शिक्षामा आमुल परिवर्तन नारा मात्रै (रेडियो रिपोर्ट)

असोज १५ गते ।
नेपालको शैक्षिक क्षेत्रमा जति जति परिवर्तनका कुराहरु उठ्दै जान्छन् उति उति विकृतिहरु बढ्दै गएको छ ।
सामान्यत: शिक्षा लिन पाउने हरेक नागरिकको अधिकार हो । भनिन्छ, कुनै पनि नागरिक शिक्षाबाट बञ्चित हुन नपरोस । तर आर्थिक अभावकै कारण थुप्रै नेपाली नागरिकहरु शिक्षाबाट बञ्चित हुनु परेको छ ।
एका तर्फ शिक्षा सर्वसुलभ हुनु पर्ने कुरा उठेको छ भने अर्को तर्फ गुणस्तरिय शिक्षा हुनु पर्ने बहस पनि चल्ने गरेको छ । यही बहसकाबीच नेकपा–माओवादी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको १९ औं राष्ट्रिय सम्मेलन शुरु हुदैछ । क्रान्तिकारी विद्यार्थी राष्ट्रिय सम्मेलनका एजेण्डा के हुन् त : अखिल क्रान्तिकारी १९ औं राष्ट्रिय सम्मेलनका संयोजक सरद रसाइली । आवाज ।
नेपालमा लामो समयदेखि विद्यामान नीजि र सरकारी गरी दुई खाले शिक्षा विद्यमान छ । विशेष गरी सरकारी शिक्षा गुणस्तरिय हुन सकिरहेको छैन भने गुणस्तरियको नाममा निजी शिक्षण संस्थाहरु खुल्ने क्रम बढी रहेको छ । एउटै शिक्षा प्रणालीलाई अंग्रेजी माध्यामबाट अध्यापन गराई गुणस्तरिय शिक्षा दिएको बाहना चर्को शुल्क अशुल्ने गरिएको छ । जसले गर्दा आर्थिक अभावकै कारण विपन्न वर्गका नागरिकहरु शिक्षाबाटै बञ्चित हुनु पर्ने अवस्था सिर्जना हुदै गएको छ ।
शिक्षा क्षेत्रमा भित्रीएको निजीकरण र ब्यापारीकरणले गर्दा शिक्षा क्षेत्रमा विकृतिहरु झागिंदै गएको छ । राज्यको निरिहताकै कारण शिक्षा क्षेत्रमा झाागिएको विकृतिहरु नियन्त्रण हुन नसकेको बताउाछन्, अखिल क्रान्तिकारीका संयोजक शरद रसाइली । अवाज ।
शिक्षा क्षेत्रलाई कम्पनीका रुपमा दर्ज गर्दै राज्यले कम्पनी ऐन अन्तर्गत दर्ता गर्ने नियम लागू गरेपछि यस क्षेत्रमा खुला रुपमा नाफा कमाउने उद्देश्यले नै उद्योगीहरुको प्रवेश भएको हो ।
उद्योगीहरुको प्रवेश सागसागै मुलुकमा क्रियाशिल साना ठूला दर्जनौ राजनीतिक दलका विद्यार्थी सागठनहरुको आर्थिक स्रोत पनि उनै शैक्षिक कम्पनीहरु हुने गरेका छन् । शिक्षा क्षेत्रको विकृति र विसंगतिहरुको उठान गर्ने विद्यार्थी संगठनहरु नै हुन् । तर तिनै विद्यार्थी संगठनहरुको राम्रो आम्दानीको स्रोत बनेका उद्योगीहरुको विरोध गर्ने भनेको पनि हात्तीको देखाउने दाात जस्तै हो । विद्यार्थी संगठनहरुको बेला बेलामा हुने गरेका विभिन्न कार्यक्रम तथा सम्मेलनहरुकै बाहनामा विद्यार्थीहरुले शैक्षिक कम्पनीका मालिकहरुसाग चन्दा उठाउने गरेका छन् । चन्दा उठाएर नै यस्ता कार्यक्रमहरु गरिने विद्यार्थी संगठनहरुले स्वीकार गरे पनि जर्वजस्त रुपमा चन्दा नलिएको बताउाछन् । फेरी अखिल क्रान्तिकारीका संयोजक सरद ससाइली । आवाज । 
शिक्षामा ब्यापारीकरण मौलाउदै गएको कुरा पनि ध्रुव सत्य हो । शिक्षामा मौलाईरहेको ब्यापारीकरणको नारा सवै जसो विद्यार्थी संगठनहरुको साझा एजेण्डा बन्ने गरेका छन् । शिक्षामा ब्यापारीकरण बढेको र विकृतिहरु मौलाउदै गएको कुरा विद्यार्थी संगठनहरु मात्र होइन, स्वयं विद्यार्थी संगठनको नेतृत्व गर्ने राजनीतिक दलहरुले पनि बुझेका छन् । अनि सत्तामा आसिन तिनै राजनीतिक दलहरुले पनि शिक्षा सवैका लागि हुनु पर्ने र शिक्षामा आमुल परिवर्तन गर्ने ओठे प्रतिवद्धता जनाइरहेको सुनिन्छ । त्यसैले अव कसैको ओठे प्रतिवद्धता होइन, कार्यान्वयनको खााचो छ । शिक्षामा आमुल परिवर्तनको साझा एजेण्डा बोकेका विद्यार्थी संगठनहरु र वैज्ञानिक र ब्यवसायिक शिक्षा दिलाउने मुलुक हाक्ने दलहरुको प्रतिवद्धता कहिले पुरा होला त्यो भने हेर्न बाकी नै छ ।