प्रहरीले नै लुट्यो २५ किलो सुन
काठमाडौं परिसरको विशेष टोलीमा काम गर्ने
दुई प्रहरी जवानले २५ किलो सुन लुटेको खुलासा भएको छ । घुमुवा प्रहरी
नारायण थापा र राजकुमार माझीले सिन्धुपाल्चोकको तातोपानी नाकाबाट सुन लिएर
आएको गाडीलाई तीन साताअघि काभ्रेको धुलिखेलबाट अपहरण गरी भकुन्डेबेसी
पुर्याई सुन लुटेका हुन् ।
थापा उनै हुन्, जसले दुई महिनाअघि
काठमाडौं परिसरले बरामद गरेको १६ किलो सुनको सूचना दिएका थिए । सुन बरामद र
पक्राउमा मुख्य भूमिका निभाएका उनले चित्तबुझ्दो कमिसन नपाएपछि आफैंले
पाएको सूचनाका आधारमा रेकी गर्न जाँदा लुटपाटको मनसाय बनाएको प्रहरी बताउँछ
। तातोपानीबाट सुन आउँछु छ भन्ने सूचना
पाएर साउन १४ गते उनीहरू रेकी गर्न गएका थिए ।
उक्त सुन तस्कर दोर्जे
शेर्पाको हो । शेर्पा आफैंले गाडी चलाएर सुन लिएर आइरहेका थिए । सूचना
पाएपछि थापा र माझी दुई/तीन दिनदेखि नै काभ्रेमा थिए । उनीहरूले सुन आएको
पुष्टि भएपछि काठमाडौंको विशेष टोलीलाई खबर गरेर पक्राउ तथा बरामदका लागि
बनेपा बोलाएका थिए । ‘
