गायना। दक्षिण अमेरिकी मुलुक गायनामा संसद निलिम्वित गरिएको छ। आफ्नो
पार्टी समर्थित स्यामुयल हिन्डसको सरकार विरुद्ध अविश्वाश प्रस्ताव आएपछि
त्यसलाई छल्न संसद निलम्वित गरिएको हो।
त्यहाँका राष्टपति डोनाल्ड रामोटरले आफूमा निहित संवैधानिक अधिकारको
प्रयोग गर्दै संसद निलम्वन गरिएको घोषणा गरेका हुन्। संविधान अनुसार आफूमा ६
महिनासम्म संसद निलम्वित गर्न सक्ने अधिकार रहेको राष्टपति डोनाल्डले
भनेका छन्।
गायनाको संविधान अनुसार संसदको बहुमतले सरकार हटाउन सक्छ। विपक्षी
दलहरुले संसदमा अविश्वाश प्रस्ताव दर्ता गराएपछि उनले संसद नै निलम्वन
गरिदिएका हुन्। उनको कदमले देशमा लोकतन्त्र खतरामा परेको भन्दै विपक्षी दलहरुले विरोध गरेका छन्। गायनाको संसदमा ६५ सदस्य छन् भने त्यहाँको जनसंख्या साढे सात लाख छ।
(Agency)
बंगलादेश, २५ कार्तिक । बंगलादेशमा हिंजडाहरुको तीन दिने सम्मेलन शुरु भएको छ । हिजडा प्राइड नामको यस सम्मेलनमा बंगलादेशका सयौं हिंजडाहरुको सहभागिता रहेको छ ।
गत बर्ष बंगलादेश सरकारले हिजडाहरुलाई तेश्रो लिंगीको मान्यता दिएको थियो । मान्यता प्राप्त भएको एकबर्षपछी तीनदिने सम्मेलन शुरु भएको हो ।
वगकतषथसूश्रसम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेख हसिना वाजेदका बिशेष सहायकले सम्मेलनलाई सम्बोधन गर्दै हिजडाहरु पनि तेश्रो लिंगी सरहको मान्यता प्राप्त गर्नु ठूलो सफलता भएको प्रतिक्रिया दिएका छन् । सम्मेलन अघि हिजडाहरुलो राजधानी ढाकामा र्यालीको आयोजना गरेको थियो ।
अमेरिका, २५ कार्तिक । इबोला भाइरसबाट संक्रमित अमेरिकी चिकित्सक उपचारपछी भाईरसमुक्त भएर घर फर्केका छन् । अमेरिकन चिकित्सक क्रेग स्पेन्सर लामो समयको उपचारपछी निको भएर घर फर्केका हुन ।
अफिकी मुलुक गिनीमा इबोलाका बिरामीको उपचारमा संलग्न चिकित्सक स्पेन्सरमा इबोला भाइरस देखिएपछी न्युयोर्कको अस्पतालामा छुट्टै कक्षमा राखी उपचार गरिएको थियो ।
अमेरिकामा इबोलाबाट संक्रमित हुने उनी चौथो ब्यक्ति हुन् भने न्युयोर्क शहरमा इबोला भेटिएका स्पेन्सर पहिलो ब्यक्ति हुन् ।
पश्चिम अफ्रिकाबाट फैलिएको इबोला भाइरसका कारण बिश्वभर हालसम्म पाँचहजार भन्दा बढीको मृत्यु भइसकेको छ भने कयौं उपचारकै क्रममा छन् । ज्यानमारा भाइरस इबोला नियन्त्रणका लागि बिश्व स्वास्थ्य संगठनले तीब्र गतिमा काम अघी बढाएको छ ।
काठमाडौं, कार्तिक । कतिपय कलाकारहरु एल्बम निकाल्दा ऋणको भारले थिचिन्छन् । कतिपयलाई आफ्नै गर्जो टार्न पुग्दैन । तर गीतकार पद्मा लिंखा मगरको पहिलो गीति एल्बम ‘नजर’को बिक्रीवितरणबाट संकलित रकम समाज सेवामा लगाएका छन् । उक्त रकम झुम्लावाङ गाउँ संस्थापना ९जेभीएफ०लाई हस्तान्तरण गरिएको छ ।
निष्ठा म्युजिकले राजधानीको काठमाडौं मलस्थित थिएटर मलमा आज आयोजना गरेको कार्यक्रममा राष्ट्रगान सर्जक व्याकुल माइलाले जेभीएफका कन्ट्री कोअर्डिनेटर पूर्णबहादुर बुढा मगरलाई सहयोग रकमवापतको चेक हस्तान्तरण गरे ।
जेभीएफकै कामको सिलसिलामा बस दुर्घटनामा परी दुवै खुट्टा गुमाएका मगर वैशाखी टेकेर रकम हस्तान्तरण कार्यक्रममा उपस्थित थिए । एक वर्षको अवधिमा गीति एल्बम बेचेर ७ लाख १३ हजार २ सय ५० रुपैयाँ हस्तान्तरण गरिएको हो ।
जेभीएफले रूकुम जिल्लाको झुम्लावाङलाई दिगो विकासको क्षेत्रमा ‘नमुना गाउँ’ बनाउनका लागि शिक्षा, स्वास्थ्य, सामाजिक–सांस्कृतिक तथा आर्थिक विकासको क्षेत्रमा स्वदेशी(विदेशी स्वयंसेवकको सहकार्यबाट विभिन्न परियोजना सञ्चालन गरिरहेको छ ।
आफ्नो गाउँ–समाजको विकासका लागि सरकार तथा दातृसंस्थाको मात्रै मुख ताकेर बसे अझै दशकौं कुर्नुपर्ने मात्रै होइन, यसले व्यक्तिगत तथा समग्र समाजलाई नै परनिर्भर बनाउँछ भन्ने निष्कर्षका साथ झुम्लावाङमार्फत सकारात्मक सन्देश प्रवाह गर्न लागिपरेको जेभीएफले जनाएको छ ।
संखुवासभाको माम्लिङ जन्मघर भई झुम्लावाङ कर्मथलो भएकी गीतकार पद्मा लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी छन् । उनले शुभकामना सन्देशमार्फत गाउँठाउँको विकासमा सहयोग पुगोस् भन्ने हेतुले ‘नजर’ एल्बम बजारमा ल्याएको उल्लेख गर्दै त्यसमा साथसहयोगका लागि आभार व्यक्त गरेकी छन् ।
निष्ठा म्युजिकले उत्पादन तथा बजार व्यवस्थापन गरेको यस एल्बममा राजेश थापाको सोलो संगीत छ । सर्जकका तर्फबाट कार्यक्रममा बोल्दै संगीतकार थापाले ‘नजर’ एल्बमको माध्यमबाट गाउँको विकासमा टेवा पुग्नुका साथै आफ्नो सांगीतिक करिअरमा पनि ठूलो फड्को भएको सुनाए ।
एल्बमका गीतहरूमा संगीता राना, उदय सोताङ, राजेशपायल राई, रिमा गुरुङ होडा, स्वरुपराज आचार्य, अञ्जु पन्त र दीपक लिम्बूको स्वर समेटिएको छ ।
आज हस्तान्तरित रकम जेभीएफद्वारा निर्माणाधीन झुम्लावाङ सामुदायिक स्वास्थ्य केन्द्रको कोषमा जाने जेभीएफको असिस्टेन्ट इन्टरनेसनल कोअर्डिनेटर कला कोयूले बताइन् । ‘प्राथमिक उपचार सेवा दिन नियुक्त दुई कर्मचारीलाई यस रकमबाट पारिश्रमिक दिइनेछ’, कार्यक्रम संयोजक सचित राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०६७ कात्तिकमा स्वास्थ्य केन्द्रको भवन निर्माण सुरुआत गरिएकोमा २०६८ भदौमा पहिलो चरणको काम सम्पन्न भएको थियो ।
३३ लाख ९७ हजार रुपैयाँ कुल लागतमध्ये १३ लाखबराबरको जनश्रमदान गरिएको छ । यसमा सहयात्री संस्था फ्रान्सको पार्टेज एट सोइनले १९ लाख, जिल्ला विकास समिति, रूकुमबाट १ लाख ९७ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।
२०६९ कात्तिकदेखि प्राथमिक उपचार सेवा प्रारम्भ गरिएकोमा तीन वर्षभित्र दोस्रो चरणको भवन निर्माण सम्पन्न गरी १० वर्षभित्र १५ शय्याको अस्पताल निर्माण तथा सञ्चालनका लागि पूर्वाधार तयार गर्ने लक्ष्य छ ।’
०७० साल असार ८ गते नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका तत्कालीन कुलपति अम्बर गुरुङले यस एल्बमको विमोचन गरेका थिए । आजको कार्यक्रम निष्ठा म्युजिकका प्रबन्ध निर्देशक नानुकला राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा कला कोयूले झुम्लावाङ र जेभीएफका बारेमा पावरपोइन्टबाट प्रस्तुति दिएकी थिइन् । राष्ट्रगान सर्जक माइलाले गाउँको विकासका लागि लागिपरेकोमा गीतकार पद्माका साथै जेभीएफका कार्यको सराहना गरेका थिए ।
काठमाडौं, २५ कार्तिक । तेस्रो साफ महिला फुटबल च्याम्पियनसिप आजबाट पाकिस्तानको ईस्लामाबादमा सुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेलमा भोली भुटानको सामना गर्नेछ ।
नेपालको सिनियर महिला टोलीले भुटानसँग खेल्न लागेको यो पहिलो अवसर हो । हिजो सार्वजनिक गरिएको खेल तालिका अनुसार समुह बी मा नेपालसँगै भुटान, पाकिस्तान र श्रीलंका रहेका छन् ।
यसैगरी समुह ए मा साविक विजेता भारत, अफ्गानिस्तान , बंगलादेश र माल्दिभ्स रहेका छन् । प्रतियोगिताको यसअघिका दुई संस्करणको फाईनलमा भारतसँग हारेको नेपाल यसपटक उपाधि जितेर फर्कने लक्ष्यका साथ पाकिस्तान पुगेको छ ।
कास्की, २५ कार्तिक । कास्कीको लेखनाथस्थित नेपाल रेडक्रस सोसाइटीलाई एम्बुलेन्स सञ्चालनका लागि जापानमा रहेका नेपालीहरूले आर्थिक सहयोग गरेका छन् । जापानमा बस्दै आएका नेपालीहरूबाट संकलन गरिएको एक लाख ५० हजार रूपैयाँ हिजो सोसाइटीलाई हस्तान्तरण गरिएको हो । लेखनाथमा भएको कार्यक्रममा सोसाइटीको उप–शाखाका पूर्वसभापति प्रकाशमान श्रेष्ठले सभापति हिरामणि सुवेदीलाई रकम हस्तान्तरण गर्नुभयो । उप–शाखाबाट ११ वर्षअघि सञ्चालन गरिएको एम्बुलेन्स बिग्रिएरपछि सहयोग रकम जुटाइएको हो ।
नाइजेरिया, २५ कार्तिक । नाइजेरियाको पोटिस्कुम क्षेत्रस्थित एक विद्यालयमा भएको बम विस्फोटमा कम्तीमा ४७ विद्यार्थीको ज्यान गएको छ ।
विस्फोटमा केही विद्यार्थी घाइते भएका छन् । विद्यार्थीहरू बिहान जम्मा भएको समयमा विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोट बोको हराम समुहले गराएको हुन सक्ने आशंका गरिएको छ ।
१७ कात्तिक, झापा । एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा गठित २२ दलीय मोर्चाले पाँचथरको फिदिममा आयोजना गर्न लागेको आमसभा संघीय लिम्बुवान पार्टीका सर्वोच्च नेताहरुले बहिस्कार गर्ने भएका छन् ।
प्रचण्डसँग सहकार्य गर्न हुन्छ या हुँदैन भन्ने विषयमा विवाद उत्पन्न भएपछि लिम्बुवान पार्टीका सर्वोच्च नेताहरु मंगलबार हुने आमसभामा नजाने भएका हुन् ।
आमसभामा सहभागी हुन एमाओवादी अध्यक्ष प्रचण्ड, फोरम नेता विजयकुमार गच्छदार, उपेन्द्र यादव र सामाजिक लोकतान्त्रिक पार्टीका पासाङ शेर्पा पाँचथरमा भेला हुने संघीय लिम्वुवानका अध्यक्ष कुमार लिङदेनले अनलाइनखबरलाई बताए ।
‘तर, फिदिममा आयोजना गरिने २२ दलको आमसभामा लिम्बुवान पार्टीका तीनैजना सर्वोच्च नेता र बरिष्ठ उपाध्यक्ष सहभागी हुँदैनन्,’ लिम्बुवान पार्टीका एक नेताले अनलाइनखबरसँग भने, ‘पार्टीको निर्णयविनै अध्यक्ष कुमार लिङदेनले प्रचण्डसँग मोर्चाबन्दी गरेकाले यस्तो कार्यक्रममा जाँदा लिङदेनको स्वेच्छाचारितालाई फाइदा पुग्छ ।’
आमसभा बहिस्कार गर्नेहरुमा संघीय लिम्बुवान पार्टीका सर्वमान्य नेता वीर नेम्वाङ, बरिष्ठ नेता सञ्जुहाङ पालुङवा, सर्वोच्च नेता कमल छाराहाङ र बरिष्ठ उपाध्यक्ष रामभक्त कुरुङबाङलगायत छन् ।
सभामा शीर्षतहबाट पार्टी अध्यक्ष कुमार लिङदेनमात्रै सहभागी हुने बताइएको छ । केसी साताअघि इटहरीमा भएको सभामा कुमार लिङलेनले सञ्जुहाङ पालुङ्वालाई अध्यक्षता गर्न आग्रह गर्दा उनले पार्टीको निर्णयविना २२ दलको कार्यक्रममा सहभागी नहुने भन्दै अस्वीकार गरेका थिए ।
‘कुमार लिङदेनले हामीसँग सल्लाह नगरी पार्टी चलाउन खोजे, सर्वमान्य नेता वीर नेम्वाङले अनलाइनखबरसँग भने, म दसैंमा दार्जीलिङ गएका बेला पार्टीमा निर्णय नगरी २२ दलको मोर्चामा हस्ताक्षर गरेछन् ।’
पाँचवटा पार्टीवीच एकता भई संघीय लिबुवान पार्टी गठन भएपछि स्वतन्त्र लिम्बुवान आन्दोलन गर्नुपर्ने नेम्वाङले बताए । अध्यक्ष लिङदेनले प्रचण्डको मोर्चासँग मिलेर लिम्बुवानको स्वतन्त्र आन्दोलन छायाँमा पारेको नेम्वाङको आरोप छ ।
लिङदेनले काठमाडौंको २२ दलको सभामा सिंहदरबार भत्काउनुपर्छ भन्दै भाषण गरेका थिए ।
‘हामीले कुमार लिङदेनलाई दयामायाले अध्यक्ष पद दिएका हौं,’ वीर नेम्वाङले भने(अध्यक्षको असक्षमता देखिएकाले अब चाँडै महाधिवेशन गर्नुपर्छ ।’
केही महिनाअघिमात्रै धनकुटाको भेडेटारमा सम्पन्न आवासीय वार्तापछि पाँचवटा लिम्बुवान समूहबीच एकता भई संघीय लिम्बुवान पार्टी नेपाल गठन भएको हो ।
कुमार लिङदेन भन्छन्( सञ्जुहाङको पनि हस्ताक्षर छ
पगmबच ष्लिनमभसिंघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङलेनले २२ दलीय मोर्चा गठनबारे पार्टीभित्र कुनै विवाद नरहेको अनलाइनखबरलाई बताए ।
सिंहदरबारमा भएको २२ दलीय मोर्चा गठनको माइन्युटमा बरिष्ठ नेता सञ्जुहाङ पालुङको समेत हस्ताक्षर रहेको लिङलेनले बताए ।
‘आमसभामा अध्यक्षहरु मात्रै बोल्ने भएपछि उहाँहरुलाई पालो नआएजस्तो लागेको छ,’ लिङदेनले भने, यो विषयलाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या मात्रै हो, पार्टीभित्र अरु मतभेद छैन ।’
यसैवीच सोमबार अध्यक्ष लिङदेन र बरिष्ठ नेता पालुङवाको संयुक्त हस्ताक्षरमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र लेख्दै लिम्बुवानसँग विगतमा गरिएको सहमति कार्यान्वयन नगरे आन्दोलनमा जाने उल्लेख गरिएको छ । विज्ञप्तिमा एक दिने लिम्बुवान बन्दको समेत घोषणा गरिएको छ । साभारः अनलाइनखबर
फिल्म
सड़क में महारानी का किरदार निभाने वाले सदाशिव अमरापुरकर ने विलेन के
किरदार को अलग मुकाम पर पहुंचा दिया था. इस फ़िल्म में उनका निभाया चरित्र
आज भी बॉलीवुड के सबसे शानदार नेगेटिव किरदारों में गिना जाता है
सड़क (1991)
सड़क (1991)
इश्क़ (1997)
इश्क़
में अमरापुरकर ने एक अमीर बिज़नेसमैन का किरदार निभाया था. नेगेटिव के साथ
ये काफ़ी मज़ेदार किरदार था, जिसने लोगों को खूब हंसाया. जो काफी पसंद
किया गया
अर्धसत्य (1983)
गोविंद
निहलानी की चर्चित फ़िल्म अर्धसत्य में अपने दमदार किरदार और अदाकारी की
बदौलत सदाशिव ने अलग पहचान बनाई. फ़िल्म बेशक ओम पुरी के शानदार अभिनय के
लिए जानी जाती हो लेकिन सदाशिव ने अपने अभिनय से इसमें चार चांद लगाए. जो
उनके लिए मील का पत्थर साबित हुआ
हुकूमत (1987)
1987
में बनी फ़िल्म हुकुमत में सदाशिव अमरापुरकर ने अपने अभिनय से अलग छाप
छोड़ी. इस फ़िल्म के हीरो धर्मेंद्र थे. फ़िल्म ने बॉक्स ऑफिस ने जबरदस्त
कारोबार किया था
आंखे (1993)
इस
फ़िल्म में सदाशिव ने एक कॉमेडी किरदार निभाया. फ़िल्म में इंस्पेक्टर बने
सदाशिव का रोल लोगों को खूब पसंद आया. इसके बाद डेविड धवन और सदाशिव की
जोड़ी ने कई फ़िल्मों में साथ काम किया






