उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा भाष्करराज राजकर्णिकार

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा भाष्करराज राजकर्णिकार निर्वाचित हुनु भएको छ ।
नवनिर्वाचित कार्यसमितिको पदभर ग्रहणसँगै शुक्रबार भएको निर्वाचनमा राजकणिर्कार, कुमुद दुगडलाई १३ मतले पराजित गर्दै वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभयो ।
निर्वाचित कार्यसमिति सदस्यहरुले वरिष्ठ उपाध्यक्ष चयन गर्ने व्यवस्था छ । निर्वाचनमा अध्यक्ष सुरज बैद्य समुह पक्षका राजकणिर्कारले ३७ मत पाउनु भयो भने अध्यक्षमा पराजित आजाद श्रेष्ठ पक्षका दुगडले २४ मत पाउनु भयो ।
श्रेष्ठ समुहले सुरुमा कृष्ण ताम्राकारको नाम अघि सारेको भएपनि अन्तिम समयमा दुगडलाई उम्मेदवार बनाएको थियो । हालै सम्पन्न महासंघको ४५ औं साधारणसभाले बैद्यको अध्यक्षमा ६१ सदस्यीय कार्यसमिाति चयन गरेको थियो ।
