गोपालदास पत्रकारिता पुरस्कार पाल्पाका पत्रकार शर्मालाई

४ चैत । यस वर्षको प्रेस काउ_िन्सल गोपालदास पत्रकारिता पुरस्कार पाल्पाका पत्रकार मेघराज शर्मालाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि रु एक लाख र सम्मानपत्र रहेको छ ।

प्रेस काउ_िन्सल नेपालको ३५औँ वार्षिक प्रतिवेदन सार्वजनिक समारोहमा प्रधानमन्त्री झलनाथ खनालले शुक्रवार शर्मालाई सो पुरस्कार प्रदान गर्नुभएको हो ।विसं २०२६ देखि २०४८ सम्म एमाले पार्टीको मिसन पत्रकारिता र २०५० देखि हालसम्म पाल्पाबाट प्रकाशित हुने साप्ताहिक गाउँले देउरालीका सम्पादक हुनुहुन्छ ।

त्यसैगरी समारोहमा प्रेस काउ_िन्सल नेपाल भाषागत पत्रकारिता पुरस्कार कैलालीबाट डगौरा थारु भाषामा प्रकाशित हुने पहुरा दैनिकका सम्पादक वंशीराम डगौरा चौधरी स्माइल लाई प्रदान गरिएको छ । विसं २०६० मा साप्ताहिक दैनिकबाट प्रकाशन आरम्भ गरेको सो पत्रिका २०६५ सालदेखि दैनिकका रुपमा प्रकाशित हुँदै आएको छ ।

कैलाली र काचनपुर जिल्लामा थारु भाषाको उत्थानमा कि्रयाशील भएबापत प्रदान गरिएको सो पुरस्कारको राशि रु ३० हजार र सम्मानपत्र रहेको छ । प्रेस काउ_िन्सल नेपालले यस वर्ष प्रेस काउ_िन्सल आचारसंहिता पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनलाई प्रदान गरेको छ ।

चालीस प्रतिशत समाचार र ६० प्रतिशत अन्य कार्यक्रम समावेश गरी २४सै घन्टा प्रसारण हुँदै आएको कान्तिपुर टेलिभिजनले पत्रकार आचारसंहिता पालनामा प्रतिबद्ध रहेका कारण सो पुरस्कार प्राप्त गरेको थियो । समारोहमा कान्तिपुर टेलिभिजनका अध्यक्ष कैलाश सिरोहियालाई रु ५० हजार र सम्मानपत्र प्रदान गरिएको थियो । 

त्यसैगरी नेपाली भाषा र साहित्यको उत्थानमा निरन्तर कि्रयाशील रहेबापत कौशिकी साहित्य मासिकका सम्पादक चेतनाथ धमलालाई रु ३० हजार राशिको प्रेस काउ_िन्सल नेपाल साहित्यिक पत्रकारिता पुरस्कार प्रदान गरियो ।

समारोहमा प्रधानमन्त्री झलनाथ खनालले नेपाली पत्रकारितामा व्यङ्ग्य विधाबाट सामाजिक कुरीतिप्रति प्रहार गरेबापत यस वर्षको प्रेस काउ_िन्सल स्तम्भलेखन पत्रकारिता पुरस्कार विमल निभाःलाई प्रदान गर्नुभयो । पुरस्कारको राशि रु ३० हजार र सम्मानपत्र रहेको छ ।

पत्रकारिताको माध्यमबाट महिला िहंसाविरुद्ध अभियान साचालन गर्नुहुने धरान सुनसरीकी गङ्गा बराललाई यसवर्षको प्रेस काउ_िन्सल महिला सशक्तीकरण पुरस्कारबाट सम्मान गरिएको छ । सो पुरस्कारको राशि रु ३० हजार र सम्मानपत्र रहेको छ ।