ट्याक्स नीतिको विरोधमा निःशुल्क सेक्स

विरोधका पनि अनेक तरिका हुँदा रहेछन् । अष्ट्रियाको साल्जबर्ग शहरस्थित एक वेश्यालयले सरकारको ट्याक्स नीतिको विरोधमा निःशुल्क सेक्स सेवा दिएको छ । त्यहाँ सरकारले वेश्यालयमा टेक्स लगाउनुका साथै व्यवसायिक नियम लागू गरेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार साल्जबर्गको यो वेश्यालयले आफ्नो वेबसाइटमा पोष्ट गरेको छ -‘हामी अब कर दिँदैनौं । आब निःशुल्क प्रवेश, निःशुल्क मदिरा, निःशुल्क सेक्स ।’ यसमा वेश्यालयको तर्क छ कि कुनै लेनदेन हुँदैन भने सरकारले कसरी कर असुल्छ ?

समाचारमा जनाइए अनुसार त्यहाँ फोन गर्दा एक महिलाले यो घोषणा वास्तविक भएको बताएकी छिन् । वेश्यालयका मालिक हरमन म्युलरले आफ्नो अभियान कारोबार नियन्त्रण र दण्डात्मक करविरुद्ध भएको बताए ।

अष्ट्रियनका स्थानीय सञ्चार माध्यमहरुमा मानिसहरुले उक्त वेश्यालयको अफरबाट फाइदा लिँदै प्रवेशका लागि लाइनमा बसेको तस्वीर प्रकाशित भएको छ । तर, मालिम म्युलरले आफू कहाँ काम गर्ने कामदारहरुलाई उनीहरुको तलब दिने बताए ।