एसएलसीमा ३ सय ४५ विद्यालयको नतिजा सून्य

काठमाडौ, १ असार । वि.सं.२०६९ सालको एसएलसी परिक्षामा मुलुकभरका तीनसय ४५ विद्यालयको नतिजा शून्य आएको छ। 

शून्य नतिजा आएका मध्ये २२ वटा निजी विद्यालय छन् । एक जना पनि विद्यार्थी पास गराउन नसक्नेमा अरु सबै सामुदायिक विद्यालय रहेको परिक्षा नियन्त्रण कार्यालयले जनाएको  छ । नतिजा शून्य आउने अधिकांश निजी विद्यालय काठमाडौं उपत्यकाका छन् ।

परिक्षा नियन्त्रक खगराज बरालका अनुसार काठमाडौका ८, भक्तपुरका २ र ललितपुरका १ निजी विद्यालयको नतिजा शून्य छ। उपत्यकाका कुनै पनि सामुदायिक विद्यालयको नतिजा शून्य नरहेको पनिकाले जनाएको छ। 

नतिजा शून्य आउने अन्य निजी विद्यालयमा झापा, सुनसरी, सप्तरी, धनुषा, बाँके र कञ्चनपुर रहेका छन्। सामुदायिकमा सबैभन्दाब बढी विद्यालयको नतिजा शून्य हुने जिल्ला उदयपुर हो। उदयपुरमा ३१ विद्यालयको नतिजा शून्य छ। यस्तै इलामको १४ विद्यालयको नतिजा शून्य छ। 

यसैगरि १३ वटा विद्यालयको नतिजा शून्य हुने जिल्ला तीन रहेको छ। ताप्लेजुङका १२ विद्यालयको नतिजा शून्य रहेको छ। ११ वटा विद्यालयको नतिजा शून्य हुने जिल्लाको संख्या तीन ५। 

यस्तै १० वटा विद्यालयको नतिजा शून्य हुने जिल्ला पनि तीन वटै छन्। अन्य जिल्लामा पनि एक देखि ९ वटा सम्म विल्द्यालयको नतिजा शून्य रहेको छ।