दलहरूमा घोषित ध्रुवीकरण
नारायण पंगेनी
काठमाडौं, ३१ साउन । संविधानसभाको विघटन भएको झन्डै दुई महिनासम्म पनि दलहरूले सहमतिका विन्दु पत्ता लगाउन नसकेपछि सबैजसो दलहरूबीच घोषित ध्र्र्र्रुवीकरण भएको छ ।
दलहरूले बाहिर सहमतिको रटान लगाइरहे पनि भित्रभित्र आ–आफ्नै गठबन्धनले काम गरिरहेको बेला बुधबार सत्तारुढ दलहरूले घोषित रूपमा नै आफ्नो छुट्टै गठबन्धनको घोषणा गरेपछि दलहरूबीचको ध्र्र्रुवीकरण प्रष्ट भएको हो । गत जेठ १४ गते संविधानसभाको विघटन भएलगत्तै प्रमुख विपक्षी दलहरू नेपाली कांग्र्र्रेस र एमालेले गठबन्धन गरी संविधानसभा विघटनको दोषी माओवादी रहेको दावी गर्दै काठमाडौंको खुलामञ्चमा जेठ २६ गते विरोधसभाको आयोजना गरेका थिए ।
संविधानसभा विघटनपछि घोषितरूपमै कांग्र्रेस–एमालेले बनाएको गठबन्धनमा २२ दल रहेका थिए ।
संविधानसभा विघटनपछि संवैधानिक राजतन्त्रको वकालत गरिरहेको राप्र्रपा नेपालले र लगत्तै एकीकृत नेकपा माओवादीले खुलामञ्चमा छुट्टै सभाको आयोजना गरी संविधानसभा विघटन हुनुको दोष अरूलाई दिएका थिए । पार्टी औपचारिक विभाजन नहुँदै एकीकृत नेकपा माओवादीले आयोजना गरेको खुलामञ्चको उक्त कार्यक्रमलाई प्रचण्ड–बाबुराम गुटको कार्यक्रम भन्दै वैद्य पक्षले भने बहिष्कार गरेको थियो । पार्टी विभाजित नहुँदै तत्कालीन सचिव सिपी गजुरेलको संयोजकत्वमा वैद्य पक्षले बनाएको संयुक्त राष्ट्रिय जनआन्दोलन समिति पार्टी विभाजनपछि केही साना दलहरूको साथमा ‘जनगणतान्त्रिक संघीय मोर्चा’ बन्न पुगेको छ ।
गजुरेल नेतृत्वको मोर्चामा नेकपा एकीकृत, मात्रिका यादव नेतृत्वको नेकपा (माओवादी), क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, ताम्सालिङ–नेपाल राष्ट्रिय दल, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल नागरिक पार्टी, थारु मुक्ति संग्राम र आदीवासी–जातीय–क्षेत्रीय महासंघ संलग्न छन् । गजुरेल नेतृत्वको मोर्चाले संघीय र राष्ट्रियतावादीहरूको मोर्चा दावी गरिरहेको बेला बुधवार एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’ को घोषणा गरिएको छ । मोर्चामा सत्तारुढ तथा संघीयता पक्षधर २१ दल सामेल छन् । हरेक दलका एक एक जना गरि २१ सदस्यीय संचालक समिति गठन गरिएको छ ।
प्रचण्ड नेतृत्वको सत्तारुढ घटकहरूको यो गठबन्धनमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई आमन्त्रित सदस्यका रूपमा रहेका छन् भने गठबन्धनका प्रवक्तामा नेपाल लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष प्र्रेमबहादुर सिंहलाई तोकिएको छ । राजधानीमा बुधबार गरिएको गठबन्धन घोषणा कार्यक्रममा बोल्दै गठबन्धनका संयोजक प्रचण्डले जातीय पहिचानसहितको संघीयताका सवालमा कांग्र्र्रेस–एमाले लगायतका दलहरूले मोर्चाबन्दी गरेपछि आफूहरूले छुट्टै गठबन्धन गर्नुपरेको बताए । अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन कसैका विरुद्ध नभई राजनीतिक गतिरोध अन्त्य र सहमति कायम गरेर अगाडि बढ्ने दिशामा केन्द्रित हुने बताए । उनले गठबन्धनबाट नडराउन र नतर्सन सबै राजनीतिक दललाई आग्रह गर्दै मुलुकमा विद्यमान राजनीतिक गतिरोध तोड्नका लागि वर्तमान गठबन्धन बनाइएको जानकारी दिए ।
आफूहरूको मोर्चाले सहमतिका लागि वार्ता गर्नेदेखि आगामी चुनावको बेलासम्म पनि काम गर्न सक्ने उनले स्पष्ट गरे । प्रचण्डले आफूहरूको गठबन्धनले राष्ट्रिय राजनीतिमा देखिएको गतिरोध अन्त्य गर्नको निम्ति पनि प्रमुख भूमिका खेल्ने समेत दावी गरे । प्रचण्डले गठबन्धन घोषणा कार्यक्रममा पनि प्र्र्रधानमन्त्रीको राजिनामा सजिलै नआउने स्पष्ट संकेत गरे । पहिला प्रधानमन्त्रीको राजिनामा भन्नु नै वास्तवमा कुर्सी मोहबाहेक केही होइन भन्ने कुरा नेपाली जनताले देखिरहेका छन्, प्र्रचण्डले भने, “कांग्र्र्रेस र एमालेका नेताहरूले राजिनामाको अनावश्यक राजनीतिक मुद्दालाई सम्बोधन गर्ने उद्देश्यबाट भड्किएर कुर्सीको मोह छोड्नु प¥यो ।” विगतमा ठूला ठूला आन्दोलनहरू भए पनि कांग्र्र्र्र्र्र्रेस–एमालेले देखाएको कुर्सी मोहकै कारण संविधानसभामा साइज घट्दै गएर संविधानसभामा पछाडि परेको कुरा केही नेताहरूलाई अझै चेतना नभएको समेत प्रचण्डले टिप्पणी गरे । आफूहरूको गठबन्धन संघीयता पÔधरको भएको दावी गर्दै प्रचण्डले आफ्नो पार्टीबाट विभाजित भएको नेकपा–माओवादी लगायतका दलहरू पनि आफूहरूको गठबन्धनमा सामेल हुने दावी गरे ।
प्र्रचण्ड नेतृत्वको गठबन्धनमा एनेकपा (माओवादी) सहित मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), तराईमधेस लोकतान्त्रिक पार्टी, तराई मधेस तोकतान्त्रिक पार्टी नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी, नेपाः राष्ट्रिय पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी, संघीय सद्भावना पार्टी, दलित जनजाति पार्टी, नेपाल परिवार दल, नेपाल लोकतान्त्रिक प्रजातान्त्रिक समाजवादी दल, सद्भावना पार्टी, नेकपा (माले–समाजवादी), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), समाजवादी जनता पार्टीलगायत २१ दल रहेको दावी गरिएको छ ।