खस्कियो एसएलसीको नतिजा
प्रवेशिका परिक्षा एसएलसीको नतिजा खस्किदै गएको छ । परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको वि.सं.२०६९ को प्रवेशिका (एसएलसी) परिक्षाको नतिजा अनुसार नतिजा आठ वर्ष यताकै कम देखिएको हो । गत वर्ष ४७.१७ प्रतिशत उत्तीर्ण भएका थिए ।
नतिजा अनुसार नियमिततर्फ ४१ दशमलव ५७ प्रतिशत र एक्जामटेडतर्फ ७ दशमलव ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । कुल परीक्षार्थी मध्ये १ लाख ७६ हजार २ सय ५३ जना परीक्षार्थी उत्तीर्ण भए । जसमा नियमिततर्फ १ लाख ६७ हजार ९ सय ३५ जना र एक्जाम्टेडतर्फ ८ हजार ३ सय १ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।
विशिष्ट श्रेणीमा नियमिततर्फ १६ हजार ९ सय २४ जना, प्रथम श्रेणीमा ७६ हजार एक सय ६५ जना, श्रेणीमा नियमिततर्फ ६९ हजार ८ सय ३० जना उत्तीर्ण भएका छन् । त्यस्तै तृतीय श्रेणीमा नियमिततर्फ ५ हजार १६ जना उत्तीर्ण भएका छन् । गत चैतमा लिइएको एसएलसी परिक्षामा कुल ५ लाख ११ हजार १ सय ६५ जना विद्यार्थी सहभागी भएका थिए ।
एक्जेम्टेडतर्फ ७.७६ प्रतिशत परिक्षार्थी उत्तीर्ण भएका छन् । त्यसमध्ये पहिलो श्रेणीमा १ सय १७, दोस्रोमा ५ हजार ८ सय ४८ र तेस्रोमा श्रेणीमा २ हजार ३ सय ५३ उत्तीर्ण भएका छन् ।
परीक्षा नियन्त्रक खगराज बरालका अनुसार यस पटकको परीक्षामा परीक्षार्थीलाई दुई विषयमा ५ नम्बर ग्रेसमार्क दिइएको थियो । ग्रेसमार्क दिँदा करिब १५ हजार परीक्षार्थी उत्तीर्ण भएका छन् । पनिकाले १ देखि ५ नम्बरसम्म ग्रेस दिएको थियो । जसमध्ये ५ नम्बर ग्रेस दिएर उत्तीर्ण हुनेमा १२ हजार छन् । ४ नम्बर ग्रेस दिएर उत्तीर्ण हुनेमा ३ हजार २ सय ९९ छन् । ३ नम्बर ग्रेस दिएर उत्तीर्ण हुनेमा ८ सय ६५ तथा २ नम्बर ग्रेस दिएर उत्तीर्ण हुनेमा २ सय ७५ र १ नम्बर ग्रेस दिएर उत्तीर्ण हुनेमा १९ जना रहेका छन् । पनिकाका अनुसार अनुत्तीर्ण हुने विद्यार्थी अधिकांश विज्ञान र गणित विषयका छन् ।
यसैगरी, दुर्गम भेगका सामुदायिक विद्यालयको उत्तीर्ण दर गत वर्षभन्दा पनि खस्केको छ । यसवर्षदेखि एसएलसीको परिक्षाको परिक्षाफल पत्रिकामा प्रकाशन नगरिएपछि परिक्षार्थीहरुले अनलाईन र एसएमएसबाट नतिजाको जानकारी पाएका थिए । परीक्षा नियन्त्रण कार्यालयले दुई विषयमा अनुतिर्ण भएकाहरुलाई आगामी साउन २० गतेदेखि पुरक परीक्षाको अवसर दिइने जनाएको छ ।
यसैगरी, दुर्गम भेगका सामुदायिक विद्यालयको उत्तीर्ण दर गत वर्षभन्दा पनि खस्केको छ । यसवर्षदेखि एसएलसीको परिक्षाको परिक्षाफल पत्रिकामा प्रकाशन नगरिएपछि परिक्षार्थीहरुले अनलाईन र एसएमएसबाट नतिजाको जानकारी पाएका थिए । परीक्षा नियन्त्रण कार्यालयले दुई विषयमा अनुतिर्ण भएकाहरुलाई आगामी साउन २० गतेदेखि पुरक परीक्षाको अवसर दिइने जनाएको छ ।
