देशभर २७ हजार सहकारी

मुलुकभर अहिले २७ हजार प्रारम्भिक सहकारी संस्थाहरु क्रियाशिल रहेको छ ।
मुलुकभर बचत तथा ऋण सहकारी संस्था करिब १२ हजार, बहुउद्देश्यीय सहकारी संस्था चार हजार ५ सय, कृषि सहकारी छ हजार, दुग्ध सहकारी एक हजार ७ सय ४९, उपभोक्ता सहकारी एक हजार ५ सय , विद्युत सहकारी ४ सय, तरकारी तथा फलफूल २००, चिया सहकारी ९७, कफी ८०, जडिबुटी सहकारी १ सय ४४, मौरीपालन सहकारी ६५, सञ्चार सहकारी एक सय दुई, स्वास्थ्य ८५, उखु ४८, जुनार ३१ र अन्य ७ सय २२ रहेको सहकारी विभागको तथ्याङ्क छ ।
नेपालमा विभिन्न जिल्लामा जिल्लास्तरीय सङ्घहरू २ सय ४२ वटा, केन्द्रीय सङ्घ १६ वटा, एक राष्ट्रिय सहकारी बैंक र ती सबैको छाता सङ्गठनका रूपमा एक राष्ट्रिय सहकारी सङ्घ रहेको छ ।