महान सहिदको सम्झनामा
आज माघ १६ गते सहिद दिवस । देश र जनताको लागि अमुल्य जीवन त्याग गर्ने सहिदको स्मरण र सम्मान गर्ने दिन ।जहानिया राणाशाशनको विरुद्ध शहादत प्राप्त गरेका गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, दशरथ चन्द ठाकुर र धर्मभक्त माथेमाको स्मरणमा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको हो ।
वि.सं. १९९७ माघ १० गते निरङकुश राणाशासनविरुद्धमा नेपाल प्रजापरिÈद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराज शास्त्रीलाई टेकुस्थित खरीको µखमा झुन्ड्याएर हत्या गरिएको थियो ।
त्यसको दुई दिनपछि माघ १२ गते सिफलमा धर्मभक्त माथेमालाई झुन्ड्याइएको थियो भने त्यसको तीन दिन पछि माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई गोली हानी हत्या गरिएको थियो । सहिदको सम्झनामा साता ब्यापी कार्यक्रम गरि सहिद सप्ताह मनाइएको छ ।
जहानिया“ राणा शासनविरुद्धको आन्दोलनको अग्रमोर्चामा खटिएका योद्धहरु दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, टंकप्रसाद आचार्य र रामहरि शर्मालाई राणा विरोधी आन्दोलन थालेको भन्दै पक्राउ परेका थिए ।
महान सहिदहरु प्रति हार्दिक श्रद्धा सुमन ......
