इन्टरम्यु दिँदा महिला पत्रकार टपलेस भइन

क्यानाडामा इन्टरभ्युको क्रममा एक महिला पत्रकार शरीरको माथिल्लो वस्त्र फुकालेको सार्वजनिक भएको छ।  रेडियो प्रस्तोता र लेखिका लोरी वेलबर्नले केलोवना सहरका मेयर वाल्टर ग्रेलाई महिलाले छाती प्रदर्शन गर्न पाउनु कानुनी अधिकारको बारेमा प्रश्न गर्ने क्रममा अप्रत्यासित रुपमा उनले शरीरको माथिल्लो भाग प्रदर्शन गरेकी हुन् । यसअघि उनले आफै पनि छाती प्रदर्शन गरेमा के हुने प्रश्न गरेकी थिइन् । उनले त्यसपछि ग्रेको हातमा माइक्रोफोन थमाएकी थिइन् । सुरुमा छाती मात्र देखाएकी लोरीले पछि कम्मरमाथिको सम्पूर्ण कपडा फुकालेकी थिइन् ।
लोरीले ग्रेलाई ‘गो टु टपलेस डे’ का दिन महिलाले कतिसम्म शरीर प्रदर्शन गर्न सक्छिन् भन्ने प्रश्न गरेकी थिइन् । क्यानाडामा वर्षको एक दिन महिला बिनासर्ट सार्वजनिक स्थलमा घुम्न सक्छन् । तर, ‘आन द रक्स’ इन्टरभ्युको क्रममा विस्तारै यी महिला पत्रकारले टाप फुकालेपछि मेयर ग्रेको अनुहारमा चिटचिट पसिना आएको थियो । उनी पनि एकछिन दिग्भ्रमित भएका थिए ।
तर, यी मेयर पनि निक्कै हिम्मतिला रहेछन् । उनले तत्काल आफूलाई सम्हालेर आत्मविश्वासका साथ ती महिला पत्रकारको एकपछि अर्को प्रश्नको जवाफ दिए । ती मेयरले पनि उक्त दिन महिला टपलेस भएर घुम्नुमा कुनै खराबी नभएको बताए । 
एजेन्सी