हाइब्रिड, जिएमओ, मोन्सान्टो… आदि-इत्यादि

प्रश्नः के मोन्सान्टो ठीक हो?
      - के कम्पनीहरु ठीक हुन्?

कम्पनी भनेको व्यवसाय हो। पसलेले घाटा खानका निम्ति पसल खोल्दैन। देशमै भएका जुत्ता कारखाना, औषधी कारखाना, चाउचाउ कारखाना आदि-इत्यादिको ग्राह्यता सूचीमा ‘पैसा बटुल्नु’ पहिलो हुन्छ;  जनसेवा, वातावरणमैत्री, आदि त्यो सूचीमा कतै होलान्, नहोलान्। त्यसैले चौधरी ग्रुप र मोन्सान्टो कम्पनी कुनै अपवाद हैनन्।
संङ्क्षिप्तमा, मोन्सान्टो बीउ तथा रसायन बेचबिखन गर्ने अमेरिकास्थित एक उद्योग हो। मकै र भटमासका बीउ बढी बेच्ने यो कम्पनीले गहुँ, कपास, तरकारी, आदिका बीउ पनि बेच्छ। यीमध्ये केही हाइब्रिड बीउ छन् भने केही GMO बीउ, केही हाइब्रिड-GMO खाले, र केही परम्परागत ‘शुद्ध’ बीउ।
मिडियामा धेरैलाई GMO के हो, हाइब्रिड के हो भनेर थाहा नभएको पाएँ। खासमा धेरैबाट हाइब्रिड र GMO खत्तम हुन भन्ने सुनेँ। जुन सही हैन। यी प्रविधिहरु अब्बल छन्, तर प्रविधि बेच्ने पो डाँका पर्‍यो त! त्यसैले यहाँ विषेशतः यिनीहरुबारे, अनि यिनीहरुको मोन्सान्टोसँगको सम्बन्धबारे चर्चा गर्दैछु।
हाइब्रिड
विज्ञानको ठाडो परिभाषामा कुनै १ बाबु र १ आमाबीचको क्रस भएर जन्मिने सन्तानलाई हाइब्रिड भनिन्छ। यसर्थमा तपाईँ-हामी सबै हाइब्रिड हौँ। तर अचेल यो शब्दको अर्थ उक्त बाबु या आमाभन्दा ‘राम्रो’ सन्तान हो भनेर अर्थ्याइन्छ – जुन गलत छ भनिहाल्न पनि मिल्दैन। खासमा बाबु र आमाबीच आनुवांशिक (जेनेटिक) भिन्नता छ भने यी दुइको क्रसबाट पैदा हुने सन्तानलाई हाइब्रिड भनिन्छ। अब ‘राम्रो’ भनेर केलाई भन्ने? मान्छेको हकमा बाउ या आमाभन्दा अग्लो, ज्यान मिलेको, बुद्धिमान, भद्र, आदि भनिएला। बीउको हकमा  थोरै लगानीमा धेरै उब्जनी दिने, रोग-किरा-मौसमले धेरै बिगार नपार्ने (उपलब्ध बीउको तुलनामा) आदि बुझ्न सकिन्छ। हाइब्रिड बीउको बेच-बिखन साधारणतया बाह्य-प्रजनन (out-crossing) गर्ने विरूवाहरुको हुन्छन् किनभने यी विरूवाहरूबीच क्रस गर्न-गराउन सजिलो हुन्छ।
अब मोन्सान्टोको हाइब्रिड बीउको, विशेषगरी मकैको, सर्वत्र विरोध भइरहेको छ। मुख्यतया यी कुराहरु सुन्छु, पढ्छु मिडियामाः
१.      यो धेरै फल्दैन!
२.      हाइब्रिडले अर्को वर्ष राम्रो उब्जनी दिँदैन!
३.      किसानहरुले बीउ राख्न पाउँदैनन्!
४.      यसले माटो बिगार्छ!
५.      लोकल बीउ नाश हुन्छ!
यीमध्ये धेरै जायज छन। केही हावा छन्। हावा भएको शायद नबुझेर होला। यिनीहरु १-१ गरेर केलाउँ।
१. धेरै फल्दैनः यो कुराको पुष्टि गर्न प्रसंग चाहिन्छ। गुगल गरेर हेर्दा थाहा हुन्छ कि हाइब्रिड बीउको प्रयोगले कतै वार्षिक सरदरभन्दा कैयौँ गुणा धेरै फलेका छन त कतै बीउ पनि मुश्किलले उठेका छन। FAO को डाटा हेर्नुभयो भने थाहा पाउनुहुनेछ कि सरदरमा हरेक बालीको वार्षिक उत्पादन बढ्दो छ विश्वमा। कुनै देशमा, या देशका केही क्षेत्रहरुमा उब्जनी घटबढ भएको होला, तर विश्वव्यापी आँकडा उक्लँदो छ।
अब यी सबैको उत्पादन बढ्नुमा हाइब्रिड बीउकै भूमिका छ भन्न मिल्दैन। किनभने कतिपय बालीका हाइब्रिड बीउ नै छैनन्! तर, जति बालीका छन्, तिनीहरुको उत्पादन बढेको हाइब्रिड बीउले गर्दा हैन भन्नु पनि उति नै गलत हुनेछ। दोश्रो विश्वयुद्धपछि कृषिलाई जति फाइदा बम बनाउनका लागि अनुसन्धान गरिएका प्रविधिले (एमोनियाको सहज आविष्कारविना यूरिया मलको उत्पादन लगभग असम्भव) गर्‍यो, त्यति नै फाइदा २० औँ शताब्दीको बीचतिर विश्वभर अपनाइएको हाइब्रिड बीउ उत्पादन प्रविधिले गरेको छ। हरेक प्रविधिका आफ्नै राम्रा र नराम्रा पाटा भएजस्तै हाइब्रिड बीउका पनि आफ्नै समस्या छन, जसमध्ये प्रमुख एक बुँदा नं २ मा चर्चा गर्नेछु। तर बढ्दो जनसंख्यालाई धान्नका लागि हाइब्रिड बीउले सुझाएको पद्दतिलाई खराब भन्न मिल्दैन भन्ने मेरो बुझाइ छ।
२. हाइब्रिड अर्को वर्ष राम्ररी फल्दैनः यो सत्य हो। (अलिकति बायोलोजी उल्लेख नगरी नहुने भएकाले सकेसम्म साधारण भाषामा बुझाउने प्रयास गर्नेछु।) किनभने हाइब्रिड बीउ पहिलो बेतको सन्तान हो। पहिलो बेतेमा बाउको १ र आमाको १ जिन हुन्छन्। बाउ र आमाको जिनमा कुनै १ अलि कमसल खाले परे पनि अर्को राम्रो जिनले (आमाको कमसल परे बाउ-जीनले, र बाउको कमसल परे आमा-जीनले) ढाकिदिने भएकाले पहिलो बेते समग्र रूपमा गजब हुन्छन। त्यसैले हाइब्रिड बीउको धेरै डिमान्ड भएको – धेरै जो फल्छ! तर पहिलो बेतेलाई अरुसँग क्रस गर्न दिए (हावा र किरामार्फत क्रस भई बाह्य-प्रजनन गर्ने मकै, धानका केही प्रजाति, थोरै हदसम्म भटमास पनि) वा आफैँसँग क्रस गर्न दिए (आंतरिक-प्रजनन (self-crossing) गर्ने अधिकांश गहुँ, धान, भटमास, आदि) दोश्रो बेतमा जीन साटासाट प्रणालीमार्फत जीनहरु छरपस्ट हुन्छन्। यो प्रकृयामा बाउका सबै नराम्रा जीनलाई आमा-जीनले र आमाका सबै जीनलाई बाउ-जीनले ढाक्न असम्भव छ। त्यसैले, केही विरूवाहरुले बाउका नराम्रा जीन त केहीले आमाका नराम्रा जीन देखाउँछन, जसले गर्दा पहिले जसरी उत्पादन पाउन असम्भव छ।
त्यसैले दोष हाइब्रिड बीउको हैन, बीउ बेच्ने र किन्नेको हो। चेतना जरूरी छ। गाउँका किसानलाई ‘फलानो बीउ नकिन’ भन्नुभन्दा किन किन्न हुन्न भनेर बुझाउन सके राम्रो।
(तर यी बीउहरु केही वर्षसम्म यसरी नै रोप्ने/छर्ने गर्ने हो भने उत्पादन लगभग स्थिर हुन्छ। तर हामीलाई स्थिरता चाहिएको हैन! – धेरै जो चाहिएको हो। पहिलो वर्षको हाइब्रिड जति त जे गरे पनि फल्दैन। त्यसैले हाइब्रिड बीउ वर्षैपिच्छे किन्नुपर्छ।)
३. बीउ राख्न नपाउनुः यसको निर्धारण बीउ बेच्ने कम्पनीले गर्छ। धेरै बीउ कम्पनीहरु (मोन्सान्टो, पायोनियर, सिन्जेन्टा, लिमाग्रेन, आदि – बाइ द वे, मोन्सान्टोबाहेक अरु बीउ कम्पनीहरु पनि छन। तर मोन्सान्टोले प्रमुख पृष्ठ पाउँछ, अरु बीउ कम्पनीहरु ओझेलमा बसेर उस्तै, दुरुस्तै काम गर्छन र पनि खासै कसैले मलतब गर्दैनन्!!) वर्षैपिच्छे बीउ बेच्न चाहन्छन किनभने पैसो बटुल्ने नै यसैगरी हो। त्यसैले बीउ राखेको थाहा पाए कानुनी कदम चाल्नबाट पछि पर्दैनन्!
तर कुनै किसानले यदि पहिलो वर्ष हाइब्रिड बीउ किन्छ भने किन राख्नुपर्‍यो बीउ? एक त, दोश्रो सिजनमा पहिले सिजनमा फलेजति मरकाटे फल्दैन, माथि भनेअनुसार। हुन त हाम्रो देशमा कतिपय किसानहरुलाई माथिको कुरा थाहा छैन। शायद कतिपयले त धेरै फलेको बीउ रोपेर आगामी वर्षमा झन धेरै फलाउने लोभका कारणले पनि राख्दा हुन। अनि अर्को, कानुनी चंगुलमा पर्ने जोखिम किन उठाउनु? किनेको हाइब्रिड बीउले गजब उब्जनी दिन्छ भने वर्षेनी बीउ किन्दा फरक पर्दैन।
४. माटो बिगार्छः गलत। मिडियामा उफ्रने कतिलाई थाहा छ, कति माटो बिगार्‍यो भनेर? जबकि देशमा हाइब्रिड मकै र धानका बीउ बेच्न थालेको उहिलेदेखि! मोन्सान्टोलाई यो बुँदामा मुछ्नु हुन्छ भने यो धेरै हदसम्म साँचो हो, किनभने यो कम्पनीले — यहाँ पनि अलिकति जीनबारे कुरा गर्नुपर्ने हुन्छ — आफ्ना मकै, भटमास, आदिमा एउटा गैर-विरुवाबाट झिकेको जीन घुसाएको हुन्छ (GMO को एउटा परिभाषा यो हो, थप व्याख्या अलि तल) जुन जीनले herbicide (विरूवा मार्ने रसायन) विरूद्ध प्रतिरोध गर्छ। यो (र अन्य कम्पनीले पनि) किन यसो गर्छ त भन्दा, खेतमा गएर मेसिनले झार उखेल्नुका साटो यो रसायन छर्किनु धेरै सस्तो र सजिलो हुन्छ। रसायन छर्केपछि झार र गैर-बालीका बोट-विरुवाहरु मर्ने भए, तर आफ्ना बालीका विरुवाहरु (जसमा प्रतिरोधक जीन हुन्छ) भने बाँच्ने भए।
यो खूंखार चलाख उपाय हो। तर भैदियो के त भन्दा १) रसायन माटोमा मिसियो, २) केही झारहरुले उक्त रसायनविरूद्ध प्रतिरोधक क्षमताको विकास गरे (डार्विनको थ्योरी)। अब यी झारहरुलाई हटाउन झन कडा रसायनहरु चाहिए, जुन प्रयोग गर्दा फेरि माटोमा मिसिने भए। एवं रीतले माटो खराब हुन्छ, अटेरी झारहरु बढ्दै जान्छन। विरूवालाई रोगबाट बचाउन हाल्नुपर्ने विषादी र कीटनाशकहरु पनि थप्दा माटोमा थप खराब असर पुग्छ।
तर रसायनहरु प्रयोग गर्नुनपर्ने हाइब्रिडहरु (जुन नेपालमा वर्षौँदेखि बेचबिखन र प्रयोग हुन्छन) माटोका लागि सुरक्षित छन। म गलत पनि हुनसक्छु। कसैसँग केही डाटा छ भने कृपया बाँड्नुहोला। मनपरी मल, विषादी प्रयोग गरेर माटो बिगार्नेहरुले पनि दोष लगाउँदा हुन हाइब्रिड बीउलाई।
५. लोकल बीउको नाशः मेरो विचारमा मोन्सान्टो लगायतका बीउ कम्पनीहरुको सबैभन्दा नराम्रो पक्ष यो हो। माथिका २. र ३. पढेपछि थाहा हुन्छ कि उस्तै उब्जनी पाउन बीउ वर्षेनि किन्नुपर्छ। वर्षैपिच्छे बीउ किन्दा आफ्ना पुराना बीउको मतलब त्यति गरिन्न। आमाहरुले नयाँ चोली पाएपछि पुरानोलाई भाँडा माझ्ने लुँडो बनाएजस्तै हो यो पनि – नयाँ आएपछि पुरानाको मतलब गरिन्न। मतलब गरे पनि एक वर्ष बीउ नरोपेपछि बीउ बढ्दैन, हराउला, गहुँ-मकै भुटेर खाइएला, मुसाले खाइदेला, आदि-इत्यादि समस्याहरु छन। तर यहाँ पनि दोष त किसानको हैन। उसले त जुन बीउले धेरै उब्जनी दिन्छ, त्यै त रोप्छ! दोष न त बेच्नेको नै हो – उसको त कामै पैसा बटुल्नु। दोष चेतनाको अभावको हो, जसका लागि समाज, देशको भूमिकामा प्रश्न गर्नुपर्ने हुन्छ। सामाजिक समृद्धिका लागि समाज जागरूक हुनु जरूरी छ। अबुझ, अज्ञानी समाजलाई बुझाउने, जगाउने दायित्व देशका नीति-निर्माताहरुको हो जस्तो लाग्छ।
यस्तै १०-११ वर्षअगाडि ‘आँखीझ्याल’ कार्यक्रममा बेगनास तालभन्दा माथितिरको एउटा गाउँमा लोकल धानका प्रजातिहरु बचाएर राखेको बारे टिभीमा हेरेको थिएँ। यस्ता समुदायहरुले देशभरिका अरु समुदायहरुलाई पनि प्रेरित गर्न सके!
मैले यो पनि सुनेको छु कि ‘मोन्सान्टोका हाइब्रिड बीउ लगाएपछि उक्त माटोमा पहिलेको बीउले उब्जनी दिएन।‘ यसको कारण अत्याधिक कीटनाशक-झारनाशक रसायन प्रयोग हो या उक्त बीउबाट हुर्केको बोट या अन्य केही, मलाई थाहा छैन। कसैसँग जानकारी भए बाँड्नुहोला।
GMO
Genetically Modified Organism का मान्छेअनुसारका व्याख्या र बुझाइ छन। दुनियाँले बुझ्ने डरलाग्दो हाउगुजी GMO चाहिँ यो होः फरक species को जीन अर्को species मा घुसाउनु। उदाहरणलाई मोन्सान्टो नै लिउँ: मकैमा माथि उल्लेख गरेको रसायन प्रतिरोध गर्ने जीन ब्याक्टेरियाबाट झिकिएको हो; भारतमा व्यापक विरोध भइरहेका bt cotton र bt brinjal का जीनहरु पनि ब्याक्टेरियाबाटै झिकिएको हो। यिनीहरुको मुख्य बदनामी मोन्सान्टोको रसायन व्यापारले गर्दा भएको हो। अलिअलि बदनामी चाहिँ मान्छेको डरले गर्दा।
मान्छेहरु सोच्छन कि GMO मकै, धान, फल आदि खाँदा उक्त जीनले के गर्छ भन्न सकिन्न। हाम्रै जीउमा पो मिसिने हुन कि? वातावरणमा के असर पार्छन? धार्मिक-सामाजिक महत्व बोकेका खानेकुराहरु अशुद्ध हुने हैनन्?
यी सबै हावा कुराहरु हुन। किनभनेः
१)  तपाईँले जीन हरेक दिन खानुहुन्छ! रोटी, फलफूल, भात, मासु, आदि हरेक कुरामा जीन हुन्छ। जीन या पच्छन नपचे फालिन्छन, जीउमा मिसिँदैनन्।
२)  हामीले प्रयोग गर्ने धेरै औषधीहरु GMO प्रविधि अपनाइएर बनाइएका हुन, विशेषगरी सुइ लगाउनुपर्ने औषधीहरु।
३)  माटोबाट खराब रसायनहरु प्रशोधन गरेर (bioremediation) माटो सफा पार्न GMO रूखहरु लगाइन्छन।
४) GMO खान कसरी र किन सुरक्षित छन भनेर इटालियन वैज्ञानिकहरुले एउटा स्वतन्त्र अध्ययन गरेका थिए, केही महिनाअघि। उक्त अध्ययन यहाँ छ भने उक्त अध्ययनबारेको समाचार यहाँ छ। आफैँ पढेर विचार बनाउनुहोला।
सबै GMO खराब छैनन्। आफूलाई चाहिएको कुरा बोटबालीमा छैन भने कहाँबाट कसरी जुटाउन सकिन्छ, त्यसो गर्दा हुन्छ। गोल्डेन धानबारे थाहा होला धेरैलाई। अन्य भिटामिन र अमिनो एसिड यसैगरी जीउलाई दिन सकिन्छ भने यसलाई खराब भन्नु हुँदैन। GMO प्रविधिद्वारा हुर्काइएका बोटबाली नै हाम्रा भविष्य पनि हुन सक्छन। वातावरण र जलवायु परिवर्तनसँगै जाडो-गर्मीमा बोटहरुलाई रोग, किरा, चिसो तथा अनावृष्टिबाट जोगाउन पनि GMO को सहयोग लिनुपर्ने हुनसक्छ। अनिकालको समयमा बाली नहुनु भन्दा भएकै राम्रो भन्ने लाग्छ मलाई।
फेरि पनि, सबै हाइब्रिड खराब, सबै GMO खराब भन्न मिल्दैन। आगोले पोल्छ भनेर आगो नै बहिष्कार गर्नुलाई बुद्धिमता मानिन्न। व्यावसायिक प्रयोजनका लागि बनाइएका हाइब्रिड, अझ विशेषगरी GMO-हाइब्रिड खराब हुन/होलान। हाइब्रिडलाई नराम्रो मान्ने हो भने त कुनै नयाँ क्रस गराउने कसरी, लोकल प्रजातिका राम्रा जीन धेरै फल्ने विरूवामा मिसाउने कसरी…. कृषिमा क्रान्ति हुन्छ कसरी!?!
लास्ट लामो लेखिएछ। अब एकलट मोन्सान्टोको चर्चा गर्छु। अनि हाम्रो दही-चिउरे प्रवृत्तिबारे। अनि सकियो।
धेरै मान्छेहरु भन्छन मोन्सान्टो खराब हो, यो खत्तम छ। मेरो विमति छैन। हो, खराब पक्कै छ। नियतमा दुष्टता अवश्य छ। तर एउटा व्यापारिक उद्योगबाट अरु थोक, शायद धेरै नै राम्रो कार्यको, आश गर्ने हामी चाहिँ मूर्ख हैनौँ? नेपालमै पनि हानिकारक चाउचाउ, चिजबल, चिप्स, सोडा (कोक-पेप्सीजन्य पदार्थ), जुस बेच्नेहरुबारे के छ हाम्रो धारणा? कि यिनीहरुका बम्पर पुरस्कार र दशै एक्स्ट्राभ्यागञ्जामा हामी सम्मोहित छौँ? मोन्सान्टोले पनि ५ किलो हाइब्रिड मकैको बीउसँगै १ तोला सुन पुरस्कार दिए सबै ठीकै त छ भनेर मकै छर्न बारीतिर त लाग्दैनौँ?
मोन्सान्टो ठीक-बेठीक भन्दा पनि यसबाट हुने फाइदा-बेफाइदा केलाउनु जरुरी छ। बेफाइदा धेरै भए (धेरै छन नै, कृषिको विद्यार्थीको आँखाबाट) हाम्रो आँगन टेक्न नदिऔँ। देशले देशलाई पुग्ने बीउ, खाना उत्पादन गर्न वातावरण बनाइदियो भने बाहिरबाट मोन्सान्टो जस्ता कम्पनीहरुले देश छिर्ने चेष्टा पनि गर्दैनन् होला। हुन त मोन्सान्टोले नेपालमा बीउ बेच्न भन्दा पनि हावा-पानी र वातावरणीय विविधताको फाइदा उठाएर आफ्ना बीउ टेस्ट गर्न खोजेको जस्तो मात्र लाग्छ मलाई। किसानलाई guinea pig बनाएर केही नभन्ने, बीउ बेच्ने, डाटा जम्मा पार्ने, अनि डाटाले के भन्छ त्यो अनुसार ठूला देशमा अर्को कदम के चाल्ने भनेर निर्णय गर्ने यो कम्पनीको दाउ हो कि जस्तो ठान्दछु म। किनभने नेपालको सानो बजारमा  बीउ बेचेर यिनीहरुलाई खासै नाफा हुने देख्दिनँ। तर कारण जे भए पनि यो कम्पनीबाट परै बसेको बेस।
अन्तमा, बारीमा रोप्न बीउ घरमा हुनुपर्‍यो। नभए बीउ बनाउनुपर्‍यो। खाना सबैलाई चाहिन्छ। शहरमा बस्नेले कोदाली उठाउन सक्दैनन् भने गाउँमा बस्नेले नेताको कठालो समात्न। दुवैतिरबाट हातेमालो भए के गाह्रो! १० वर्षअघिकै कुरा त हो, हामी धान-मकै विदेश पठाउँथ्यौँ यार। सम्झँदा नि रून मन लाग्छ।
(यो रचना 'म जुजुमान'को ब्लगबाट साभार गरिएको हो। )

तीन वर्षअघिकै दुर्नियतपूर्ण डिजाइन हो, मोन्स्यान्टो भित्र्याउने

आचार्य प्रमोद | 
 
तीन वर्ष अगाडिको भदौ २७ गते नेपालका राष्ट्रिय अखबारहरूमा खबर आयो– अमेरिकी सहयोग नियोग (युएसएड) मातहतमा रहेर अमेरिकी मोन्स्यान्टो कम्पनीले उन्नत जातको मकैको बीउबीजनको प्रवद्र्धन गर्न नेपाली कृषकहरूलाई तालिम उपलब्ध गराउने भएको छ । कृषि तथा सहकारी मन्त्रालय, कृषि विभाग र मोन्स्यान्टो कम्पनी बीचमा सहकार्य गर्नका लागि २६ भदौमा आयोजित कार्यशालामा आगामी दुई वर्षमा नेपालका २० हजार कृषकलाई यस्तो मकै खेतीबारे अभ्यस्त बनाइनेछ । समाचारअनुसार, कार्यक्रममा अमेरिकी सहयोग नियोगका नेपाल निर्देशक डेभिड सी एट्बेरीले सुधारिएको मकैको बीऊ र बाली व्यवस्थापनले स्वाभाविक रूपमा उत्पादन क्षमता अभिवृद्धि हुने जानकारी दिएका थिए । 
 
समाचारको त्यही अंशले केही कुरा स्पष्ट पारेको थियो –– स्पष्ट के पारेको थियो भने अमेरिकी कम्पनी मोन्स्यान्टो नेपाल छिर्दै छ र त्यसलाई युएसएडले बुइ“ चढाएर यहा“ ल्याउ“दैछ । साथै, यहा“का कृषि मन्त्रालयका अधिकारीहरू उक्त कम्पनीलाई स्वागत गर्न तम्तयार देखिएका छन् र दुई वर्षभित्रमा मोन्स्यान्टोले युएसएडको दातृ हैसियतको उपयोग गरेर २० हजार नेपाली किसानलाई उसको डिजाइनअनुसार अभ्यस्त गराइसक्नेछ । यदि, यही डिजाइनअनुसार नेपालमा मोन्स्यान्टो भित्रिने हो भने दुई वर्षभित्रमा २० हजार नेपाली किसानले प्रत्यक्ष रूपमा आफ्नो बारीको स्वामित्व र नियन्त्रण मोन्स्यान्टोलाई बुझाउनेछन् । 
 
किनभने, मोन्स्यान्टो जहा“जहा“ पसेको छ त्यहा“को इतिहासले बताउ“छ, मोन्स्यान्टोको सिफारिसबिना कुनै पनि कृषकले आफै बीउ पुनरुत्पादन गनै सक्दैन । उसले सिफारिस गरेको, सकेसम्म अमेरिकाबाटै आयात गरेको बीउ नेपाली किसानले किन्नुपर्नेछ । अर्को, नेपाली किसानले आफ्नो खेतबारीमा कुन मल कति मात्रामा प्रयोग गर्ने, त्यसको जोहो कसरी गर्ने कुराको समेत झन्झट बेहोर्नुपर्ने छैन । किनभने, मोन्स्यान्टोको सिफारिस र व्यवस्थापनबाटै त्यो उपलब्ध हुनेछ । त्यस मल र बीउको मूल्य जतिसुकै होस्, नेपाली किसानले मोलमोलाइ गरेर उदार अर्थनीति, विश्वव्यापीकरण जस्ता कुराको फाइदा लिन सक्नेछैनन् । र, यसको खास पक्ष अझ उल्लेख्य छ । यस कम्पनीले सिफारिस गर्ने मकैले नेपालीको जल्दोबल्दो समस्यालाई हल गर्ने छैन । आफ्नै बारीमा, आफ्नै हातले उत्पादन गरेको मकै नेपाली किसानले चाख्न समेत सक्ने छैनन् । कारण, यो मानिसले खाने मकै नै होइन । मुखमा राख्नै नमीठो, स्वादहीन र पोषणहीन हुन्छ । त्यसैले यहा“को खाद्य सुरक्षामा समेत यसले कुनै योगदान पु¥याउने छैन । बरु भएको जमिन, त्यस जमिनको उर्बराशक्ति, स्वास्थ्य, स्वामित्व र मोलमोलाइ क्षमता सबै गुमाउनेछन्, किसानले । अनि मोटाउनेछ, अमेरिकी अर्थतन्त्र, मोन्स्यान्टो र केही नाफाखोर दलाल व्यापारीहरू । 
 
अमेरिकामा मुख्यालय रहेको मोन्स्यान्टो कम्पनी संसारका जुनजुन देश र स्थानमा पुगेको छ, त्यहा“त्यहा“ यो काउसो सावित भएको छ । संसारभरि विवादमा फसेको यो बहुराष्ट्रिय कम्पनीलाई भिœयाउन अमेरिकाको सरकारी विकासे नियोग नै लागिपरेको छ । नेपालमा ६ दशकदेखि विकासे परियोजनाहरू चलाउ“दै आएको उक्त नियोग मोन्स्यान्टोलाई हरतरहले भिœयाउने तरखर गर्दै छ । त्यही कसरतको एउटा सिलसिला थियो, २६ भदौको होटल हिमालयनको कार्यक्रम । जसले कृषि मन्त्रालय र विभागका नेपाली अधिकारीहरू समेत दाताको पञ्जामा परिसकेको स्पष्ट हुन्छ । नत्र उनीहरूलाई नै साक्षी राखेर मोन्स्यान्टो र युएसएडले सार्वजनिक घोषणा गर्न सक्ने थिएनन्, विकास सहायताको आवरणभित्र खतरनाक व्यापारको योजना । 
बताइएअनुसार, युएसएडले चितवन, नवलपरासी र काभ्रेका २० हजार किसानमाझ यी मकैको बीउको प्रयोग विस्तार गर्ने योजना बनाएको थियो । कार्यक्रमको यो सुरु चरण मात्रै हो । यस्ता बीउको प्रयोग क्रमशः नेपालभरि विस्तार गर्ने यसको लक्ष्य छ । यसमा नेपाल सरकारस“ग पनि सहकार्य गर्ने निर्णय भएको कुरा दुवै पक्षले एउटै मञ्चबाट सार्वजनिक गरिसकेका छन् । त्यसमा केही नेपाली निजी व्यापारी र कथित कृषिविद् पनि लागिपरेको बताइएको छ । यद्यपि, कृषि मन्त्रालयका पदाधिकारीहरू सार्वजनिक आलोचनाको तारो बन्नबाट जोगिने उपायको खोजीस्वरूप सहकार्य गर्ने सम्झौता नभएको बताउन थालेका छन् । 
 
विज्ञहरूका अनुसार, नेपालमा खाद्य सुरक्षा बढाउने तथा नेपाली किसानहरूको आम्दानी बढाउन भनेर सञ्चालन गर्न लागिएको यो परियोजनाको निहितार्थ अर्कै छ । यस परियोजनाले मोन्स्यान्टो र यस मातहतका विभिन्न व्यापारिक प्रतिष्ठानहरूप्रति किसानहरूको परनिर्भरता बढाउने र नेपालमा भएका विभिन्न स्थानीय जातका अन्नबालीको लोप हु“दै जाने खतरा बढ्ने जानकारहरू बताउ“छन् । युएसएडको परियोजनामार्फत प्रवद्र्धन गर्न लागिएको यस्तो हाइब्रिड मकै मानिसको सीधा उपभोगका लागि गर्न लागिएको पनि होइन । यस परियोजनामा प्रयोग हुने मकै न मानिसको जिब्रोले स्वीकार गर्ने स्वाद हुनेछ, न एकचोटि खाइसकेपछि मानिसले खान मन पराउनेछन् । पशुको दाना उत्पादन गर्नु यस परियोजनाको खास उद्देश्य हो । छलफल कार्यक्रममा युएसएड नेपालका निर्देशकको भनाइबाट पनि यही कुरा झल्किन्थ्यो ।
 
यो मकै जहा“बाट उत्पादन थाल्ने भनिएको छ, ती जिल्ला काठमाडौ“को लागि कुखुरा आपूर्ति गर्ने प्रमुख केन्द्र हुन् । केही समययता नेपालीहरूको मासुको उपभोग बढेको छ र त्यसले मासुका लागि पालिने पशुपंक्षीको दानाको माग पनि वृद्धि भइरहेको छ । चितवनलाई त कुखुरापालनको राजधानी नै भन्ने गरिएको छ । बढ्दो सहरीकरण र सहरमुखी बसाइसराइ“ले भारी मात्रामा दूध र तथा दहीको उत्पादन र खपत पनि बढेको छ । दूधदही दिने पशु, मासु दिने कुखुरा र अरु जनावरले खुला चौर र घना जंगलमा गएर पेट भर्ने स्थिति छैन । दानामा आधारित खाना नै पशुपंक्षी व्यवसायको निर्विकल्प आधार बनेको छ । तत्काल स्वदेशमा उत्पादित मकैले बजारको मागलाई धान्न सकेको छैन । भोलि झन् संकट बढ्ने निश्चित छ । त्यही संकटलाई लक्षित गरी मोन्स्यान्टो नेपाल भित्रि“दैछ, जसले पहिलोपल्ट काठमाडौ“ वरिपरिका जिल्लालाई छानेको छ । मकै पशुपंक्षीको आहाराका रूपमा उत्पादन हुन थालेपछि मानिसको खाना कहा“ गएर गर्ने त्यो प्रश्न एकातिर छ भने अर्कोतिर पशुपंक्षीमार्फत मानिसको क्यालोरी परिपूर्ति गर्ने हो भने पनि झन्डैझन्डै नौ गुना बढी खानेकुरा चाहिन्छ । जस्तै, मानिसलाई चाहिने प्रोटिन मकैबाट सिधै प्राप्त गर्ने हो भने एक किलो मकैले पुग्छ । तर मकै खुवाएर पशुपालनमार्फत गर्ने हो भने कम्तीमा पनि दस किलो मकै चाहिन्छ । यसबाट के बुझिन्छ भने जति धेरै मासु उत्पादनको लागि जमिनको प्रयोग गरिन्छ, त्यति नै मानिसका लागि खाद्यान्न उत्पादन घट्दै जान्छ । 
 
मोन्स्यान्टोको हाइब्रिड मकैको विस्तारले खेतीपाती गर्ने खर्च झन् बढ्नेछ । उत्पादित मकैको मूल्यमाथि पनि किसानको कुनै नियन्त्रण हुनेछैन । यो मकैको प्रशोधन गर्ने व्यापारीहरूको हातमा मूल्य निर्धारण गर्ने शक्ति रहन्छ । केही समयको लागि युएसएडले मल, विष तथा बीउमा अनुदान दिने सोच बनाएको होला । सरकारी तथा मोन्स्यान्टो कम्पनीका प्राविधिकहरूको प्रयोग गरेर किसानलाई दिइने तालिममा पैसा हाल्न पनि सक्ला । तर यो परियोजना सकिएको भोलिपल्टदेखि किसानहरू कृषि उत्पादन सामग्रीको लागि बजारमाथि अरू निर्भर हुनुपर्नेछ । अझ महत्वपूर्ण कुरा त यदि यो पैसा सीधा किसानहरूकोमा जाने गरी परियोजना तयार गर्ने हो भने माटोको उर्बरता पनि बढाउने, किसानको कृषिमाथिको नियन्त्रण पनि बढाउने तथा आम्दानी पनि बढ्ने धेरै अरू काम गर्न सकिन्छ । साना किसानहरूको आम्दानी बढाउन मकैजस्तो धेरै जमिनमा लगाउनुपर्ने बालीको सट्टा थोरै जमिनमा हुने उच्च मूल्यको बालीको उत्पादनमा जोड दिनुपर्ने आवश्यकता छ ।  नेपालको  जुन भौगोलिक विविधता छ त्यसले त्यसको लागि थुप्रै मौकाहरू पनि सिर्जना गरेको छ । 
 
यस्ता कामहरू युएसएड आफैले पनि विगतमा गरेको हो । विगतमा वास्नादार तेल निकाल्ने वनपस्तिको खेतीमार्फत् यसले सहयोग गरेको केही साना किसान परियोजनाहरूले किसानहरूको उत्पादन बढाएको हो । नेपालमा खेती गर्ने सबैजसो साना किसान मात्रै छन् । केही मानिसस“ग धेरै जमिन भए पनि उनीहरूमध्ये कोही पनि खेतीमा प्रत्यक्ष संलग्न छैनन् । किसानको आम्दानी बढाउने परियोजनाले उनीहरूस“ग भएको सानो जमिनमा बढी मूल्य पाउने बाली लगाएर मात्र किसानको आम्दानी बढाउन सकिन्छ । 
 
युएसएडमा काम गर्ने अमेरिकीहरू आफै बढी मूल्य तिरेर अर्गानिक खानेकुराहरू किन्छन् । अमेरिकी राजदूत आफै काठमाडौ“को अर्गानिक बजारका नियमित उपभोक्ता हुन् । नेपालमा अर्गानिक खानेकुरा तथा अरु सामानको व्यापार गर्नेहरू सबैको कुरा छ, बजारमा जति माग छ त्यति पूरा गर्ने गरी अर्गानिक सामानको उत्पादन नै गर्न सकिएको छैन । त्यसैगरी नेपालमा अहिले थुप्रै व्यापारिक संस्थाहरू अर्गानिक सामानको निर्यात गर्नमा लागेका छन् । उनीहरूका लागि पनि उच्च मूल्यका सामानहरू जस्तै वास्नादार तेल, खानेकुराको उत्पादन बढाउन आवश्यक हुन्छ ।
 
अहिले आममानिसमा अस्वस्थ खानेकुराको असरबारे चेतनास्तर पनि ह्वात्तै बढेको छ । शुद्ध खानेकुराको माग बढेको छ । अर्गानिक खाना तथा आयुर्वेद औषधि बेच्ने रामदेवका पसलहरू विस्तार भएका छन्, तिनै पसलमा उपभोक्ताको भीड थेगिनसक्नु भएको छ । नेपालभित्रै थुप्रै किसानहरूले अर्गानिक तरिकाले खेती गरे उत्पादन पनि धेरै वृद्धि गर्न सकिने, आम्दानी पनि बढाउन सकिने तथा कृषि खर्च पनि घटाउन सकिने कुरा देखाइदिएका छन् । तरकारी मात्रै होइन खाद्यान्न उत्पादन पनि खेतबारीको राम्रो व्यवस्थापनबाट दोब्बरभन्दा बढी बढाउन सकिने स्थिति छ । अर्गानिक खेतीबाट उत्पादन, आम्दानी, स्वास्थ्य र माटोको उर्बराशक्ति सबै कुरा बढ्ने कुरा व्यावहारिक र वैज्ञानिकहरू प्रयोगहरू पटकपटक प्रमाणित भइसकेको छ । संयुक्त राष्ट्रसंघले नै अब अर्गानिक खेतीबाट मात्रै बढ्दो जनसंख्याको लागि चाहिने खाना उत्पादन गर्न सकिने कुरा सार्वजनिक रूपमा बताइसकेको छ । 
 
नेपालमा खाद्यान्नको उत्पादन बढाउन तथा किसानको उत्पादन बढाउन मोन्स्यान्टोको बीउ राम्रो बाटो होइन । नेपाली किसानको हितभन्दा पनि मोन्स्यान्टोको हित सुनिश्चित गर्नु अहिले युएसएडको ध्येय भएको छ । 
 
मोन्स्यान्टो एकदमै शक्तिशाली अमेरिकी कम्पनी हो । यसका लागि काम गर्ने मानिसुहरू अहिले अमेरिकी सरकारको प्रभावकारी ओहोदामा विराजमान छन् । विकिलिक्सले सार्वजनिक गरेको तथ्यहरूले अफ्रिकी तथा एसियाली देशहरूमा अमेरिकी कूटनीतिज्ञहरू मोन्स्यान्टोको पक्षमा राष्ट्रिय नीतिहरू बनाउनका लागि लागिपरेको खुलासा गरेको थियो । 
 
किसानले फेरि उत्पादन गर्न नसक्ने (हाइब्रिड र वंशाणु परिवर्तित) रासायनिक मल तथा कीरा मार्ने र झार डढाउने खतरनाक विषहरूको प्रयोगबाट मात्रै नेपालमा कृषिको विकास गर्न सकिन्छ भन्ने सोच रह“दै आएको छ । तर नेपालमा विकासे खेतीको असर राम्रो छैन । रसायनको प्रयोगले बारीको उर्बराशक्ति कम हु“दै जाने कुरा नेपालको हरेक किसानले बुझिसकेको कुरा हो । खेतीपाती झन्भन्दा झन् बजारी सामग्रीको प्रयोगमा निर्भर हु“दै गएको छ । यो कति खतरनाक छ भन्ने कुरा अर्को पाटोतिरबाट हेर्न सकिन्छ ।
 
जहा“जहा“ विकासे खेती पुगेको छ, त्यहा“त्यहा“ खोला र नदीका माछा सिद्धिएका छन् । स्थानीय जातका बीउहरू हराउ“दै जान थालेका छन् । यसले गर्दा रसायन, विष तथा खेतबारीमै पुनरुत्पादन गर्न नसकिने बीउको प्रयोगमा आधारित यस्तो कृषि विकासमाथि नेपालभित्र तथा बाहिर पनि व्यापक प्रश्न उठ्न थालेका छन् ।

 

 


 

,