पत्रकार महासंघमा वामपन्थी प्यानल घोषणा

काठमाडौँ, १७ वैशाख । नेपाल पत्रकार महासङ्घको २४ औँ महाधिवेशनबाट चयन हुने आगामी नेतृत्वका लागि प्रेस चौतारी नेपाल, क्रान्तिकारी पत्रकार सङ्घसहित चार वामपन्थीको संयुक्त प्यालनबाट उम्मेवदारी घोषणा भएको छ ।
चौतारी, सङ्घ, क्रान्तिकारी पत्रकार महासङ्घ, प्रगतिशील पत्रकार सङ्घले संयुक्त रुपमा वैशाख १७ गते आयोजना गरेको उम्मेदवारी घोषणा कार्यक्रममा महासङ्घको नेतृत्वका लागि अध्यक्षमा डा महेन्द्र विष्ट, उपाध्यक्षमा खिलबहादुर भण्डारी र समावेशी उपाध्यक्षमा महेश दासको नाम सार्वजनिक गरिएको छ ।
त्यस्तै, महासचिवमा उजीर मगर, खुल्ला सचिवमा प्रभात चलाउने, महिला सचिवमा सङ्गीता खड्का, समावेशी सचिवमा धमेन्द्र कर्ण र एशोशियट सचिवमा क्रन्दन चापागाईं, कोषाध्यक्षमा सूर्यमणि गौतमको नाम घोषणा गरिएको छ ।
महिला सदस्यमा पवनवर्षा शाह, सरिता ढकाल र निलिमा शुब्बा, जनजाति सदस्यमा मोहनसिंह लामा र लक्की चौधरी (लोक चौधरी), मधेसी सदस्यमा बेचु गौँड र अजयकुमार मिश्र, दलित सदस्यमा किसन सङ्गीत नेपाली र कमल परियारको नाम घोषणा गरिएको छ ।
साथै पूर्वाञ्चल क्षेत्रीय सदस्यमा गणेश लम्साल र गणेश पोखरेल, मध्यमञ्चल क्षेत्रीय सदस्यमा चिरञ्जीवी मास्के र सुनील खड्का, उपत्यका सदस्यमा ईश्वरी वाग्ले र रामहरि सिलवाल, प्रतिष्ठान सदस्यमा सुरज आचार्य र रोसन पुरीको नाम घोषणा भएको छ ।
पश्चिमाञ्चल सदस्यमा रुद्र भट्ट र हरिनारायण गौतम, मध्यमाञ्चल क्षेत्रीय सदस्यमा झलक गैरे र अजय देव शर्मा, कर्णालीबाट सदस्यमा नवराज महतरा, अपाङ्ग सदस्यमा भवानी ऐर, अल्पसङ्ख्यक सदस्यमा अब्दुला मिया, खुल्ला सदस्यमा दीपेन्द्र कुँवर, राजु लामा रहनुभएको छ भने बाँकी सदस्यको नाम घोषणा गर्न बाँकी रहेको बताइएको छ ।