीक्षित र प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रतिक प्रधान पर्छन् । यीमध्ये कतिले कर नतिर्ने गरी मालिकबाट मासिक रुपमा तलब बुझ्ने गर्छन् ।
एक लाखदेखि डेढ लाखसम्म महिनामा तलब खानेहरुमा अन्नपूर्ण पोष्टका युवराज घिमिरे, नागरिकका गुणराज लुइँटेल, द हिमालयन टाइम्सका प्रकाश रिमाल,हिमालका किरण नेपाल, नेपालका प्रशान्त अर्याल, कान्तिपुरका हरिबहादुर थापा, साप्ताहिकका सुवास ढकाल, रिपव्लिकाका सुवास घिमिरे, नयाँ पत्रिकाका कृष्णज्वाला देवकोटा पर्छन् । यसैगरी कान्तिपुर टेलिभिजनबाट सरुवा गरिएका तीर्थ कोइराला, हालका समाचार प्रमुख दिलभुषण पाठक र उज्यालो रेडियोका गोपाल गुरागाइँ पनि महिनामा लाख माथि तलब खानेमा पर्छन् ।
विभिन्न कार्यक्रम बनाएर वा टिभी कार्यक्रम उत्पादन गरेर पनि महिनामा लाख माथि कमाउनेहरु छन् । जापानी टिभीका नेपाल संवाददाता लक्ष्मण उप्रेती, प्रशिक्षक मोहन मैनाली, समकोण कार्यक्रमकी निर्मला शर्मा, साझा सवालका दीपक भट्टराई र कार्यक्रम सञ्चालक विद्या चापागाइँको पारिश्रमिक पनि महिनामा लाख माथि रहेको बताइन्छ ।
यसैगरी कारोबारका सञ्जय न्यौपाने र आर्थिक अभियानका मदन लम्साल पनि महिनामा लाख बुझ्ने सम्पादकहरु हुन् । महिनामा ५० हजारदेखि १ लाखसम्म कमाउने पत्रकारहरुको संख्या झन्डै एक सयभन्दा माथि रहेको बताइन्छ ।
समाचारपत्रका सम्पादक पुष्करलाल श्रेष्ठ, राजधानीका राजन शर्मा, हिमालय टाइम्सका सम्पादक उज्जवल शर्मा, कान्तिपुरका फोटो पत्रकार विकास रौनियारलगायतको मासिक तलब ५० हजार माथि छ । यसैगरी कार्टुनिष्टहरु दुर्गा बराल, रविन सायमी, अविन पनि राम्रो तलबमा काम गर्छन् । अन्नपूर्ण पोष्टका बासु क्षितिजको कमाई पनि राम्रो छ ।
कान्तिपुर र काठमाडौं पोष्टमा मात्रै झन्डै ३० जनाको तलब झन्डै ५० हजार माथि रहेको बताइन्छ । हिमाल र नेपालका कतिपय संवाददाता पनि यो वर्गमा पर्छन् । भर्खरै खुलेका अनलाइनहरुले पनि आफ्ना संवाददातालाई राम्रो तलब दिएर राखेका छन् । अनलाइनखबर, रातोपाटी डटकम, सेतोपाटी, पहिलोपोष्ट, सञ्चारिका अनलाइनले संवाददातालाई राम्रो तलव दिएका छन् ।
–जेठ ३२ को साँघुबाट
नारायण पंगेनी,
सशस्त्र द्वन्द्वको समयदेखि नै इलेक्ट्रोनिक तथा छापा मिडिया चलाउँदै आएको माओवादीको ‘मिडिया साम्राज्य नीति’ असफल भएको छ । पार्टीको मिडिया नीति असफल भएपछि पार्टी मातहतका केही सञ्चार माध्यम व्यक्तिगतरुपमा सञ्चालनमा आएका छन् भने अधिकांश मिडिया बन्द हुन पुगेका छ ।
मिडिया नीति दस्तावेजमै सीमित
जनयुद्धपछि शान्ति प्रक्रियामा आएर मिडिया साम्राज्य फैलाउने बताएका माओवादी अहिले पाँच चिरामा छन् ।
जनयुद्धपछि शान्ति प्रक्रियामा आएर मिडिया साम्राज्य फैलाउने बताएका माओवादी अहिले पाँच चिरामा छन् ।
पार्टी विभाजनपछि पनि अहिले अस्तित्वमा रहेका माओवादीहरुको दस्तावेजमा पार्टी मातहतका मिडियालाई व्यवस्थित गर्ने उल्लेख गरिएको पाइन्छ ।
एमाओवादीको कार्यदिशामा मिडियालाई थप व्यवस्थित गर्ने उल्लेख छ भने वैद्य नेतृत्वको नेकपा-माओवादीको दस्तावेजमा एक दैनिक पत्रिका, एक एफएम रेडियो तथा मासिक पत्रिकाहरु थप व्यवस्थित गरी तीन महिनाभित्र सञ्चालन गर्ने उल्लेख छ ।
नेकपा-माओवादीबाट हालसालै अलग भई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको दस्तावेजमा पनि पार्टीका आन्तरिक मिडियाहरुलाई व्यवस्थित गर्ने र दैनिक पत्रिका चलाउने उल्लेख छ ।
विप्लव माओवादीले पत्रपत्रिका प्रकाशन र व्यवस्थित गर्ने तथा राजधानीबाट सञ्चालित हुँदै आएको रेडियो मिर्मिरेलाई सघाउने भनी आफ्नो दस्तावेजमै उल्लेख गरेको छ ।
जनयुद्ध पनि सकियो, माओवादी मिडिया पनि सिद्धिए
शान्ति प्रक्रियामा आएसँगै मिडिया साम्राज्य फैलाउने भन्दै देशभर मिडिया सञ्चालन गर्न कस्सिएको माओवादीको मिडिया अहिले शून्य प्रायः नै भएको माओवादी नेताहरु स्वीकार्छंन् ।
सशस्त्र युद्धकै बेला लुकिछिपी एफएम सञ्चालन गरेर मिडिया प्रचार बुझेको माओवादीले शान्ति प्रक्रियामा आएपछि देशैभर एक दर्जन बढी एफएम रेडियो सञ्चालन गरेको थियो ।
देशैभर सञ्चालन गरिएका एफएम रेडियोहरु माओवादी विभाजनअघि सम्म मुस्किलले सञ्चालन हुँदै आएका थिए ।
मुस्किलले सञ्चालनमा आएका केही मिर्मिरे एफएम लगायतका रेडियोहरु पार्टी विभाजनपछि आ-आफ्नो कब्जा पार्ने दाउमा बन्द भए ।
निजीकरणतर्फ
पार्टीकाे मुखपत्र जनादेश बन्द छ, पार्टी विभाजनपछि एमाओवादीले किनेको मैत्री एफएम अजय सुमार्गीले किनेका छन् ।
माओवादीले राज्य स्तरीय समितिबाट सञ्चालन गर्ने गरी एफएम रेडियोहरु चलाएको थियो । अहिले अधिकांश रेडियोहरु निजीकरण गरिएका छन् । मिडियालाई पार्टीको राम्रो मुखपत्र बनाउन सकिने भन्दै अधिकांश क्षेत्रमा गणतन्त्र एफएमका नामबाट माओवादीले रेडियो सञ्चालन गरेको थियो भने कतिपय ठाउँमा पुराना एफएमहरु किनेर चलाएको थियो ।
शान्ति प्रक्रियामा आएलगत्तै किनिएको पाल्पाको रेडियो पश्चिमाञ्चल एफएम अहिले एकीकृत नेकपा माओवादीका पाल्पा सचिव नेत्र पाण्डेले आफैले किनेर व्यक्तिगतरुपमा सञ्चालन गरेका छन् ।
पार्टी विभाजनपछि एमाओवादी र वैद्य माओवादीको हानाथापले गर्दा यो एफएम अधिकांश समय बन्द भएको थियो ।
क्षेत्रीय सदरमुकाम सुर्खेतमा सामुदायिक एफएमका रुपमा दर्ता गरी सञ्चालनमा ल्याइएको हिमाल एफएम वर्षौदेखि बन्द छ । उक्त एफएमका ट्रान्समिटर, एक्साइडर तथा रेडियो उपकरणहरु सञ्चालक समितिका अध्यक्ष काशीचन्द बरालका घरमा थन्काइएका छन् ।
यस्तै, दाङको घोराहीमा सञ्चालन गरिँदै आएको रेडियो गणतन्त्र, राप्ती एफएम अधिकांश समय बन्द हुने गरेको छ भने पोखरामा सञ्चालित रेडियो गण्डकी मुस्किलले चलेको छ ।
सुनसरीमा सञ्चालित रेडियो गणतन्त्रको अवस्था पनि दयनीय छ भने अन्य माओवादीका अन्य एफएम बन्द नै भइसकेका छन् । हरेकजसो जिल्लामा प्रकाशित हुने पार्टीका मुखपत्रहरु त अहिले अधिकांश बन्द भएका छन् ।
मुखपत्र बन्द, मिर्मिरेमा लफडा
जनयुद्धकालमा भूमिगत वितरण हुने जनादेश साप्ताहिक अहिले बन्दे छ । त्यसमा काम गर्ने पत्रकारहरुले व्यक्तिगत अनलाइन तथा पत्रिकाहरु चलाउँदै आएका छन् ।
एमाओवादीसँगको विभाजनपछि दुई माओवादीबीच नै मिडिया भिडन्त भएको थियो । एमाओवादीबाट मोहन वैद्य समूह अलग्गिएपछि वैद्य माओवादीले केही समय ‘जनदिशा’ दैनिक पत्रिका सञ्चालन गर्यो भने एमाओवादीले ब्रोडसिटमै ‘समाचार’ दैनिक निकाल्यो । तर, दुबै पार्टीका पत्रिकाहरु ६ महिना नपुग्दै बन्द भए ।
केन्द्रमा सञ्चालित इलेक्ट्रोनिक मिडियाको हालत पनि उस्तै छ । नेवाः राज्य समितिले सञ्चालन गर्दै आएको रेडियो मिर्मिरे पार्टी विभाजनपछि वैद्य माओवादीको कब्जामा पुग्यो भने एमाओवादीले मैत्री एफएम झण्डै करोड मूल्यमा किन्यो ।
तर, वैद्य माओवादीको भनिएको मिर्मिरे एफएम पार्टीले बनाएको कागजी सञ्चालक समितिले कब्जा गर्यो । पार्टीले खर्च गरेर चलाउने हविगत नभएपछि पार्टीले वेवास्ता गर्दा यस्तो अवस्था आएको स्वयम् माओवादी कार्यकर्ताहरु बताउँछन् ।
पार्टी विभाजनपछि एमाओवादीले किनेको मैत्री एफएम हालसालै अजय सुमार्गीले झन्डै एक करोड बढिमा किनेका छन । हालै एवीसी टीभीसमेत किनेका सुमार्गीले ‘थाहा’ ब्रान्डमा रेडियो र टीभी दुवै चलाउने तयारी गरिरहेका छन् ।
राजकुमार/नारायण पंगेनी
काठमाडौं । माओवादी १० वर्षे जययुद्धले जन्माएकी जुझारु नेत्री जयपुरी घर्ती बुद्धनगरस्थित वैद्य माओवादीको कार्यालय जान छाडेको एक महिना हुन लाग्यो ।
मोहन वैद्यसँग सम्वन्ध विच्छेद गरेर नयाँ पार्टी बनाएका नेत्रविक्रम चन्द विप्लवतिर पनि लागेकी छैनन् पूर्वसभासद जयपुरी ।
तपाई कुन पक्षमा हो भनेर सोध्यो भने उनी छोटो जवाफ दिन्छिन्- ‘म कतै छैन, अध्ययनमा छु ।’
भेटघाटका लागि अनलाइनखबरको टोली ललितपुरको हात्तिवनस्थित डेरामा पुग्दा रोल्पाली नेतृ जयपुरीले सुरुमा पार्टी फुटबारे टिप्पणी गर्न अन्कनाइन् । तर, सम्वादका क्रममा उनले आफ्नो मौनताको रहस्य मात्रै खोलिनन्, माओवादी आन्दोलनको भविश्यबारे निकै कठोर विश्लेषण सुनाइन् ।
दशवर्षे जययुद्धका उपलब्धीहरु रक्षा गर्न माओवादी असफल भएको जयपुरीको निष्कर्ष छ । ‘समग्र माओवादी पार्टी नै विर्सजनको दिशामा गयो, एमाओवादी भन्नुस् कि ड्यास माओवादी भन्नुस् वा अहिले जन्मेको माओवादी भन्नुस्’ उनले निराशा प्रकट गरिन् ।
माओवादी विघटन र विसर्जनको बाटोमा
शान्ति प्रक्रियामा आएपछि माओवादीको पतन सुरु भएको जयपुरीको ठम्याइ छ । ‘प्रतिक्रियावादीहरुले आफ्नो रणनीति बनाउँदै गए । हामीलाई जालमा फसाउँदै गए । क्रान्तिकारीहरु योजनाविना अघि बढ्दा फस्दै गए,’ जयपुरी भन्छिन्, ‘वैचारिक राजनीतिक हिसाबले सम्झौताहरुमा नै हामी फस्यौं जस्तो लाग्छ । फस्दै जाँदा परिणमका रुपमा विर्सजनमा आयौं ।’
दश वर्षे जनयुद्धले जन्माएको माओवादी यति सजिलै कसरी विसर्जनको बाटोमा पुग्यो ? अनलाइनखबरको प्रश्नमा जयपुरी भन्छिन्, ‘हामीले केही राख्न सकेनौं । जनमुक्ति सेना विना अंश सकियो । हामीलेे ठीक ढंगले समायोजन गर्न सकेनौं । हाम्रो सत्ता थियो । तर, त्यसलाई पनि ठीक ढंगले व्यवस्थापन गर्न सकेनौं । सकेको भए ब्युरोक्रेसीमा हाम्रा मान्छे जान्थे । धेरै ठाउँमा हाम्रा मान्छे हुन्थे ।’
माओवादीको थप समीक्षा गर्दै जयपुरी भन्छिन् – ‘हामीले दुईचार जना मन्त्रीका लागि बार्गेनिङ गर्यौं । तर, जनतालाई के दिने भन्नेबारे पार्टीमा दुरु दृष्टिसहित कहिल्यै छलफल भएन । अहिले त्यसैको परिणामा भोग्दैछौं ।’
‘पुराना नेताहरुले पुनर्गठन गर्लान् भनौं भने फुटाउने मात्रै भए’ पार्टीको फुटबारे असन्तुष्टि पोख्दै उनी भन्छि्न, ‘त्यसकारण मेरो निष्कर्ष के हो भने १० वर्ष जनयुद्धबाट आएको माओवादी पार्टी विघटन भएको छ, विर्सजन भएको छ । अब माओवादी पार्टी र आन्दोलनलाई पुनर्गठित गर्नुपर्छ ।
पहिलेका भ्रष्टाचारविरोधी, अहिलेका भ्रष्ट
जयपुरीको अनुभवमा जनयुद्धकालमा सबैभन्दा भ्रष्टाचारविरोधी माओवादी अहिले सबैभन्दा भ्रष्ट बनेको छ । उनी भन्छिन्, ‘माओवादी पार्टीका नेताहरु पद र पैसामा मात्रै केन्दि्रत भएका छन् । जो सँग पैसा छ, पद छ, त्यसले मान्छे मिचेर लान्छ । अरु अवहेलित भएर बस्नुपर्ने अवस्था छ ।’
माओवादीका कोही नेताहरु अरबपति बनेको र यसले गर्दा पनि पार्टीमा विचलन आएको बताउँदै जयपुरी भन्छिन्- ‘काठमाडौंमा बस्ने केही नेताहरुलाई त मोजमस्ती छ, ५/१० प्रतिशत नेताहरु अरबपति करोडपति भए । तर, ९० प्रतिशत सडकमा छन् ।’
माओवादीका कोही नेताहरु अरबपति बनेको र यसले गर्दा पनि पार्टीमा विचलन आएको बताउँदै जयपुरी भन्छिन्- ‘काठमाडौंमा बस्ने केही नेताहरुलाई त मोजमस्ती छ, ५/१० प्रतिशत नेताहरु अरबपति करोडपति भए । तर, ९० प्रतिशत सडकमा छन् ।’
माओवादी दाह्रा नभएको बाघजस्तै
शान्ति प्रक्रियादेखि यहाँसम्म आउँदा दुश्मनले माओवादीको सबैथोक लगेको र पार्टी दाह्रा झरेको र नङग्रा नभएको बाघजस्तो भएको बनेको उनले सुनाइन् ।
उनले भनिन्- ‘शान्ति प्रक्रियादेखि यहाँसम्म आउँदा दुस्मनले माओवादीको सबै लग्यो । पार्टी दाह्रा झरेको बाघ, नङ्ग्रा नभएको जस्तै भएको छ ।’
जनस्तरमा पार्टी सिद्धिसकेको संकेत गर्दै जयपुरी भन्छिन्- ‘विगतमा लडेकाहरु खाडी मुलुक पुगिसके, कोही बंगुरको खोरमा छन् । मान्छे त माथि मात्रै देखिन्छन्, छाताजस्तो’ टाउको धेरै ठूलो, खुट्टा केही छैन, यही हो अहिले माओवादी पार्टी ।’
जनस्तरमा पार्टी सिद्धिसकेको संकेत गर्दै जयपुरी भन्छिन्- ‘विगतमा लडेकाहरु खाडी मुलुक पुगिसके, कोही बंगुरको खोरमा छन् । मान्छे त माथि मात्रै देखिन्छन्, छाताजस्तो’ टाउको धेरै ठूलो, खुट्टा केही छैन, यही हो अहिले माओवादी पार्टी ।’
वैद्यसँग बस्न सकिँन, विप्लवसँग जान सकिँन
दुई वर्षअघि क्रान्ति गर्ने भन्दै मोहन बैद्यको अगुवाइमा एमाओवादी फुट्दा उनी पनि छुटि्टएर वैद्य माओवादीमा आइन् ।
तर, २ वर्षसम्म केही भएन । उनको भाषामा वैद्य माओवादीले सुधारवादी आन्दोलनसमेत गर्न सकेन, जुन सम्भव थियो । र, यही विवादले अहिले बैद्य माओवादीमा पनि फुट आएको छ ।
‘किरण दाइहरुसँग बस्न सकिँन । विप्लव दाइसँग जान सकिँन । यही भएर म अध्ययनमा छु’ जयपुरीले हाँस्दै भनिन् ।
किन ? अब बुढी भइयो जस्तो लाग्यो ? अनलाइनखबरको प्रश्नमा जयपुरी भन्छिन्- ‘बुढी त भा छैन । ४३ वर्षकी भएँ । प्रथमतः उहाँ (विप्लव)ले निष्कर्षमा पुर्याउनुहुन्छ कि हुन्न भन्नेमा म ढुक्क छैन । जानका लागि पूर्ण विश्वस्त हुनुपर्छ । अर्को, मेरो स्वास्थ्य । १४ वर्षदेखि फोक्सोको बिरामी हुँ । ०६० सालमा एउटा फोक्सो काटेर फालेँ । अहिले पनि औषधी खाइरहेकी छु ।’
आफू जान नसके पनि नेत्रविक्रम चन्द विप्लवले लिएको बाटो सही लागेको जयपुरीको मूल्यांकन छ । उनी भन्छिन्- ‘कसैले क्रान्ति गर्छ भने गर्न दिनुपर्छ । आफूले सक्दैन भने सक्दिँन भन्नुपर्छ ।’
माओवादीको भविश्य
जययुरीको विश्लेषणमा अब माओवादी आन्दोलनमा दुई धार मात्रै छ । ‘एउटा धार भनेको प्रचण्ड बाबुरामको संसदीय धार र अर्को भनेको क्रान्ति गर्ला नगर्ला दोस्रो कुरा हो तर, क्रान्तिकारी धार भनेको विप्लवकै हो’ उनले निष्कर्ष सुनाइन् ।
उनी भन्छिन्- ‘कार्यदिशाका आधारमा भन्ने हो भने प्रचण्डतिर जान प्रचण्डकै सही । क्रान्तिकारी कार्यदिशा भन्ने हो भने विप्लवकै सही ।’
अनि बैद्य माओवादी नि ? जयपुरी भन्छिन्, किरण दाइहरुले क्रान्तिकारी बिउ जोगाएर बस्ने त भन्नुहुन्छ । तर, यो धेरै समय टिक्दैन । वैद्य माओवादीको एउटा हिस्सा प्रचण्डमा गएर विलीन हुन्छ र अर्को विप्लवतिर लाग्छ ।’
वैद्य माओवादीको भविश्यबारे जयपुरीको दाबी यस्तो छ -‘किरण दाइले भन्नुहुन्छ, म संशोधनवादी भएर मर्दिँन । बरु अध्ययन गर्छु, बस्छु । यो हुनसक्छ । तर, चाँडो वा ढीलो उहाँ नेतृत्वमा रहेको पार्टी प्रचण्डसँग विलीन हुन्छ । कि मान्छेहरुले छोड्दै जान्छ र एकदम सानो तप्का मात्रै बस्छ । यो ग्यारेन्टी हो । ६ महिना वर्षदिनमा त्यो अवस्था आउँछ ।’
वैद्यभन्दा प्रचण्ड र बाबुराम नै ठीक
अहिले बैद्य माओवादीमा रहेका धेरै माओवादी नेता कार्यकर्ता विकल्प खोजिरहेको उनले सुनाइन् । तर, बैद्य माओवादी घुमाउरो तरिकाले प्रचण्ड-बाबुरामकै पथमा लागेको उनले आरोप लगाइन् । ‘१०/१५ वर्षसम्म क्रान्ति हुँदैन भनेर दाइ (बैद्य) हरुले भन्नुहुन्छ । प्रचण्ड बाबुरामले पनि १०/१५ वर्षसम्म क्रान्ति हुँदैन भनेर त्यो -उनको भाषामा संसदीय) बाटो लिनुभएको हो । त्यसैले बैद्यको भन्दा प्रचण्ड बाबुरामको बाटो ठीक छ । किन घुमाएर भन्ने ?’
बैद्य माओवादीका नेता कार्यकर्तालाई सुझाव दिँदै जयपुरी भन्छिन्- ‘क्रन्ति र परिर्वतनको इच्छा हो भने विप्लवतिर जानुस्, होइन १०/१५ वर्ष राजनीति गर्ने र जीवन काट्ने हो भने प्रचण्डहरुकै बाटोमा जानुस् ।’
विप्लवमाथि आशा
आफूले साथ दिन नसके पनि विप्लवले केही न केही गर्छन् भन्ने जयपुरीलाई लागेको छ । उनी भन्छिन्, विप्लवसँग धेरै नयाँ मान्छेहरु जान्छन् ।
तर, १० वर्ष जनयुद्धमा लागेकाहरु नि ? यो प्रश्नमा उनको जवाफ छ, ‘१० वर्षको जनयुद्धमा होमिएकामध्ये पैसा कमाउने मान्छेसँग पैसासँग छ । त्यसलाई कहाँ सरक्षण गरौं भन्ने छ । कोही अब भो, यत्रो गरेर त केही भएन, अब के हुन्छ भन्नेमा छन् । कोही अरबमा छन् त कोही सुँगुरको खोरमा । त्यसैले त्यहाँबाट एउटा हिस्सा मात्रै क्रान्तिमा जान्छन् ।’
तर, १० वर्ष जनयुद्धमा लागेकाहरु नि ? यो प्रश्नमा उनको जवाफ छ, ‘१० वर्षको जनयुद्धमा होमिएकामध्ये पैसा कमाउने मान्छेसँग पैसासँग छ । त्यसलाई कहाँ सरक्षण गरौं भन्ने छ । कोही अब भो, यत्रो गरेर त केही भएन, अब के हुन्छ भन्नेमा छन् । कोही अरबमा छन् त कोही सुँगुरको खोरमा । त्यसैले त्यहाँबाट एउटा हिस्सा मात्रै क्रान्तिमा जान्छन् ।’
माओवादी आन्दोलन असफल भएपछि मानिसहरुमा अविश्वास, आशंका र निराशा पैदा भएको र यो केही समयपछि यो ठूलो आक्रोशमा बदलिने र क्रान्तिमा समावेश हुने उनले बताइन् ।
क्रान्तिप्रति आशावादी हुँदै उनी भन्छिन्, ‘विप्लव मात्रै किन ? अरु कसैले पनि क्रान्ति गर्न सक्छ । विप्लवले नगर्ने भए अरुले गर्छ । त्यो अनिवार्य छ ।’
धेरैले विप्लवलाई महत्वकाक्षी भन्छन् । कतिले त मर्नेबाटो रोजे भन्ने टिप्पणी पनि गरेका छन् । तर, जयपुरी भने यसलाई मान्न तयार छैनन् । ‘यो दुनियाँमा महत्वकांक्षा नै नहुने त जोगी मात्र हुन्छ । मान्छेको जात नै के हो भने महत्वाकांक्षा हुन्छ’ उनले भनिन्-‘त्यसकारण विप्लवमा पनि नहुने भन्ने भएन । तर, जसरी विप्लवले अध्यक्ष नै खोज्यो, महासचिव खोज्यो भन्ने आरोप लगाइएको छ, त्यो सय प्रतिशत गलत हो । मैले त बुझेकी छु ।’
विप्लवको महत्वकांक्षा भनेकै क्रान्ति अघि बढाउनुपर्छ भन्ने भएको जयपुरीको बुझाइ छ । ‘किन भएन क्रान्ति ? किन कांग्रेस एमालेले ठोक्ने भए ? किन जनतामा हामी मुख देखाउन लायक भएनौं ? यी प्रश्नबाटै सुरु गर्नुपर्छ भन्ने महत्वाकांक्षा हो’ विप्लवबारे उनको बुझाइ छ ।
माओवादीका सामु दुई विकल्प
माओवादी आन्दोलन विर्सजन भएको निष्कर्षमा पुगेकी जयपुरीले अझै हिम्मत भने हारेकी छैनन् । माओवादीहरुले जितेको लडाइ पनि हारेकाले अब एकजुट हुनुपर्ने उनको जोड छ ।
‘एउटा, माओवादी पार्टीले हारेको छ । यसको एउटा उदाहरण विगतमा १० वर्षे द्वन्द्व भन्थे, अहिले हिंसा भन्छन् । यसले प्रष्ट हुन्छ’ निश्कर्षमा उनले भनिन्-‘अब यो नेताहरुको दिमागमा पसेको छ भने एकतावद्ध भएर अघि बढ्नुपर्छ र अर्को हस्तक्षेप गर्नुपर्छ । यो सबैभन्दा उत्तम बाटो हो ।’
जनयुद्धमा आफ्नो श्रीमान गुमाएकी सहीदपत्नी घर्तीले भनिन्- ‘अर्को विकल्प भनेको तत्काल हस्तक्षेप सम्भव छैन भने केही समय संसदीय व्यवस्थालाई उपयोग गरेर माओवादी पार्टीलाई टिकाउने र तयारी गरेर अगाडि जाने हो भने पनि हुन केही सक्छ ।’
जनयुद्धमा आफ्नो श्रीमान गुमाएकी सहीदपत्नी घर्तीले भनिन्- ‘अर्को विकल्प भनेको तत्काल हस्तक्षेप सम्भव छैन भने केही समय संसदीय व्यवस्थालाई उपयोग गरेर माओवादी पार्टीलाई टिकाउने र तयारी गरेर अगाडि जाने हो भने पनि हुन केही सक्छ ।’
तर, दुबैका विकल्पका लागि माओवादीहरु एक हुनुपर्ने उनको निष्कर्ष छ । उनी भन्छिन्- ‘यो दुबै हुँदैन भने एउटा अगाडि बढ्दा अर्कोले सपोर्ट गर्ने । अरुले आफ्नो ठाउँबाट गर्दै गर्ने ।









