मापसे चेकजाँच अभियानले सवारी दुर्घट्नामा कमी
काठमाडौ/ नेपालमा सवारी साधन दुर्घट्नाकै कारण धेरैले ज्यान गुमाउने गरेका छन् । विशेष गरि मादक पदार्थ सेवन गरि सवारी चलाउदा दुर्घट्नाहरु बढी हुने गरेका छन् ।
सवारी नियम अनुसार मादक पदार्थ सेवन गरी कुनै पनि सवारी साधन चलाउन नपाइने कानूनमा उल्लेख छ । तर कानूनको कार्यान्वयन नहुदा मदिरा सेवन गरि सवारी चलाउने र दुर्घट्ना हुने क्रम बढ्दै गएपछि ट्राफिक प्रहरीले काठमाडौ उपत्यकामा २०६८ मंसिर १७ गतेदेखि मादक पदार्थ सेवन (मापसे) चेकजाँच अभियान शुरु ग¥यो । राजधानीमा मापसे चेकजाँच शुरु गरिएपछि राजधानीमा सवारी दुर्घट्ना घट्दै गएको महानगरिय ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी नायव उपरिक्षक पवनकुमार गिरी बताउँछन् ।
मादक पदार्थ सेवन चेक जाँच अभियानबाट दुर्घट्नामा कमी आएपनि मादक पदार्थ सेवकमा उल्लेख्य मात्रामा कमी नआएपछि गत मंसिर २२ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइन्सेन्स) नै प्वाल पार्ने अभियान शुरु गरेपछि भने मादक पदार्थ सेवन गरि सवारी गरि सवारी चलाउने र दुर्घट्नामा समेत कमी आएको प्रवक्ता गिरीको भनाई छ ।
महानगरिय ट्राफिक महाशाखाका अनुसार आर्थिक वर्र्ष ०६८/६९ मा ५ हजार ९५ वटा सडक दुर्घटना भए । यी दुर्घटनामा १ सय ४८ जनाले ज्यान नै गुमाए भने १ हजार ३ सय ९६ जना गम्भिर घाइते भएका थिए । गत वर्षको तुलनामा सवारी दुर्घट्नामा परि ज्यान गुमाउनेको संख्यामा पनि कमी आएको तथ्याङ्कमा उल्लेख छ ।
ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाएको भेटाएमा एक हजार रुपैंया जरिमाना समेत लिने गरेको छ । कानून विपरित सवारी चलाएका सवारी चालक सँग लिने गरिएको जरिमानाले दुर्घट्नामा न्युनीकरण ल्याउनुका साथै ठूलो मात्रामा राजश्व समेत संकलन हुने गरेको प्रवक्ता गिरीले जानकारी दिए ।
गत आर्थिक वर्षमा मादक पदार्थ सेवन गरी सवारी चालएका ६ हजार २ सय ६७ जना कारवाहीमा परे भने ५७ लाख ५१ हजार राजश्व संकलन भयो ।
चालु आर्थिक वर्षमा ४० हजार ४ सय ६८ जनालाई कारवाही गर्दा ३ करोड ६८ लाख ८७ हजार रुपैंया राजश्व संकलन भएको देखिएको छ । टाफिक नियम उलंघन गर्ने १२ हजार ५ सय ८७ जनाको लाइसेन्स प्वाल पार्ने काम समेत गरिएको छ ।
सवारीको जतिसुकै चाप बढेपनि ट्राफिक प्रहरीको संख्या कमीले गर्दा पनि ट्राफिक ब्यवस्थापन गर्न समस्या पर्ने गरेको छ । त्यसैले ट्राफिक प्रहरीले दैनिक २१ घण्टा सम्म पनि सडकमा धुलो खाएर काममा खटिनु पर्ने बाध्यता छ । त्यसैले सरकारले प्रहरीलाई प्रोत्साहन गर्न भन्दै ट्राफिक नियम विपरित कामबाट उठेको रकमबाट कमिशन दिने पनि ग¥यो । तर कमिशनको कुरालाई पटक पटक नकारात्क टिप्पणीहरु पनि हुने गरेका छन् । त्यसैले राजश्वबाट उठाएर कमिशन दिनु भन्दा न्युनतम तलवमा जोडर दिदा उपयुक्त हुने गिरी बताउँछन् ।
सवारी दुर्घट्नाबाट नै धेरैले अकालमै ज्यान गुमाउनु परिरहेको छ । एक जना सवारी चालकको हातमा दर्जनौं नागरिकले यात्रा गर्ने गर्दछन् । त्यसैले सुरक्षित यात्राको लागि सवारी चालकले मादक पदार्थ सेवन नगरी सवारी चलाउने हो भने सवारी दुर्घट्नामा अवश्य पनि कमी आउँदछ । यसतर्फ सवै जना सचेत हुनु जरुरी छ ।
