गायनामा संसद निलिम्वित

गायना। दक्षिण अमेरिकी मुलुक गायनामा संसद निलिम्वित गरिएको छ। आफ्नो पार्टी समर्थित स्यामुयल हिन्डसको सरकार विरुद्ध अविश्वाश प्रस्ताव आएपछि त्यसलाई छल्न संसद निलम्वित गरिएको हो।

त्यहाँका राष्टपति डोनाल्ड रामोटरले आफूमा निहित संवैधानिक अधिकारको प्रयोग गर्दै संसद निलम्वन गरिएको घोषणा गरेका हुन्। संविधान अनुसार आफूमा ६ महिनासम्म संसद निलम्वित गर्न सक्ने अधिकार रहेको राष्टपति डोनाल्डले भनेका छन्।
गायनाको संविधान अनुसार संसदको बहुमतले सरकार हटाउन सक्छ। विपक्षी दलहरुले संसदमा अविश्वाश प्रस्ताव दर्ता गराएपछि उनले संसद नै निलम्वन गरिदिएका हुन्। उनको कदमले देशमा लोकतन्त्र खतरामा परेको भन्दै विपक्षी दलहरुले विरोध गरेका छन्। गायनाको संसदमा ६५ सदस्य छन् भने त्यहाँको जनसंख्या साढे सात लाख छ।
(Agency)