बंगलादेशमा तेस्रोलिंगीहरुको बृहत सम्मेलन
बंगलादेश, २५ कार्तिक । बंगलादेशमा हिंजडाहरुको तीन दिने सम्मेलन शुरु भएको छ । हिजडा प्राइड नामको यस सम्मेलनमा बंगलादेशका सयौं हिंजडाहरुको सहभागिता रहेको छ ।
गत बर्ष बंगलादेश सरकारले हिजडाहरुलाई तेश्रो लिंगीको मान्यता दिएको थियो । मान्यता प्राप्त भएको एकबर्षपछी तीनदिने सम्मेलन शुरु भएको हो । वगकतषथसूश्रसम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेख हसिना वाजेदका बिशेष सहायकले सम्मेलनलाई सम्बोधन गर्दै हिजडाहरु पनि तेश्रो लिंगी सरहको मान्यता प्राप्त गर्नु ठूलो सफलता भएको प्रतिक्रिया दिएका छन् । सम्मेलन अघि हिजडाहरुलो राजधानी ढाकामा र्यालीको आयोजना गरेको थियो ।