असिमको नाम आएपछि प्रशन्न भए खिन्न
यस वर्षको एसएलसीमा सवै भन्दा बढी अंक ल्याउने विद्यार्थीको नाम दिनदिदै बदलिदैछ । एक दिनको छापमा सवै भन्दा बढी अंक ल्याउने एउटा थियो । अर्को दिनको पत्रिकामा फेरी अर्को । यसरी बोर्डटप गर्नेको नाम एक पछि अर्को आउने श्रृंखला जारी छ ।
बुधवार २०६९ को एसएलसीमा ललितपुरका प्रशन्न नेपालले बढी अंक ल्याएको पत्रपत्रिकाले लेखे । उनले ९३ दशमलव ६२ प्रतिशत अंक प्राप्त प्राप्त गरेका छन् ।
यस्तै विहिवारका पत्रिकामा फेरी झापा बिर्तामोडस्थित लिटल फ्लावर्स आवासीय अंग्रेजी माध्यमिक विद्यालयका असिम घिमिरेले ९३ दशमलव ८७ प्रतिशत ल्याएको कुरा आयो । हुन त प्राप्ताङ्क अनुसार सिम्बल नम्बर ००४४३६५ (आई) का असिम घिमिरेले ल्याएको अंक अहिले सम्म पाएको सूचना अनुसार बढी हो । उनले ८ सय पूर्याङ्कमा ७ सय ५१ अंक ल्याएका छन् । घिमिरेले अंग्रेजीमा ९७, नेपालीमा ८५, गणितमा ९९, विज्ञानमा ९८, सामाजिकमा ८२, स्वास्थ्य र जनसंख्यामा ९३, ऐच्छिक गणितमा ९७ र कम्प्युटरमा १०० नम्बर ल्याएको सो विद्यालयले जनाएको छ ।

यस्तै, यस वर्षको एलएलसीमा उत्कृष्ट अंक प्राप्त गरेको भन्दै बुधवार सम्म निकै प्रशन्न देखिएका प्रशन्न नेपाल विहिवार खिन्न देखिए । किनकी विहिवारको पत्रिकाले यस वर्षको एसएलसी परिक्षामा सर्वाधिक अंक ल्याउनेमा असिमको नाम आएपछि उनी खिन्न भए ।उनले ९३ दशमलव ६२ प्रतिशत अंक प्राप्त गरेकोले आफूले प्राप्त गरेकोमा आफू सर्वोकृष्ट भएको दावी गरेका छन् । छात्रा तर्फ भने ग्यास्ट स्टोन एकेडेमी भक्तपुरकी सरु श्रेष्ठले सर्वाधिक अंक ल्याएको उनको विद्यालयले दावी गरेको छ ।
सिम्बोल नम्बर ०३२६९९१ ‘ओ’ रहेका नेपालले ८ सय पूर्णांकमा ७ सय ४९ अंक अर्थात् ९३ दशमलव ६२ प्रतिशत प्राप्त गरेका छन् । नेपालले अनिवार्य अंग्रेजीमा ९१, नेपालीमा ८५, गणितमा ९९, विज्ञानमा ९८, सामाजिक शिक्षामा ८४, स्वास्थ्य तथा जनसंख्यामा ९३, अतिरिक्त गणितमा १०० र कम्प्युटर विज्ञानमा ९९ नम्बर प्राप्त गरेका छन् ।
त्यस्तै, सिम्बोल नम्बर ०२८३६९०‘डी’रहेकी श्रेष्ठले ७ सय ४८ अंक अर्थात् ९३ दशमलव ५० प्रतिशत अंक प्राप्त गरेकी छन् । श्रेष्ठले अनिवार्य अंग्रेजीमा ९७, नेपालीमा ८७, गणितमा ९७, विज्ञानमा ९३, सामाजिक शिक्षामा ८२, स्वास्थ्य तथा जनसंख्यामा ९७, अतिरिक्त गणितमा ९९ र कम्प्युटर विज्ञानमा ९६ नम्बर प्राप्त गरेकी छन् ।
यद्यपी विस २०६१ पछि परिक्षा नियन्त्रण कार्यालय (पनिका) ले टप विद्यार्थी सार्वजनिक गर्न छाडेपछि स्याउ सरि उम्रिएका निजी विद्यालयहरुको ब्यापार मौलाएको छ । पनिकाले बार्ड टप छनोट गर्न छाडेपछि निजी विद्यालयहरुले आफ्नो विद्यालयका विद्यार्थी सर्वोकृष्ट भएको भन्दै प्रचार प्रसार गर्ने गरेका छन् ।
एसएलसीमा सवै भन्दा बढी अंक आएको दावी गर्ने विद्यालयहरु मात्रै दर्जनौ देखिन्छन् । पनिकाले बोर्ड टपहरुलाई सार्वजनिक गर्न छाडेपछिको निजी क्षेत्रको यस्तो अस्वस्थ प्रतिष्पर्धाले बढवा पाएको हो ।
कतिपय पत्रपत्रिकाहरुले पनि त्यस्ता विद्यालयहरुबाट मोटो रकम असुलेर सवै भन्दा बढी अंक ल्याएको भन्दै समाचार प्रकाशन समेत गरिरहेका छन् । जसमा राजधानीबाटै निस्कने राष्ट्रिय स्तरकै ब्रोडसिट पेपरहरु छन् । सवै भन्दा बढी अंक ल्याउने अपवाद बाहेक एक जना मात्रै हुन्छन् तर दर्जनौं विद्यलयले शिक्षाको नाममा गरेको यस्तो घिन लाग्दो ब्यापार प्रति सरोकारवाला निकाय मौन छ ।