बेकह्यामकी छोरी जन्मियो
फुटबल स्टार डेभिड बेकह्याम र पूर्व स्पाइस गर्ल्स पप स्टार भिक्टोरिया जोडीकी छोरी जन्मिएकी छिन्।
बेकह्यामले छोरी जन्मेको घोषणा आफ्नो फेसबुक पेजबाट गरेका हुन्। छोरीको नाम हार्पर सेभेन बेकह्याम राखिएको छ।
बेकह्याम फुटबल खेल्दा सात नम्बरको जर्सीमा देखिने गर्थे। छोरी अंग्रेजी महिनाको सातौँ महिनाको सात तारिखमा सात बजेर ५५ मिनेटमा जन्मिएकी थिइन्। उनको वजन पनि सात पाउन्ड चानचुन थियो।
हार्पर अमेरिकामा छोरा र छोरी दुवैको लागि लोकप्रिय नाम हो। हार्परको बजार म्यागेजिनमा ३७ वर्षीया भिक्टोरिया निकै पटक देखिएकी थिइन्।

