खिलराज रेग्मी जिल्ला न्यायधिसदेखि प्रधानमन्त्री सम्म

काठमाडौ, १ चैत्र । मन्त्री परिषद्को नेतृत्व गर्नु हुने ६३ वर्र्षीय प्रधानन्यायधिस खिलराज रेग्मी वि.सं. २००६ साल जेठ १८ गते पाल्पा जिल्लाको पोखराथोक– ६ मा जन्मनु भएको हो । 

रेग्मी नेपालको ३६ औं प्रधानमन्त्री एवं सरकार चलाउने पहिलो प्रधानन्यायाधीशका रुपमा इतिहासमा आफ्नो नाममा लेखाउन सफल हुनुभएको छ । 

रेग्मीले भारतको उत्तरप्रदेशबाट सन् १९६६ प्रविणता तहको अध्ययन पुरा गर्नु भएको थियो । त्रिभुवन विश्वविद्यालयबाट सन् १९६८ मा स्नातक, १९७० मा कानून विषयमा स्नातक गर्नु भएका रेग्मीले आफ्नो औपचारीक अध्ययन १९७२ मा मानविकी संकायमा स्नाकोत्तर सम्मको अध्ययन पुरा गर्नु भएको थियो । 

प्रधानन्यायाधीश भएपछि रेग्मी दुईवर्È अघिदेखि काठमाडौको प्रवचनमार्ग स्थित आफ्नो निवासबाट बालुवाटारमा बस्दै आउनुभएको छ । नेपाली अंग्रजी र हिन्दी भाÈामा दÔ रेग्मीले सन् १९७२ मा शाखा अधिकृतबाट सरकारी सेवा प्रारम्भ गर्नुभएको हो ।

न्यायसेवा प्रवेशको दुईवर्Èपछि सन् १९७४ मा जिल्ला न्यायाधीश हुनु भएको रेग्मी त्यसको ११ वर्Èपछि सन् १९८५ मा सर्वोच्च अदालतमा राजपत्रांकित प्रथम श्रेणीको उप–रजिष्ट्रार बन्नुभयो ।

६ वर्È उप–रजिष्ट्रारमा काम गरेपछि सन् १९९१ बाट पुनरावेदन अदालतको न्यायाधीश बनेका रेग्मीले त्यसको पा“चवर्Èपछि १९९६ देखि पुनरावेदन अदालतको मुख्य न्यायाधीशको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

सन् २००३ देखि सर्वोच्च अदालतमा न्यायाधीश बन्नुभएका रेग्मी ८ वर्Èपछि सन् २०११ मा प्रधानन्यायाधीश बन्नुभएको हो । प्रधानन्यायाधीशको कार्यकाल सकिन लगभग २ वर्È बा“की छ ।
सन् १९८१ मा गोरखा दÔिण बाहु चौथोबाट सुशोभित रेग्मीले सन् १९९० मा गोरखा दÔिण बाहु तेस्रोे र सन् २००० मा त्रिशक्तिपट्ट तेस्रो पदक प्राप्त गर्नुभएको छ । सन् २०१२ मा उहा“ले इन्टरनेशनल जुरिस अवार्ड प्राप्त गर्नुभएको छ ।