डिजल र पेट्रोलको भाउ बढ्यो


असार २६ गते । नेपाल आयल निगमले आइतवारबाट लागू हुने गरि डिजेल र पेट्रोलको मूल्यवृद्धि गरेको छ ।
शनिवार राती बसेको निगम साचालक समितिको वैठकले डिजेल र मटितेलमा ५÷५ रुपैंया मूल्य वृद्धि गर्ने निर्णय गरेको निगमका प्रवक्ता मुकुन्द ढुंगेलले जानकारी दिनुभयो ।

मुल्यवृछि पछि पनि निगमलाई डिजेलमा प्रतिलिटर ९ रुपैंया १६ पैसा घाटा पर्ने निगमको दावी छ । मुल्यवृद्धि पछि निगमको मासिक घाटा ७४ करोडमा झर्ने प्रवक्ता ढुंगेलले बताउनुभयो ।
अन्तर्राष्टिय बजारमा पनि पेट्रोलियम पदार्थको लगातार मूल्यवृद्धि भइरहेको छ ।