काठमाडौं । हरपलनेपाल डट कमले अनलाइन पत्रकारहरुलाई सम्मान गरेको छ । शनिवार राजधानीमा गरिएको अनलाइनको औपचारिक उद्घाटनका अवसरमा अनलाइन पत्रकार संघका तीन जनालाई सम्मान गरिएको हो ।
संघका सस्थापक अध्यक्ष केपी ढुङगाना,पूर्व अध्यक्ष नरदेव पाण्डे र निवर्तमान अध्यक्ष प्रवेश सुवेदीलाई सम्मान गरेको हो । सञ्चार क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यले हरपल नेपाल डट कम स्थापना गरिएको सम्पादक लोकराज जैसीले बताए ।
नामसरा जैसी विशेष अतिथ्यतामा भएको यो कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव प्रभात चलाउने, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत,अनलाईन पत्रकार सघंका अध्यक्ष शिव सत्याल, प्रेस फोरमका सरोज खिलाडी,रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला लगायतले हरपल नेपाललाई शुभकामना दिएका थिए ।

२०७३ सालमा कस्तो छ तपाईंको राशिफल ?
मेष
वर्षका ग्रहगोचर मध्यम रहनेछन् । अढैया शनिको प्रभाव आगामी फागुन ५ गतेसम्म रहनेछ । शनि दशमेश र एकादशेश भएकाले यसबाट हुने नकारात्मक प्रभावबाट दुर्घटनामा घाउचोट, हाडजोर्नीको दुखाइ, मिर्गौलामा समस्या आउने सम्भावना अधिक रहन्छ ।खर्चको गति अनियन्त्रित हुने हुँदा आर्थिक कठिनाइले प्रशस्त मात्रामा सताउनेछ । नोकरी तथा राजनीतिमा आफूले गरेको उचित कामलाई गलत व्याख्या गर्दै मुद्दा–मामलामा फसाउन शत्रु सक्रिय हुनेछन् । पितालाई संकट आउने योग भए पनि साउन २२ गतेसम्म पञ्चम र माघ १ गतेदेखि फागुन २१ गतेसम्म सप्तममा वृहस्पतिले पूर्ण साथ दिने भएकाले समग्रमा त्यतिञ्जेलको समय शुभ रहनेछ । आम्दानीका अवसर पर्याप्त मिल्नेछन् ।
नवीन सन्तान हुने योगका साथै भएका सन्तानको उन्नति र प्रगतिले मन प्रफुल्ल रहनेछ । भाग्य बलियो हुनेछ, धर्ममा रुचि बढ्नेछ । धार्मिक यात्राका साथै विदेश यात्राका अवसर मिल्नेछन् । बौद्घिक कार्यमा सफलता मिल्नुका साथै राजनीतिक नियुक्तिको अवसर मिल्नेछ । व्यापार–व्यवसायबाट लाभ मिल्नुका साथै नोकरी र राजनीतिमा आएका समस्या पार लगाउन सकिनेछ । बिर्सिएर भुलेका मित्रहरूले याद गर्नेछन् ।
नयाँ मित्रको सहयोगमा धेरै काम हात पार्न सकिनेछ । विपरीत लिंगमा रहेको मित्रभाव प्रेममा परिणत हुनेछ । भइरहेको प्रेम अब वैवाहिक मार्गमा उन्मुख हुनेछ । असार, असोज, माघ, फागुन शुभ महिना, मार्ग, चैत अशुभ महिना रहनेछन्, अरू मध्यम रहनेछन् । ॐ नमः शिवाय मृत्युञ्जय महादेवाय नमोऽस्तुते यो मन्त्रको जप वर्षभरि नै गर्नुहोला ।
वृष
समग्रमा यो वर्ष मध्य रहनेछ । वर्षको सुरुदेखि नै केन्द्रादि दोषका साथै गुरु चण्डाल योग बनाएर चतुर्थ भावमा बसेको राहु र वृहस्पतिको प्रभावले माता–पितालाई कष्ट हुनेछ । घरेलु समस्या निकै बढ्ने एवं संयम नअपनाएमा घरै छोड्नुपर्ने स्थिति आउन सक्नेछ । सवारी साधनले दुःख दिनेछ, मित्रहरूसँग विवाद बढ्नेछ, विश्वासघातका कारण प्रतिष्ठित व्यक्तिको प्रतिष्ठामा आँच आउनेछ । बसाइँसराइको योग पनि प्रबल देखिन्छ ।
दुःखद यात्राहरू पनि गर्नुपर्नेछ । पतिपत्नीबीच विवाद बढ्नेछ, संयम नभएमा बिछोडको स्थिति आउन सक्छ । पेटसम्बन्धी रोगले सताउनेछ । मानसिक तनाव प्रशस्त मात्रामा बढ्नेछ । फागुन ५ गतेदेखि सुरु हुने अढैया शनिले स्वास्थ्यमा वाधा, लेनदेनमा विवाद बढाउने योग भए पनि साउन २२ देखि पुस २९ सम्म, फागुन २१ देखि सालभर पञ्चम गुरुको अनुकूलताले समय तपाइँको पक्षमा रहनेछ ।
आँटेका काम सजिलै बन्नेछन्, विद्यार्थी पढाइमा प्रगति गर्दै छात्रवृत्ति प्राप्त गरी स्वदेश वा विदेशमा पढ्ने अवसर मिल्नेछ । लेखक र साहित्यकार बौद्घिक वर्गका लागि पनि यो समय अति नै बलवान् रहनेछ । राजनीतिकर्मीहरू आफूले गुमाएको पद प्रतिष्ठा पुनस्र्थापित गर्नेछन् । किसान वर्गको कृषि उत्पादन राम्रो हुनेछ । व्यापारीहरूले व्यापारमा प्रशस्त लाभ उठाउनेछन्, सन्तान नभएकाहरूले सन्तान प्राप्त गर्नेछन् ।
नयाँ प्रेम हुने र पुराना प्रेमहरू वैवाहिक बन्धनमा बाँधिने योग छ । महत्त्वपूर्ण कामहरू यसै समयमा गर्नु होला । साउन, कात्तिक, चैत महिना बलवान् रहने र वैशाख, पुस कमजोर हुने अन्य महिनाहरू मध्यम रहनेछ । ‘ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमःु मन्त्रको जप वर्षभरि नै गर्नु राम्रो हुनेछ ।
मिथुन
समष्टिमा यो वर्ष राम्रो छ । तृतीय राहु र गुरुले पराक्रम वृद्घि गर्नेछ भने छैटौं शनिले शत्रु निवारण गर्नेछ । आँटेका काममा सजिलै सफलता मिल्नेछ । नयाँ कामका अवसर पनि धेरै आउनेछन् । नोकरीमा पदोन्नति हुनुका साथै लाभप्रद स्थानमा स्थानान्तरण हुनेछ । राजनीतिमा ऐतिहासिक सफलता मिल्नेछ । सामाजिक कार्यमा सोचेभन्दा बढी सफलता मिल्नुका साथै राष्ट्रिय सम्मानसमेत प्राप्त हुने सम्भावना छ ।
विशेषगरी स्वास्थ्यसम्बन्धी अध्येतालाई अनुकूल समय जुरेको छ । उनीहरूले विशेष छात्रवृत्ति प्राप्त गरी स्वदेश विदेशमा अध्ययनका अवसर मिल्ने देखिन्छ । अन्य विषयका विद्यार्थीलाई सुअवसर मिल्ने र विदेश बसोवास गर्ने प्रयासमा भए सजिलै सफलता प्राप्त हुनेछ । बौद्घिक कार्यको उच्च मूल्यांकन राज्यबाट हुने योग छ ।
स्वदेशी व्यापार र वैदेशिक व्यापारमा लाभ मिल्नुका साथै कृषि, पशुपालन विशेष दूध तथा फलफूल उत्पादकका लागि यो वर्ष बलियो देखिन्छ । कलाकारहरूमा नाट्यकार, सिनेकर्मी र निर्माताहरूले ऐतिहासिक सफलता हासिल गर्नेछन् । घरघडेरी तथा सवारी साधन जोड्नका लागि समय राम्रो छ । मित्र तथा परिवारबाट सोचेजस्तै सहयोग पाउने योग छ । साउन २३ देखि पुस २९ सम्म र फागुन २२ देखिको समय प्रतिकूल हुनेछ ।
घरेलु समस्या अलि बढ्नेछ । मित्रहरूले साथ नदिने सम्भावना उत्तिकै देखिन्छ । पतिपत्नीबीचको सम्बन्धमा ह्रास आउनेछ । मनमा द्विविधा बढ्न थाल्नेछन् । यो समय अलि सचेत रहनुहोला । वैशाख, भदौ, मंसिर महिना शुभ रहनेछ । जेठ, माघ अशुभ रहनेछन् र अन्य महिना मध्यम देखिन्छन् ।
कर्कट
ग्रह गोचरले वर्षभरि नै साथ दिनेछ । द्वितीय गुरुले पराक्रमको गति बढाउँछ । बोलीको प्रभाव बढाउने हुँदा ठूला व्यक्तिहरूसँग संवाद गर्ने अवसर मिल्नेछ । कूटनीतिक कार्यमा लाग्नेहरूका लागि समय अनुकूल रहनेछ ।
कानुन व्यवसायीहरूले ऐतिहासिक सफलता हासिल गर्नेछन् । पत्रकार, ज्योतिषी, चिकित्सक, सैन्य पेसाकर्मीहरूका लागि वर्ष निकै फलदायी रहनेछ । धार्मिक व्यक्तिहरूले धार्मिक र सामाजिक कार्यमा ऐतिहासिक सफलता हासिल गर्नेछन् । तीर्थयात्राको अवसर पनि मिल्नेछ, वैदेशिक कार्यमा राम्रो सफलता मिल्नेछ ।
व्यापारमा सफलता मिल्नेछ । नोकरीमा पदोन्नति र लाभप्रद स्थानमा स्थानान्तरण हुने योग छ । राजनीतिमा गुमेको स्थान फर्काउनसम्म सफल हुनुहोला । आम्दानीको नयाँ स्रोत हात पार्न सकिनेछ । घरघरेडी तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ । पढाइमा सफलता पाउन अलि परि श्रम गर्नुपर्ला, सन्तानहरूसँग विमति बढ्न सक्छ । शत्रुसितको प्रतिस्पर्धामा ऐतिहासिक विजय हासिल गर्दै निरन्तर अगाडि बढ्न सकिनेछ ।
विछोड भएको प्रेमबन्धन पुनः बाँधिने योग छ । पतिपत्नीबीचको सम्बन्ध सुमधुर हुनुका साथै विछोड भएको छ भने पुनर्मिलन हुनेछ । जेठ, असोज, पुस शुभ महिना हुन् भने असार, फागुन अशुभ र अन्य महिना मध्यम रहनेछन् । महत्त्वपूर्ण कामहरू शुभ महिनामा गरे बढी लाभ लिन सकिन्छ ।
सिंह
यो वर्षको ग्रहगोचर मध्यम रहनेछ । वर्षारम्भमा अढैया शनि र राशिको गुरु तथा राहु, चतुर्थ मंगल र अष्टम शुक्रको प्रतिकूल प्रभाव रहेकाले समय प्रतिकूल रहनेछ । कुरा काट्नेहरू, झूटा आरोप लगाउनेहरू निकै सक्रिय रहनेछन् ।
आफूले गरेको सही कार्यलाई समेत गलत सावित गराउन शत्रुहरू लागिपर्नेछन् । मनमा चिन्ताले दरिलो डेरा जमाउनेछ । दाँतमुखमा पीडा हुनुका साथै अनावश्यक विवादको सामना पनि गर्नुपर्नेछ । घर झगडा तीव्र भई घरेलु समस्याले प्रशस्त मात्रामा सताउनेछ ।
परिवारहरू पनि विना कारण टाढिनेछन् । मित्रहरूलाई आफूले सहयोग धेरै गर्नुपर्ने बाध्यता तथा आफूले सहयोग नपाउने लक्षण पनि उत्तिकै देखिन्छ । साउन २३ गतेपछि समयमा धेरै सुधार आउनेछ । द्वितीय गुरुले बोलीको प्रभाव बढाउनुका साथै अरूलाई विश्वासमा लिएर अघि बढ्न सकिनेछ ।
पढाइमा सुधार आउनेछ । बौद्घिक कार्यमा अघि बढ्ने अवसर मिल्नेछ । शत्रुलाई परास्त गर्ने क्षमता वृद्घि हुनुका साथै मित्रहरूसँग सम्बन्ध सुधार्ने अवसर पनि मिल्नेछ । ठूला व्यक्तिहरूको सान्निध्यता प्राप्त भई आफूनिकट समस्या किनारा लगाउन सकिनेछ ।
सन्तानहरूको उन्नति एवं उहीहरूसँगको सम्बन्ध सुमधुर बन्ने योग छ । फागुन ५ गतेदेखि अढैया शनिको प्रभाव सकिने भएकाले समय अझ बलियो हुनेछ । असार, कात्तिक र माघ महिना शुभ महिनामा पर्दछ भने साउन र चैत महिना अशुभमा पर्दछन् । ॐ हँ हनुमते रुद्रात्मकाय हँ फट यो मन्त्रको जप वर्षभरि नै गर्नु होला ।
कन्या
समष्टिमा यो वर्ष ग्रहगोचर मध्यम रहनेछ । वर्षारम्भमा बह्रौको राहु तथा गुरुको प्रतिकूलताले उच्च रक्त श्राव बढ्ने भएकाले मन विचलित हुनेछ । मुटु, मस्तिष्कमा पीडा हुनेछ । दुःस्वप्नहरू देखिने, राम्रोसँग निद्रा नपर्ने र स्वास्थ्य गडबड हुने योग छ ।
मित्र तथा परिवारहरूको समस्यामा श्रम, समय र पैसा सबै लगाउनुपर्ने तर जस भने नमिल्ने भएकाले मनको अशान्ति अरू बढ्नेछ । धेरै समय अरूको काम गरेर बित्नेछ । आफूलाई उपयोग गर्नेहरू धेरै हुनेछन् । पतिपत्नीबीच बुझाइको कमीले मतभेद बढ्नेछ ।
फागुन ६ गतेदेखि अढैया शनिले प्रवेश गर्नेछ । घरेलु समस्याले सताउनुका साथै मित्रहरूसँग विवाद हुने, शत्रुले आक्रमण गर्ने, झूटा आरोप–प्रत्यारोप लाग्ने भएकाले सकेसम्म थोरै बोल्नु उचित हुनेछ । आर्थिक कारोबारमा सकेसम्म अघि नबढ्नु नै बुद्धिमानी होला ।
साउन २३ देखि फागुन ४ गतेसम्म समय बलियो छ । पराक्रमको गति तीव्र हुनुका साथै आँटेका काममा सजिलै सफलता मिल्नेछ । नयाँ काम पाउने, अधुरा काम पूरा हुने तथा परिवारिक समस्या क्रमशः घटेर जाने योग छ । पढाइमा रुचि बढ्ने, सफलताले खुसी मिल्ने, बौद्घिक कार्यमा अघि बढ्दा उच्च सम्मान पाउने योग छ ।
व्यापारमा प्रगति हुनुका साथै स्वदेश तथा विदेशका व्यावसायिक र राजनीतिक यात्राको बलियो सम्भावना छ । पतिपत्नीबीच धमिलिएको सम्बन्ध पूर्णरूपमा संग्लिनेछ । बोलीको प्रभावले राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यक्तिलाई प्रभाव पार्दै आफूलाई अग्रस्थानमा उभ्याउन सफल हुनुहोला । पहिलो भेटमै प्रेमको बन्धन बाँधिने योग छ । साउन, मंसिर र फागुन महिना शुभ फल दिने खालका छन् भने वैशाख, भदौ अशुभ फल दिने महिना हुन्, अरू महिना मध्यम रहनेछन् । ॐ गौरा माता भूव स्यातै स्वहाः यो मन्त्रको जप वर्षभरि नै गर्नुहोला ।
तुला
वर्षको ग्रहगोचर त्यति नराम्रो छैन । सुरुमा गुरुको र राहुको गोचर एकादश स्थानमा भएकाले आर्थिक उन्नति प्रशस्तै हुनेछ । छात्रवृद्घि प्राप्त गरी स्वदेश वा विदेशमा गएर अध्ययन गरी सफलता हासिल गर्नुका साथै बौद्घिक कार्यमा अघि बढ्दा उच्च सम्मान पाउने योग छ ।
पराक्रम तीव्र हुनुका साथै अधुरा काम बन्ने, नयाँ काम पाउने योगछ । शत्रुसँगको प्रतिस्पर्धामा आफ्नो जित सुनिश्चित हुनेछ । नोकारीमा गोपनीयताका साथ अघि बढ्दा सोचेजस्तै सफलता हासिल गर्न सकिनेछ । राजनीतिमा आफ्नो वर्चश्व कायम राख्न पनि गोपनीयता नै अपनाउनु पर्ला ।
व्यापारमा सफलता सोचेजस्तै मिल्नेछ । विदेशयात्राको अवसर मिल्नेछ । वैदेशिक व्यापारमा प्रवेश गर्ने अवसर मिल्नेछ । फागुन ६ देखि शनि शाढे सात हट्ने भएकाले मित्रहरू र परिवारको सहयोगमा सुधार आउनेछ । उच्च मनोबलका साथ अघि बढ्दा महत्त्वपूर्ण सफलता हासिल गर्न सकिनेछ ।
साउन २३ गतेदेखि फागुन ५ सम्म बाह्रौं गुरु र द्वितीय शनिको प्रतिकूलताले खर्च बढ्ने, विवाद बढ्ने, काममा अवरोध आउने, झूटा मुद्दामा फसाउने प्रयास गर्नेछन् । नोकरीमा आर्थिक हिनामिनाको आरोप लाग्ने सम्भावना छ । दाँत–मुखमा पीडा हुनुका साथै अरूबाट हुने तीव्र आलोचनाले मनोबल घट्नेछ ।
बोल्दा होस पुर्याउनुहोला । धनमाल चोरी हुनसक्ने भएकाले आफूलाई चनाखो राख्नुहोला । भदौ, पुस, चैत महिना राम्रो रहने र जेठ, असोज नराम्रो महिनामा पर्दछ अरू महिनाहरू मध्यम रहनेछन् । ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद सकलह्रीं सर्व जनं मां वसमानाय स्वाहः यो मन्त्रको जप वर्षभरि नै गर्नु होला ।
वृश्चिक
यो वर्षको ग्रहगोचर यस प्रकार रहनेछ । मध्य साढे सातीको प्रभाव वर्षभरि नै कायम रहनेछ । जसले गर्दा हाडजोर्नी दुःख्ने, सेवकहरूबाट असहयोग हुने, निद्रा कम लाग्ने र जिउ पोल्ने समस्याले प्रशस्त मात्रामा सताउनेछ ।
केन्द्रादि दोषसहित गुरु चण्डाल योग बनाएर दशम स्थानमा बसेकाले पितालाई हानि पुर्याउनुका साथै आफ्नो मानप्रतिष्ठामा आँच आउनेछ । आफूले बोलेर आफैँ अप्ठ्यारोमा परिनेछ । धनमाल चोरी हुनसक्ने भएको आफूलाई सधैँ चनाखो राख्नुपर्ला । नोकारीमा बुद्घि नपुर्याएमा पदमुक्त हुने सम्भावनाका साथै अप्ठ्यारो स्थानमा स्थानान्तरण हुने योग छ । राजनीतिमा ठूलो संकटको सामना गर्नुपर्नेछ ।
सामाजिक कार्यमा समय, श्रम र द्रव्य लगाएर पनि आलोचित हुनुपर्नेछ । घरेलु समस्या बढ्दै जाँदा संयमित नभएमा घरै छोड्ने स्थिति आउन सक्नेछ । मित्र बनेर धोका दिनेहरू प्रशस्तै हुनेछन् । विश्वास धेरै गरियो भने धोका हुन सक्छ ।
आर्थिक कारोबार ध्यान नदिए ठूलै धनराशि फस्न सक्छ । साउन २३ गतेदेखि पुस २९ सम्म, फागुन २२ देखि यो वर्षभर गुरुको अनुकूलताले बोलीको प्रभाव सकारात्मक हुनुका साथै मनोबल पनि बढ्नेछ । अरूलाई विश्वास दिलाउन पनि सकिनेछ । पढाइमा तीव्रता आउनुका साथै बौद्घिक कार्यमा सफलता सोचेजस्तै मिल्नेछ । आम्दानीको स्रोत पर्याप्त फेला पर्नेछन् ।
सन्तानहरूको प्रगति र उनीहरूसँगको सम्बन्धमा अपेक्षित सुधार आउनेछ । वैशाख, असोज, माघ महिना शुभ रहनेछ । असार, कात्तिक अशुभ अरू मध्यम रहनेछन् । ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गण पतये हशकल ह्रीं वरवरद सकलह्रीं सर्व जनं मां वसमानाय स्वाहः यो मन्त्रको जप वर्षभरि नै गर्नुहोला ।
धनु
यो राशिलाई भाग्य भावमा रहेको गुरु, चतुर्थ भावमा रहेको उच्च शुक्र तथा पञ्चमा परेको बुधादित्य योग बलियो भएकोले मित्र तथा परिवारको सहयोग मिल्ने छ । बौद्घिक कार्यले मनोबल बढ्नुको साथै घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ ।
भुलेका मित्रहरूले पुनः याद गर्नेछन् । नयाँ मित्रको आगमनले कामकारबाहीमा अघि बढ्न सजिलो हुनेछ । व्यापारमा सफलता सोचेजस्तै मिल्नेछ । विदेश यात्राको योग पनि बलियो छ । प्रेममा सफलता मिल्नुको साथै वैवाहिक चर्चा पनि अघि बढ्नेछ ।
भाग्य बलियो भएकोले नोकरीमा पदोन्नति र इच्छाअनुसार स्थानान्तरण पनि हुनेछ । सामाजिक कार्यमा निर्विवाद अघि बढ्ने अवसर मिल्नेछ । कृषि तथा पशुपालन फलफूल आदि उत्पादकका लागि समय अनुकूल रहे पनि साउन २३ देखि पुस २९ सम्म, माघ १ देखि फागुन २१ सम्म भने वर्षभरि रहने शनि साढे सातीको प्रभाव गुरुको प्रतिकूलताका कारण सबै काम खर्चिला र विवादयुक्त हुनेछन् ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् । धनमाल हराउने बढी सम्भावना छ । कामको बीचमा प्रशस्त विघ्नबाधाको सामना गर्नुपर्नेछ । सेवकहरूबाट धोका हुने, दाजु–भाइहरूबीच द्वन्द्व हुने, हड्डी कमजोर हुनुका साथै शरीरमा शिथिलताले दरिलो डेरा जमाउनेछ । पढाइमा अवरोध आउनुका साथै उचित समयमा बुद्घिले काम नगर्दा आफूले गरेको निर्णय आफ्नै लागि हानिकारक बन्नेछन् ।
जेठ, कात्तिक, फागुन महिना राम्रो रहनेछ भने साउन र मार्ग महिना खराब रहनेछ, अरू महिना मध्यम रहनेछ । ॐ क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हँ हुँ दक्षणे कालिके क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हुँ हुँ स्वाहाः यो मन्त्रको जप वर्षभरि नै गर्नुहोला ।
मकर
यो राशिको लागि वर्षारम्भ भने खासै अनुकूल देखिन्न । वर्षारम्भमा एकादश शनि, मंगल र तृतीय उच्च शुक्रको अनुकूल प्रभाव रहे पनि आठौँमा गुरु चण्डाल योग बनाएर बसेका गुरु तथा राहुको प्रतिकूलताले स्वास्थ्य निकै कमजोर बनाउनेछ । विशेष मिर्गौलामा ध्यान दिनुहोला ।
आर्थिक कारोबार पटक्कै नगर्नु होला । अनावश्यक विवाद र फजुल खर्चले तनाव निकै बढ्नेछ । कामका बीचमा प्रशस्तै अवरोध आउनेछन् । दाजुभाइसँगको सम्बन्ध पनि बिग्रनेछ । सेवकहरू छन् भने उनीहरूले पनि धोका दिनेछन् । परम मित्रहरूले पनि शत्रुसँग तपाईंविरुद्घ हातेमालो गर्नेछन् ।
सवारीले पनि बेलाबेलामा धोका दिनेछ । नशाहरू कमजोर भई शरीरमा शिथिलता धेरै बढ्नेछ । आगामी फागुन ६ गतेदेखि साढे साती शनिको आरम्भ हुनेछ । पेटको रोग, मुटु–मस्तिष्कमा केही असजिलो महसुस हुने योग भए पनि साउन २३ देखि गुरुको अनुकूलताले भाग्य बलियो बनाउनुका साथै धार्मिक कार्य र सामाजिक कार्यमा ऐतिहासिक सफलता प्राप्त गर्न सकिनेछ । पराक्रमको गति तीव्र हुनेछ ।
सानै प्रयासले महत्त्वपूर्ण र ऐतिहासिक काम गर्न सफल भइनेछ । व्यापारमा लाभ मिल्नुको साथै यात्रा गर्ने अवसर पनि मिल्नेछ । नोकरीमा प्रगति हुनुका साथै नयाँ कामको अवसर पनि मिल्नेछ । राजनीतिमा गुमेको स्थान फर्काउन सफल हुनुहोला ।
कूटनीतिक क्षेत्रमा राष्ट्रको जिम्मेवारी पूरा गर्न सफल भई अन्तर्राष्ट्रिय सम्मान पाउने बलियो सम्भावना छ । पढाइमा सोचेजस्तै सफलता मिल्नेछ, लेखन मार्गमा ऐतिहासिक सफलता प्राप्त होला । असार, मार्ग र चैत महिना राम्रो रहनेछन् भने भदौ र पुस महिना नराम्रो हुनेछ, अरू महिना मध्यम छन् । ॐ क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हँ हुँ दक्षणे कालिके क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हुँ हुँ स्वाहाः यो मन्त्रको जप वर्षभरि नै गर्नुहोला ।
कुम्भ
वर्षको ग्रह गोचर समष्टिमा राम्रै रहनेछ । वर्षारम्भमा सप्तम गुरु, द्वितीयमा उच्च शुक्र, तृतीय उच्च सूर्य र बुधको अनुकूताले पराक्रम प्रशस्त मात्रामा बढ्नेछ । सानै प्रयासले पनि ठूला काममा सफलता हासिल गर्न सकिनेछ ।
तपाईंको लगनशीलता र इमानदारीको समाज र राज्य दुवै पक्षबाट उचित मूल्यांकन हुनेछ । सेवकहरूबाट राम्रो सेवा पाउने र दाजुभाइहरूले समेत सहयोग गर्ने भएकाले महत्त्वपूर्ण काम अघि बढाउन सकिनेछ । बोलीको प्रभावमा धेरै काम बनाउन सकिनेछ ।
शब्दकै आधारमा राष्ट्रिय–अन्तर्राष्ट्रिय व्यक्तिलाई आफ्नो पक्षमा पार्न सफल हुँदा मनोबल बढ्नेछ । कानुन व्यवसायी, ज्योतिष, वकिल, पत्रकार, शिक्षक, राजनेता, राजनीतिकर्मी र स्वास्थ्यकर्मीहरूले ऐतिहासिक सफलता प्राप्त गर्नेछन् । आयात–निर्यातको व्यापारमा राम्रो सफलता हासिल गर्न सकिनेछ । देशको प्रतिनिधित्व गर्दै विदेश जाने अवसर मिल्नेछ ।
प्रेममा सफलता मिल्नुका साथै वैवाहिक बन्धनमा बाँधिने सम्भावना पनि बलियो छ । घरघरेडी जोड्ने तरखरमा हुनुहुन्छ भने सजिलै प्राप्त होला । सवारी साधनको बन्दोबस्त पनि हुनेछ । नोकरीमा सबै समस्यालाई पार गर्दै आफ्नो लक्ष्यमा पुग्ने प्रयास पनि सफल हुने देखिन्छ । साउन २३ देखि पुस २९ सम्म गुरुको प्रतिकूलताले स्वास्थ्यमा बाधा, मनमा चिन्ता, काममा अवरोध आउनेछ ।
लेनदेनमा विवाद बढ्ने, अरूले कुरा काट्ने भएकाले गोपनीयतामा जोड् दिनुहोला । सकेसम्म आर्थिक कारोबारमा अघि नबढ्नु राम्रो हुनेछ । वैशाख, साउन, पुस महिना शुभ रहनेछन् भने असोज र माघ अशुभ रहनेछन्, बाँकी महिना मध्यम रहनेछन् ।
मीन
वर्षका ग्रहगोचर मध्यम रहनेछ । वर्षारम्भमा षष्ठ भावमा बसेको दशमेश राशि स्वामी गुरु तथा द्वितीया सूर्य, नवम भावमा रहेको शनि तथा मंगलले विवाद बढाउने, शत्रु बढाउने र रोग बढाउने काम गर्नेछ ।
नोकरीमा संकट आउनुका साथै राजनीतिमा पाएको सुविधा गुमाउनुपर्नेछ । विश्वास गरेकाहरूबाट धोका हुनेछ, घरेलु समस्याले सताउनेछ । मित्र तथा परिवारजनहरूका समस्यामा समय, श्रम, द्रव्यसमेत खर्च गरेर पनि अपजशको भागीदार हुनुपर्ला ।
सोच्ने शक्तिमा कमी आउनाले, समयमा निर्णय नहुने, समयमा निर्णय नहुँदा महत्त्वपूर्ण काम बिग्रनेछ । विश्वासमा धोका हँदा प्रतिष्ठामा आँच आउने, राजनीतिमा ठूलो समस्या आउनेछ । नोकारीमा एकपछि अर्को गर्दै धेरै समस्याको सामना गर्नुपर्नेछ । आफ्ना लगानीमा अरूले फाइदा उठाउने योग भए पनि २३ साउनदेखि बोलिको प्रभाव बढ्ने, मनोबल बढ्नेछ ।
ठूला व्यक्तिसँग अन्तरक्रिया हुने, राज्यले सम्मान गर्ने, रोकिएका कामहरू अगाडि बढ्नेछ । व्यापारमा सफलता मिल्ने, स्वदेश र विदेशको यात्रा हुने योग छ । नोकरीमा सबै समस्या पार गर्दै सफलताको मार्गमा उभिन सफल हुने, राजनीतिमा गुमेको स्थान पुनः प्राप्त हुनेछ । पढ्नका लागि छात्रवृत्ति र स्थानान्तरणको लागि विदेश यात्राको योग छ । आम्दानीका स्रोत पर्याप्त हात पर्ने योग छ ।
सामाजिक र राजनीतिमा आफूप्रति रहेको अविश्वास हटाउँदै अरूप्रति विश्वासी भई प्रस्तुत हुन सफल हुनेछ । प्रेम गर्ने अवसर मिल्नुका साथै वैवाहिक बन्धनमा बाँधिने प्रबल सम्भावना छ । जेठ, भदौ, माघ शुभ महिना हुन् भने कात्तिक, फागुन अशुभ महिना र अरू मध्यम रहनेछन् । ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद सकलह्रीं सर्व जनं मां वसमानाय स्वाहः यो मन्त्रको जप वर्षभरि नै गर्नुहोला ।
ज्योतिषः ओजराज लोहनी
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू
१. आजबाट वि स २०७२ हामीबाट बिदा हुँदैछ । यो वर्ष नेपालको इतिहासमा उल्लेख्य सकारात्मक र नकारात्मक घटनाले भरिपूर्ण रह्यो । नेपालको संविधान घोषणा, नेपालको राष्ट्रिय चेतनामा आएको ठूलो विकास र अन्तर्राष्ट्रिय सम्बन्धमा प्राप्त भएका नयाँ उचाइ जस्ता सुखद उपलब्धि यसै वर्ष हासिल भएका छन् । खेलकूद क्षेत्रमा हाम्रा युवाहरुले प्राप्त गरेको उपलब्धिले समग्र नेपालीलाई उत्साहित पारेको छ । तर वर्षको ुसुरुवात मै आएको विनाशकारी भूकम्प होस् वा दर्जनौं जनाको ज्यान जाने गरी तराई–मधेसमा उत्पन्न दुःख घटनाहरु या त्यसैसँग जोडिएर अनावश्यक ढंगले थोपरिएको नाकाबन्दी होस्, हामी नेपालीलाई बिर्सन कठीन हुने घटनाका रूपमा रहेका छन् । सम्बत् २०७३ सबै नेपालीका लागि सफल र सुखमय होस्, हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
२. लोकतन्त्र भनेको जनताको शासन व्यवस्था हो । आफूमाथि शासन गर्ने प्रतिनिधि उनीहरु आफैं चुन्छन्, त्यसैले भनिन्छ लोकतन्त्रमा जनताको बोली बिक्छ । तर लोकतन्त्र आफैंमा लगाम बिनाको घोडा भने होइन । त्यहाँ जनतालाई लोकतन्त्र हुन्छ, तर आप्mनै प्रतिनिधिद्वारा बनाइएको विधिले कोरेको सीमा बाहिर जान मिल्दैन, त्यसो भएमा विधिको शासनको रक्षाका लागि राज्यसत्ता उपस्थित हुन्छ । राज्यसत्ता भनेको लोकतन्त्ररूपी सिक्काको त्यो पाटो हो, जहाँ सन्तुलन र नियन्त्रणका वैध संयन्त्रहरु क्रियाशील हुन्छन् ।
३. मैले सरकारको नेतृत्व सम्हालेको एक महिना नाघेपछि देशवासीलाई संबोधन गर्दा हामी आफैंले तयार गरेको संविधानको घोषणार त्यसको लगत्तै सिर्जित असाधारण अवस्थालाई चित्रण गरेको थिएँ । सरकार अत्यन्तै असाधारण अवस्थामा गठन भएको विनम्रताका साथ उल्लेख गरेको थिएँ । सवारी साधनमा हाल्ने इन्धन नभएको, चाडपर्वको बेला जनताको चुल्हो बाल्ने मट्टितेल र ग्याँस नभएको, खाद्य पदार्थ र कतिपय जीवन रक्षक औषधिको समेत अभाव हुँदै गएको राष्ट्रिय सङ्कटको त्यस घडीमा नेपाली जनताले देखाएको धैर्य, देशभक्ति र राष्ट्रिय स्वाभिमानको हृदयदेखि नै प्रशंसा गरेको थिएँ । मैले भनेको थिएँ– यो सरकार सामान्य अवस्थामा बनेको सरकार होइन । यसको भूमिकासँग सरकारमा आबद्ध दलहरुको मात्रै हैन, सिंगो देशको भविष्य गाँसिएको छ भन्ने कुरामा म सचेत छु ।
४. मैले त्यस समयमा जारी असहज अवस्था, सीमामा रहेको अवरोध, अवरोधका छद्म बाहकहरु र त्यसको छायाँमा सलबलाउन खोजेकोसंगठित अपराधको समेत चर्चा गरेको थिएँ । आन्दोलनका लागि आन्दोलन आवश्यक नरहेको र आन्दोलनको आडमा हुने अवाञ्छित कृत्यको छिटाबाट सच्चा आन्दोलनकारीहरु समेत जोगिउन् भन्ने मेरो आग्रह थियो । सरकार र सरकार सञ्चालक दलहरुको भूमिका विभेदकारी भयो, पनपच्छे गरियो भन्ने भनाइप्रति मेरो विनम्र प्रश्न थियो– राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको आन्दोलनमा आधा शताब्दीभन्दा बढी आयु बिताएको एउटा व्यक्ति तपाईंहरुको प्रधानमन्त्री भएको छ, जसले १४ वर्षभन्दा बढी यातनापूर्ण जेल जीवनमा कैयौं रात खानाको सट्टा केवल सास्ती र अपमान मात्र खाएको छ, ऊकसरी विभेदकारी, अमानवीय र जनविरोधी हुनसक्ला रु तानाशाही, विभेदकारी एवं निरङ्कुश हैन, देख्न–सुन्न सक्ने र जनताको पीरमर्कामा आपूmलाई एकाकार गर्ने, लोकतान्त्रिक संरचनाको निगरानीमा चल्ने सरकार भएको बेला देश र जनता भूकम्प र नाकाबन्दीबाट आक्रान्त र पीडित एवं अर्थतन्त्रमा गम्भीर धक्का लागेको यस समवेदनशील परिस्थितिमा जुलुस, बन्द–हडताल, तोडफोड केका लागि भन्ने मात्र मेरो प्रश्न थियो । जनताका प्रतिनिधिहरूले बनाएको, लोकतान्त्रिक विधिबाट बनेको र जनताका अधिकार एवम् न्याय–समानताको सार बोकेको संविधान जारी हुँदा किन अन्त्यहीन आन्दोलन रु जिज्ञाशा राखेको थिएँ । केही कुरा नमिलेका भए संशोधन मार्फत् मिलाउन सकिन्छ, सीमाङ्कन पुनरावलोकन गर्नुपर्ने भए सहमतिमा गर्न सकिन्छ, संविधान र सङ्घीयतालाई गतिशील विषयका रूपमा लिएर अगाडि बढौं भनिरहेकै बेला देशलाई नै सङ्कट पार्ने सीमा अवरोध किन रु सवाल गरेको थिएँ । “तराई मधेसमा जारी असहज घटनामा मिसिएका मित्रहरुलाई आग्रह गरेको थिएँ– तराई मधेससँग सम्बन्धित विषयहरु हामी सबै नेपालीका साझा विषय हुन् । तिनको उचितरूपमा सम्बोधन गर्नु नेपाल सरकारको जिम्मेवारी हो । राष्ट्रिय हित र एकताको पक्षमा उभिनु सबै नेपालीको कर्तव्य हो भन्ने म ठान्दछु ।” तराई–मधेसमा भइरहेको बन्द–हडताल र त्यसले जनता तथा देशको हित प्रतिकूल पारेका चौतर्फी असरबारे गम्भीर हुन मैले आन्दोलनरत पक्षलाई आग्रह गरेको थिएँ ।
५. झण्डै ६ महिनापछि आज पनि म अर्वौ रुपैयाँ क्षति हुनेगरी तराई मधेसमा हुन पुगेको अशान्तिको चित्तबुभ्mदो कारण देखिरहेको छैन । संविधानको पहिलो संशोधनले पुनर्पुष्टि गरेको अधिकारका लागि सम्वाद नै काफी थियो, मानिसको ज्यान जाने हदमा बन्द–हडताल र तोडफोड आवश्यक नै थिएन । मैले त्यतिखेर भनेकै थिएँ– जनचाहना, राष्ट्रिय हित र औचित्यका आधारमा संविधानमा संशोधन हुनसक्छ । त्यसैले म फेरि पनि तराई मधेसमा शान्तिपूर्ण गतिविधिमा क्रियाशील असन्तुष्ट सबै मोर्चा, दल र समूहहरुलाई आग्रह गर्दछु– सम्वादमा आउनुहोस्, लोकतान्त्रिक विधिबाट हल नहुने कुनै पनि जटिल विषय हामी बीच छैन । जनताका लागि काम गर्छु भन्ने जो कोहीले जनतामाथि नै भर पर्नुपर्छ । घरपरिवारका सदस्य परचक्री जस्तो र घरबाहिरका सल्लाहकारहरु स्वधर्मी जस्तो हुनै सक्दैन भन्ने हामीले मनन गर्नुपर्छ । संरचनागत समस्याका कारण हाम्रो मुलुक विकासको गतिमा पछि प¥यो । अविकासको नकारात्मक परिणाममा टेकेर अनगिन्ती “सामाजिक वैज्ञानिकहरु”ले धर्म, संस्कृति, जात÷जाति, भूगोल र क्षेत्रका नाममा हाम्रो देशमाथि अनेक खालका परीक्षण गरे । अब यो मुलुकलाई थप प्रयोगशाला बन्न दिन हुन्न । विगतमा केही भ्रम परे पनि केही राजनीतिक जटिलताले बाध्य बनाए पनि उच्च एवं गहिरो समझदारीका साथ ‘आन्दोलन’ समाप्त पारी सामान्य अवस्थामा समाजलाई फर्काउन योगदान गर्नुभएकोमा सबै दल, मोर्चा र नेताहरुलाई धन्यवाद समेत ज्ञापन गर्दछु । थाँती रहेका विषयमा सार्थक बहस गरी निष्कर्षमा पुग्न सरकारले उपप्रधानमन्त्रीको संयोजन रहने गरी उच्चस्तरीय राजनीतिक समिति बनाइ सकेको छ । त्यस समितिमा सङ्लग्न हुन र सार्थक सम्वादमा सामेल हुन मेरो हार्दिक आग्रह छ ।
६. हालको असामान्य अवस्थालाई औंल्याउँदै मैले भन्दै आएको छु– हामी कसैलाई पनि फुर्सदमा गरौंला भन्ने छुट छैन । मैले आप्mनो हतारोलाई इंगित गर्दै भनेको थिएँ– विस्तारै गरौंला भन्ने मलाई त झनै सुविधा छैन । सिर्जित समस्यालाई सम्बोधन गर्न खरायोको गतिमा दौड्नु पर्ने हामी, कछुवाको तालमा सीमित हुनुपर्दाको पीडा कस्तो हुन्छ भन्ने मैले महसुस गरिरहेको छु । यसबाट हाम्रो लोकतन्त्र, हाम्रा कानुन, हाम्रो परम्परागत सेवा प्रदायक संरचना र हाम्रो लोकतान्त्रिक संपरीक्षण गर्ने निकायहरुको काम कारवाहीप्रति ममा गम्भीर जिज्ञासा पैदा भएको छ । अहिले, खिचोला झिक्ने र मुद्दा खेल्ने समय हैन । त्यसैले मैले सम्बन्धित सरोकारवालाहरुलाई आ–आप्mनो जिम्मेवारी सफलतापूर्वक बहन गर्न र सरकारको विकास दौडमा सहयोगी बन्न आग्रह गर्ने गरेको हुँ ।
७. नयाँ वर्षको शुभकामना दिइरहेको बेला अहिले, इन्धन आपूर्तिको असहजतालाई सहजतामा परिणत गर्ने, भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण प्रभावकारी ढंगले तीव्र पार्ने र जनतालाई आवश्यक सेवा प्रदान गर्ने नियमित प्रकृयालाई मूलतः तीन भागमा रहेका सरकारका कामका रूपमा म स्मरण गर्दछु । बितेको ६ महिनाको अवधिमा सरकारले के ग¥यो त्यसको फेहरिस्तमा म गइरहेको छैन । प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले त्यसको विवरण उपयुक्त विधिबाट सार्वजनिक गर्छ । यत्ति मात्र उल्लेख गर्ने अनुमति चाहन्छु– हाम्रा विभिन्न मन्त्रालयहरुले समयबद्ध योजना निर्माण गरी लागू गर्ने प्रयत्न गरेका छन् । मैले पद बहाली गरेकै क्षण गरेको एउटा निर्णय स्मरण गर्छु– दुई वर्षभित्र देशभर रहेका सबै तुइनहरुलाई झोलुङ्गे पुलबाट विस्थापित गर्ने । आज म आंकडामा बोल्न सक्छु– देशभर रहेका १७१ तुइनहरु मध्ये आजसम्म झोलु्ङ्गे पुलबाट ३ वटा विस्थापित भइसके, ९ वटा निर्माणाधीन छन्, ४२ वटा खरीद प्रक्रियामा छन्, ४७ वटा विस्तृत परियोजना प्रतिवेदनका लागि खरिद प्रक्रियामा छन् । ३४ वटाको विस्तृत परियोजना प्रतिवेदन तयारी हुँदैछ । सङ्क्षेपमा भन्नुपर्दा आगामी असोज अन्त्यसम्ममा परियोजना तयारीका सबै काम सम्पन्न हुन्छ, तोकिए कै समय सीमामा झोलुङ्गे पुल बन्नेछ र तुइनहरु विस्थापित हुनेछन् ।
८. मैले यी विवरण, प्रतिकूलताका बाबजुद, गरिएका वाचा कबुलप्रति सरकारको प्रतिबद्धता स्पष्ट पार्न उल्लेखसम्म गरेको हुँ । ऊर्जाको चर्चा गर्दा ‘खै कुन्नि’को भावमा टिप्पणी गर्नेहरुलाई मैले भन्नैपर्छ– काम गर्न दिनुस्, सरकारले आफैंले तोकेको सीमाभित्र लक्ष पुरा गर्छ। म स्मरण गर्छु, ४०० केभिए ढल्केवर– मुजफरपुर अन्तरदेशिय प्रसारण लाइनको निर्माण कार्य माघसम्ममा सम्पन्न हुन्छ भनियो– हामीले फागुनको दोस्रो साताबाट ८० मेगावाट थप विद्युत आपूर्ति गरिसकेका छौं । ऊर्जासङ्कट कार्ययोजना जारी गर्दा हामीले भने अनुरूप आउँदो ६ महिनामा ६०० मेगावाट विद्युत थप आपूर्ति हुन सक्ने अवस्था छ । हामीले भन्दै आए झैं एक वर्षमा आधारभूत रूपमा लोडसेडिङ अन्त्यको लक्ष पुरा हुन्छ । इन्धन आपूर्ति सहज भएसँगै विशेषतः खाना पकाउने ग्यासमा अझै रहेको असहज वितरणलाई छिट्टै सहज बनाइने छ । देश अप्ठ्यारोमा र जनता पीडामा रहेको बेला पनि व्यक्तिगत स्वार्थमा लिप्त हुनेकालाबजारी, जमाखोरी, कृत्रिम अभावका बाहक र भ्रष्टहरूप्रति सरकारले कुनै सहानुभूति र उदारता राख्ने छैन ।
९. मेरो नेतृत्वमा रहेको यो संयुक्त सरकारको मूल कार्यभार भनेको जननिर्वाचित संविधानसभाबाट जारी गरिएको लोकतान्त्रिक संविधानको कार्यान्वयन हो । प्रधानमन्त्रीको निर्वाचनसँगै सुरु भएको यसको कार्यान्वयन प्रकृया द्रुतगतिमा अघि बढ्दै छ । संविधानसँग मेल नखाने १९३ वटा कानुनहरु व्यवस्थापिका संसदबाट संशोधन भइसकेको छ । ११० वटा संघीय कानुन, २२ वटा प्रदेशसँग सम्बन्धित कानुन र ६ वटा स्थानीय निकायसँग सम्बन्धित कानुन गरी कम्तीमा थप १३८ कानुन निर्माण यसै सालभित्र हुनेछ । स्थानीय निकायको पुनर्संरचनाको लागि गठित ९ सदस्यीय आयोगले आप्mनो काम थालिसकेको छ । हालै संघीयता कार्यान्वयन तथा प्रशासनिक पुनर्संरचनाको लागि मेरो अध्यक्षतामा उपप्रधानमन्त्रीहरु तथा केही मन्त्रीहरु सहितको १३ सदस्यीय उच्चस्तरीय निर्देशक समिति र नेपाल सरकारका मुख्य सचिवको संयोजनमा ९ सदस्यीय संघीयता कार्यान्वयन तथा प्रशासनिक पुनर्संरचना समन्वय समिति गठन गरिएको छ ।
१०. यसरी राजनीतिक तथा प्रशासनिक व्यवस्थापनको दृष्टिबाट यो साल महत्वपूर्ण हुनेछ । सम्वाद र बहसबाट निकालिने निष्कर्षको आधारमा छिट्टै प्रदेशहरूको सीमा निर्धारण,नयाँ निर्वाचन क्षेत्र र प्रदेशको राजधानी तय गरिनेछ । प्रदेश प्रमुखहरुको अन्तरिम व्यवस्था, स्थानीय निकायको अन्तरिम निर्वाचन हुँदै प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनको तयारीमा सरकार लाग्ने छ । हाम्रो लोकतन्त्रलाई संस्थागत गरी सुदृढ गर्न ढिला भइसक्यो । अब थप ढिलाइ स्वीकार्य हुनै सक्दैन ।
११. भूकम्पसँगै घर ढलेपनि आत्मविश्वास र भविष्य ढलेको छैन भन्ने सन्देश हामीले उद्धार र राहतको क्रममा जनतालाई महसुस हुने गरी दिन सकेका थियौं । तर भूकम्पपछिको पुनर्निर्माण कार्य भने अपेक्षित गतिमा अघि बढेन । तर मैले यसो भनिरहँदा नाकाबन्दी, पर्गेल्न नसकिएको प्रशासनिक झमेला, कानुनको अभाव र मैले सत्ताको बागडोर थाम्नु अघि सरकारले दाताहरुसँग गरेको सर्त सहायता संझौता जस्ता परिस्थितिजन्य अवरोधलाई उल्लेख नगर्दा बस्तुपरक होइन्न कि भन्ने म ठान्दछु । विगतलाई सराप्नु र कार्यान्वयन नभएका कामको विवरणमा अल्झिनु मेरो रुचिको विषय होइन । प्रश्न हो– अब कसरी अघि बढ्ने रु हामीले सरकारको नेतृत्व लिंदा हल–न–चलको अवस्थामा रहेको पुनर्निर्माण कार्यलाई गति दिन राष्ट्रिय योजना आयोगको नेतृत्वमा थालिएको काम, नयाँ कानुनको निर्माण, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन, त्यसको नियमावली निर्माण तथा जाडोमा न्यानो कपडा वितरण र त्यससँगै थालिएको लगत सङ्कलन कार्यलाई मैले यहाँ उल्लेख गर्नैपर्छ । हाम्रो जस्तो मुलुकमा एकै चोटि १६०० इञ्जिनियरहरु परिचालन गरी झण्डै ३ महिनामा भत्किएका निजी घर÷संरचनाहरुको डिजिटल विवरण सङ्कलन गर्नु निश्चय नै त्यति सजिलो हैन । तसर्थ, “अझ बलियो– अझै राम्रो” निर्माण कार्यका लागि आगामी दिनमा सरकारले निम्न कार्य गर्छ ः
ड्ड आगामी वैशाख १२ गतेभित्र भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये ११ वटा जिल्लाका विभिन्न गाविसहरुमा अनुदान सम्झौता प्रकृया द्रुत गतिमा अघि बढ्छ । वैशाख १२ गतेदेखि निजी आवास पुनर्निर्माण कार्य सुरु हुन्छ । वैशाख महिनादेखि काठमाडौं उपत्यका सहित भूकम्पबाट प्रभावित अन्य १७ जिल्लामा सर्वेक्षणको काम सुरु हुन्छ । प्राधिकरणले यो वर्षात् अघि नै ती जिल्लाहरुमा समेत अनुदान सम्झौता गर्छ ।
ड्ड २०७३ जेठ महिनाभित्रमा सम्पन्न गर्ने गरी पुनर्निर्माण प्रकृयालाई अघि बढाउन गाउँगाउँमा पुनर्निर्माण सामुदायिक समिति गठन गरिनेछ । वर्षात्को समयमा आइपर्ने समस्यामा सम्बोधन गर्न भूकम्प पीडितका लागि सामूहिक आवासको व्यवस्था मिलाइने छ ।
ड्ड भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका सम्पदाहरु, शैक्षिक संस्थाहरु, स्वास्थ्य चौकीहरु, सरकारी भवनहरु लगायतको पुनर्निर्माण प्रकृयालाई तत्काल अघि बढाइनेछ ।
ड्ड तत्काल राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र कार्यान्वयन निकायलाई आवश्यक जनशक्तिको व्यवस्थापन गरी संस्थागत संरचनालाई पूर्णता दिइनेछ ।
ड्ड प्रत्येक जिल्लामा कम्तीमा दुई स्थानमा स्रोतकेन्द्रहरु स्थापना गरिने छ । प्रत्येक गाविसमा एक जना इन्जिनियर, एक जना सामाजिक परिचालक र एकजना तालिम प्राप्त निर्माण कर्मीको व्यवस्था गरिनेछ ।
ड्ड भवन विहीन अवस्थामा रहेका राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको आवास तथा कार्यालय, प्रधानमन्त्रीको कार्यालय, सेनाको मुख्यालय, सर्वोच्च अदालत, संसद भवन, निर्वाचन आयोग लगायत महत्वपूर्ण सरकारी निकायहरुको निर्माण प्रकृया तत्काल थालिने छ ।
१२० पीडितका लागि भोलि वा हुँदैछ भन्ने शब्द कर्णप्रिय हुन्न भन्ने म राम्रैसँग महसुस गर्छु । तर क्षतिग्रस्त झण्डै ८ लाख निजी घर, सामुदायिक संरचना, पुरातात्विक महत्वका धरोहरहरु हाम्रो हतारोले एकै चोटि, जादुमयी ढंगले निर्माण सम्पन्न हुन्छ भनियो भने गलत हुन्छ । यसमा प्राथमिकता निश्चितरूपमा तोकिन्छ । विपन्न, पाका र एकल महिला÷बालबालिका रहेका घरपरिवारहरु प्राथमिकताको सूचीको सिरानमा रहुन् भन्ने मेरो निर्देशन रहन्छ । पुनर्निर्माण अभियानलाई पाँच वर्ष छुट्याउनुको अर्थ पनि त्यही नै हो । तसर्थ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले समग्र पुनर्निर्माण कार्यको कार्ययोजना तयार पारी कार्यान्वयनमा ल्याउँछ, म सबैलाई आश्वस्त रहन आग्रह गर्दछु ।
१३० केही अन्तर्राष्ट्रिय मञ्चमा आजभोलि नेपालको संक्रमणकालीन अवस्थालाई लिएर मानवअधिकार र सामाजिक न्यायको बारेमा चर्चा हुने गरेको मैले पनि सुनेको छु । अधिकार प्राप्तिको संघर्षमा अनेक चरण पार गर्दै हामी आजको दिनमा आइपुगेका हौं । कानुनी वा प्रतिबन्धित, सशक्त वा सामान्य, हिंसात्मक वा शान्तिपूर्ण विभिन्न प्रकृतिका द्वन्द्व र आन्दोलनबाट गुज्रिएर नै नेपाली समाज आजको दिनमा आइपुगेको हो । हिंसात्मक द्वन्द्व सामन्ती तानाशाहीकरणतर्फका प्रयासहरु र तिनको प्रतिवाद एवं गहन आवश्यकताका बीचबाट द्वन्द्व व्यवस्थापनका लागि शान्ति प्रक्रियाको जटिलता र जिम्मेवारी बोधबाट गुज्रिएर हामी यहाँ आइपुगेका हौं भन्ने कुरा बिर्सन मिल्दैन । संक्रमणकाल, संक्रमणकालीन सत्ता सञ्चालन र संक्रमणकालीन न्याय संपादनका क्रममा अनुभवका न्यूनता र कतिपय कमी पनि रहेका हुन सक्छन् । तर कसैले स्वच्छ वातावरण बन्दै गरेको बेला, मौसम धमिलिएको समयको निस्सासिंदो कुनै घटनालाई उप्काएर मानवअधिकार, लोकतन्त्र र सामाजिक न्यायप्रतिको हाम्रो निष्ठामा प्रहार गर्छ भने त्यो स्वीकार्य हुन्न । म दाबीका साथ भन्छु, नेपाली समाज र हाम्रो न्याय प्रणाली २०० वर्ष अघिको समयको जस्तो छैन । आजका विकसित मुलुकहरु जो लोकतन्त्र र मानवअधिकारको चर्चा बढी नै गर्छन्, ती समाज पनि सुगौली सन्धिको अघिको नेपाली समाजभन्दा धेरै उम्दा थिएनन् ।
१४० केही समय अघि मैले राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीसँग आप्mनै कार्यकक्षमा विमर्श गरें । हाम्रो देशको मानवअधिकारको अवस्था, हाम्रो आर्थिक सामाजिक स्थिति, हाम्रो संविधानले कबुल गरेको मौलिक हक र आजका विकसित समाजले बहाल गरेको मानवअधिकारको तुलनात्मक अध्ययन गर्न आग्रह गरें । हाम्रा संवैधानिक आयोगहरु न सरकारका मातहतका नियन्त्रित निकाय हुन् न त सरकारको समानान्तर । उनीहरु राज्यको सम्बन्धित क्षेत्रका विशिष्ट निकाय हुन् । राष्ट्रको स्वाभिमान विश्वसामु उँचो राख्न एउटा कार्यकारी प्रमुखको जति भूमिका हुन्छ, संवैधानिक अङ्गको पनि त्यत्ति नै हुन्छ भन्नेमा म स्पष्ट छु । मैले भनेको थिएँ– मानवअधिकारका प्रत्येक दफामा ५०÷५५ वर्षदेखिको राजनीतिक आन्दोलनमा मैले बगाएको पसिना, पीडा र आँसु पनि मिसिएको छ । सरकार प्रमुखको नाताले म भन्छु– नेपाल सरकारको मानवअधिकार प्रतिको प्रतिबद्धतामा कसैले औंला नउठाए हुन्छ ।
१५६० मैले पदभार सम्हालेपछिकोे पहिलो सम्बोधनमा भनेको थिएँ– हामी छिमेकी भारत र चीन लगायत सबै मित्र राष्ट्रहरूसँग संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलका सिद्धान्तको आधारमा पारस्परिक समानता र हितको नीति अनुरूप सुमधुर सम्बन्ध राख्न चाहन्छौं । हाम्रो राष्ट्रियता र राष्ट्रवादको मूलतत्व हाम्रा आधारभूत राष्ट्रिय हितहरूको संरक्षण र पक्षपोषण हो । रोटी–वेटी वा भृकुटी–अरनिकोको नाम मात्रै आजको दिनमा हाम्रा सम्बन्धका आधारलाई स्पष्ट पार्न पर्याप्त हुन्न भन्ने लागेर नै मैले आधारभूत राष्ट्रहितको सन्दर्भमा सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र स्वाभिमानलाई हाम्रा पाँच अडानका रूपमा चर्चा गर्ने गरेको छु । पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्रसंघको बडापत्रको चर्चा गर्दा पारस्परिक लाभ, आपसी सम्मान, एक अर्काका मामिलामा अहस्तक्षेपको नीतिलाई जोड दिने गरेकोे छु । “छिमेकी पहिला”को नीति भनौं या बहुउद्देशीय, मूलतः त्रिदेशीय सहयोग कोरिडर, यही असल छिमेकीपनमा अड्छ भन्ने म ठान्दछु । छिमेकी मित्रराष्ट्रहरुसँग मात्रै हैन, दक्षिण एसिया, एसिया र सिंगो विश्वसँग हामी यही नीति अनुरूप सम्बन्ध राख्न चाहन्छौं । सरकार प्रमुखको हैसियतमा म फेरि स्पष्ट पार्छु– नेपालका कोही पनि शत्रु छैनन् । हाम्रो कुनैपनि देशप्रति कटुता या दुर्भाव छैन । हामी चाहन्छौं, अरुहरुले पनि हाम्रो मैत्रीपूर्ण सद्भाव तथा हाम्रो संवेदनशील भूराजनीतिक अवस्थितिको सम्मान गरुन् ।
१६० मलाई लाग्छ, राजनीतिककर्मीले मुलुकको समृद्धि र दिगो विकासको सपना बोल्नुपर्छ । राजनीतिक नेतृत्वबाट इच्छाशक्ति जगाइदिने हो भने, मलाई विश्वास छ, हामीसँग रहेको जनशक्ति हामीले देख्ने सपनालाई व्यवहारमा उतार्न सक्षम छ । नयाँ वर्षको पहिलो दिन आज म आर्थिक–सामाजिक समृद्धिका केही पक्ष चर्चा गर्ने अनुमति चाहन्छु । यद्यपि यसै महिनाभित्र सरकारले व्यवस्थापिका संसदमा प्रस्तुत गर्ने नीति कार्यक्रम, बजेटका सिद्धान्त तथा प्राथमिकता र त्यसलाई कार्यान्वन गर्न जेठ १५ भित्र प्रस्तुत हुने बजेटले हाम्रा सपनालाई थप ठोस रूपमा प्रस्तुत गर्ने नै छ ।
१७० चीन भ्रमणको क्रममा मैले बोआओ फोरमलाई सम्बोधन गर्ने मौका पाएँ । मैले सम्बोधनको क्रममा भनेको थिएँ– यदि कुनै एसियाली मुलुक पछि परेमा, शान्ति र समृद्धिको एसियाली सपना भड्खालोमा पर्नेछ । गल्ती नगरौं, संगै हिड्न नसके एसियाको दिगो विकास पाखा लाग्नेछ । संगै हिड्न नसक्दा, हाम्रा साझा सपना सपनामै सीमित रहने छन् । मैले भनेको थिएँ– गल्ती नगरौं, गरिबी र शान्ति सँगसँगै रहनै सक्दैन । र, सहकार्यको उचाइमा नै हाम्रो भविष्य छ । आज म, आप्mना देशवासीलाई भन्न चाहन्छु– एसियाली रंगमञ्चमा हाम्रो उचाइ त्यतिखेर देखिन्छ, जब हाम्रो आर्थिक सामाजिक विकासले उचाइ लिन्छ । बालियो आर्थिक विकासको जगमा खडा हुने राष्ट्रिय भावले मात्र े हामीलाई उचाइमा पु¥याउने छ ।समृद्धिको उचाइ नै तपाई हाम्रो सपना हुनुपर्छ ।
१८० मित्र राष्ट्र चीनसँग हालै सम्पन्न यातायात पारबहन संझौताले एउटा मात्र छिमेकीमाथि निर्भर हाम्रो देश, अब सही अर्थमा भूपरिवेष्ठित राष्ट्रमा रूपान्तरित भएको छ । चलनचल्तीमा अंग्रेजी शब्द “ल्याण्डलक्ड” भनिएको हाम्रो मुलुकसँग अब दुबै छिमेकी मित्रराष्ट्र हुँदै अन्य मित्रराष्ट्रसँग समेत भूसम्बन्ध ९ल्याण्डलिंक्ड० स्थापित भएको छ । छिमेकी मित्रराष्ट्रहरु भारत र चीनसँग भएका सहमति संझौताका आधारमा हामीलाई पूर्वाधार निर्माणमा सुगमता प्राप्त हुँदैछ । विकासका लागि अबको योजनामा यातायात र सञ्चारको भूमिका महत्वपूर्ण हुनेछ ।
१९० मैले गत कात्तिक २९ गते देशवासीलाई सन्देश दिइरहँदा सडक, यातायात र सञ्चारका केही विषय चर्चा गरेको थिएँ । आज म फेरि एकपटक दोह¥याउन चाहन्छु, यातायात सञ्जाल विस्तारमा सरकारले सडक, रेल र हवाइ गरी तीन प्रमुख संरचना निर्माणमा प्राथमिकता दिनेछ ।
क० हुलाकी राजमार्ग र पुष्पलाल मध्य पहाडी राजमार्ग जस्ता पहिले नै सुरु भएका राष्ट्रिय गौरवका आयोजनाहरुका अतिरिक्त रणनीतिक महत्वका सडकहरु, काठमाडौं–निजगढ द्रुतमार्ग, किमाथाङ्का–जोगवनी सडक, रसुवागढी–ठोरी सडक, कोरल्ला–बेलहिया ९सुनौली० सडक, हिल्सा–कर्णाली राजमार्गको निर्माण हाम्रो प्राथमिकताका परियोजनाहरु हुन् ।।
ख० तराईमा थालिएको पूर्व–पश्चिम रेलमार्गको अतिरिक्त केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माण कार्यमा सरकार लागिपर्छ । प्रत्येक नेपालीलाई आप्mनो जीवनकालमै आप्mनो मुलुकमा आधुनिक रेलबाट सयर गर्न संभव छ भन्ने सपना देख्न म उत्साहित गर्दछु ।
ग० हाम्रो हवाइमार्गलाई समयको माग अनुसार विकास र विस्तार गर्न सरकार प्रतिबद्ध छ । निर्माणाधीन भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँगै प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोेन्नति हवाइमार्गसँग जोडिएका हाम्रा योजना हुन् ।
२०१० ऊर्जा र जलस्रोतको बहुपक्षीय उपयोगका सन्दर्भमा एक वर्षभित्र विद्युत अभाव आधारभूत रूपमा समाप्त पार्न र दुई वर्षभित्र चाहेजति विद्युत खपत गर्ने अवस्था सिर्जना गर्न हामी ऊर्जामा केन्द्रित हुनैपर्छ । माथिल्लो तामाकोशी लगायत निर्माणाधीन आयोजना तीव्र रफ्तारमा सम्पन्न गर्ने, पञ्चेश्वर, माथिल्लो कर्णाली र अरुण तेस्रो जस्ता साझा लगानी या बाह्य लगानीका आयोजनालाई समयमै सम्पन्न गर्ने, बुढीगण्डकी, नलसिंहगाढ, नौमुरे ९रु० जस्ता प्रस्तावित आयोजनाहरूलाई तत्काल अगाडि बढाउने, नागरिकहरूले गौरव र अपनत्व महसुस गर्ने गरी कुनै ठूलो आयोजना आम जनताको सहभागिता र स्वदेशी स्रोतबाट सम्पन्न गर्ने, बालुवामा पानी हाले जस्तै उपभोगमा सकिइरहेको रेमिट्यान्सलाई सदुपयोग गर्न त्यसैमाथि आधारित एक आकर्षक जलविद्युत परियोजना अगाडि बढाउने र निर्माणसँगै प्रसारण विस्तारमा ध्यान दिने सरकारको योजना छ । सौर्य, वायु, जैविक लगायत वैकल्पिक ऊर्जाको विकासमा पनि मेरो ध्यान छ । विद्युतीय सवारी साधनहरूको प्रयोग विस्तार गरेर फोसिल इन्धनमाथिको निर्भरता घटाउनु र वातावरणीय प्रदूषणलाई हामीले कम गर्नुपर्छ।
२१० कृषिमा आत्मनिर्भरताका लागि निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक र आधुनिक बनाउने मुख्य चुनौती छ । यसका लागि सुनकोशी–कमला–वागमती, कालीगण्डकी–तिनाउ, राप्ती–सुराइ, भेरी–बबई डाइभर्सन जस्ता सिंचाइ आयोजना अगाडि बढाएर तराईमा हरित क्रान्तिलाई तीव्र पारिने छ । सहकारी, सामूहिक या साझेदारी ढाँचामा खेती गर्न प्रेरित गरिने छ । श्रमप्रति आस्था जगाउँदै कृषि कार्यलाई सम्मानित र आयमूलक पेसामा बदल्न सरकारले गर्नुपर्ने प्रोत्साहन गर्नेछ । मल, बिउ, प्रविधि, उत्पादनका मूल्य लगायत किसानका आवाजहरूको संबोधन हुनेछ ।
२२० सञ्चार सञ्जालको लागि दुई छिमेकीसँग अप्टिकल फाइवर, ब्रोड व्याण्ड इन्टरनेट सेवा मार्फत हेभी डेटा प्रसारण अब संभव हुनेछ । इ–कमर्स, इ–गवरनेन्स या डिजिटल नेपाल भनिने गरिएको विद्युतीय माध्यमबाट हुने कारोवार र छरितो प्रशासन हाम्रो प्राथमिकतामा रहनेछ ।
२३० आर्थिक विकासबाट समृद्धि हामीले भन्दै आएका छौं । दिगो समृद्धिका निश्चित आधार छन् भन्ने म ठान्दछु । देशका जाँगरिला युवाले प्रवासको रोजगारीबाट आर्जन गरेको रेमिट्यान्स र त्यसमा आधारित उपभोग आधारित समृद्धि हाम्रो लक्ष हैन । हाम्रो लक्ष भनेको आत्मनिर्भतामा आधारित समृद्धि हो । आर्थिकरूपमा सबल नागरिकहरुले मात्रै सही अर्थमा अधिकारको उपयोग गर्न सक्छन् । राष्ट्रप्रतिको दायित्व निर्वाह गर्छन् । यसका लागि हाम्रो संविधानले व्यवस्था गरे अनुरूप सार्वजनिक–सहकारी– र निजी क्षेत्र आधारित अर्थतन्त्रको सन्तुलित विकास हुनुपर्छ । लगानी र प्रतिफल दुबैमा जनताको पहुँच हुनुपर्छ । यसैका माध्यमबाट विद्यमान असन्तुलित उत्पादन सम्बन्ध फेरिन्छ । राज्यको सहजीकरणमा धनीलाई धनी हुन नरोक्ने, तर धनी र विपन्न बीचको आम्दानीको खाडललाई साँघुरो पार्दै लैजान सकिन्छ । यस सन्दर्भमा हामीले जनताको लागानीमा जलविद्युत जस्ता विषयलाई जोड दिनेछौं ।
२४० मलाई लाग्छ, आयुको हिसाबले मानिसलाई ३ खण्डमा विभक्त गर्न सकिन्छ – बाल्यकाल, सक्रिय उमेर र वार्धक्य । पहिलोलाई सर्वकालिक सामाजिक सुरक्षाको माध्यमबाट शिक्षा र स्वास्थ्यमा समान हक दिनुपर्छ । सरकारका आगामी नीति तथा कार्यक्रममा यी विषयहरुमा केही ठोस नयाँ योजनाहरु प्रस्तुत गर्ने मैले सोचेको छु । यसले सक्रिय उमेर समूहमा रोजगारीमा सामेल हुन सहज गर्छ । उचित ज्याला र उच्च उत्पादकत्वको माध्यमबाट क्रियाशील युवा उमेरलाई सम्मानजनक श्रम र सुखी जीवन दिन सकिन्छ । वार्धक्यमा सक्रिय उमेरमा आफैंले जम्मा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषका माध्यमबाट आजीवन पेन्सनको व्यवस्था गर्न सकिन्छ । कतिलाई लाग्छ, के यो संभव छ रु मेरो प्रश्न छ, हामी जस्तै आय समूह भएका मुलुकहरु यही प्रकृयाबाट कल्याणकारी राज्यमा रूपान्तरित भए भने हामीकहाँ किन संभव हुन्न रु
२५० हाम्रा विज्ञहरुले दिनु भएको आँटका आधारमा आगामी एक वर्षभित्र केही आधारभूत विषयमा आत्मनिर्भर हुने छौं भन्नेमा म आशावादी छु । केही आधारभूत खाद्यबस्तु, आधारभूत स्वास्थ्य सेवा र ऊर्जामा आत्मनिर्भरता मेरा प्राथमिकता क्षेत्र हुन् ।

भारत पर अपनी निर्भरता कम करने के लिए नेपाल ने चीन से तिब्बत होकर गुजरने वाले रेलवे लिंक बनवाने की सहमति हासिल कर ली है। रविवार को नेपाल के पीएम केपी ओली की पहली चीन यात्रा के पहले दिन ही यह खास समझौता हुआ है। अपने संबंधों को मजबूती देते हुए नेपाल और चीन ने 10 समझौते किए हैं।
चीनी प्रीमियर और राष्ट्रपति से मिले ओली
ओली के अनुरोध पर चीन के प्रीमियर ली केकियांग ने रणनीतिक रेलवे लिंक बनाने की सहमति दी। इसके अलावा ट्रांजिट ट्रेड डील का भी अहम समझौता किया गया है।
इसके पहले केकियांग ने ओली का औपचारिक स्वागत किया। ओली ने चीनी राष्ट्रपति शी जिनपिंग से भी मुलाकात की।
नेपाल में मधेशी आंदोलन से बिगड़े थे हालात
नेपाल में मधेशी आंदोलन के दौरान भारत से लगी सीमा पर नाकेबंदी के बाद आम जनजीवन पर बुरा असर पड़ा था। अपने रोजमर्रा की जरूरतों के लिए नेपाल का बड़ा तबका सीधे भारत से होनेवाली आपूर्तियों पर निर्भर करता है। उन दिनों में इसको लेकर नेपाल में भारत पर निर्भरता कम करने की मांग जोर पकड़ने लगी थी।
पहले दिन दोनों देशों में 10 समझौते
ओली के सात दिवसीय चीन यात्रा के बारे में नेपाल के विदेश मंत्रालय ने आधिकारिक जानकारी दी। उसके बयान के मुताबिक नेपाल और चीन ने व्यापार, सीमा सुरक्षा, ढ़ांचागत विकास, ऊर्जा क्षेत्र में आपसी मदद, पर्यटन, वित्त, शिक्षा और संस्कृति जैसे अहम मसलों पर बातचीत की। इसी दौरान तिब्बत से गुजरने वाली रेलवे लाइन बनवाने की बात की।
चीन चाहता था तिब्बत होकर नेपाल तक रेल लाइन
चीन के विदेश मंत्रालय की सीनियर अधिकारी होऊ यांकी ने मुलाकात के बारे में बताया कि चीन सरकार अपने संस्थानों को इस इंटरनल रेलवे लाइन के निर्माण के लिए आगे करेगा। पहले भी तिब्बत से गुजरते हुए शिगत्से से ग्यीरोंग होते हुए नेपाल तक जाने वाली रल लाइन के बनाने पर विचार कर रहा था। लिहाजा, नेपाल के पीएम के अनुरोध के बाद इसके लिए फौरन हां कर दी गई। भौगोलिक हालातों की वजह से इस निर्माण पर काफी खर्च होने की संभावना है।
पोखरा में चीन बनाएगा नया अंतरराष्ट्रीय एयरपोर्ट
ट्रांजिट ट्रेड डील पर समझौते के बाद नेपाल की निर्भरता भारत पर काफी हद तक कम हो जाएगी। चीन की ओर से नेपाल के खास पर्यटन स्थल पोखरा में एक नया अंतरराष्ट्रीय एयरपोर्ट भी बनाया जाएगा।
आजतकबाट

Mount
Everest, the world's highest peak, was moved three centimeters
southwest by the 7.8-magnitude earthquake that devastated Nepal in
April, Chinese authorities say.
But
the April 25 quake, which left more than 8,000 people dead, did not
affect the height of the 8,848-meter mountain, according to the report
by China's National Administration of Surveying, Mapping and
Geoinformation.
Chinese state media reported the administration had set a satellite monitoring system on the peak in 2005 to observe the movement of the mountain.
In
the decade since, Everest had been moving northeast at a speed of four
centimeters a year, and had grown by 0.3 centimeter annually, state
media reported.
The April earthquake
reversed the direction of the mountain, shifting it to roughly where it
would have been nine months earlier.
It
triggered a number of avalanches on and around the mountain -- which is
located at the border of Nepal and China -- claiming the lives of many
climbers. The deaths led mountaineering companies to call off their
climbs for the rest of the season.
New
data showed a second deadly quake in Nepal, which struck on May 12 with a
magnitude of 7.5, did not move the mountain, state media reported.
Previous
analyses by seismologists have said that the mountain likely shifted by
as much as meters in the quake, but the height was likely unchanged.
- CNN
पत्रकारले दशहजार तलब नपाएका समाचार पटकपटक आउँछन् । २० वर्षअघि जारी भएको श्रमजीवी पत्रकार कानुनका बारेमा खुबै चर्चा पनि हुन्छ । पत्रकार महासंघको विवरणअनुसार देशभरि अहिले १२ हजार पत्रकार छन् । तीमध्ये मुस्किलले एकहजार पत्रकार मात्र होलान् जसले नियमित रुपमा १० हजारभन्दा धेरै तलब पाउने गरेका छन् । तर, नेपालमा केही औंलामा गन्न सकिने सम्पादक छन् जसको मासिक तलब महिनामा लाख रुपैयाँभन्दा धेरै ।
नेपालका झन्डै दर्जनसम्पादक मासिक रुपमा डेढलाख माथि कमाउँछन् । महिनामा डेढ लाखमाथि कमाउनेहरुमा बीबीसीका रविन्द्र मिश्र, कान्तिपुरका सुधीर शर्मा, काठमाडौं पोष्टका अखिलेश उपाध्याय, सेतोपाटीका नारायण वाग्ले र अमित ढकाल, खोज पत्रकारिताका शिव गाउँले, राष्ट्रपतिका सल्लाहाकार राजेन्द्र दाहाल र मिडिया कन्सल्ट्यान्ट विनोद भट्टराई, रघु मैनाली, नेपाली टाइम्सका सम्पादक कुन्द दीक्षित र प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रतिक प्रधान पर्छन् । यीमध्ये कतिले कर नतिर्ने गरी मालिकबाट मासिक रुपमा तलब बुझ्ने गर्छन् ।
एक लाखदेखि डेढ लाखसम्म महिनामा तलब खानेहरुमा अन्नपूर्ण पोष्टका युवराज घिमिरे, नागरिकका गुणराज लुइँटेल, द हिमालयन टाइम्सका प्रकाश रिमाल,हिमालका किरण नेपाल, नेपालका प्रशान्त अर्याल, कान्तिपुरका हरिबहादुर थापा, साप्ताहिकका सुवास ढकाल, रिपव्लिकाका सुवास घिमिरे, नयाँ पत्रिकाका कृष्णज्वाला देवकोटा पर्छन् । यसैगरी कान्तिपुर टेलिभिजनबाट सरुवा गरिएका तीर्थ कोइराला, हालका समाचार प्रमुख दिलभुषण पाठक र उज्यालो रेडियोका गोपाल गुरागाइँ पनि महिनामा लाख माथि तलब खानेमा पर्छन् ।
विभिन्न कार्यक्रम बनाएर वा टिभी कार्यक्रम उत्पादन गरेर पनि महिनामा लाख माथि कमाउनेहरु छन् । जापानी टिभीका नेपाल संवाददाता लक्ष्मण उप्रेती, प्रशिक्षक मोहन मैनाली, समकोण कार्यक्रमकी निर्मला शर्मा, साझा सवालका दीपक भट्टराई र कार्यक्रम सञ्चालक विद्या चापागाइँको पारिश्रमिक पनि महिनामा लाख माथि रहेको बताइन्छ ।
यसैगरी कारोबारका सञ्जय न्यौपाने र आर्थिक अभियानका मदन लम्साल पनि महिनामा लाख बुझ्ने सम्पादकहरु हुन् । महिनामा ५० हजारदेखि १ लाखसम्म कमाउने पत्रकारहरुको संख्या झन्डै एक सयभन्दा माथि रहेको बताइन्छ ।
समाचारपत्रका सम्पादक पुष्करलाल श्रेष्ठ, राजधानीका राजन शर्मा, हिमालय टाइम्सका सम्पादक उज्जवल शर्मा, कान्तिपुरका फोटो पत्रकार विकास रौनियारलगायतको मासिक तलब ५० हजार माथि छ । यसैगरी कार्टुनिष्टहरु दुर्गा बराल, रविन सायमी, अविन पनि राम्रो तलबमा काम गर्छन् । अन्नपूर्ण पोष्टका बासु क्षितिजको कमाई पनि राम्रो छ ।
कान्तिपुर र काठमाडौं पोष्टमा मात्रै झन्डै ३० जनाको तलब झन्डै ५० हजार माथि रहेको बताइन्छ । हिमाल र नेपालका कतिपय संवाददाता पनि यो वर्गमा पर्छन् । भर्खरै खुलेका अनलाइनहरुले पनि आफ्ना संवाददातालाई राम्रो तलब दिएर राखेका छन् । अनलाइनखबर, रातोपाटी डटकम, सेतोपाटी, पहिलोपोष्ट, सञ्चारिका अनलाइनले संवाददातालाई राम्रो तलव दिएका छन् ।
–जेठ ३२ को साँघुबाट
संविधानसभाबाट संविधान जारी गर्ने संबन्धमा विगत लामो समयदेखि रहेको गतिरोधलाई अन्त्य गर्दै यथाशिघ्र संविधान निर्माण गरी घोषणा गर्न निम्नलिखित सहमति गरेका छौं ।
संघीयता र प्रदेश रचना
१) संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा पहिचानका ५ र सामर्थ्यका ४ आधारमा आठ (८) प्रदेश निर्माण गरिनेछ ।
२) प्रदेशको नामाकरण प्रदेश सभाको दुई तिहाइ बहुमतको निर्णयबाट गरिनेछ ।
३) प्रदेशको सीमाङ्कन संबन्धी सिफारिश गर्न नेपाल सरकारले एक संघीय आयोग गठन गर्नेछ । आयोगको कार्यावधि ६ महिना हुनेछ । संघीय आयोगको सुझाव–प्रतिवेदन प्राप्त भएपछि प्रदेशको सीमाङ्कनको अन्तिम निर्णय व्यवस्थापिका– संसदको दुई तिहाइ बहुमतले गर्नेछ ।
संसद र निर्वाचन प्रणाली
४) संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुई सदनात्मक हुनेछ । प्रादेशिक सभा एक सदनात्मक हुनेछ ।
५) प्रतिनिधिसभाको निर्वाचन मिश्रित निर्वाचन प्रणालीबाट गरिनेछ । प्रतिनिधिसभामा कूल २ सय ७५ सदस्य रहनेछन् । भूगोल र जनसंख्याको आधारमा देशमा कूल १ सय ६५ संसदीय निर्वाचन क्षेत्र हुनेछन् । यी निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचन प्रणाली अन्तरगत बहुमत प्राप्त गर्ने १ सय ६५ प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन् । बाँकी १ सय १० सदस्य समानुपातिक निर्वाचन प्रणालीद्वारा निर्वाचित हुनेछन् ।
६) राष्ट्रिय सभाको सदस्य संख्या कूल ४५ कायम हुनेछ । यस मध्ये प्रत्येक प्रदेशबाट समान संख्याका आधारमा ४० सदस्य निर्वाचित हुनेछन् । र बाँकी ५ सदस्य संघीय मन्त्रिपरिषद्को शिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछन् ।
शासकीय स्वरुप
७) देशको शासन सञ्चालन गर्न बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली अबलम्बन गरिनेछ । प्रतिनिधिसभामा एकल बहुमत प्राप्त वा अन्य दलको समर्थनमा बहुमत प्राप्त दलका नेता कार्यकारी प्रमुखको हैसियतमा प्रधानमन्त्री हुनेछन् ।
८) नेपालमा एक संवैधानिक राष्ट्रपति हुनेछन् । राष्ट्रपतिको निर्वाचन संघीय संसद एवम् प्रादेशिक सभा सदस्य सहितको निर्वाचक मण्डलबाट हुनेछ ।
( संसदीय शासन प्रणाली र संवैधानिक राष्ट्रपतिका बारेमा एनेकपा माओवादीको भिन्न मत रहेको छ । भिन्न मत रहे पनि संविधान निर्माणको प्रकृया अघि बढाउने कुरामा भने सहमति रहेको छ ।)
९) नयाँ संविधान घोषणा पश्चात् राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री,सभामुख र उपसभामुखको निर्वाचन रुपान्तरित व्यवस्थापिका–संसदबाट नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम हुने गरी व्यवस्था गरिनेछ ।
१०) नयाँ संविधानको व्यवस्था बमोजिम प्रतिनिधिसभाको अर्को निर्वाचन सम्पन्न नभएसम्म रुपान्तरित व्यवस्थापिका–संसदबाट प्रधानमन्त्रीको निर्वाचन, विश्वासको मत, अविश्वासको प्रस्ताव तथा मन्त्रिपरिषद्को गठन सम्बन्धी सबै कार्य नेपालको अन्तरिम संविधान, २०६३ को व्यवस्था बमोजिम हुने गरी व्यवस्था गरिनेछ । राष्ट्रपति,उपराष्ट्रपति, सभामुख र उपसभामुख विरुद्ध महाभियोग व्यवस्था पनि अन्तरिम संविधान, २०६३ बमोजिम नै हुने गरी व्यवस्था गरिनेछ ।
न्याय प्रणाली
११) स्वतन्त्र न्यायपालिकाको अवधारणा अनुरुप नेपालमा स्वतन्त्र,निष्पक्ष र सक्षम न्यायपालिकाको व्यवस्था गरिनेछ ।
१२) सर्वोच्च अदालत अभिलेख अदालत हुनेछ । संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतको हुनेछ ।
१३) केन्द्र र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तह एवम् स्थानीय तहका बीचमा अधिकार क्षेत्रबारे तथा प्रतिनिधि सभा,राष्ट्रिय सभा र प्रदेश सभाको निर्वाचन सम्बन्धी विवादमा न्याय निरुपण गर्न एक संवैधानिक अदालत गठन गरिनेछ । यी विषयमा संवैधानिक अदालतको निर्णय अन्तिम हुनेछ । यो अदालत सर्वोच्च अदालतका प्रधान न्यायाधीशको अध्यक्षता र २ जना अन्य वरिष्ठतम् न्यायाधीश तथा २ जना सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका कानून क्षेत्रका विज्ञको सहभागितामा गठन हुनेछ । संवैधानिक अदालतको कार्यावधि नयाँ संविधान प्रारम्भ भएको मितिले १० वर्षसम्म हुनेछ ।
१४) न्याय परिषद् गठन संबन्धी व्यवस्था नेपालको अन्तरिम संविधान,२०६३ को व्यवस्था बमोजिम हुनेछ ।
१५) संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका सम्बन्धमा भएको यो मूलभूत सहमतिको भावना अनुरुप संविधान निर्माणको प्रक्रिया अघि बढाइने छ ।
स्थानीय निकायको निर्वाचन
१६) जनताको प्रतिनिधित्व र सहभागितालाई सबल तुल्याउनको लागि यथासक्य चाँडो स्थानीय निकायको निर्र्वाचन गरिनेछ ।
………….
सुशील कोइराला, प्रधानमन्त्री एवम् सभापति, नेपाली कांग्रेस
के.पी. शर्मा ओली, अध्यक्ष, नेकपा (एमाले)
पुष्पकमल दाहाल ‘प्रचण्ड’, अध्यक्ष, एनेकपा (माओवादी)
विजयकुमार गच्छदार, अध्यक्ष, मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक)
मितिः २०७२-०२-२५,बालुवाटार, काठमाण्डौ ।
नेपालमा भूकम्प किन र कसरी आउँछ वा आउँदैन भन्ने केही आधार छन् । त्यससम्बन्धी अध्ययन गरेको मान्छेले नै यसबारे आफूले बुझेको बोल्ने हो । हामीले सबैभन्दा पहिले त हाम्रा पहाड, पर्वत, हिमशृंखला कसरी बने भनी बुझ्न आवश्यक हुन्छ । यी पहाड, हिमालहरु अचानक एकै दिनमा बनेका होइनन् । यी बन्नका लागि करोडौँ वर्ष खर्च भएको छ । भूगर्भशास्त्रले भन्छ, आजभन्दा झन्डै पाँच करोड वर्षअगाडि भारतीय प्लेट र युरोसियन प्लेटको बीचमो तेथिस सागर थियो ।
तेथिस सागरको दक्षिणतिर रहेको भारतीय उपमहाद्वीप अर्थात् इन्डियन प्लेट बिस्तारै उत्तरतिर सर्दै थियो । अन्तमा इन्डियन प्लेट र तिब्बेतीयन प्लेट भेट भए वा जुधे । यो आजभन्दा पाँच करोड वर्षअघिको कुरा हो । यसरी प्लेट जुधेपछि साधारणतः ठूलो प्लेटभित्र सानो प्लेट घुस्ने प्रक्रिया हुन्छ । हाम्रोमा तिब्बतीयन प्लेटमुनि इन्डियन प्लेट घुस्यो । तर, यो घुसिरहन भने सक्दैन ।
किनभने, अर्कोले थिचिराखेको हुन्छ । उदाहरणका लागि एउटा बाँसको भाटोले माटो भएको भित्तोमा सीधा ठेल्यौँ भने दुई-तीन इन्च भासिन्छ । धेरै ठेलियो भने भाटो बांगिन्छ । र, बांगिएको ठाउँबाट चिरिँदै भाँचिन्छ । भाँचिदा ठेल्ने मान्छे पनि हल्लिन्छ, हुत्तिन्छ । यहाँ बाँसको भाटो भनेको इन्डियन प्लेट, भित्तो भनेको तिब्बतीयन प्लेट । जसरी भाटो भाँचिदा ठेल्ने मान्छे यताउता हुन्छ वा हुत्तिन्छ । त्यसरी नै इन्डियन प्लेटभित्रका चट्टानहरु भाँचिदा त्यो भाग उछिट्टन्छ । यसरी उछिट्टनिु भनेकै भुइँचालो जानु हो ।
यो प्रक्रिया सुरु तब भयो, जब दुइटा प्लेटहरु एकआपसमा जुधे । भुइँचालो त गइहाल्यो, के अब सकियो त ? यस्तो हुँदैन । किनभने, इन्डियन प्लेट त अघि बढिरहेकै छ । एकचोटि ठूलो शक्तिशाली भुइँचालो गएर पृथ्वी उचालिइसकेपछि फेरि दुई-चार सय वर्षपछाडि अर्को महाभूकम्प आउँछ । र, फेरि पनि पृथ्वी त्यसरी नै उचालिन्छ । यो दृष्टिकोणले हेर्दा हाम्रा पहाड, पर्वत, हिमशृंखला लाखौँ भूकम्प गइसकेपछि बनेका हुन् । अहिले पनि इन्डियन प्लेट बिस्तारै उत्तरतर्फ बढिरहेको छ ।
यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने यदि भूसतहबाट केन्ऽतिर खनेर हेरियो भने पृथ्वीमा पाँच तह अर्थात पत्र छन् । सबैभन्दा बाहिरको पत्रलाई लिथोस्फेर, त्यसमुनि अस्थेनोस्फेर, त्यसमुनि मेसोस्फेर, त्यसपछि आउटरकोर र इनरकोर गरी पाँच तह छन् । यी पाँच तहमध्ये अस्थेनोस्फेरभन्दा तलका तह निकै ताता छन् । जसले अस्थेनोस्फेरलाई तताउँछ । अस्थेनोस्फेरमा लेदोजस्तो तन्कने खालको पदार्थ छ । अस्थेनोस्फेर तातेपछि के हुन्छ त ? पानी उमालेको उदाहरण हेरौँ, पानी उम्लन थालेपछि भाँडोमा पानी फनफनी घुम्न थाल्छ । त्यसमा चियाको पात राखियो भने पानी सँगसँगै चियाको पात पनि फनफनी घुम्छ । यसरी नै अस्थेनोस्फेर घुम्दा वा चल्दा यसमाथि रहेको लिथोस्फेर पनि सँगै चल्छ । यसलाई नै प्लेट हिँडेको वा घुसेको भनिएको हो ।
सरदर चार सेमिका दरले प्रतिवर्ष यो प्लेट घुसेको छ । यसमाथिको लिथोस्फेर विभिन्न चट्टानले भनेको हुन्छ । जहाँ पहाड, समथर भूभाग, हिमशृंखला, पानी छन् । यो भाग पनि अस्थेनोस्फेरसँगै बिस्तारै हिँडिरहेको हुन्छ । अस्थेनोस्फेरलाई माथिका भूभागले थिचिरहेको हुन्छ । माथिको दबाबका कारण लिथोस्फेर अर्थात् प्लेट एकअर्कामा घुस्दा वा ठेलिँदा भाँचिन्छन् । भाँचिएको ठाउँमा तुरुन्तै कम्पनसँगै फेरबदल ल्याउँछ ।
जस्तो, एउटा साधारण टेबलमाथि ढुंगा थप्दै गयौँ भने अन्तिमको एउटा ढुंगाकै कारण टेबल भाँचिन्छ । यसरी नै प्लेटहरु एउटा अर्कोमा घुस्दै जाँदा माथिको भारले प्लेट भाँचिन्छ । र, भुइँचालो जान्छ । यो इन्डियन र तिब्बतीयन प्लेटका कारण भुइँचालो नेपालमा मात्रै जाने होइन । यी प्लेट जुध्ने क्षेत्र पूर्वमा म्यानमारदेखि पश्चिममा अफगानिस्तानसम्म पर्छ । यी ठाउँ भूकम्पका जोखिम क्षेत्र हुन् । यी प्लेटको जुधाइका कारण सामान्य हलचल त दिनमा दर्जनौँ आइरहेकै हुन्छन् ।
हामीले साधारणतः चार रेक्टर स्केलभन्दा माथिको भूकम्प महसुस गर्न सक्छौँ । आठ रेक्टरभन्दा माथिको भूकम्पलाई महाभूकम्प भनिन्छ । यस्तो महाभूकम्प हाम्रोमा सय, डेढ सय वर्षको अन्तरमा आएको पाइन्छ । सीधै अध्ययन गरेर कहाँ, कहिले, कतिसम्मको भूकम्प जान्छ भन्ने विधि, प्रविधि, विज्ञान अहिलेसम्म विकास भएको छैन । किन छैन भने, भूकम्पसँग सम्बन्धित प्रक्रिया नेपालको सन्दर्भमा भूसतहदेखि १० देखि ४० किलोमिटर तल भइरहेको हुन्छ । त्यति गहिरोमा गएर सीधै अवलोकन सजिलो छैन । अवलोकन गर्दा पनि एउटा बिन्दुमा गएर भएन, विभिन्न ठाउँमा गर्नुपर्यो । एक अर्थमा यो सम्भव पनि छैन । फेरि अवलोकन गरेर, थाहा पाएर पनि रोक्न सकिने होइन ।
यो पृथ्वीको भौगर्भिक बनावटसँग सम्बन्धित कुरा हो । त्यसैले भूगभर्र््िद्ले भूकम्पको इतिहास, प्रकृति हेरेर यसबारे बताउने गर्छन् । जस्तो, कुनै स्थानमा हजार वर्षको भूकम्प रेकर्ड गरियो । र, यो बीचमा औसत तीन सय वर्षको अन्तरमा तीनपल्ट महाभूकम्प गएको छ भने यसैलाई आधार बनाएर सामान्य भविष्यवाणी गरिन्छ । कि कुनै एक स्थानमा तीन सय वर्षमा एकपल्ट ठूलो भूकम्प जानेरहेछ भनेर । यसरी नै आउने दिनमा पनि यही तीन सय वर्षको हाराहारीमा भूकम्प जान्छ भनेर भन्न त सकिन्छ । तर, ठ्याक्कै मिति र भूकम्पको प्रकृतिबारे केही भन्न सकिँदैन । यसरी नै हिमालय क्षेत्रमा लगभग एक, डेढ सय वर्षमा एउटा ठूलो शक्तिशाली भूकम्प गएको पाइएको छ ।
हाम्रोमा काठमाडौंदेखि पूर्वको भागमा लगभग सय वर्षको अन्तरमा भूकम्प आएको इतिहास छ । जस्तो, नब्बे सालको भूकम्प त हामीले सुनेकै कुरा भयो । त्यसअघि पनि यस ठाउँमा भुइँचालो गएको इतिहास छ । तर, हाम्रो गोरखादेखि पश्चिम र भारतको देहरादुनदेखि पूर्वको ठूलो भूभागमा भने लगभग पाँच सय वर्षदेखि भूकम्प आएको छैन । भूगर्भ शास्त्रमा दुई-तीन सय वर्ष नमिल्नु भनेको स्वाभाविक मानिन्छ । किनभने, यो मान्छेको उमेर जस्तो होइन, पृथ्वीको आयु र प्रक्रिया हो ।
त्यसैले काठमाडौंदेखि देहरादुनसम्मको भूभागमा कुनै पनि बेला भूकम्प जान सक्छ भनेर भन्न सकियो । र, भूगभर्र््िद्हरुले यो भन्दै आएका पनि थिए । वैशाख १२ को भूकम्प पनि काठमाडौंदेखि पश्चिममा नै आयो । अझै पनि गोरखादेखि देहरादुनसम्मको भूभागमा कुनै पनि बेला भूकम्प आउँछ है भनेर नभनी पनि हुँदैन । यसको अर्थ हामी अत्तालिने होइन ।
पूर्वतयारीमा जुट्नुपर्छ भन्ने सन्देश दिनु हो । किनभने, हामीले समयमै भूकम्पको असर न्यूनीकरणका लागि पहल गर्नु छ । भूकम्प प्रतिरोधात्मक संरचना बनाउनु छ । भूकम्पविद्ले भूकम्पको इतिहासलाई आधार मानेर आउने दिनका लागि सजगता अपनाउन सकियोस् भनेरै अनुमान मात्रै गर्ने हुन् । भूकम्पबारे भरपर्दो भविष्यवाणी गर्ने प्रविधि र विज्ञानको विकास भइसकेको छैन । भूकम्पबारे भविष्यवाणी गर्ने प्रविधि किन विकास भएन ?
कतिपय देशले भूकम्पबारे जानकारी लिने प्रविधिको विकास गर्ने प्रयास नगरेका पनि होइनन् । तर, अहिलेसम्म त्यो प्रविधि सबै देशले प्रयोग नर्ग सक्ने अवस्थामा विकास भइसकेको छैन । भविष्यमा होला बेग्लै कुरा भो । अहिले हामीले बुझ्नुपर्ने कुरा यो पनि छ- कहाँ, कहिले, कतिको भूकम्प आउँछ भनी भविष्यवाणी गर्ने विधि महँगो छ । यो अनुसन्धान कहाँ-कहाँ, कहिले-कहिले गर्ने त ? फेरि यो अनुसन्धान गर्दा जति खर्च लाग्छ, फेरि त्यो नतिजा सधैँ काम लाग्छ भन्ने पनि छैन । यसो गर्नुभन्दा त भूकम्प प्रतिरोधात्मक संरचना बनाउँदा नै छिटो र सस्तो हुन्छ ।
बलियो संरचना भयो भने, भूकम्प आउँछ-जान्छ । हामीले हेरिबस्न सक्छौँ । त्यसैले वैज्ञानिकहरुको ध्यान पनि भूकम्प प्रतिरोधात्क संरचनामै छ । हाम्रा छिमेकी देशले पनि भूकम्प प्रतिरोधात्मक संरचना बनाउन सुरु गरिसकेका छन् । विकसित देशहरुले त भूकम्पको क्षति अत्यन्तै न्यून बनाइसकेका छन् । त्यसैले हामीले पनि भूकम्प कहिले जान्छ ? कहाँ जान्छ ? कत्रो जान्छ ? भनेर चिन्ता लिनुभन्दा अब जनचेतना र भूकम्प प्रतिरोधात्मक संरचनातर्फ ध्यान दिन अत्यन्तै आवश्यक छ ।
यो विपत् न हो । विपतको कुनै टुंगो हुँदैन । विपतलाई सामना गर्नुको विकल्प छैन । यो विपतको घडीमा कसका कुरा सुन्ने ? अहिले हामी विपतमा छौँ । यो बेला अनेक कुरा आइरहेका छन् । विदेशी विज्ञले यसो भने, उसो भने भन्ने खालका कुरा आइरहेका छन् । देशकै विज्ञले यसो भने, उसो भने भन्ने कुरा पनि सामाजिक सञ्जालमा आइरहेका छन् । यस्तो प्रकृतिको विपद शताब्दीमा एकपल्ट आउँछ । त्यसैले यसलाई व्यवस्थापन गर्न सजिलो छैन । यसबारे हल्का ढंगले टिप्पणी गर्ने, बोल्ने, लेख्ने गर्नु हुँदैन ।
यतिबेला विश्वसनीय निकाय र विज्ञको कुरा सुनिनुपर्छ । त्यस्ता कुरा मिडियाले निकै गम्भ ीरतापूर्वक जनतासम्म पुर्याउनुपर्छ । तर, हाम्रोमा लथालिंग ढंगले समाचार र विश्लेषण आएको अवस्था पनि छ । विदेशमा त त्यो देशको आधिकारिक निकायको सूचना र विश्लेषण मात्रै बाहिर ल्याइने गरिन्छ । हाम्रोमा भूगभर्र््िद्को कुनै खाँचो छैन । यसबारे स्वदेशमै अध्ययन, अनुसन्धान गराइन्छ । विदेशमा अध्ययन गरेर आएका भूगभर्र््िद्हरु पनि हुनुहुन्छ ।
त्यसैले अहिले विदेशी विज्ञ वा जथाभावी आइरहेका विश्लेषण सुनिनु पनि दुर्भाग्य हो । यस्तो विपतका बेला सरकारको आधिकारिक निकायको कुरा सुनिनुपर्छ । कसैलाई त विश्वास गर्नैपर्यो । यो संकटका घडीमा तर्क-वितर्क गर्ने होइन । तर्क त संकट टारेपछि गरौँला । सरकारले पनि जनतालाई वास्तविक सूचना दिनुपर्छ । विपतको वास्तविकताबारे जनतालाई बुझाउनुपर्छ । आज हामी विपतमा छौँ । अहिले कतिले आफन्त, घरबास, सम्पत्ति गुमाउनुभएको छ । कति घाइते हुनुभएको छ । यो विपतको घडीमा सबैले धैर्यधारण गरी सहयोगी हात बढाउनुको विकल्प छैन । सँगसँगै हामीले भूकम्पबारे सतर्कता अपनाउनु छँदै छ ।
तत्कालको सतर्कता
० भत्किएको, चर्किएको घरमा नबस्ने ।
० घरमै भएका बेला भूकम्प आएमा टेबलमुनि वा ढोकाको खापाको बीचमा उभिने । यसो गर्दा घर सामान्य क्षति भएको अवस्थासम्म हामीलाई चोट लाग्दैन । सकेसम्म जिउ नसके टाउकोसम्म जोगाउने ।
० खुला ठाउँमा जाने अवस्था छ भने जाने ।
० हिँड्दा सकेसम्म खुला ठाउँबाट हिँड्ने ।
० गाडीमा भए सकेसम्म खुला ठाउँमा पार्किङ गर्ने । गाडीबाट ननिस्कने । किनभने, बाहिर निस्केर भाग्दा झनै दुर्घटनामा पर्न सकिन्छ । तर, गाडीलाई केही चिजले थिच्ने अवस्था आयो, गाडी अगाडि बढ्ने अवस्था भएन भने भाग्नैपर्ने स्थिति पनि आउँछ ।
० भूकम्प शान्त भएपछि निस्कने सुरक्षित ठाउँबारे जानकार हुनुपर्छ ।
० घरमा गमला बाँधेर राख्नुपर्छ । ढलेर मिच्ने खालका ठूला सामान बेग्लै राख्ने । भित्तामा अड्याएर ठूला सामान नराख्ने ।
० घर बनाउँदै हुनुहुन्छ भने सम्बन्धित विज्ञको सल्लाह लिने ।
० स्कुल, खुला चौर, नदी-खोला किनारमा संकटका बेला प्रयोग गर्न मिल्ने गरी शौचालय र खानेपानीको व्यवस्था गर्ने ।
साभारः रातोपाटी
काठमाडौं । महाभूकम्प र त्यसपछिका पराकम्पन नरोकिएपछि धेरैलाई धेरै जिज्ञासा छन् । अनेकखाले हल्ला र अड्कलबाजी त्यत्तिकै छन् । आखिर के भएर आयो महाभूकम्प रु अब के होला ?
‘युरेसियन (तिब्बतियन) र इन्डियन प्लेटको कडा घर्षणको परिणाम हो यो,’ भुगर्भशास्त्रका सहप्राध्यापक डा। तारानिधि भट्टराईले भने,‘अहिले इन्डियन प्लेट तिब्बतियन प्लेटमुनि छिरेको छ ।
तर अघि जान सकेन । दुवै प्लेट आपसमा रगडिए । त्यसले चट्टानमा चाप पर्यो । त्यही कारण भूकम्प गयो ।’ पराकम्पन (पटक पटक आउने सानो झड्का) कै कारण अनात्तिन पनि विज्ञहरुले सुझाएका छन् ।
‘ठूलो भूकम्पपछिको कम्पन्न राम्रो हो’, भूगर्भविद् डा। कृष्ण देवकोटाले भने,‘यसले अर्को ठूलो भूकम्प जाने खतरा कम गर्छ ।’ इन्डियन र तिब्बतियन प्लेट मिलेर हिमालयन शृंखला बनेको छ ।
भूगर्भशास्त्रीका अनुसार यो पूर्वको म्यानमारदेखि पश्चिमको अफगानिस्नतासम्म २४ सय किलोमिटर तल छ । तैपनि यो सबै इलाकामा भूकम्प जाँदैन ।
आउने ठाउँमा पनि ठूलो भूकम्प सय वर्षको हाराहारीमा मात्र आउने विगतले पुष्टि गर्दै आएको छ । भूगर्भविद्हरुका अनुसार इन्डियन प्लेट र युरेसियन प्लेट चलायमान छन् ।
हाल एसियामुनिको भागमा सक्रिय छन् । जापानमा छुट्टै प्लेट छ । त्यसले भूकम्प गइरहन्छ । एन्डोएसिया र चिलीका प्लेट पनि फरक हुन् । कुनै एउटा प्लेटमा अर्को प्लेट छिरेपछि तलको भाग भित्र जान्छ, माथिल्लो भाग माथि उठ्छ । त्यही कारण भूकम्प जान्छ ।
भूगर्भशास्त्रका प्राध्यापक विशालनाथ उप्रेतीका अनुसार इन्डियन प्लेट मुनि गएपछि शक्ति सञ्चय भई थाम्न नसकेपछि विस्पोट भएको हो ।
भूकम्प मापन केन्द्रका प्रमुख भूगर्भविद् लोकविजय अधिकारीका अनुसार संसारको भूखण्डको दुई तिहाइ भागमा भूकम्पीय खतरा छ । एक तिहाइ मात्र सुरक्षित छ ।
‘कुन ठाउँमा भूकम्प जान्छ भनेर अनुमान गर्न त सकिन्छ’ उनले भने,‘तर, कहाँ कत्रो र कतिखेर जान्छ भनेर भन्न सकिन्न ।’
विज्ञहरुका अनुसार प्लेटको सक्रियता जारी रहे पनि एउटा ठूलो भूकम्प गएपछि अर्को आउन लामो समय लाग्न सक्छ ।
‘कुनै पनि भूकम्प गएपछि पराकम्पन एक डेढ महिनासम्म हुन सक्छ । यो घट्दै जान्छ’, उप्रेतीले भने,‘अब ७.८ रेक्टरको वा ठूलोचाहिँ नआउन सक्छ ।’
प्रस्तुति: भूगर्भविद् कृष्ण देवकोटा
काठमाडौ । विभिन्न जिल्लामा भूकम्प पीडितहरु त्रिपाल नपाएर छटपटिइरहेका छन् । काठमाडौं उपत्यकाको रिङरोड बाहिरका पीडितहरुको अवस्था पनि दयनीय छ । तर, काठमाडौंको मुटु मानिने टुँडिखेल र नारायणहिटी दरबारको चौरीमा बसेका भूकम्प पीडितको कथा भने अलि बेग्लैखालको छ ।
एक समय थियो, जतिबेला नारायणहिटी राजदरबारमा सर्वसाधारण मानिस सहजै छिर्न पाउँदैन थिए । तर, अहिले नारायणहिटीको चौरीमा भूकम्पपीडितहरु पाल टाँगेर बसेका छन् । बेलुका भएपछि कतिपय पीडितहरु कार चढेर नारायणहिटीमा पुग्छन्, वियर खान्छन् र तास खेलेर रमाइलो गर्छन् ।
शिविरको चौरीमा बस्ने कतिपय भूकम्प पीडितहरुलाई क्याम्प फायरमा बसेजस्तो अनुभव भइरहेको छ ।
विनाशकारी भूकम्पपछि राजधानीको नारायणहिटी, खुल्लामञ्च, टुँडिखेललगायतका अधिकांश खुला चौरहरुमा मानिसहरु पाल टाँगेर बसेका भेटिन्छन् । यसरी बस्नेहरुमा घरवालाहरु कम र डेरावालहरु बढी छन् । उनीहरु पाल टाँगेर बसेका छन् । कतै पातलो प्लाष्टिकको पाल छ भने कतै खैरो त कतै विदेशीले दिएका आकर्षक पाल टाँगिएका छन् ।
राजधानीका विभिन्न ठाउँमा रहेका भूकम्पपीडितमध्ये नारायणहिटी परिसरमा पालमुनि बसेका भूकम्पपीडितहरु भने भीआइपी पारामा बसेको सुरक्षाकर्मी बताउँछन् ।
‘घर नै भत्किएर पीडित भएकाहरु त देखिँदैनन्,’ नारायणहिटी परिसरका एक सैनिकले भने, ‘दिनभर व्यापार व्यवसाय गरेर साँझमा सुत्न आइपुग्छन् ।’
राजधानीका विभिन्न ठाउँमा पालमुनि बसेकाहरु वास्तविक भूकम्पपीडित हुन् कि होइनन् भन्ने अहिलेसम्म यकिन भइ नसकेको सुरक्षाकर्मीको भनाइ छ । ‘साँझ परेपछि कार लिएर आउँछन्, ती सैनिकले भने, ‘रेडिमेट खाना लिएर आउने र वियर खाने मान्छेहरुसमेत बसिरहेका छन् ।’
राजधानीका अस्थायी क्याम्पमा बसेकाहरुलाई देश विदेशबाट राहत पनि आइरहेको छ । ‘तर राहत बाँड्न आउँदा यस्तो पनि खाने हो भन्दै उनीहरु लिन मान्दैनन्’ अर्का एक सैनिकले अनुभव सुनाए ।
चौरमा टाँगिएका केही पालहरु विदेशीले दिएका पालभन्दा पनि राम्रा छन् । ती पाल पीडित आफैले ल्याएका हुन् । बुधवार दिउँसो यो ठाउँमा अनलाइनखबरको टोली पुग्दा केही पालमा एकाध महिलाहरु बाहेक खासै पीडितहरु भेटिएनन् ।
शान्त एवं कोलाहलमुक्त क्याम्पहरुमा स्वास्थ्यकर्मी, रेडक्रसका स्वयंसेवक तथा मानसिक तनावमुक्त गराउने शिविरहरु पनि छन् ।
ठूलो भूकम्प गएको दिन नारायणहिटी परिसरको चौरमा झण्डै ८ सय मानिसले रात बिताएका थिए । तेस्रो दिन १ हजार ७ सय ७७ भए ।
सेनासँग रहेको तथ्यांक अनुसार अहिले नारायणहिटीको चौरीमा ७१ बालबालिका र ११ महिलासहित २ सय ४७ जना बस्दै आएका छन् । अन्यत्रका क्याम्पहरु भन्दा पृथक रहेको यो क्याम्पमा प्रवेशका लागि गेटबाटै प्रवेश पास लिनुपर्छ ।
टुँडीखेलमा बस्ने अधिकांश डेरावाल
राजधानीको केन्द्र मानिने टुँडिखेलमा झण्डै २ हजार मानिसहरु पाल टाँगेर बसेका छन् । भूकम्पपीडितका क्याम्पहरुमा कति मानिस छन् भनेर गणना नभएको सुरक्षाकर्मी बताउँछन् । टुँडीखेल क्याम्पमा झण्डै एक सय १० वटा टेण्ट टाँगिएका छन्, जसमध्ये ९० वटा ब्यवस्थित टेन्ट रहेका छन् ।
नेपाली सेनाको तथ्याङ्कअनुसार भूकम्प गएको रात झण्डै १२ हजारले रात कटाएको टुँडिखेलमा अहिले एक हजार ८ सय ७६ जना छन् । त्यहाँ रहेका भूकम्पपीडितहरु मध्ये धेरैजसो डेरावाल हुन् । उनीहरुको डेरा चर्किएकाले अर्को डेरा खोज्नुको साटो उनीहरु चौरमा बसेका हुन् । तत्काल नयाँ डेरा नपाइने उनीहरुको गुनासो छ ।
नेपाली सेनाको १ नम्बर बाहिनीले व्यवस्थापन सम्हालेको यो क्याम्पमा रहेका पीडितहरुका लागि दैनिक तीन टाइम एक बोतल मिनरल वाटर, एक प्याकेट चाउचाउ र एउटा विस्कुटको ब्यवस्था गरिएको छ ।
मंगलबारसम्म आ(आफै खाने ब्यवस्था मिलाएका उनीहरुलाई बुधवारदेखि लण्डनको खाल्सा एड डे ग्रुपले खाना खुवाउन थालेको छ । जसले गर्दा यहाँका पीडितहरुले निशुल्क खाना खान पाएका छन् ।उनीहरुलाई खाना खुवाउँदा शिख समुदायले आफूहरुलाई पुण्य मिलेको विश्वास गर्छन् । चौरमा आश्रय लिनेहरुका लागि पनि निशुल्क खान पाइने भएपछि पालको बसाइ बिस्तारै डेराको जस्तै सहज हुन थालेको छ ।
चौरीमा बसेर नेतालाई गाली
भूकम्पपछि राजधानीको चौरीमा बस्न आएका कतिपयले नेताहरुलाई गाली गरे । भीमसेन थानमा घर भत्किएर टुँडिखेलमा शरण लिएकी पूजा पौडेलले यस्तो विपत पर्दा बेवास्ता गर्ने नेताहरुलाई भोट माग्न आएमा टाउको फोर्ने बताइन् ।
‘विदेशका मान्छेहरुले सहयोग गर्छु भन्दा नगर भन्ने, आफूले केही नदिने रु’ पौडेलले भनिन्, ‘एक बोतल पानी र बिस्कुट खाएर कसरी बाँच्ने रु’
भूकम्पपछि टुँडीखेल बसाइँ सरेका बसन्तपुरमा डेरा गरी बस्ने काभ्रे दाप्चाका बीरबहादुर थापाले पनि सरकारलाई गाली गरे । विदेशीले सहयोग गर्न खोज्दा नदिने, आफूले पनि नगर्ने सरकारले केही गर्छ जस्तो नलागेको उनले बताए । आफू बसेको डेरा भत्किएको भन्दै उनले अर्को ठाउँमा डेरा पाएपछि सर्ने बताए ।
वीरबहादुर जस्तै काभ्रे घर भई काठमाडौको जैसीदेवलमा डेरा बस्दै आएकी सुस्मिता राईले पनि आफू डेराको खोजीमै रहेको बताइन् ।
सेनाको फर्मेशन
अनलाइनखबरकर्मी टुँडीखेल पुग्दा पानी लिन आउनु भनी नेपाली सेनाले माइकबाटै आहृवान गर्यो । सेनाको आदेशपछि टुँडिखेलभित्रका पीडितमात्र होइन, खुलामञ्चका पीडितहरु समेत मिनरल वाटर लिन लाइन लागे ।
‘दैनिक तीनपटक पानी, चाउचाउ र बिस्कुट यसरी नै बाँडिरहेका छौं’, कर्णेल प्रयोगजंगबहादुर राणाले भने, ‘विभिन्न संघसंस्थाको सहयोगका राहत सामाग्रीहरु जुटाउने काम गरिएको छ ।’
प्रदुषण नहोस् भनेर चौरीमा एक्सफामको सहयोगमा ६० वटा शौचालय तथा २० वटा फोहर फाल्ने खाडल खनिएको कर्णेल राणाले बताए ।
‘पहिलो दिन र दोस्रो दिन उच्च वर्गदेखि निम्न वर्गका सवै मानिसहरुले चौरमै रात विताए’, कर्णेल राणाले भने, ‘राहत थाप्ने मात्र होइन, राहत बाँड्ने मान्छेहरु पनि पालमुनि सुतेका थिए ।’
चुच्चेपाटीका भूकम्प पीडितले कार्यालय खोले
काठमाडौको बौद्ध चुच्चेपाटीस्थित खाली चौरमा पनि सैयौं पालहरु टाँगिएका छन् । भूकम्पले घर भत्किएर वा चर्किएर बस्न नमिल्ने भएको भन्दै आसपासका मानिसहरु पाल टाँगेर बसेका छन् । विदेशी पालहरु आइनपुगेको यो क्याम्पका पीडितहरुले संगठित भएर कमिटीसमेत गठन गरेका छन् ।
क्याम्पमा टाँगिएको प्लाष्टिकको सस्तो पालमा ‘महाभूकम्पपीडित तारागाउँ चुच्चेपाटी शिविर ब्यवस्थापन समितिको कार्यालय’ लेखिएको ब्यानर छ ।
उक्त कार्यालयमा समितिका केही महिला सदस्यहरु भेटिए । पीडितहरुले भूकम्प पीडित मूल समिति, निर्माण समिति, फोहोर ब्यवस्थापन समिति, महिला समितिजस्ता विभिन्न समिति बनाएका छन् ।
चुच्चेपाटीको क्याम्पमा पाल टाँगेर बसेका सोलु सोताङ गाविस घर भएका लोकबहादुर नेपालीले तत्कालका लागि बासको व्यवस्था गरिदिनुपर्ने बताए ।
सरस्वतीनगरको डेराबाट पालमुनि बस्न आएका सिन्धुपाल्चोक ज्यामिरे गाविस(३ का मीनबहादुर थापाले भूकम्पबाट गाउँको घर पनि भत्किएले घर जान सम्भव नभएको र डेरा बस्न पनि नसकिएको बताए ।

धेरै व्यक्तिले आएर सहयोग गर्ने आश्वासन दिए पनि अहिलेसम्म कुनै राहत नपाएको आफूलाई चुच्चेपाटी शिविर भूकम्पपीडित निर्माण समितिका संयोजक बताउने सर्जु राउतले जनाए ।
अहिलेसम्म कुपण्डोलको शिख गुरुद्वाराले आफूहरुलाई खानाको ब्यवस्था गर्दै आएको उनले बताए । ७ सय ६५ जना पीडित रहेको यो क्याम्पको लागि झण्डै २ सय ५० पाल आवश्यक पर्ने राउतले उल्लेख गरे ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०ले १ सय २० वटा पाल र १५ वटा शौचालय बनाइदिने आश्वासन दिएको पनि उनले सुनाए ।
Photo by Sridhar poudel
राजकुमार/नारायण पंगेनी
काठमाडौं । माओवादी १० वर्षे जययुद्धले जन्माएकी जुझारु नेत्री जयपुरी घर्ती बुद्धनगरस्थित वैद्य माओवादीको कार्यालय जान छाडेको एक महिना हुन लाग्यो ।
मोहन वैद्यसँग सम्वन्ध विच्छेद गरेर नयाँ पार्टी बनाएका नेत्रविक्रम चन्द विप्लवतिर पनि लागेकी छैनन् पूर्वसभासद जयपुरी ।
तपाई कुन पक्षमा हो भनेर सोध्यो भने उनी छोटो जवाफ दिन्छिन्- ‘म कतै छैन, अध्ययनमा छु ।’
भेटघाटका लागि अनलाइनखबरको टोली ललितपुरको हात्तिवनस्थित डेरामा पुग्दा रोल्पाली नेतृ जयपुरीले सुरुमा पार्टी फुटबारे टिप्पणी गर्न अन्कनाइन् । तर, सम्वादका क्रममा उनले आफ्नो मौनताको रहस्य मात्रै खोलिनन्, माओवादी आन्दोलनको भविश्यबारे निकै कठोर विश्लेषण सुनाइन् ।
दशवर्षे जययुद्धका उपलब्धीहरु रक्षा गर्न माओवादी असफल भएको जयपुरीको निष्कर्ष छ । ‘समग्र माओवादी पार्टी नै विर्सजनको दिशामा गयो, एमाओवादी भन्नुस् कि ड्यास माओवादी भन्नुस् वा अहिले जन्मेको माओवादी भन्नुस्’ उनले निराशा प्रकट गरिन् ।
माओवादी विघटन र विसर्जनको बाटोमा
शान्ति प्रक्रियामा आएपछि माओवादीको पतन सुरु भएको जयपुरीको ठम्याइ छ । ‘प्रतिक्रियावादीहरुले आफ्नो रणनीति बनाउँदै गए । हामीलाई जालमा फसाउँदै गए । क्रान्तिकारीहरु योजनाविना अघि बढ्दा फस्दै गए,’ जयपुरी भन्छिन्, ‘वैचारिक राजनीतिक हिसाबले सम्झौताहरुमा नै हामी फस्यौं जस्तो लाग्छ । फस्दै जाँदा परिणमका रुपमा विर्सजनमा आयौं ।’
दश वर्षे जनयुद्धले जन्माएको माओवादी यति सजिलै कसरी विसर्जनको बाटोमा पुग्यो ? अनलाइनखबरको प्रश्नमा जयपुरी भन्छिन्, ‘हामीले केही राख्न सकेनौं । जनमुक्ति सेना विना अंश सकियो । हामीलेे ठीक ढंगले समायोजन गर्न सकेनौं । हाम्रो सत्ता थियो । तर, त्यसलाई पनि ठीक ढंगले व्यवस्थापन गर्न सकेनौं । सकेको भए ब्युरोक्रेसीमा हाम्रा मान्छे जान्थे । धेरै ठाउँमा हाम्रा मान्छे हुन्थे ।’
माओवादीको थप समीक्षा गर्दै जयपुरी भन्छिन् – ‘हामीले दुईचार जना मन्त्रीका लागि बार्गेनिङ गर्यौं । तर, जनतालाई के दिने भन्नेबारे पार्टीमा दुरु दृष्टिसहित कहिल्यै छलफल भएन । अहिले त्यसैको परिणामा भोग्दैछौं ।’
‘पुराना नेताहरुले पुनर्गठन गर्लान् भनौं भने फुटाउने मात्रै भए’ पार्टीको फुटबारे असन्तुष्टि पोख्दै उनी भन्छि्न, ‘त्यसकारण मेरो निष्कर्ष के हो भने १० वर्ष जनयुद्धबाट आएको माओवादी पार्टी विघटन भएको छ, विर्सजन भएको छ । अब माओवादी पार्टी र आन्दोलनलाई पुनर्गठित गर्नुपर्छ ।
पहिलेका भ्रष्टाचारविरोधी, अहिलेका भ्रष्ट
जयपुरीको अनुभवमा जनयुद्धकालमा सबैभन्दा भ्रष्टाचारविरोधी माओवादी अहिले सबैभन्दा भ्रष्ट बनेको छ । उनी भन्छिन्, ‘माओवादी पार्टीका नेताहरु पद र पैसामा मात्रै केन्दि्रत भएका छन् । जो सँग पैसा छ, पद छ, त्यसले मान्छे मिचेर लान्छ । अरु अवहेलित भएर बस्नुपर्ने अवस्था छ ।’
माओवादीका कोही नेताहरु अरबपति बनेको र यसले गर्दा पनि पार्टीमा विचलन आएको बताउँदै जयपुरी भन्छिन्- ‘काठमाडौंमा बस्ने केही नेताहरुलाई त मोजमस्ती छ, ५/१० प्रतिशत नेताहरु अरबपति करोडपति भए । तर, ९० प्रतिशत सडकमा छन् ।’

माओवादी दाह्रा नभएको बाघजस्तै
शान्ति प्रक्रियादेखि यहाँसम्म आउँदा दुश्मनले माओवादीको सबैथोक लगेको र पार्टी दाह्रा झरेको र नङग्रा नभएको बाघजस्तो भएको बनेको उनले सुनाइन् ।
उनले भनिन्- ‘शान्ति प्रक्रियादेखि यहाँसम्म आउँदा दुस्मनले माओवादीको सबै लग्यो । पार्टी दाह्रा झरेको बाघ, नङ्ग्रा नभएको जस्तै भएको छ ।’
जनस्तरमा पार्टी सिद्धिसकेको संकेत गर्दै जयपुरी भन्छिन्- ‘विगतमा लडेकाहरु खाडी मुलुक पुगिसके, कोही बंगुरको खोरमा छन् । मान्छे त माथि मात्रै देखिन्छन्, छाताजस्तो’ टाउको धेरै ठूलो, खुट्टा केही छैन, यही हो अहिले माओवादी पार्टी ।’

वैद्यसँग बस्न सकिँन, विप्लवसँग जान सकिँन
दुई वर्षअघि क्रान्ति गर्ने भन्दै मोहन बैद्यको अगुवाइमा एमाओवादी फुट्दा उनी पनि छुटि्टएर वैद्य माओवादीमा आइन् ।
तर, २ वर्षसम्म केही भएन । उनको भाषामा वैद्य माओवादीले सुधारवादी आन्दोलनसमेत गर्न सकेन, जुन सम्भव थियो । र, यही विवादले अहिले बैद्य माओवादीमा पनि फुट आएको छ ।
‘किरण दाइहरुसँग बस्न सकिँन । विप्लव दाइसँग जान सकिँन । यही भएर म अध्ययनमा छु’ जयपुरीले हाँस्दै भनिन् ।
किन ? अब बुढी भइयो जस्तो लाग्यो ? अनलाइनखबरको प्रश्नमा जयपुरी भन्छिन्- ‘बुढी त भा छैन । ४३ वर्षकी भएँ । प्रथमतः उहाँ (विप्लव)ले निष्कर्षमा पुर्याउनुहुन्छ कि हुन्न भन्नेमा म ढुक्क छैन । जानका लागि पूर्ण विश्वस्त हुनुपर्छ । अर्को, मेरो स्वास्थ्य । १४ वर्षदेखि फोक्सोको बिरामी हुँ । ०६० सालमा एउटा फोक्सो काटेर फालेँ । अहिले पनि औषधी खाइरहेकी छु ।’
आफू जान नसके पनि नेत्रविक्रम चन्द विप्लवले लिएको बाटो सही लागेको जयपुरीको मूल्यांकन छ । उनी भन्छिन्- ‘कसैले क्रान्ति गर्छ भने गर्न दिनुपर्छ । आफूले सक्दैन भने सक्दिँन भन्नुपर्छ ।’
माओवादीको भविश्य
जययुरीको विश्लेषणमा अब माओवादी आन्दोलनमा दुई धार मात्रै छ । ‘एउटा धार भनेको प्रचण्ड बाबुरामको संसदीय धार र अर्को भनेको क्रान्ति गर्ला नगर्ला दोस्रो कुरा हो तर, क्रान्तिकारी धार भनेको विप्लवकै हो’ उनले निष्कर्ष सुनाइन् ।
उनी भन्छिन्- ‘कार्यदिशाका आधारमा भन्ने हो भने प्रचण्डतिर जान प्रचण्डकै सही । क्रान्तिकारी कार्यदिशा भन्ने हो भने विप्लवकै सही ।’
अनि बैद्य माओवादी नि ? जयपुरी भन्छिन्, किरण दाइहरुले क्रान्तिकारी बिउ जोगाएर बस्ने त भन्नुहुन्छ । तर, यो धेरै समय टिक्दैन । वैद्य माओवादीको एउटा हिस्सा प्रचण्डमा गएर विलीन हुन्छ र अर्को विप्लवतिर लाग्छ ।’
वैद्य माओवादीको भविश्यबारे जयपुरीको दाबी यस्तो छ -‘किरण दाइले भन्नुहुन्छ, म संशोधनवादी भएर मर्दिँन । बरु अध्ययन गर्छु, बस्छु । यो हुनसक्छ । तर, चाँडो वा ढीलो उहाँ नेतृत्वमा रहेको पार्टी प्रचण्डसँग विलीन हुन्छ । कि मान्छेहरुले छोड्दै जान्छ र एकदम सानो तप्का मात्रै बस्छ । यो ग्यारेन्टी हो । ६ महिना वर्षदिनमा त्यो अवस्था आउँछ ।’
वैद्यभन्दा प्रचण्ड र बाबुराम नै ठीक
अहिले बैद्य माओवादीमा रहेका धेरै माओवादी नेता कार्यकर्ता विकल्प खोजिरहेको उनले सुनाइन् । तर, बैद्य माओवादी घुमाउरो तरिकाले प्रचण्ड-बाबुरामकै पथमा लागेको उनले आरोप लगाइन् । ‘१०/१५ वर्षसम्म क्रान्ति हुँदैन भनेर दाइ (बैद्य) हरुले भन्नुहुन्छ । प्रचण्ड बाबुरामले पनि १०/१५ वर्षसम्म क्रान्ति हुँदैन भनेर त्यो -उनको भाषामा संसदीय) बाटो लिनुभएको हो । त्यसैले बैद्यको भन्दा प्रचण्ड बाबुरामको बाटो ठीक छ । किन घुमाएर भन्ने ?’
बैद्य माओवादीका नेता कार्यकर्तालाई सुझाव दिँदै जयपुरी भन्छिन्- ‘क्रन्ति र परिर्वतनको इच्छा हो भने विप्लवतिर जानुस्, होइन १०/१५ वर्ष राजनीति गर्ने र जीवन काट्ने हो भने प्रचण्डहरुकै बाटोमा जानुस् ।’
विप्लवमाथि आशा
आफूले साथ दिन नसके पनि विप्लवले केही न केही गर्छन् भन्ने जयपुरीलाई लागेको छ । उनी भन्छिन्, विप्लवसँग धेरै नयाँ मान्छेहरु जान्छन् ।
तर, १० वर्ष जनयुद्धमा लागेकाहरु नि ? यो प्रश्नमा उनको जवाफ छ, ‘१० वर्षको जनयुद्धमा होमिएकामध्ये पैसा कमाउने मान्छेसँग पैसासँग छ । त्यसलाई कहाँ सरक्षण गरौं भन्ने छ । कोही अब भो, यत्रो गरेर त केही भएन, अब के हुन्छ भन्नेमा छन् । कोही अरबमा छन् त कोही सुँगुरको खोरमा । त्यसैले त्यहाँबाट एउटा हिस्सा मात्रै क्रान्तिमा जान्छन् ।’

माओवादी आन्दोलन असफल भएपछि मानिसहरुमा अविश्वास, आशंका र निराशा पैदा भएको र यो केही समयपछि यो ठूलो आक्रोशमा बदलिने र क्रान्तिमा समावेश हुने उनले बताइन् ।
क्रान्तिप्रति आशावादी हुँदै उनी भन्छिन्, ‘विप्लव मात्रै किन ? अरु कसैले पनि क्रान्ति गर्न सक्छ । विप्लवले नगर्ने भए अरुले गर्छ । त्यो अनिवार्य छ ।’
धेरैले विप्लवलाई महत्वकाक्षी भन्छन् । कतिले त मर्नेबाटो रोजे भन्ने टिप्पणी पनि गरेका छन् । तर, जयपुरी भने यसलाई मान्न तयार छैनन् । ‘यो दुनियाँमा महत्वकांक्षा नै नहुने त जोगी मात्र हुन्छ । मान्छेको जात नै के हो भने महत्वाकांक्षा हुन्छ’ उनले भनिन्-‘त्यसकारण विप्लवमा पनि नहुने भन्ने भएन । तर, जसरी विप्लवले अध्यक्ष नै खोज्यो, महासचिव खोज्यो भन्ने आरोप लगाइएको छ, त्यो सय प्रतिशत गलत हो । मैले त बुझेकी छु ।’
विप्लवको महत्वकांक्षा भनेकै क्रान्ति अघि बढाउनुपर्छ भन्ने भएको जयपुरीको बुझाइ छ । ‘किन भएन क्रान्ति ? किन कांग्रेस एमालेले ठोक्ने भए ? किन जनतामा हामी मुख देखाउन लायक भएनौं ? यी प्रश्नबाटै सुरु गर्नुपर्छ भन्ने महत्वाकांक्षा हो’ विप्लवबारे उनको बुझाइ छ ।
माओवादीका सामु दुई विकल्प
माओवादी आन्दोलन विर्सजन भएको निष्कर्षमा पुगेकी जयपुरीले अझै हिम्मत भने हारेकी छैनन् । माओवादीहरुले जितेको लडाइ पनि हारेकाले अब एकजुट हुनुपर्ने उनको जोड छ ।
‘एउटा, माओवादी पार्टीले हारेको छ । यसको एउटा उदाहरण विगतमा १० वर्षे द्वन्द्व भन्थे, अहिले हिंसा भन्छन् । यसले प्रष्ट हुन्छ’ निश्कर्षमा उनले भनिन्-‘अब यो नेताहरुको दिमागमा पसेको छ भने एकतावद्ध भएर अघि बढ्नुपर्छ र अर्को हस्तक्षेप गर्नुपर्छ । यो सबैभन्दा उत्तम बाटो हो ।’
जनयुद्धमा आफ्नो श्रीमान गुमाएकी सहीदपत्नी घर्तीले भनिन्- ‘अर्को विकल्प भनेको तत्काल हस्तक्षेप सम्भव छैन भने केही समय संसदीय व्यवस्थालाई उपयोग गरेर माओवादी पार्टीलाई टिकाउने र तयारी गरेर अगाडि जाने हो भने पनि हुन केही सक्छ ।’

तर, दुबैका विकल्पका लागि माओवादीहरु एक हुनुपर्ने उनको निष्कर्ष छ । उनी भन्छिन्- ‘यो दुबै हुँदैन भने एउटा अगाडि बढ्दा अर्कोले सपोर्ट गर्ने । अरुले आफ्नो ठाउँबाट गर्दै गर्ने ।