संस्कृतमा आकर्षण घट्दो
संस्कृत शिक्षा नेपालको प्राचिन शिक्षा मानिन्छ । प्राचीन नेपालको किराँतकालबाटै गुरुकुल पद्धतिको संस्कृत र वाद्ध गरी दुइ छुट्टा–छुट्ै खाले शिक्षाको शुरुवात भएको थियो । नेपालमा संस्कृत शिक्षाले वि.सं. १८९७ देखि पाठशालाको आकार ग्रहण गरेको पाइन्छ । यद्यपी त्यो गुरुकुलीय र अनौपचारिक प्रकारको थियो । जतिबेला मुलुक विकेन्द्रित कविलाई अवस्थामा थियो भिन्न–भिन्नै कविलाईहरुका आ–आफ्नै भाषा, धर्म, संस्कार र संस्कृतिहरु थिए, तिनका आफ्नै सिकाइका पद्धतिहरु र उद्देश्यहरु थिए । पछि शाहवंशीय शासकहरुको पालामा संस्कृत भाषा कर्मकाण्ड र हिन्दु संस्कृति पढाउनका लागि संस्कृत पाठशालाहरु खोलिए । जसको औपचारिक शुरुवात भने वि.सं. १९३२ मा भोजपुरको दिङला र वि.सं. १९३४ मा रानीपोखरी काठमाडौंमा संस्कृत विद्यालयको स्थापनाबाट भयो ।
राजकीय संस्कृत महाविद्यालय मार्फत् संस्कृतमा उच्च शिक्षाको औपचारिक शुरुवात वि.सं. २००९ मा भयो । २०१८ सम्म यसको पाठ्यक्रम र प्रश्नपत्र वाराणसीय संस्कृत विश्वविद्यालयको अनुरुप भएकोमा वि.सं. २०१९ देखि उत्तरमाध्यामादेखि आचार्यसम्मको परीक्षा त्रिभुवन विश्व विद्यालयबाट र पूर्वमाध्यामा (एस.एल.सी.तह) को परीक्षा शिक्षा मन्त्रालय अन्तर्गतको एस.एल.सी. बोर्डले लिने व्यवस्था भयो । वि.सं. २०४३ सालदेखि नेपाल संस्कृत विश्वविद्यालयले संस्थागत आकार लिएपछि यसको आफ्नै पाठ्यक्रम र परिक्षा प्रणाली संस्थागत हुन पुग्यो ।
विद्यालय तहमा कक्षा ६, ७ र ८ कक्षामा अनिवार्य रहेको शिक्षा पछिल्लो समयमा हटाइएको छ । तर पनि देशका विभिन्न ठाउमा आश्रम, गुरुकुलहरु सञ्चालन गरी संस्कृत शिक्षाको पठनपाठन पनि गराईदै आएको छ भने नेपाल संस्कृत विश्व विद्यालयले संस्कृत भाषा प्रशिक्षण पनि चलाउदै आएको छ । जुन भाषा प्रशिक्षण पछि उत्तरमध्यमा तहमा पढ्न पाउँदछन् ।
उच्च शिक्षा तर्फ नेपाल संस्कृत विश्व विद्यालयका १४ वटा आंगिक र ४ वटा संम्बन्धन प्राप्त गरी देशभर १८ वटा संस्कृत क्याम्पसहरु सञ्चालनमा रहेका छन् । तर पनि संस्कृत शिक्षालाई पछिल्लो समयमा खासै महत्व दिने गरेको भने पाइदैन । जसले गर्दा संस्कृत शिक्षा प्रतिको मोह कम हुदै गएको छ । संस्कृतमा ब्याकरण , जयोतिष, योग ध्यान, साहित्य जस्ता महत्वपूर्ण विधाहरु भएपनि राज्यको नीति नहुदा संस्कृत प्रतिको मोह कम हुदै गएको काठमाडौको बाल्मिकी क्याम्पसमा आचार्य दोस्रो तहका अध्ययनरत धादिङ्का रामहरी लम्साल बताउछन् ।
संस्कृत शिक्षामा महिला सहभागिता अझ न्युन छ । संस्कृतप्रति महिलाहरुको आकर्षण कम भएपनि पछिल्लो श्रीमद् भागवत सप्ताहको चलन बढ्दै जादा महिला श्वरहरुमा प्रवचनहरु सुन्न पाइने गरेको छ । खासमा संस्कृत शिक्षा अन्तरगतको इतिहास पुराण विषयमा महिलाहरुको आकर्षण देखिने रामहरी लम्साल बताउछन् । काठमाडौको प्रदर्शनी मार्गमा रहेको वाल्मिकी क्याम्पसमा अध्यापन गराउनेहरु झण्डै एक सय जना छन् तर एक सय जना विद्यार्थीहरु पनि नियमित पढ्न नआउने प्रध्यापकहरु बताउन् ।
नेपालमा कुनै पनि धर्मकर्म नमान्ने नेताहरुको पनि बेला बेलामा धर्मकर्ममा लागेको चर्चा पनि चल्ने गरेका छन् । त्यसैले मानिसहरु चाहेर नचाहेरै पनि जन्मिएपछि चिना बनाउने तथा भविष्य रेखा हेर्ने जस्ता प्रचलन कायमै छन् । त्यसैले संस्कृतमा ज्योतिष पढ्नेहरु बढी रहेको फलित ज्योतिष शास्त्रमा आचार्य गर्दै गरेका रविन्द्र बर्राकोटीले बताए ।
संस्कृत शिक्षामा राज्यले लगानी पनि गरिरहेको छ । अन्य विषय पढ्नेले ठूलो धनराशी खर्च गर्नुपर्नेमा संस्कृत पढ्ने विद्यार्थीलाई राज्यले उल्टै अनुदान समेत दिने भएपछि पढ्ने अभिरुची भन्दा पनि संस्कृत शिक्षा विद्यार्थीको कमाउ धन्दा बनेको छ । उनीहरु मासिक एक हजार भत्ता पाउने भएकाले क्याम्पस भर्ना मात्रै हुने गरेको बर्राकोटी बताउछन् ।
संस्कृत शिक्षामा रुपान्तरण्ँको आन्दोलन नेपालको सबभन्दा पुरानो विद्यार्थी आन्दोलन पनि हो । २००४ सालको जयन्तु संस्कृतम् आन्दोलनले संस्कृत शिक्षाको सुधारको लागि आधुनिक विषय समेत समावेश गर्नुपर्ने माग अघि सारेपछि शास्त्रीय विषयहरुका साथै इतिहास, भुगोल, अर्थशास्त्र, नागरिकशास्त्रजस्ता विषयहरु समावेश गर्ने क्रम प्रारम्भ भएको हो । अहिले यी विषयहरुका अतिरिक्त संस्कृतका शास्त्रीय विषयहरु वेद, व्याकरण, ज्योतीष, साहित्य, न्याय, सर्वदर्शन, वेदान्त, मिमांशा, तन्त्र र वौद्धदर्शन आदिको अध्यापन हुने गरेको छ । तर पनि संस्कृतको प्रवद्र्धन किन र केका लागि भन्ने स्पष्ट दृष्टिकोण र निति नियम बन्न नसक्दा नागरिकमा संस्कृत शिक्षामा आकर्षण घट्दै गएको छ ।
(रेडियो रिपोर्टको आधारमा) Report by Narayan pangeni