कैदी छुट्दा कांग्रेस कार्यकर्तामा हर्ष बढाई ?

कुनै भ्रष्ट्राचारी होइन की राजनेता नै जेलवाट रिहाइ हुँदै गरेजस्तो माहौल डिल्लीबजार आसपासमा देखिएको थियो । कालिकास्थानबाट डिल्लीबजार कारागार हुँदै नक्सालतिर जाने बाटो बुधबार बिहानैदेखि बन्द गरिएको थियो । मैतिदेवी–पुतलीसडकको ‘वन–वे’ सडकको जाम ९ बज्दा नबज्दै पाइलो सार्नै नसकिने भएको थियो ।
खुमबहादुरको रिहाई यति भव्य हुँदैथियो, चुनाव जित्दा, मन्त्री हुँदा पनि सायद यति ठूलो भींड जुट्न सकेको थिएन । प्रजातन्त्र पुनःस्थापनापछि ८ पटक मन्त्री भएका खड्कालाई थुना मुक्त हुँदै गर्दा स्वागत गर्ने भीडले उनलाई सान फेर्न साँच्चै गाह्रो भएको थियो । केही वर्ष अघि भ्रष्ट्राचारीलाई कीरा परोस् भन्ने अभियान चल्दा सरकारका सवै सचिवहरुले कीरा परोस् भन्ने टिर्सर्ट लगाएर अभियान चलाएपछि बजारमा पनि टिसर्टको माग बढेको थियो । त्यसको अर्थ हो भ्रष्ट्राचारीलाई सवैले घृणा गरौं भन्ने । तर यहाँ भ्रष्ट्राचारीलाई आम नागरिकले घृणा गरिरहँदा कांग्रेस कार्यकर्ताहरुले हर्ष बढाई गर्दा आम नेपालीको शीर निहुरिएको छ । त्यो उत्सव देख्दा पीडाबोध भएर दृष्य नियाल्दै थिए बाटोमा बटुवाहरु भन्दै, जुत्ताको माला लगाउनुपर्नेलाई फूलको माला ? यसले नेपाली कांग्रेसको मात्र होइन, नेपाली कांग्रेसको आदर्श ब्यक्तित्व जननायक उपमा दिइने विपी कोइरालाको समेत अपमान भएको छ ।
खड्कालाई २०६९ साल साउन ३० गते सर्वोच्च अदालतले भ्रष्ट्राचारी ठहर गर्दै डेढ वर्र्ष कैद र ९४ लाख ७५ हजार रुपैयाँ जरिवाना, सोही बराबरको बिगो र त्यसले बढाएको सम्पत्ति जफ्थ गर्ने फैसला सुनाएको थियो ।