इबोला भाइरस मुक्त भए अमेरिकी चिकित्सक
अमेरिका, २५ कार्तिक । इबोला भाइरसबाट संक्रमित अमेरिकी चिकित्सक उपचारपछी भाईरसमुक्त भएर घर फर्केका छन् । अमेरिकन चिकित्सक क्रेग स्पेन्सर लामो समयको उपचारपछी निको भएर घर फर्केका हुन ।
अफिकी मुलुक गिनीमा इबोलाका बिरामीको उपचारमा संलग्न चिकित्सक स्पेन्सरमा इबोला भाइरस देखिएपछी न्युयोर्कको अस्पतालामा छुट्टै कक्षमा राखी उपचार गरिएको थियो । अमेरिकामा इबोलाबाट संक्रमित हुने उनी चौथो ब्यक्ति हुन् भने न्युयोर्क शहरमा इबोला भेटिएका स्पेन्सर पहिलो ब्यक्ति हुन् । पश्चिम अफ्रिकाबाट फैलिएको इबोला भाइरसका कारण बिश्वभर हालसम्म पाँचहजार भन्दा बढीको मृत्यु भइसकेको छ भने कयौं उपचारकै क्रममा छन् । ज्यानमारा भाइरस इबोला नियन्त्रणका लागि बिश्व स्वास्थ्य संगठनले तीब्र गतिमा काम अघी बढाएको छ ।