चीनकी वेन जिया यू विश्व सुन्दरी

चीनकी वेन जिया यूले विश्व सुन्दरी प्रतियोगिताको ताज जितेकी छिन् ।

चीनको वर्डोस शहरमा भएको प्रतियोगितामा १ सय १६ देशका सुन्दरीलाई पछि पार्दै चिनियाँ सुन्दरीले ताज पहिरेकी हुन् ।

वेल्सकी सोफिया मुल्ड्स फस्ट रनर अप र अष्ट्रेलियाकी जेसिका खवाते सेकेण्ड रनर अप भइन् ।

विश्व सुन्दरी प्रतियोगितामा भाग लिएकी नेपालकी सृष्टी श्रेष्ठले कुनै पनि विधाको उपाधि जित्न सकिनन् । सृष्टि मिस सोसियल मिडियाको विधामा १३ औं भईन् भने वीच फेसन विधामा टप टेनमा परेकी थिईन् ।

भारतकी भनिया मिश्र, जमैकाकी डियन रोबिन, दक्षिण सुडानकी एन्टोग डिमेच र ब्राजिलकी मारिना नोटारेङगे टप सेभेनमा परेका थिए ।
एजेन्सी