अन्ततः अलग » माओवादी » आवरण :: नेपाल ::

चीन र रुसलाई हेर्ने, माओ र स्टालिनलाई हेर्ने सवालमा नेपालमा दुइटा पार्टी फुटे। स्टालिनको मृत्युपछि ०१९ सालमा स्टालिनलाई हेर्ने सवालमा तत्कालीन महासचिव केशरजंग रायमाझी र पुष्पलाल श्रेष्ठबीचको अन्तरसंघर्षले अन्ततः फुट नै निम्त्यायो। माओको मृत्युपछि नेपालको कम्युनिस्ट आन्दोलनमा अर्को चिरा पर्‍यो। ०३८ सालमा चीनमा प्रतिक्रान्ति भएको छ या छैन भन्ने सवालमा माले फुट्यो, र अर्को चौथो महाधिवेशन समूह बन्यो। त्यो परघिटनालाई कम्युनिस्ट इतिहासमा दरभंगा प्लेनम भनेर चिनिन्छ। चौथो महाधिवेशन समूहमध्ये पनि ०४१ सालमा माओवाद र माओ विचारधाराको मुद्दामा फेर फुट आयो। चौथो महाधिवेशन समूहका विभिन्न घटक नेकपा चौम, नेकपा मसाल, सर्वहारा श्रमिक संगठन, नेकपा मशाल, जनमुखी पार्टीबीच ०४८ सालमा एकता भए पनि त्यसको तीन वर्ष नपुग्दै शान्तिपूर्ण आन्दोलन वा सशस्त्र 'जनयुद्ध' गर्ने सवालमा फेर िफुट आयो। र, ०५१ सालमा नेकपा -माओवादी)को जन्म भयो। माओवादीले ०५२ सालमा सशस्त्र विद्रोह थालेको झन्डै १६ वर्षपछि माओवाद मान्ने समूहहरूबीच औपचारकि फुट आयो। 


सशस्त्र द्वन्द्वकालीन अर्थात् चुनबाङ बैठकअघिको ९५ सदस्यीय केन्द्रीय सदस्यमध्ये ४४ जना वैद्य नेतृत्वको पार्टीमा छन्। केन्द्रीय सदस्यद्वय शेरमान कँवर, मोहनचन्द्र गौतम र गौरीशंकर खड्काको मृत्यु भइसकेको छ। मणि थापा र रवीन्द्र श्रेष्ठले फागुन ०६२ मै माओवादी परत्ियाग गरसिकेका छन्। सशस्त्र विद्रोह आरम्भ गर्दाका १९ जना केन्द्रीय सदस्यमध्ये नौ जना वैद्यसँग, सात जना संस्थापनसँग छन्। तिनमा यानप्रसाद गौतमको मृत्यु भयो भने दण्डपाणि न्यौपाने र फणिन्द्र आचार्य गुमनाम छन्। मातृका यादवले यसअघि नै पार्टी छोडिसकेका छन्। यस हिसाबले सशस्त्र विद्रोह आरम्भ गर्दादेखि पुस ०६५ सम्मको पार्टीका आधारमा आफूहरू बहुमतमा रहेको वैद्य पक्षको दाबी छ।