कर्ममा भन्दा धर्ममा विश्वास गर्ने नेपाली खेलाडी

नेपालका फुटवल खेलाडीहरु कर्ममा भन्दा धर्ममा बढी विश्वास गर्छन् । त्यसैले उनीहरु बारम्बार ठूला खेलहरु हुने गर्दा कहिले पशुपतिनाथको दर्शन गर्न पुग्छन् त कहिले पञ्चवली दिन्छन् । जीतका लागि खेलाडीमा आत्मविश्वास र मनोबल उच्च हुनुपर्दछ । तर खेलाडीहरु आफूले गर्ने कर्ममा कम विश्वास गर्छन् । खेलाडी मात्र होइन, अखिल नेपाल फुटवल संघ (एन्फा) आफै खेलाडीहरुलाई कर्ममा विश्वास गर्न सिकाउँदैन । एन्फाले नै खेलाडीहरुलाई जीतका लागि धर्ममा उत्प्रेरित गर्ने गर्दछ ।

आठौ साफ च्याम्पियनसिप फुटवलको उद्घाटन खेलमा पनि यस्तै दृष्य देखियाये । दशरथ रंगशालामा राजपरिवारका लागि बनाइएको भिभिआइपी प्यारापिटमा रहेको नागको प्रतिमा खेल शुरु भएपछि छोपियो । राजतन्त्रको अन्त्य भई मुलुकमा गणतन्त्र स्थापना भएकोले नागको प्रतिमा हटाउँनुपर्नेमा कहिलै कुरा उठेन । बरु गणतन्त्र नेपालका माओवादी प्रधानमन्त्री समेत खेल उद्घाटनका लागि धेरै पटक दशरथ रंगशाला पुगे । तर उनीहरुले नागको प्रतिमाको अर्थ वा महत्वबारे बुझ्न चाहेनन् ।

कर्ममा भन्दा धर्ममा विश्वास गर्ने एन्फा पदाधिकारीहरुले साफ उद्घाटनको नेपाल र वंगालादेशबीचको खेल समयमा ज्योतिषीको सल्लाहअनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) ले उक्त प्रतिमा रातो कपडाले छोपेको हो।

२०३६ सालमा दशरथ रंगशालाको निर्माण सम्पन्न गर्दा देशमा पञ्चायती शासन थियो। खेलकुदमा राजपरिवारको निकै चासो रहने भएकाले खेल हेर्न उनीहरूका लागि विशिष्ट कक्ष निर्माण गरिएको थियो। राजालाई विष्णुको अवतार मानिने कारण विशिष्ट कक्षमाथि नागको प्रतिमा राखिएको थियो।

राष्ट्रिय टोलीको राम्रो प्रदर्शनका लागि पञ्चबलि गराउने पण्डितमध्ये एक ज्योतिषीको सल्लाहमा नागको प्रतिमा ढाकिएको एन्फा स्रोतले बतायो । ‘ज्योतिषीले नागको दोष भएकाले खुला छोड्नु राम्रो नहुने भएकाले त्यसलाई ढाक्दा राष्ट्रिय टोलीको नतिजा राम्रो हुनसक्ने भन्ने सल्लाह दिएपछि त्यसलाई छोपिएको थियो ।

छोपिएको कपडामा सात वटा नागको मुखमा एउटा एउटा प्वालसमेत पारिएको थियो । विगतमा नागमुनि राजपरिवारका सदस्यलाई राखिने चलन भए पनि गणतन्त्र स्थापनापछि त्यो ठाउँ खासै प्रयोगमा थिएन। अन्तर्राष्ट्रिय फुटबलमा सधैं निराशा भोग्दै आएपछि राष्ट्रिय टोलीको सफलताका लागि एन्फाले भदौ ८ गते संकल्प पूजासहित सोही रात राँगा, बोका, भेंडा, हाँस र कुखुराको बलि दिएको थियो।