रामदेवले सत्याग्रह थाल्ने
२० जेठ । योग प्रशिक्षण गरि विश्वभर चर्चामा रहेका रामदेवले बुधवारदेखि भारतमा भ्रष्ट्राचार विरुद्ध आमरण अनसन शुरु गर्ने भएका छन् ।भारतमा भ्रष्ट्राचार बढ्दै गएको भन्दै रामदेवले बुधवारदेखि सत्याग्रह शुरु गर्न लागेका हुन् । उनको आन्दोलनप्रति अन्ना हजारेले पनि समर्थन जनाएका छन् ।
रामदेवको प्रशंशकहरुले पनि उनको आन्दोलनप्रति समर्थन जनाउने संकेतदेखिएपछि आन्दोलन फिर्ता लिई मनाउन हिजो भारतिय सरकारले आग्रह गरेपनि रामदेवले सरकारको आग्रहलाई अस्वीकार गरेका छन् ।
दिल्लीको रामलिला मैदानमा अनसनमा बस्नको लागि तयारी तिव्र पारिएको छ । उनको अनसनमा लाखौं नागरिक सहभागी हुने रामदेवले विश्वास लिएका छन् ।
