नवलपरासीमा कांग्रेस र एमालेको ३/ ३ स्थान




नवलपरासीमा कांग्रेस र एमाले स्थानवाट बिजयी भएका छन् । जसमा क्षेत्र नं १, ५ र ६ मा नेपाली कांग्रेस बिजयी भएको छ । भने क्षेत्र नं २, ३ र ४ मा एमाले बिजयी भएको छ । जिल्लाको क्षेत्रन ं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी र क्षेत्र नं ४ मा स्वतन्त्र र क्षेत्रन ं ५ मा थरुहट पार्टी संगै चार क्षेत्रमा एकिकृत माओवादी तेश्रो भएकाछन् ।

जस अनुसार क्षेत्र नं १ मा नेपाली कांग्रेसका डा. शशांक कोईराला बिजयी हुनु भएकोछ । कोईरालाले एमालेका दिपक अधिकारीलाई ६ हजार १ सय २६ मतले पराजित गर्नु भएकोछ । कोईरालाको १८ हजार २ सय २८ रहेको छ भने एमालेका अधिकारीको १२ हजार १ सय २ रहेकोछ । तेश्रो स्थानमा राप्रपाका विक्रम पाण्डेको ६ हजार ४ सय २१ मत रहेकोछ ।

त्यस्तै नवलपरासी निर्वाचन क्षेत्र नं २ मा एमालेका जिवन श्रेष्ठ बिजयी हुनु भएकोछ । उहाले कांग्रेसका महेन्द्र ध्वज जिसिलाई २ हजार ८ सय ६३ मतले पराजित गर्नुभएकोछ । जसमा जिवन श्रेष्ठको १६ हजार २ सय २१ रहेकोछ । भने उहाका निकट्तम प्रतिद्धन्दी महेन्द्र ध्वज जिसीको १३ हजार ३ सय ५८ रहेको छ । तेश्रो स्थानमा एकिकृत माओवादीका मोति रिजालको ५ हजार ४ सय ६७ मत रहेकोछ ।

त्यसगरि क्षेत्रनं ३ मा एमालेका कृष्ण पौडेल बिजयी हुनु भएकोछ । पौडेलले कांग्रेसका कृष्णचन्द्र नेपालीलाई ३ सय २५ मतले पराजित गर्नु भएको हो । मत परिणाम अनुसार पौडेलले १४ हजार ८ सय ४ मत प्राप्त गर्नु भएकोछ भने कांग्रेसका नेपालीले १४ हाजर ४ सय ७९ मत प्राप्त गर्नुभएको छ । तेश्रो स्थानमा रहनुभएका एकिकृत माओवादीका सिता वौडेलले ५ हजार २ सय ७६ मत प्राप्त गर्नु भएको छ ।
उता नवलपरासी क्षेत्रनं ४ मा एमालेका बैजनाथ चौधरी बिजयी हुनुभएकोछ । चौधरीले नेपाली कांग्रेसका देबेन्द्रराज कण्डेललाई ३ हजार मतले पराजित गर्नुभएको हो । एमालेका चौधरीले १० हजार ७ सय ५० मत ल्याउनु भएको थियो भने कांग्रेसका कंण्डेलले ७ हजार ५ सय ५० मत ल्याउनु भएको छ । तेश्रो स्थानमा स्वतन्त्र उम्मेदवार गुणनिधि तिवारीको ६ हजार ८ सय ६१ रहेको छ ।
त्यस्तै क्षेत्रनं ५ मा नेपाली कांग्रेसका विक्रम खनालले एमालेका दिपेन्द्र अधिकारीलाइ ७ सय ८१ मतले पराजित गर्नुभएकोछ । जसमा खनालको ९ हजार २ सय ४ मत रहेको छ भने एमालेका अधिकारीका ७ हजार ४ सय २३ मत रहेकोछ । तेश्रो स्थानमा रहेको थरुहट तराई पार्टीका देवानन्द थारुको ५ हजार ६ सय २१ मत रहेकोछ ।
त्यस्तै नवलपरासी क्षेत्र नं ६ वाट नेपाली कांग्रेसका देवकरण जयसवाल बिजयी हुनुभएकोछ । उहाले तमलोपाका बरिष्ठ उपाध्यक्ष ह्दयश त्रिपाठीलाई ६ हजार १ सय ५० मतले पराजित गर्नुभएकोछ । देवकरणले १४ हजार ५ सय ८० मत ल्याउनुभएकोछ । उहाका निकटतम् प्रतिद्धन्द्धी ह्दयश त्रिपाठीको ८ हजार ४ सय ३५ रहेकोछ । तेश्रो स्थानमा रहनुभएका फोरम लोकतान्त्रिकका अशोक जंग राणाले ३ हजार ५ सय २२ मत प्राप्त गर्नु भएकोछ ।