नेपालको प्रशंसनीय प्रदर्शन

विश्वकप फुटबल छनौट चरणमा बलियो टोली जोर्डनसँग १-१ को बराबरी खेल्दै नेपालले प्रशंसनीय प्रदर्शन गरेको छ। यसअघि ९ गोल खाए पनि बिहीबार दशरथ रंगशालामा १८ हजार घरेलु दर्शकलाई उत्साही पार्दै नेपालले जोर्डनलाई १-१ को बराबरीमै रोक्यो। पहिलो हाफमा गोलरहित बराबरीमा सकिँदासम्म नेपालीलीको प्रदर्शन आक्रमक थियो।


मध्यान्तरमा भिषण वर्षाले मैदान हिलाम्मे बनाएपछि सुरु भएको खेलमा जोर्डनी टोली सम्हालिएर आक्रमक बनेको थियो। हसन अल्मुले ६२ औं मिनेटमा जोर्डनलाई अग्रता दिलाए पनि त्यो धेरै समय रहन सकेन। ८० औं मिनेटमा नेपालका भरत खवासले सानदार गोल गर्दै जोर्डनलाई बराबरीमा ल्याएका थिए। यसअघि जोर्डनले आफ्नो घरेलु मैदानमा ९ गोल गरेका कारण नेपाली टोली तथा दर्शकहरु कति गोल खाइने हो भनेर सुरुदेखि नै सशंकित थिए।