राजावादीहरु धार्मिक आवरणमा सकि्रय बन्दै

काठमाडौ ३२ असार । नेपालका प्रमुख राजनीतिक दलहरु भित्र देखिएको आन्तरिक खिचातानीको फाइदा उठाउँदै राजावादीहरु धार्मिक आवरणमा सकि्रय बन्न थालेका छन् । राजावादीहरुले धार्मिक आवरणमा रहेर राजनीति गर्ने उद्देश्यले नयाँ पार्टीको गठन गरेका छन् ।

हिन्दुत्वको जगमा साम्यबाद स्थापना गर्ने उद्देश्य सहित राष्ट्रिय शिवसेना पार्टी नामको नयाँ पार्टी गठन गरिएको उनीहरुको दावी छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी आफ्नो अध्यक्षतामा पाटी गठन गरिएको अध्यक्ष विक्रमबहादुर थापाले जानकारी दिनु भयो ।

हिन्दु सभ्यताको आधुनिकिकरणबाट नै नेपाल र नेपालीपन झल्किने हुँदा वैभवशाली हिन्दु सभ्यताको जगमा टेकेर सुशासन शान्ति र सदभाव तथा प्रजातान्त्रिक तथा प्रजातान्त्रिक पद्धतिको सिद्धान्त अंगिकार गरी बैदिक साम्यबाद अर्थात रामराज्यको परिकल्पना गरिएको उनीहरुले बताएका छन् ।
हिन्दु अतिवादीहरुको शिव सेना नामको पार्टी भारतमा समेत सकि्रय रहेको हुँदा राजावादीहरुले नेपालमा पनि धार्मिक आवरणमा राजनीति गर्ने षड्यन्त्र स्वरुप पार्टी खोलेका हुन् ।

आज औपचारिक रुपमा पार्टी घोषणा गरिएको भएपनि यसअघि शिवसेनाको नाममा विभिन्न आपाराधिक घट्नाहरु घटाई सकेका छन् भने उनीहरुले गत भदौ १४ गते संविधानसभाको समय थप नगरि नयाँ चुनावमा जानुपर्ने भन्दै राप्रपा नेपालको आन्दोलनमा सहभागी भएको थियो ।
राजावादीहरुको उक्त धार्मिक संगठनमा पार्टीमा बरिष्ठ नेता सुर्यप्रसाद प्रसाई बरिष्ठ उपाध्यक्ष शान्त बस्नेत महामन्त्रीहरु निरकुमार सम्बाहाम्फेसहित ३४ सदस्यीय कमिटी गठन गरिएको छ ।