समानुपातिक तर्फ २४० क्षेत्रको अन्तिम परिणाम: कांग्रेस ९१, एमाले ८४, एमाओवादी ५४ र राप्रपा नेपाल २३
काठमाडौ, १३ मंसिर । मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनको समानुपातिक तर्फको मतगणना विहिवार सकिएको छ । २ सय ४० क्षेत्रको जम्मा ९४ लाख १९ हजार ३ सय ३९ सदर मत मध्ये नेपाली कांग्रेसले सवै भन्दा बढी २४ लाख १७ हजार ११ मत प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको नेकपा एमालले २२ लाख ३९ हजार १ सय ७४ मत प्राप्त गरेको छ ।
प्रत्यक्ष तर्फ तेस्रो स्थानमा रहेको एकिकृत माओवादीको समानुपातिक तर्फ पनि तेस्रो स्थानकै परिणाम आएको छ । एमाओवादीले १४ लाख ३४ हजार ९ सय २३ मत प्राप्त गरेको छ ।
प्रत्यक्ष तर्फ कुनै पनि सिट नजितेको हिन्दु राज्य र राजतन्त्रको वकालत गर्दै आएको दल राप्रपा नेपाल भने समानुपातिक तर्फ चौथो स्थानमा रहँदै ६ लाख २१ हजार १ सय ५९ मत प्राप्त गरेको छ । समानुपातिकका लागि निर्वाचन आयोगमा दर्ता भएका १ सय २२ दल मध्ये झण्डै ३२ दलले संविधानसभामा प्रतिनिधित्व गर्न पाउने भएको छ । निर्वाचन आयोगले भने दलहरुको संख्या निश्चित गरिसकेको छैन ।
१८ हजार सम्म मत प्राप्त गर्ने ३२ दलको समानुपातिक तर्फको अन्तिम परिणाम यसप्रकार रहेको छ ।प्रत्यक्ष तर्फ तेस्रो स्थानमा रहेको एकिकृत माओवादीको समानुपातिक तर्फ पनि तेस्रो स्थानकै परिणाम आएको छ । एमाओवादीले १४ लाख ३४ हजार ९ सय २३ मत प्राप्त गरेको छ ।
प्रत्यक्ष तर्फ कुनै पनि सिट नजितेको हिन्दु राज्य र राजतन्त्रको वकालत गर्दै आएको दल राप्रपा नेपाल भने समानुपातिक तर्फ चौथो स्थानमा रहँदै ६ लाख २१ हजार १ सय ५९ मत प्राप्त गरेको छ । समानुपातिकका लागि निर्वाचन आयोगमा दर्ता भएका १ सय २२ दल मध्ये झण्डै ३२ दलले संविधानसभामा प्रतिनिधित्व गर्न पाउने भएको छ । निर्वाचन आयोगले भने दलहरुको संख्या निश्चित गरिसकेको छैन ।
| क्र.स. | राजनैतिक दल | प्राप्त मत | ||
| १ | नेपाली काँग्रेस | २४२१२५२ | ||
| २ | नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) | २२४३४७७ | ||
| ३ | एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) | १४३८६६६ | ||
| ४ | राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल | ६२४२८१ | ||
| ५ | मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) | २६६२७६ | ||
| ६ | राष्ट्रिय प्रजातन्त्र पार्टी | २५९२३८ | ||
| ७ | मधेशी जनअधिकार फोरम, नेपाल | २१२७३३ | ||
| ८ | तराई–मधेश लोकतान्त्रिक पार्टी | १८०४३५ | ||
| ९ | सद्भावना पार्टी | १३३५२१ | ||
| १० | नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) | १३०२६१ | ||
| ११ | सङ्घीय समाजवादी पार्टी, नेपाल | १२१५८० | ||
| १२ | राष्ट्रिय जनमोर्चा | ९२४९८ | ||
| १३ | नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) | ९१९६४ | ||
| १४ | राष्ट्रिय मधेश समाजवादी पार्टी | ७९६८० | ||
| १५ | नेपाल मजदुर किसान पार्टी | ६६६४२ | ||
| १६ | तराई मधेश सदभावना पार्टी नेपाल | ६५४६७ | ||
| १७ | राष्ट्रिय जनमुक्ति पार्टी | ६३८३९ | ||
| १८ | थरुहट तराई पार्टी नेपाल | ६२८९४ | ||
| १९ | नेपाल परिवार दल | ५१८१९ | ||
| २० | दलित जनजाति पार्टी | ४९२४२ | ||
| २१ | अखण्ड नेपाल पार्टी | ३६८५१ | ||
| २२ | नेपाली जनता दल | ३३२७८ | ||
| २३ | मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) | ३२०३१ | ||
| २४ | खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल | ३०६८९ | ||
| २५ | नेपाः राष्ट्रिय पार्टी | २८०२० | ||
| २६ | जनजागरण पार्टी नेपाल | २७३९८ | ||
| २७ | संघीय सद्भावना पार्टी | २६८३५ | ||
| २८ | मधेश समता पार्टी नेपाल | २३९८८ | ||
| २९ | संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) | २१५८१ | ||
| ३० | समाजवादी जनता पार्टी | २१५३९ | ||
| ३१ | संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपाल | १८६८० | ||
| ३२ | नेपाल कम्युनिष्ट पार्टी | १८१५८ | ||

