राष्ट्रपतिद्वारा सहमतीय सरकारका लागि आह्वान
काठमाडौं, मंसिर ८- राष्ट्रपति रामवरण यादवले ७ दिनभित्र राष्ट्रिय सहमतिको सरकार गठन गर्न दलहरुलाई आह्वान गरेका छन्। अन्तरिम संविधानको धारा ३८(१) अनुसार राष्ट्रपतिले सहमतीय सरकारका लागि आह्वान गर्न गरेका हुन्।
मंसिर ७ का लागि सरकार आफैंद्वारा घोषित संविधानसभा निर्वाचन गराउन असफल भएपछि राष्ट्रपति कार्यालयले राष्ट्रिय सहमतिको सरकार गठनका लागि दलहरूलाई आह्वान गरेको हो।राष्ट्रपति कार्यालयका अनुसार सहमतीय सरकार गठनका लागि आह्वन गरेको पत्र राष्ट्रपति कार्यालयले संसद सचिवालय र सरकारलाई पठाएको छ। पत्रअनुसार मंसिर १४ गतेभित्र दलहरुलाई सहमतीय सरकार गठन गर्न राष्ट्रपतिले समय तोकेका छन्।
राष्ट्रपतिले यसअघि जेठ १६ गते नै विज्ञप्ति प्रकाशित गर्दै संसद पनि भंग भइसकेकोले बाबुराम भट्टराईको प्रधानमन्त्री पद समाप्त भइसकेको उल्लेख गर्दै प्रधानमन्त्री र मन्त्रिमण्डललाई गरिआएको कामका लागि धन्यवाद दिइसकेका छन्। उनले त्यतिबेला नै २०६३ को धारा ६३ (२) बमोजिम वर्तमान मन्त्रिपरिषद्लाई नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (९) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म दैनिक कार्य सञ्चालन गर्न स्मरण गराएका थिए। यद्यपि त्यतिबेला उनले धारा ३८ (१) अनुसारको सहमतिका लागि आह्वान भने गरेका थिएनन्।
पटक-पटक सहमतिका लागि दबाब दिए पनि राजनीतिक दलहरूबीच निकासको बाटोबारे सहमति नभएपछि राष्ट्रपति यादवले मंसिर ७ भित्र सहमतिको सरकार, निर्वाचनलगायत विषयमा सहमति गर्न आग्रह गरेका थिए। उनले मंसिर ७ सम्म पनि सहमति हुन नसके सहमतीय सरकार निर्माण प्रक्रिया थाल्ने नेताहरूलाई संकेत गरिसकेका थिए।

हिजो राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बाबुराम भट्टराईले विपक्षी दलहरूलाई सहमतिमा आउन आह्वान गरे पनि विपक्षीहरुले त्यसलाई अस्वीकार गर्दै कुर्सी नछाड्ने दाउ भन्दै आलोचना गरिसकेका छन्।