प्रचण्डले जब राखे यस्तो प्रस्ताव...


देश बर्बाद हुने भयो' भन्दै एमाओवादी अध्यक्ष प्रचण्डले शुरु गरेको बैठक अन्ततः घरको बर्बादी रोक्ने एजेन्डामा पुगेर सकिदा पदाधिकारी बैठक 'तैं चूप, मैं चूप' को शैलीमा सकियो । कुरा उनै प्रकाश दाहालको हो । 
लाजिम्पाटस्थित प्रचण्ड निवासमै सोमबार ४ बजे बोलाई साढे ४ मा शुरु भएको पदाधिकारी बैठकको प्रारम्भमा प्रचण्डले राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै भने, 'देश बर्बाद हुने भयो । यिनीहरुले चुनाव नगर्ने भए । सबैले मिलेर हामीलाई झुक्याए ।' उनले यसो भनिरहादा उपस्थित पदाधिकारीले सोचे, 'अध्यक्षले आज कुनै विशेषखालको नया रणनीतिबारे कुरा गर्लान् ।' तर, देश बर्बादीमा गएको कुरा बीचमा रोकेर उनैले कुरा निकाले, 'लौ न, प्रकाशको के गर्ने ? कि कारवाहीको म्याद थप्नुपर्‍यो, कि सिद्धियो भन्नुपर्‍यो ।' पदाधिकारीले प्रचण्डको नियत नबुझेका हैनन्, त्यसैले प्रतिक्रिया दिनुले कुनै अर्थ राख्दैन भन्ने जानेर चूप रहे । बरु, प्रचण्ड बोल्दै गए, ' व्यवहारिक समस्या भयो ।

कारवाही कतिञ्जेल लम्ब्याइरहने ?' फेरि पनि कोही बोलेनन् । प्रचण्डले प्रकाशकी माइली पत्नी सिर्जनाले पारपाचुके गर्न नमानेको पनि सुनाए । बैठकमा बीनालाई बैधानिकता दिने/नदिनेबारे केही निर्णय भएन । प्रचण्डको पुत्रमोह सबैले बुझेकै थिए, कसैले केही भनेनन् । मुख्यसचिव हितराज पाण्डेले प्रचण्डकै प्रस्ताव सदर गर्दै तयार पारेको माइन्युटमा चूपचाप हस्ताक्षर गरिदिए ।

एकजना नेता बैठकबाट निस्कनासाथ जनआस्थासाग भन्दै थिए, 'प्रकाशले प्रचण्डपुत्र हुनुका नाताले सातखत माफ पायो, राज्य समिति सदस्य रहेकी बीनाचाहि उही अभियोगमा कति दिन पीडित हुनुपर्ने ?' स्मरणीय के छ भने, यिनै प्रचण्ड हुन्, जसले भृकुटीमण्डपको विस्तारित बैठकमा पीडित महिलाहरुले रुवाबासी गरेपछि जिल्ला-जिल्लाबाट रिपोर्ट संकलन गर्ने भनी धर्मशीला चापागाईंको नेतृत्वमा कल्पना धमला र कमला नहर्कीको समिति गठन गरेका थिए ।

बहुविवाहपीडित महिलाको रेकर्ड संकलन गर्दा पार्टी फुट्नुअघि मात्र सात सय घटना पेरिसडाडामा दर्ज भए । अब प्रकाशले मुक्ति पाएपछि माओवादीमा केटी लिएर भाग्नेजति सबैको बाटो खुल्यो भनेर पनि कार्यकर्तापंक्तिमा चर्चा छ । स्रोतका अनुसार, दुई हप्ताअघि कारवाही फुकुवा हुदैछ भनेर प्रचण्ड निवासबाटै प्रकाशलाई सूचना गयो । केन्द्रीय समिति बस्ने बेलामा अब कारवाही फिर्ता हुन्छ भनी एक हप्ताअघि नै बीनासहित उनी काठमाडौं छिरे । प्रकाशले मिडियामा 'धेरै मान्छेको यस्तो घटना भएको छ । कुनै ठूलो कुरा हैन । मचाहिा प्रचण्डको छोरा भएकोले मात्रै अलिक बढी पीडित भए' भन्ने गरेका छन् ।

सशस्त्र द्वन्द्वकालीन दृष्टान्त हेर्दा तस्वीर प्रष्ट हुन्छ कि, प्रकाशले प्रचण्डपुत्र भएबापत यो सब सुविधा उपभोग गरिरहेका छन् । द्वन्द्वकालीन घटनामध्ये पनि यानप्रसाद गौतम (आलोक) लाई सफाया गरिएको कुरा सबभन्दा बढी चर्चा हुने विषय हो । उनले रचना चौलागाईंसग प्रेम गरेबापत कारवाही र कारवाहीकै बेला मारिनुपर्‍यो । सोलु-सल्लेरी बि्रगेडका बटालियन कमिसार गणेश विकलाई प्रेम गरेकै अभियोगमा कारवाही भयो । उनी पार्टी छाडेर हिडे । अहिले फर्किएका छन् ।

मसालबाट फुट्दा बाबुरामका नेता हरिबोल गजुरेल (शीतलकुमार) थिए । अहिले बाबुराम पार्टीको उपाध्यक्ष हुदै प्रधानमन्त्रीसमेत भइसके । हरिबोल कहा छन् ? सबैलाई थाहा छ, स्थायी समितिमा पनि पुग्न सकेका छैनन् । कारण हो, प्रेम र यौनको अभियोग । सिन्धुलीकी पूर्वसभासद् निरु दर्लामी (शिला) सगको प्रेमका कारण उनी नेतृत्वमा उक्लिनुको सट्टा तल झर्दैछन् र प्रचण्डको रक्षक बनेर बाबुरामसग बाझ्दैछन् । रामबहादुर थापा  (बादल) र पम्फा भुषाल किन कारवाहीमा परे ? इतिहास पल्टाए हुन्छ । द्वन्द्वकालमा सिन्धुलीतिर कतिपयलाई यौन र प्रेमको अभियोगमा घास खुवाइयो । बैतडीकी सभासद् मञ्जु बमकी बहिनीलाई पनि केटासग बोलेकोमा कारवाही भयो ।

पुष्कर गौतम र रेणुका ढुंगेल (गीता) बीच प्रेम हुदा दुबै कारवाहीमा परे । चौथो बि्रगेडका कमाण्डर विकल्प भाञ्जी लिएर भागेपछि कारवाहीमा छन् । हेमन्तप्रकाश वली (सुदर्शन) युद्धकालमै यौनकाण्डमा पर्नाले अहिलेसम्म पुग्नुपर्ने ठाउमा पुग्न सकेका छैनन् । राम कार्कीको बारेमा छानवीन समिति नै बन्यो, बादलको नेतृत्वमा । उनलाई पूर्वतिरकी राज्य समिति सदस्यसगको सम्बन्धको बात लागेको छ ।

पूर्वसभासद् गुणाखर बस्याल अहिलेसम्म यौनकाण्डकै कारण फरार छन् । पाल्पाका पूर्वसभासद् लीला सोमई र जिल्ला सचिवबीच यही काण्ड लागेर कारवाही भयो ।  नवलपरासीकी सभासद् सीता पौडेल पनि यस्तैमा परिन् । टोपबहादुर रायमाझीकी श्रीमती सीमाको कुरा जगजाहेर छ । प्रेम गर्दा पनि श्रम शिविरमा पठाउने र जनताको घरमा भात पकाउन लगाउने त्यही माओवादी पार्टी हो, जसले प्रकाशलाई अध्यक्षको छोरो हुनुकै नाममा ६ महिने हल्का निलम्बनबाट मुक्ति दिएको छ । यसबाट अब अर्काकी श्रीमती लिएर भाग्ने सबलाई हाइसञ्चो भएको टिप्पणी गर्दैछन्, माओवादी युवाहरु ।