नारायणहिटी पर्वको दशवर्ष
२०५८ साल जेठ १९ गते राती नारायणहीटी दरबारमा भएको गोलीकान्डबाट तत्कालिन राजा विरेन्द्रको वंश नाश भएको दश वर्ष पुगेको छ । नारायणहिटी पर्व आम नेपाली जनताको मानसपटलमा आज पनि स्मरणिय छ । गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य युवराज दीपेन्द्र अधिराजकुमार निराजन युवराज्ञी श्रुती अधिराजकुमार धिरेन्द्र अधिराजकुमारी जयन्ती शान्ति शारदा र कुमार खड्कविक्रम शाहको हृदयविदारक हत्या भएको थियो भने कैयौं घाइते भएका थिए ।
सो हत्याकाण्डपछि पूर्वराजा ज्ञानेन्द्रले सत्ता हत्याए पनि जनयुद्ध र जनआन्दोलनको बलमा ज्ञानेन्द्र घुँडा टेक्न बाध्य भएका थिए । ऐतिहासिक जनआन्दोलन पछि राजतन्त्रको समूल अन्त्य भई नेपालमा गणतन्त्रको घोषणा भएको थियो ।
दरबार हत्याकाण्ड भएपछि बन्द भएको नारायणहीटी दरबार तत्कालीन पुष्पकमल दाहाल ुप्रचण्डु नेतृत्वको सरकारले २०६६ साल फागुन १५ गते संग्रहालयमा परिणत गर्दै सर्बसाधारणका लागि खुल्ला गरेको थियो ।
