हेलो सरकारमा १७ हजार ७ सय ३४ वटा गुनासो
काठमाडौ/ तत्कालिन प्रधानमन्त्री बाबुराम भटराईले जनताको गुनासो सुन्नको लागि भन्दै २०६८ कार्तिक १७ गतेबाट हेलो सरकारमा फोन गर्न सकिने सेवा शुरु गरेका थिए । सो सेवा शुरु गरिएपछि गुनासो आउने क्रम जारी छ । तर जनताको गुनासो भने तत्कालै समाधान भएका पाइदैनन् । हेलो सरकारबाट आएको गुनासो किस्ताबन्दीमा समाधान हुने गरेको स्वयं मन्त्रीपरिषद कार्यालयका सचिव कृष्णहरी बास्कोटा बताउँछन् । अहिले मुलुकमा दलविहिन सरकार रहेको छ । प्रशाशनिक संयन्त्रले ढिलासुस्ती गर्दा र उनीहरुको कुत्सित मानसिकताकै कारण जनताले तत्काल सेवा पाउन सकिरहेका छैनन् । अधिकांश संन्त्रयहरु भ्रष्ट छन् । खासगरी सहकारी संस्थाहरु लुट्ने काम गरेको भनी थुप्र्र गुनासाहरु आएको उनले बताए । हेलो सरकारको ११११ मा फोन गरी देशैभरका जिल्लाका समस्याहरु आउने गर्छन । म्याग्दी जिल्लाको गुनासो सवै भन्दा कम आएपनि उनले बताए । म्याग्दी जिल्लाको सम्बन्धमा १ सय ८१ वटा मात्रै गुनासो हेलो सरकारलाई परेको छ । सवै भन्दा बढी गुनासो त काठमाडौ जिल्लाकै आएको छ, उनले भने ।

बाँस्कोटाका अनुसार सवै भन्दा बढी गृहमन्त्रालयमा गुनासो परेको छ । गृहमा ४ हजार दुई सय ६२ वाट गुनासो दर्ता भएको छ । यस्तै शिक्षा मन्त्रालयमा ३ हजार ३४, स्थानिय विकाश मन्त्रालयमा १ हजार ७ सय ८९, भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्रालयमा १६ सय १३, वाणिज्य मन्त्रालयमा १ हजार एक सय १५, अर्थमन्त्रालयमा १ हजार १ सय ८ तथा श्रम तथा रोजगार मन्त्रालयमा ९ सय ३७ उजुरी परेका छन् ।
हेलो सरकारमा गुनासोहरु जस्तो पनि आउँन सक्छ । तर कस्तो गुनासो कत्तिको महत्वको हो भन्ने कुरा सर्वप्रथम फोन उठाउने कर्मचारीले नै थाहा पाउन जरुरी छ । त्यसपछि महत्वपूर्ण गुनासो हल गर्न सरकारले सचेतता अपनाउनु पर्दछ । मुलुक अहिले लामो समयदेखि अन्यौलग्रस्त छ । मुलुकमा नयाँ संविधान बन्न सकिरहेको छैन । चार वर्षमा संविधान लेख्न नसकेका राजनीतिक दलहरुले पुनः मंसिर ४ का लागि संविधानसभा भाग २ को मञ्चन गर्दैछन् । त्यसैले मुलुकको यस्ता गम्भिर समस्याहरु पनि हेलो सरकारमा आउने गर्छन । ती समस्याहरु सम्बन्धित मन्त्रालयका सचिवहरुलाई तत्काल दिने गरेको बाँस्कोटाले बताए । तर सरकारलाई जतिसुकै गुनासो गरे पनि कर्मचारीहरुकै प्रवृत्ति सुधार्न आवश्यक छ । त्यस्ता प्रवृत्ति र पद्धतिहरु सुधार्ने मात्रै हो भने पनि ७५ प्रतिशत समस्या हल हुने स्वयं वास्कोटा बताउँछन् ।

हेलो सेवा शुरु भएदेखि २०६९ कार्तिक मसान्त सम्म सरकारलाई १७ हजार ७ सय ३४ वटा गुनासाहरु आए । तर ती गुनासाहरु आएको झण्डै दुई बर्ष हुँन लाग्दा समेत १ हजार २ सय ६८ वटा पुरानै गुनासोको सुनुवाई नभएको सरकारको भनाई छ । कतिपय त गुनासो टिपेर रद्दी टोकरीमा फालिएको त कति गुनासो टिप्दै नटिप्ने कर्मचारीहरुको रोग छ भने कतिपय बेला हेलो सरकारकै फोन नउठने गुनासो पनि आउने गर्छन । तर सरकारले भने ३६५ दिन २४ सै घण्टा सेवा सुविधा रहेको दावी गर्छ । त्यसैले सरकारी संयन्त्रमा रहेका पद्धति र पं्रवृत्तिलाई सुधार हो भने हरेक नागरिक कुनै पनि सेवाबाट बञ्चित हुनु पर्दैनथ्यो ।
( नारायण पंगेनीको रेडियो रिपोर्ट )
